ईलामको रोङ गाउँपालिकाले जेष्ठ नागरिकलाई रेडियो वितरण गर्ने भएको छ । रोङ गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकको घरधुरी तथ्याङक संकलन सकेर करिब एक हजार एक सय घर परिवारलाई रेडियो बितरण गर्न लागिएको हो ।
बुढेसकालकाे साथीसगै गाउँपालिकाको गतिबिधि जेष्ठ जागरिकको सुचना मुलक स्वाथ्य मुलक शिक्षामुलक लगायत पालिका भित्रका विभिन्न सामाग्रीहरू जेष्ठ नागरिकहरूले सुन्न पाउनुहोस, भन्ने उद्येश्यले रेडियो बितरण गर्न लागिएको रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो सुवासले बताउनु भयो ।
‘
पछिल्लो समय मोबाइल र इन्टरनेटको माध्यमबाट प्रवाह हुने सूचना अहिलेका युवा तथा शहर बजारमा मात्र सिमित हुने भएकाले गाउँ र बस्तीहरूमा मोबाइल चलाउन नजान्ने जेष्ठ नागरिकहरुकाे लागि रेडियो नै प्रभावकारी हुने भएकाले रेडियो बितरण गर्न लागिएको अध्यक्ष स्याङबो बताउनु हुन्छ ।
पालिकाले बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत रहेर पहिलो चौमासिक भित्रमा रेडियो बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । राेङ गाउँपालिका भित्रका बिभिन गतिबिधि समेटिएको राेङकाे सेराेफेराे र जेष्ठ नागरिकसँगकाे भलाकुसारी जेस्ट नागरिक संवाद लगायतका रेडियो कार्यक्रम यशअघि बाट नै प्रसारण हुँदैअाई रहेको छ ।