बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार नेपाल रेड्क्रस सोसाइटी उपशाखा बुद्धशान्ती को संयोजन तथा नेपाल रेड्क्रस सोसाइटी झापा जिल्ला शाखा को प्राबिधिक सहयोगमा बुद्धशान्ती गाउपालिका परिसरमा
एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष श्री मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो यस्तै कार्यक्रममा बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेल,
नेपाल रेडक्रस बुद्धशान्तिका सभापती पुष्प भट्टराई ,सदस्य टंक निरौला, रेडक्रस कर्मचारी सुसिला रिसाल, वडा नं ३ का वडा सदस्य दिपक सापकोटा, लगायतको अातिथ्यता रहेको थियो ।
स्थानिय नागरिक गाउँपालिका,सम्पुर्ण कर्मचारी,भागिरथा बुद्धशान्ति अस्पताल, शान्तिनगर स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले समन्वयकारी भुमिका निर्वाह गरेको संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।
एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष समितीका सचिव शिव श्रेष्ठले बताउनु भयो । संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेकोले जनतालाई समस्या भएको बताईएको छ ।
यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा १९ पिन्ट ब्लड सन्कलन भएको संघर्ष समितीका धिरेन्द्र यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य साथै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नुभयो ,नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिएकाले पनि जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिने रहेछ भनेर कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
विहिबार भागिरथा बुद्धशान्ति अस्पताल परिसर साथै गाउँपालिका सरसफाइको कार्यक्रम समेत तय गरिएको संघर्ष समिती का सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले जानकारि दिनुभयो ।