झापाको बुद्धशान्ति १ स्थित न्यू स्टार युथ क्लब भोटेटारको आयोजनामा विश्वकर्मा पूजा विशेष ४ दिवसीय खुल्ला नकआउट फुटबल प्रतियोगिता शुक्रवारबाट सुरु भएको छ ।
भोटेटारकोे खेलमैदानमा हुँदै गरेको प्रतियोगितामा २२ वटा टिम सहभागि भएका छन् । जसमध्ये शुक्रबार भएको खेलमा ५ वटा टिमले खेलेका थिए भने आज पनि ५ वटा खेल भएको थियो । आज भएको पहिलो खेलमा चेप्टि फुटबल क्लब र कुटिडाँडा भिँडेका थिए । यस खेलमा कुटिडाँडालाई ३÷० गोल अन्तरले हराउदै चेप्टि विजयी भएको थियो ।
त्यस्तै दोस्रो खेल कालिटार फुटबल क्लब र मंगलबारे फुटबल बिच भएको थियो । जस्मा ६÷१ गोल अन्तरले कालिटारलाई पराजित गर्दै मंगलबारे फुटबल क्लब विजयी भएको थियो त्यस्तै आजै भएको तेस्रो खेलमा सुनमाई फुटबल क्लब र हल्दिबारी फुटबल बिच भएको थियो । जस्मा २÷० गोल अन्तरले सुनमाईलाई हराउदै हल्दिबारी फुटबल कल्ब विजयी भएको छ । त्यस्तै चौथो खेल बुट्टाबारी फुटबल क्लब र बिर्तामोड फुटबल क्लब बिच हुनु पर्नेमा बिर्तामोड सहभागि नभएपछि बुट्टाबारीलाई विजयी घोषणा गरिएको थियो ।
आज भएको अन्तिम खेलमा दालटार फुटबल क्लब र किराँत याक्थुङ क्लब बिच भएको खेलमा खेलको समय अवधिभर १÷१ गोलले बरबरी भएपछि ट्राईबेकरमा ९÷८ गोल अन्तरले हराउदै दाहालटार विजयी भएको छ ।
बजारलाई व्यवस्थित बनाउन र यस्को विकास, विस्तार र प्रर्वद्धनका लागि खेलको आयोजना गरिएको शुक्रबारे बजार ब्यवस्थापन समितिका सचिव अनिल घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा विजयी टिमले नगद रू २० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएका छन् । त्यस्तै उपविजेता टिमले नगद रू १० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने भएको न्यू स्टार युथ क्लबका सचिव गजुहाङ योङहाङले जानकारि दिए ।