इलामको राेङ गाउपालिका वडा न ६ काे सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेकाे जुनियर रेडक्रस सर्कलकाे आयाेजना र नेपाल रेडक्रस साेसाईटि हाँसपाेखरी उपशाखाकाे समन्वयमा भएकाे रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन,।हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेकाे बिद्यालयमा अाज भएकाे रक्तदान कार्यक्रममा गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाे,वडा न ६ का अध्यक्ष सत्यम राई चाैरासे,प्रधानाध्यापक गाेबिन्द पाैडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले पनि रगतदान गरेका थिए ।
जुरेस सभापति बिन्या प्रधानकाे अध्यक्षतामा भएकाे कार्यक्रम गाउपालिका अध्यक्ष मनिकुमार स्याङवाेले मैनबत्ती वालेर उद्घाटन गर्नु भएकाे थियाे ।गाउपालिका अध्यक्ष स्याङ्वाे,वडाध्यक्ष चाैरासे हासपाेखरी उपशाखा अध्यक्ष नेत्र पाेखरेलले शुभकामना दिनुभएकाे कार्यक्रममा गाउपालिका स्वास्थ्य शाखाले पठाएकाे शुभकामना सहित सहयाेगि सघसस्था,दाता सचारमाध्याम,रगत दाता सबैमा बिद्यालयका प्रअले स्वागत र धन्यवाद दिनु भएकाे थियाे ।
“म रगत दान गर्छु” भनेर स्बेचि्छक घाेषणा र हस्ताक्षर गर्दै सहभागिता हुने गाउमा पहिलाे पटक रक्तदानहुदा बिसभन्दा बढि नहुने आकलन भएपनि ५० जनाले रगत दान गर्दा अपेक्षाकृत सफल भएकाे कार्यक्रमकाे सचालन बिद्यार्थी सजाेग राईले गरेका थिए ।