
झापाको बुद्धशान्ति बुधबारे जेसीजको सप्ताह अन्तरगत बुद्धशान्ति गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको थियो । त्यसैगरि सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रका चुनौतीबारे अन्तरकृया कार्यक्रम गरेको छ । अन्तरकृयामा सहभागी विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक रुद्र निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने स्वागत मन्तव्य जेसी दुर्योधन सिंह देवले राख्नुभएको थियो ।
कार्यक्रममा आफ्नो परिचय गराउदै प्रशिक्षक राष्ट्रिय तालिम निर्देशक सुनिल तिमल्सिना, पुष्प धमला ,प्रवेष दुलालले , प्रशिक्षण गराउदै विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउन कसरी सकिन्छ विद्यालयलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ संस्कार सहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र कसरी बनाउन सकिन्छ भन्ने लगायतका बिसयमा प्रशिक्षण गराउनु भएको थियो ,।
गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कस्तो रहयो भन्ने बिसयमा बुद्धशान्ति गाँउपालिका वडा नं १ स्थित नमुना विद्यालयको रुपमा विकास गर्न छनौट भएको बुद्धआदर्श मा. वि. व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले अाफ्ना भनाई राख्नु भएको थियो।
संस्थाका महासचिव कुशल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।