May 10, 2024

खेल

बुद्धशान्ति ।बिर्तामोडको आदर्श एकडेमी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराको लक्ष्मीधाप एफसीलाई ७–३ गोल अन्तरले पराजित गर्दै आदर्श एकडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा लक्ष्मीधाप एफसीले सुरुवाती अग्रता बनाएपनी नतिजा आफ्नो पक्षमा पार्न सकेन । आदर्शको जितका लागि दिवस बास्तोलाले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे भने साहिल धिमालले २, पवन बास्के र समिर हेमरनले गरेको १ ÷१ गोलले  जित निश्चित बनाएको थियो ।
त्यस्तै लक्ष्मीधाप एफसीका लागी रोहन राईले व्यत्तिलगत २ गोल कृितन विसुङ्ख सुजन विस्वकर्मा १ ÷१ गोल गरे पनि जितका लागी पर्याप्त बन्न नसक्दा प्रतियोगीताबाट बाहिरीएको छ ।
खेलमा ह्याट्रिक गरेका दिवस बास्तोला म्यान अफ दि म्याच भएका थिए उनलाई बुद्धशान्ति वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय साथै क्लबका अध्यक्ष साथै अन्य अतिथिले १ हजार नगद पुरस्कार वितरण गर्नु भएको थियो ।

साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको छ । अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका अध्यक्ष रोषन कटुवालले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने बताईएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको देखिन्छ ,।

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिनु भयो ।

बुद्धशान्ति । डि एफ सी क्लब यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गको इस्ट स्टार्ट एफसी ४–० गोलले पराजित गर्दै डि एफ सी बाहुनडाँगीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।डि एफ सीको जितका लागि खेलको १७ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको २०,४० र थपिएको अतिरिक्त समयमा निसान प्रधानले गरेको ह्याट्रीक गर्दै बलियो जित दर्ता गराए ।खेलको म्यान अफ दी म्याच डि एफसीका निसान प्रधान घोषित भएनिर्धारीत समय सम्म इस्ट स्टार्ट एफसीलागि गोल गर्न नसक्दा टिम प्रतियोगीताबाट बाहिरिएको छ ।उनलाई क्लबका अध्यक्ष साथै अतिथिले नगद १ हजार र ट्रफी
वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिने आयोजकले जनाएको छ । फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका उपाध्यक्ष गणेश बहादुर डाँगीले बताउनु भयो  ।

प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष  रोसन कटुवालले बताउनु भयो ।प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ४ लाख  रुपैयाँ खर्च अनुमान गरिएको क्लबका उपाध्यक्ष गणेश डागिले बताउनु भयो ।
भोलि हुने खेलमा अर्जनधारा र विर्तामोड बिच हुने बताईएको छ । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष मनेस दाहाल,झापा जिल्ला रेफ्रि संघका महासचिब उदय ठाकुर,बुद्धशान्ति ४ गणेश मां विं का शिक्षक रविन कोइराला,न्यु एभर ग्रिन स्कुल व्यवस्थापन समितीका अध्यक्ष नारायण ढुङ्गाना, वोड्लिङ इन्टरनेट बुधबारेका सन्चालक सुनिल भट्टराई विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमी महानुभावहरूको  बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष रोसन कटुवालले गर्नुभएको थियो ।

प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।

बुधबारेमा आज सम्पन्न फाइनल खेलमा कचनकवल गाउँपालिकामाथि शानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो ।फाइनलमा बिर्तामोडले कचनकवलमाथि ११९ रनको फराकिलो जित निकालेको थियो । कचनकवलको फितलो ब्याटिङ र कमजोर बलिङको फाइदा उठाउँदै बिर्तामोड प्रतियोगिताको नायक बन्यो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । बिर्तामोडका लागि दिपु भुजेलले ५४ रन बनाए । कचनकवलका विक्रम माझीले २ विकेट लिएका थिए ।१९७ रनको लक्ष्य पछ्याएको कचनकवल १४ ओभरमा अलआउट भयो । ७७ रन जोड्न सकेको कचनकवलका अनिल लामिछानेले १६ रन बनाएका थिए ।बिर्तामोडका रोहित राजवंशीले २ विकेट र विशाल आचार्यले ३ विकेट लिए । ५४ रन बनाएका दिपु भुजेल फाइनल खेलको प्लेयर अफ दि म्याच भए ।यसबीच, प्रतियोगिताको उत्कृष्ट विकेट किपर कनकाई नगरपालिकाका प्रनिस बिमली, उत्कृष्ट फिल्डर बुद्धशान्ति गाउँपालिकाका रिजन आङदेम्बे, उत्कृष्ट बलर बिर्तामोडका रोहित राजवंशी, उत्कृष्ट ब्याट्सम्यान बिर्तामोडका सिवान्स बजगाईं भए ।
इमर्जिङ प्लेयर बिर्तामोडका दिपु भुजेल घोषित भए भने सर्वोत्कृष्ट खेलाडी कचनकवलका टिम क्याप्टेन अनिल लामिछाने भए । झापा गाउँपालिकाले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल भयो ।

उपाधिसँगै बिर्तामोडले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता कचनकवलले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताका विधागत खेलाडीलाई नगद ५ हजार र सवोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाए ।

विजेता तथा उपविजेतलाई प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईं, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले पुरस्कार वितरण गर्नु भएको थियो

बुधबारे जेसिज वर्ष २०२४ ले शाखा द्वारा गर्नुपर्ने गतिविधीमा उत्कृष्ट कार्य गर्दै जनवरी महिनाको 100% Efficiency Award बाट सम्मानित भएकोछ ।

उक्त अवार्ड चितवनको थारु भिलेज सौराहमा सन्चालन भैरहेको JCI Nepal Councillor Academy 2024 कार्यक्रममा आज मिति २०८० फाल्गुन ११ गते एक समारोह बिच प्राप्त गरि बुधबारे जेसिजका अध्यक्ष जेसि दुर्योधन सिंह राजपुत (देव) सम्मानित भएका छन् Efficiency Award बाट नेपाल जेसिज द्वारा सम्मानित भएकोमा बुधबारे जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि दुर्योधन सिंह राजपुत (देव) लगायत सम्पुर्ण बुधबारे जेसिज परिवारलाइ हार्दिक बधाई तथा आगामी दिनमा समेत उत्कृष्ट कार्यको लागि शुभकामना ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको दोस्रो सेमिफाईनल
खेलमा गौरादह नगरपालिका र बिर्तामोड नगरपालिका बिच दोश्रो सेमिफाइनल खेल सम्पन्न भएको छ।गौरादह नगरपालिका लाई ८१ रनले  पराजित गर्दै  बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै  १८७ रन बनाएको थियो।
बिर्तामोडका लागि  सिवान्स बजगाईले ६२  रन र दिपु भुजेलले ४६ रन बनाएका थिए भने बलिङ तर्फ गौरादहका ज्ञानु श्रेष्ठ र अर्जुन ढकालले २/२ विकेट लिएका थिए । १८८ रनको लक्ष्य पछ्याएको  गौरादहले १३.४ ओभरमा अलआउट हुँदै मात्र १०६ रन बनाउन सफल भयो ।ब्याटिङमा गौरादका लागि अर्जुन यादबले ३८ रन र सुरज न्यौपानेले २४ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अङ्कमा  रन बनाउन सकेनन् ।बलिङ तर्फ बिर्तामोड लाई बिजयी गराउन रोहित राजवंशी र बिजय कार्कीले समान ३/३ विकेट लिएका थिए  ।बिर्तामोडका  लागि उत्कृष्ट ब्याटिङ गर्दै ६२  रन बनाएका सिवान्स बजगाई खेलको म्यान अफ दि म्याच घोषित भए।उनलाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित  अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  ।यता  प्रतियोगिताको फाइनल समीकरण पुरा भएको छ ।
अब  पर्सि फागुन १२  गते शनिबार  बिर्तामोड नगरपालिका  र कचनकवल गाउँपालिका बिच उपाधी भिडन्त रहने बताईएको छ । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो   फागुन १२ गते हुने फाइनल खेलको  दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ । बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा प्रदेश सभा सदस्य तथा माननिय चिन्तन पाठक प्रमुख आतिथ्यता रहेको थियो भने गौरादह नगरपालिका जनप्रतिनिधि तथा नगर खेलकुद संयोजक सतोष भण्डारी, खेलकुद परिषद् सदस्य संतोष प्रसाई र श्याम बराल बुद्धशान्ति गाउँपालिका अध्यक्ष  मनोज प्रसाईं खेलकुद विकास समिति अध्यक्ष पर्शुराम चेम्जोङ झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनिस दहाल विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो ।

 झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रमका बीच टिमहरु सार्वजनिक गरिएको हो ।
त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्ड कपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ ।  झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताउनु भयो ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

ट्रफी र टिम सार्वजनिक कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको सहभागिता रहेको थियो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगरलाई  नगरपालिका लाई  ५ युकेटले  पराजित  गरेको छ। पहिले ब्याटिङ गरेको मेचिनगरले निर्धारित २० ओभरमा १३.२ ओभरमा  अलआउट हुँदै  ८९  रन बनाएको थियो।

९०  रनको लक्ष्य पछ्याएको कचनकवलले गाउँपालिकाले  १८.२ ओभरमा ५ विकेट गुमाउदै  ९० रनको लक्छ पाप्त गर्दै फाईनमा प्रबेश प्रबेस गरेको छ ।४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट  लिएका साथै व्याटिङ वाट १८ समेत बनाएका कचनकवलका अनिल लामिछाने  खेलको म्यान अफ दि म्याच घोषित भए।
उनलाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं साथै उपस्थित  अन्य अतिथिहरूले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो  ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो ।फागुन १२ गते हुने फाइनल खेलको  दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने बताईएको छ ।
बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको खेलमा झापा गोलकपका अध्यक्ष विनोद बस्नेत,सचिव करण श्रेष्ठ, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई,वडा नं २ का अध्यक्ष लेखनाथ खत्री,प्रमुख प्रशासकिय अधिकृत सुवास चन्द्र सुमन, बुद्धशान्ति गाउँपालिकावडा नं ३ का वडा अध्यक्ष  पर्शुराम चेम्जोङ विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका सचिव मदन मगरले गर्नुभएको थियो भोलि हुने दोश्रो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिका बिच रहने छ।

झापाको बुद्धशान्ति –२ मा भईरहेको स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा साथै स्थानीय नवज्योती युवा क्लबको सह प्रायोजनको रूपमा रहेर सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको  उपाधि बिन्दुलि टोलले उचालेको छ । सोमबार भएको फाइनल खेलमा  दुर्गा पंचायन टोललाई ०/१ गोल अन्तरले हराउँदै बिन्दुली टोलले  उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै बिन्दुलिले नगद १५ हजार , ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित दुर्गा पान्चायनले  नगद १० हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच बिन्दलीका कृष्ण गजमेर भए। त्यस्तै, उत्कृष्ट गोलकिप्पर बिन्दुलि टोलका रविन वानिया उच्च गोलकर्ता सविन वोहोरा उत्कृष्ट डिफेन्डर अनिल विक उदीयमान खेलाडी दुर्गा पान्चायनका रागब श्रेष्ठ भए तथा सर्वोत्कृष्ट खेलाडी अविसेक निरौला  भएको प्रतियोगिताका संयोजक सेमन्त पोख्रेलले  जानकारी दिनु भयो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि झापा गोलकपका अध्यक्ष  विनोद वस्नेत भेन्ट्रास कल्बका अध्यक्ष लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

खेललाई थप रोचक बनाउन प्रत्रकार साथै जयपुर भेन्ट्रास विच सो म्याच खेल समेत भएको थियो ।  सो खेलमा निर्धारित समयमा खेल बराबरी भएकाले मैन्त्रीपुर्ण खेल भएकाले खेल तेतीमै बराबरीमा निर्णय गरिएको थियो । साथै विभीन्न मनोरन्जनात्मक  कार्यक्रमको आयोजना समेत गरिएको थियो । विहान ८ बजे बाट महिला पुरूषको भोटेटार वाट जयपुर चोक सम्म म्याराथुन दौड प्रतियोगिता समेत गरिएको थियो ।

प्रथम हुनेमा महिला तर्फ बुद्धशान्ति २ कि मुना बस्नेत, दोस्रो हुनेमा बुद्धशान्ति २ कै वर्षा दर्नाल, तेस्रो हुनेमा बुद्धशान्ति २ कै खुसि गौतम, त्यस्तै चौथो हुनेमा बुद्धशान्ति २ कै कबिता बास्कोटा भएकि थिईन , त्यस्तै पुरूष तर्फ सागर रसाईलि  प्रथम ,सुदिप लिम्बू,दोस्रो,राहुल लिम्बू तेस्रो, मनिस खुलाल सान्तवना भएका थिए,। उनिहरूलाइ प्रमुख अतिथि वाट पुरस्कृत गरिएको थियो ।

 ,

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगितामा आज भएको पहिलो  खेलमा गौरादह  नगरपालिकाले गौरिगंज नगरपालिका लाई ३३ रनले  पराजित गरेको छ।पहिले ब्याटिङ गरेको  गौरादहले २० औभरमा    १५४ रन बनाएको थियो।

१५५ रनको लक्ष्य पछ्याएको  गौरिगंज गाउँपालिकाले  १०  विकेट गुमाउँदै १२१  लक्ष प्राप्त गर्न सफल भयो । गौरिगंजका लागि ५१ वलमा ८१ रन हान्दै गौरिगंजका विशाल थापा म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी आजै भएको दोश्रो खेलमा मेचिनगर नगरपालिकाले  कनकाई नगरपालिका लाई ९१ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको मेचिनगर नगरपालिकाले १९.१ ओभरमा १० विकेट गुमाउदै १६६ रन बनाएको थियो।१६७  रनको  लक्ष्य पछ्याएको कनकाईले नगरपालिकाले १०  विकेट गुमाउँदै ७५  रन बनाएको थियो । मेचिनगरका आसिक राना मगर अलरान्डर प्रद्रशन गर्दै व्याटिङमा ३२ रन बनाए र वलिङमा ३ विकेटले लिए म्यान अफ दि म्याच घोषित भएका थिए । झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ ।

प्रतेक खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै  खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको   बताइएको छ ।
खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बर्खा स्मृति  प्रतिष्ठानका अध्यक्ष मदन  प्रसाईंले बताउनु भयो ।