May 10, 2024

Uncategorized

नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल रमट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।
एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ को आयोजना र महिला बालबालिका तथा समाजकल्याण उपशाखा बुद्धशान्ति गाउँपालिकाको  आर्थिक सहयोगमा वडा नं ५ को वडा कार्यलयमा १० गते वाट सन्चालन भएको ४ दिने  साबुन बनाउने तालिम सोमबार सम्पन्न भएको छ ,।वडा नं ५ का वडा सदस्य राम लखन चौधरिको अध्यक्षतामा भएको समापन कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रतिनिधि मिना विष्ठ, वडा नं ५ वडा सदस्य नर कुमाल,सदस्य  विन्दा गदाल,रिता चौधरि,  कार्यलयका प्राबिधिक,स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा नं ५ का वडा सदस्य रिता चौधरीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।कार्यक्रममा तालिमका प्रशिक्षक रूद्र भट्टराईले ४ दिनको तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका    वडा नं ५ का वडा सदस्य विन्दा गदालले महिला हरूको जिवनस्तर सुधारनका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडा र पालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।गदालले भन्नुभयो,तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउदै यस अघि पनी वडाले  महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै यश अघिपनि वडाले लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।कार्यक्रमम बुद्धशान्ति गाउँपालिका महिला बालबालिका तथा जनकल्याण  उपसाखा प्रमुख मिना विष्ठले बुद्धशान्ति गाउँपालिकाको वडा नं ५ भौगोलिक अवस्थाले महिला दिदिबहिनि हरूलाई यी र यस्ता तालिमहरूमा समावेश गराउन यातायातमा खर्च जस्ता अन्य कुरामा समस्या भएकाले वडा नं ५ को २ स्थानबाट यो तालिम सन्चालन गरेको बताउनु भयो  ।३२ जना सहभागी भएको तालिममा सहभागी हरूलाई प्रशिक्षक रूद्र भट्टराई,र साहयक प्रशिक्षक सितादेवी,वानियाले प्रशिक्षण दिनुभएको थियो ।समापनमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

इलामको सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मीपुर स्थित किरण टोलमा भाइले दाजुलाई छुरी प्रहार गरेका छन् । घरायसी विवादका क्रममा स्थानीय चन्द्र ध्वज नेम्वाङका एक्लो छोरा २७ बर्षीय तिलक नेम्बाङ्गले मधिरापान गरी बुवा आमालाई कुटपिट गरेपछि छुट्याउन पुगेका आफ्नै सानीमाको छोरा ३३ बर्षीय सन्तोष लिम्बुलाई तिलकले गए राती धारिलो छुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।

छुरी प्रहारबाट गम्भीर घाईते भएका सन्तोषको झापास्थित बी एण्ड सी अस्पतालमा उपचार भईरहेको जबेगुले  बताउनु भयो । आरोपितलाई प्रहरीले सूर्योदय–१३ को भालुखोपबाट नियन्त्रणमा लिएको जनाएको छ । उनलाई थप अनुसन्धानका लागि नजीकैको प्रहरी विट तिनघरेमा राखिएको जबेगुले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

बुधबारे जेसीजले वर्ष २०२४ को पहिलो कार्यक्रम १०८ दिप प्रज्वलन गरी सुरुवात गरेको छ ।

स्थानीय बुद्धशान्ति ४ मा रहेको पाल्युल देछेन छोइलिङ्ग गुम्बामा शान्ति दिप प्रज्वलन, धर्म गुरुहरूलाई सम्मान गर्दै कार्यक्रमको सुरुवात गरेको छ । साथै बुधबारे जेसीजको नाममा एक महिनासम्म दिप प्रज्वलन गर्न व्यबस्थापन समेत गरेको छ ।

बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी दुर्योधन सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका इन्चार्ज आचार्य पूर्णको प्रमूख आतिथ्यता, गुम्बा संरक्षक मिनबहादुर थिङको विशेष आतिथ्यता तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष हेमन्त बराल, नन्दकुमार याफू राई, अनिल वाग्ले, निवर्तमान अध्यक्ष अर्जुन ढकाल लगायत बुधबारे जेसीजका पदाधिकारी, गुम्बाका पदाधिकारी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक जेसी तीर्थराज तिम्सिनाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष जेसी अच्युतराज ढकालले जेसीज आस्था पाठ गर्नु भएको थियो । भने

कार्यक्रमको सञ्चालन महासचिव गजुहाङ योङहाङले गर्नु भएको  थिए ।

अछाममा रूखले च्यापेर एक बालकको मृत्यु भएको छ।

जिल्लाकाे रामाराेशन गाउँपालिका वडा नम्बर ७ सुतारका १४ वर्षीय जनक बिककाे मृत्यु भएको हाे।

जंगलमा दाउरा चिर्न गएकाे बेला रूखले  च्या मृत्युु भएको हाे।

सर्लाहीको बरहथवामा नगरपालिकामा अस्पतालको बिषयमा भइरहेको झडपमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

बरहथवा नगरपालिकाको नगर प्रमुख कल्पना कटुवालको घरमा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि स्थित नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली टाउकोमा लागेर एक जनाको घटना स्थलमै ज्यान गएको छ ।

मेयर कटुवालको घरमा प्रदर्शनकारीहरुले तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको गोली लागेर बरहथवा नगरपालिका ६ का ३० बर्षिय जयशंकर साहको घटना स्थलमै ज्यान गएको छ ।

साह बतलबास बजारबाट बरहथवा बजारतर्फ आउने क्रममा नेपाल विद्युत् प्राधिकरण नजिक छेउमा टाउकोमा गाली लाग्दा घटनास्थलमै मृत्यु भएको जनमत पार्टीका युवा नेता राजनकुमार सिंहले बताए । प्रहरीको गोली लागेर ज्यान गुमाएका साह बरहथवा स्थित सर्लाही होटेलका सञ्चालक हुन ।

अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिका अगाडि नेपाली काङ्ग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल र बहुजन एकता पार्टी सहित पाँच दलिय गठबन्धनले आन्दोलन गर्दै आएको थियो । बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेका छन्।प्रहरी र प्रदशनकारीहरु विच ठाँउ ठाउँमा झड्प भईरहेको छ

काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’

जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।

एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।

जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको ठानिएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन।

विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको छ।

घटनापछि उक्त विमानस्थल बन्द

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित
जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रकाश कोइरालाको अध्यक्षतामा रहेको थियो ।  कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, ग्रामिण सहकारी अध्यक्ष नेत्र रिजाल,साना शहरि खानेपानी सचिव पुर्ण कुमार संजेल,उद्योग, बाणिज्य संघका अध्यक्ष  चन्द्र प्रकाश उप्रेति,स्थानिय समाज सेवी संस्थाका सम्पुर्ण कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी,स्थानिय समाजसेवी,सञ्चारकर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाले विभिन्न बिदामा कर्मचारी साथै संस्थाका सदस्यहरूलाई सम्मान समेत गरेको थियो ।  सम्मानित हुने अरूमा असल बचत कर्तामा डिल्लीप्रसाद नेपाल, असल बाल बचतकर्तामा मार्यन पौडेल, असल ऋणीमा रत्नमणि अधिकारी, असल कर्मचारी र पूर्व कर्मचारीतर्फ रजिना धिमाल र प्रमिला दाहाललाई फुलमाला अविर साथै दोसल्लाह अोढाएर सम्मान पत्र सम्मान गरिएको थियो ।

त्यस्तै जेष्ठ सेयर सदस्य सम्मान तर्फ तुलसीप्रसाद खतिवडा र पद्मा देवी बजगाईंलाई सम्मान गरिएको थियो

शनिबार सम्पन्न भएको साधारण सभामा कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीतर्फ प्रशान्त भट्टराईलाई  पनि सम्मान गरिएको थियो ।

संस्थाका सहसचिव मेनुका खड्का तिवारीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठक,सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाकी सचिव मनिषा चम्लागाई दाहालले सञ्चालन गर्नुभएको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

सभालेसापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष: मेनुका तिवारी
उपाध्यक्ष: मेघराज आचार्य
सचिव: विनोद न्यौपाने
सह- सचिव: जानुका घमला गौतम
कोषाध्यक्ष: उषा अधिकारी निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै धरनि पोख्रेलको संयोजकमा तीन सदस्य  समिती समेत चयन गरेको छ , सदस्यमा मनिषा चौलागाँइ ,सदस्य इस्वरी खतिवडा रहने गरि लेखा समिति समेत चयन गरेको हो ।

झापाको बुद्धशान्तिमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । बुद्धशान्ति गाउपालिका वडा नं ४ चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ४ स्थित टिमाइ सिविरमा नजिकै चासोक तङनाम पर्व बिशेष ७ दिने कार्यक्रम  मंगलबार  भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो, भलिबल आदि प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

चासोक तङ्नाम समितिका अध्यक्ष महेश मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शमशेर राइ बिशिस्ट अतिथि प्रदेश सभा सदस्य माननीय मैया श्रेष्ठ,बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय सिरिजङ्घा भासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ
जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ  चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  l
कार्यक्रममा जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो,मौलिक नृत्य प्रस्तुत गरेका थिए ।


त्यस्तै कार्यक्रममा चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  शेरवहादुर राय  शिरिजङघाभासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्य क्षप्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ  चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा  उपस्थित सम्पुर्ण अतिथिहरूलाई चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन चासोक तङ्नाम समितिका सचिब मोहन माबोले गर्नु भएको थियो ।