झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान्स क्लब लाई ५ का विरुद्ध ६ गोल अन्तरले हराउदै काँकरभिट्टा भेट्रान्स सेमिफाइनलमा प्रवेस गरेको छ ।
खेलको १६ औं मिनेटमा दमक लखनपुर भेट्रान्सका तर्फबाट सुवास अाङथापुले पहिलो गोल गरेका थिए भने दोस्रो हाफ सुरु भएको १८ अौ मिनेटमा काँकरभिट्टाका गोकुल रिजालले पनि पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा १/१ गोलले बराबरी भएपछि ट्राईबेकरको अाधारमा दमक लखनपुर भेट्रान्सलाई ५/६ गोलको अन्तरले हार चखाउदै काँकरभिट्टा सेमिफाइनलमा प्रवेस गरेको हो ।
प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल त्यस्तै दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल बताउनु भयो छ ।
असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने सेमिफाईनल खेलमा जयपुर भेट्रान्स अायोजक र पाराबारी भेन्ट्रास शिवसताक्षी बिच हुने जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिता युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।
आज भएको खेलमा काँकरभिट्टाका गोकुल रिजाल म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ भने म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।
जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि नेपाल बैंक बुधबारे शाखा प्रमुख भानुभक्त भण्डारी,अतिथिहरूमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, वडा सदस्य अमिर श्रेस्ठ, लगायतको आतिथ्यता रहेको थियो ।