
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयमा आज एक कार्यक्रमको अायोजना गरि हाम्री अामा राम्री अामा ,हाम्रा नानिबाबु राम्रा नानिबाबु बनाउनमा भुमिका विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार बुद्धशान्ति ३ स्थित श्री शिशु सुधार आधारभुत विद्यालयमा भएको कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद रिजालको अध्यक्षता बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता बुद्धशान्ति गाउँपालिकाका शिक्षा साखा प्रमुख कमल निरौलाको बिषिष्ठ अातिथ्यता रहेको थियो ,।
श्री अादर्श माद्यमिक विद्यालयका शिक्षक हरिभक्त दाहालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सहजिकरण गर्नुभएको थियो २०० भन्दा माथि अभिभावक अामाहरूको उपस्थितमा कार्यक्रमको सहजिकरण गर्दै शिक्षक हरिभक्त दाहाले भन्नू भयो शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रमको शहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानि प्रसाद खतिवडाले भन्नू,भयो हाम्री अामा राम्री अामा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।
बुद्धशान्ति ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयको सभाहलमा भएको कार्यक्रममा विद्यालय अक्षयकोष दाता साथै शिक्षक अभिभावक सघंकी अध्यक्ष सुशिला तिवारि वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाइ ,विद्यालयका सम्पुर्ण शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिति भएको कार्यक्रमको संचालन श्री शिशु सुधार अाधारभुत विद्यालयका प्रधानाध्यापक पदम कुमार थापाले गर्नुभएको थियो l