सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट प्रतियोगिताको आज भएको खेलमा आदर्श युवा क्लब र वाहुन्डागी विच भएको थियो सो खेलमा वाहुन्डिगिलाई १/२ गोलको अन्तरले हराउदै आदर्श युवा क्लब सेमिफाईनलमा प्रवेस गरेको छ ।खेल सुरू भएको ४ मिनेटमा आदर्स युवा क्लबका जर्सि नम्बर ११ सागर रसाईलिले पहिलो गोल गरेका थिए भने DFC वाहुन्डागिका जर्सि नम्बर ७ का नितेस राईले ६ मिनेटको अन्तर १ गोल फर्काउदै खेललाई बराबरी बनाएका थिए ।पोहिलो हाफमा खेलबराबरि मै रहेता पनि खेलको दोस्रो हाफको १३ अौ मिनेटमा आदर्श युवा क्लबका जर्सि नम्बर १० का विजय राइले थप १ गोल गर्दै टिमलाई २/१ गोलको अन्तर DFC वाहुन्डागि लाई हराउदै आदर्शसेमिफाईनलमा प्रवेस गरेको हो ।
असोज १६ गते देखि २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा झापा र इलामका गरि ८ वटा टिमको प्रतिष्पर्धा हुने बताईएको छ ।प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार,मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३१ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने छन,
आज भएको खेलमा आदर्श युवा क्लबका जर्सि नं १० का विजय राई म्यान अफ द म्याच घोसित भएका थिए भनेभोलि हुने खेलमा पुर्वेली युवा क्लब विर्तामोड र जलथल FC विच हुने बताईएको छ ।