झापाको बुद्धशान्ति गाउँपालिकामा अवस्थित नमुना विद्यालयको रुपमा विकास गर्न छनौट भएको बुद्धआदर्श माध्यमिक विद्यालले वार्षिक सामाजिक परिक्षण प्रतिवेदन एक कार्यक्रमको आयोजना गरी सार्वजनिकीकरण गरेको छ।
प्रतिवेदन सार्वजनिकरण समारोहमा बोल्दै विद्यालयका प्र अ. कृष्णराज भण्डारीले नमूना विद्यालयले व्यवस्थापकिय, आर्थिक, शैक्षिक, तथा भौतिक पक्षमा भए गरेका प्रगति हरुको सूची प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले भन्सार छुटमा स्कूल बस खरिद गर्ने र कक्षा ९-१२ मा ईन्जिनियरिङ् विषयको अध्ययन सञ्चालन गर्ने र यस विद्यालय लाई झापा जिल्ला कै उत्कृष्ट नमुना विद्यालयको रूपमा विकास गर्ने पहल गरिरहेको विचार व्यक्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा लेखा शाखा प्रमुख तुलसीराम रेग्मीले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०७९/०८०को आम्दानी खर्च को विवरण प्रस्तुत गर्दै उहाँले गतबर्ष को आम्दानी तर्फ ७ करोड ९ लाख २ हजार ५ सय ९५ रुपैया र त्यति नै बराबर को खर्च विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०८०/०८१ को अनुमानित आय ७ करोड ३१ लाख २ हजार १ सय ४३ रुपैयाँ आम्दानी र सोही बमोजिमको रकम खर्च हुने विवरण सार्वजनिक गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले आफ्ना बालबालिकाको भविष्य निर्माण मा अभिभावक हरु स्वयम संवेदनशील भएर लाग्न र विद्यालय को मुहार फेर्न विद्यालय व्यवस्थापन समितिले चालेका हरेक कदम मा साथ दिन आग्रह गर्नु भयो। कार्यक्रम मा समाजसेबी तथा शिक्षा प्रेमी भगवती न्यौपाने र धरणी पोखरेल लगायले आफ्ना भनाई हरू राख्नु भएको थियो ।
शुक्रवार विद्यालयको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक माधव बराल ले गर्नुभएको थियो । भने माध्यमिक तह इन्चार्ज हेमेन्द्र खतिवडाले स्वागत मन्तव्य दिनुभएको थियो। बुद्धआदर्श माद्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा अभिभावक, शिक्षक विद्यार्थी ,कर्मचारी र सरोकार वालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।