![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/12/IMG-20231217-WA0012-1024x609.jpg)
इलामको माईजोगमाई गाउँपालिका र नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा बिराटनगर आखा अस्पतालको प्रबिधिक सहयोगमा माइजोमाई गाउँपालीकाको सबै बिद्यालयहरुका बिद्यार्थी तथा ५० वर्ष माथिका नागरीकहरुलाई निशुल्क आँखा जाँच कार्यक्रम आइतबार बाट संचालन गरेको छ ।
आइतबार भएको सिबिरमा माईजोगमाई गाउंपालिका वडा नं. ४ नेपाल ज्योति मा बि नामसालिङमा १ सय १४ जनाले सेवा लिएको गाउंपालिका उपाध्यक्ष प्रबिना राईले बताउनु भयो
गाउंपालिकाको सबै वडामा भएका बिद्यालयहरुमा सिबिर संचालन गर्ने र सबै बिद्यार्थी तथा ५० वर्ष माथिका नागरिकहरुलाई पूर्ण सेवा प्रवाह गर्ने गाउंपालिका अध्यक्ष कुस बहादुर थेबेले बताउनु भयो । यो कार्य सूरु भएको र सबै वडाहरुमा आंखा जांच सिबिर नसकिउन्जेल सम्म निरन्तर संचालन भईरहने त्यहाँ वाट पत्रकार डम्बर निरौलाले जानकारि दिनु भयो ।