बुद्धशान्ति असोज १ । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा रहेको श्री रामजानकी मन्दिर महिला उप- समितिले आयोजना गरेको तीज विशेष कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
श्री रामजानकी मन्दिर समितिकी उपाध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका पुर्व उपाध्यक्ष मिरा भुर्तेल, महिला उप- समिति संयोजक यानु न्यौपाने, संस्थाकी उप- समिति बिष्णु मैनालि वडा नं ३ वडा सदस्य लिला परियार, लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा शुभकामना आदानप्रदान, संगिनी साथै तीज गीतमा नृत्य गरेर मनोरञ्जन गरिएको थियो ।
तीज विशेष कार्यक्रमको अवसरमा संस्थाले २ जनालाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा आफ्ना सासू ससुरालाई सेवा र स्यारसुसारमा उल्लेखनिय कार्य गरि समाज सामु नमुना बुहारीको रूपमा आफुलाई स्थापित गर्नुहुने बुद्धशान्ति ३ कि जानुका पराजुलि ,र बुद्धशान्ति २ कि तुलसा आचार्य खरेललाई कार्यक्रममा सम्मान गरिएको थियो । उहाँहरूलाई खदा, दोसल्ला र मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ती गाउँपालिका पुर्व उपाध्यक्ष मिरा भुर्तेल, समाज सेवी मुना भट्टराई ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाकी उप- समिति सदस्य बिष्णु मैनालिले उपस्थित सम्पर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन संस्थाकी महिला समिती संयोजक यानु न्यौपानेले गर्नु भएको थियो ।