झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको सेमिफाईनल खेलमा बुधबारे युनाईटेड FC र आईतबारे युथ क्लब आयोजक बिच भएको खेलमा बुधबारे युनाईटेड FC लाई २/४ गोलको अन्तरले हराउँदै अाईतबारे युथ क्लब आयोजक फाईनलमा प्रवेस गरेको छ ।
खेल सुरू भएको १० औं मिनेटमा बुधबारे युनाईटेड FC का पारस लिम्बुले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १५ अौं मिनेटमा आईतबारेयुथ क्लब आयोजका सागर रसाईलिले पनि १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए।
दोस्रो हाफमा खेलको १८ अौं मिनेटमा आईतबारे युथ क्लबका निमा तामाङले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने निर्धारित समयको अन्तिममा निमा तामाङले फेरि पनि १ गोल गर्दै अाफ्नो टिममा ४ गोल बनाउन सफल भए भने बुधबारे युनाईटेडका पारस लिम्बुले पनि थप १ गोल गर्दै जम्मा २ गोलमा चित्त बुझाउनु पर्यो । खेलको निर्धारित समयमा बुधबारे युनाईटेड २/ अाईतबारे युथ क्लब ४ गोल अन्तरले हराउदै अाइतबारे लफाईनलमा पुगेको हो ।
त्यस्तै महिला तर्फको हुने भनिएको खेलमा छिमेकि युवा क्लब बिर्तामोडको टिम उपस्थिति नभएपछि खेलको नियम अनुसार अोकेबर गर्दै फाईनलमा पुगेको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारी दिनु भयो ।
प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रदान गरिने छ भने महिलको तर्फबाट पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रदान गरिने बताईएको छ ।
असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका छन् ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि रहेका छन २७ गते हुने फाईनल खेलमा अाईतबारे युथ क्लब आयोजक र गाडा गल्ली इनोभेटिभ बिच हुनेछ भने महिलाहरूको तर्फबाट हुने फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच हुने बताईएको छ ।
आज भएको सेमिफाईनल खेलमा आइतबारे युथ क्लबका अर्जुनधारा फुटबल क्लबका निमा तामाङ म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गर्दै अाएको र म्यान अफ द म्याच भएका खेलाडीलाई समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुलेको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।
अाज भएको सेमिफाईनल खेलमा खेलकुद आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दहाल,लगायतको उपस्थिति रहेको थियो