May 10, 2024

Uncategorized

वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

पूर्णिमामा उभौली चाड मनाइन्<span;>वैशाख<span;>छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ 

दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।

आजको पहिलो खेल लिग चरणकै बहुप्रतिक्षित मानिएको छ। लिग चरणको अन्तिम खेलमा भिड्दै गर्दा पोखरा शीर्ष स्थानमा रहँदै लिग चरणको यात्रा सकाउन चाहन्छ। पोखरा  प्लेअफमा भने पुगिसकेको छ।

शीर्ष स्थानको पोखराले ७ खेलबाट १४ अङ्क जोडेको छ।

यस्तै धनगढीले आजको खेलमा जित निकाल्दै वा बराबरी गर्दै प्लेअफमा पुग्न चाहन्छ। धनगढी पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ र पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न चाहन्छ। पोखरासँग हारेको खण्डमा धनगढीको अरु खेलको नतिजामा निर्भर रहनुपर्नेछ। धनगढी ७ खेलबाट १२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा भिड्न लागेको झापा प्लेअफको यात्रा सहज बनाउने लक्ष्यसहित मैदान उत्रने छ। चौथों स्थानमा रहेको झापा आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। झापाको बराबरी वा हारको नतिजाले उसको प्लेअफ खेल्ने सम्भावना अरु खेलको नतिजामा निर्भर रहनेछ।

तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने कोशिश गर्नेछ।  

रोङ – शहर बजार केन्द्रीत हुने रक्तदान कार्यक्रम पहाडी तथा ग्रामीण भेगमा खासै आयोजना भएको पाईदैन् । रक्तदाताको अभाव र भौगोलिक विकटता त्यसको मुख्य कारण बनेको छ । रगत दान गर्दा शरिरलाई कुनैपनि किसिमको बेफाइदा हुँदैन् भन्ने ज्ञानको अभाव दुरदराजमा अहिले पनि भेटीन्छ ।

तर आज इलामको रोङ गाउँपालिकाको ग्रामिण भेगमा आयोजना भएको एक रक्तदान कार्यक्रममा भने रगत दान गर्नेहरुको उल्लेख्य उपस्तिथि रहेको थियो । सबैभन्दा खास कुरा चै विवाहकै दिन दुई जना बेहुला एकैसाथ रक्तदान गर्न सहभागि भएपछि कार्यक्रमको परिवेश नै फेरीएको थियो ।

पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ पिरुवाका धनकुमार बेघा बेहुली लिन भनेर इलामको रोङ गाउँपालिकको २ नम्बर वडा स्थित बदमटार आइपुगेका थिए । ससुराली घरबाट नजिकै रक्तदान भईरहेको थाहाँ पाएपछि उनी बिहे कर्म चल्दा–चल्दै थोरै समय निकालेर कार्यक्रम स्थलमा आईपुगे । रोङ–२ स्थित शशि मा.वी.मा चलिरहेको रक्तदान कार्यक्रममा उनी मात्रै आएन्न उनीसंगै एकै लगनमा विवाह बन्धनमा बाधिएका बिरकुमार राई पनि रक्तदानमा सहभागि हुन् आइपुगे ।

धनकुमार र बिरकुमार दुवै जना एकैघरका जुवाई हुन् । उनिहरुले एकै घरका दिदि–बहिनी आज एकैचोटी, एकै लगनमा विवाह गर्दै थिए । आफ्नै सामाजिक रिती अनुसार विवाह बन्धनमा बाधिएका बिरकुमार साईनोमा धनकुमारका साडुदाई पर्ने रहेछन् । पाँचथरका बिरकुमार र इलामकै धनकुमार बेहुला बनेर बसेकै अवस्थामा रक्तदान गर्न आएपछि कार्यक्रमको रौनक बढेको थियो ।

उनिहरुलाई कार्यक्रममा सबैले विवाहको शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थियो । रक्तदानपछि सृजना सामुदायीक वनले दुबै बेहुलालाई बिरुवा हस्तनान्तरण गरेको थियो ।

रक्तदानलाई नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखा इलामले आयोजना गरेको थियो । सृजना सामुदायीक वन उपभोक्ता समितिको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३० जना पुरुष र ५ जना महिला गरि जम्मा ३५ जनाले रक्तदान गरेका थिए ।

रक्तदानमा सहभागि सम्पूर्ण दाताहरुलाई समुदायीक वनको तर्फबाट कागती, अम्ब लगायतका जातको बिरुवा बितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखाका अध्यक्ष नेत्रप्रसाद पोखरेलको अध्यक्षता र रोङ–२ का वडाअध्यक्ष चन्द्रशेखर घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सृजना सामुदायीक वनका अध्यक्ष खुम्बा तामाङ, उपाध्यक्ष प्रिती प्रधान, सचिव सन्तबहादुर तामाङ, कोषध्यक्ष दलमाया राई, रेडक्रस इलाम जिल्ला सदस्य श्याम कार्की, रोङ सचिव गणेश अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु लगायतको उपस्तिथि थियो ।

रक्तदान कार्यक्रममा रेडक्रस दमकका रक्तसंचार प्रमुख सिदार्थ दाहाल नेतृत्वको ५ जनाको टोलिले प्राविधिक सेवा प्रदान गरेको थियो ।

इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा आगलागी भएको हो ।

भान्साघरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् । आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।

आगलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको अनुमान गरिएको घटनास्थलमा रहेको प्रहरी टोलीले जनाएको छ । आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको  छैन ।

बुद्धशान्ति। बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति १ मा नवनिर्मित पुस्तकालय तथा प्रयोगशाला भवनको उद्घाटन गरिएको छ।

संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठकले उद्घाटन  गर्नुभएको हो ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट नमूना विद्यालयको रुपमा विकास गर्न छनोट गरिएको यस विद्यालयलाई आर्थिक वर्ष २०७९–०८० मा प्राप्त भौतिक निर्माण अनुदान तर्फ १ करोड रुपैँया तथा विद्यालयको आन्तरिक श्रोतबाट ४० लाख लगानीमा आठ कोठे दुईतले प्रयोगशाला तथा पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले गर्नु भएको थियो भने  उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले गर्नु भएको थियो  ।


कार्यक्रममा संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा बिकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार विक, बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय , शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन शिक्षक माधव वरालले गर्नु भएको थियो

झापाको बुद्धशान्ति ५ सम्पन्न दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन एफसी रोङले उचालेको छ ।

आईतबार भएको फाईनलमा आयोजक जागृती क्लब र बहुबन एफसी रोङ भिडेका थिए  । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारिलाई पराजित गर्दै उपाधी भिडन्त तय गरेको थिए । आयोजक जागृती क्लबलाई बहुबन एफसी रोङले २ गोल लगाएको थियो भने  आयोजक जागृती क्लबले १ गोल मात्र फर्काउन सफल भएको थियो ।
प्रतियोगिताको विजेता बहुबन एफसी रोङले नगद ५० हजार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्यो भने  उपविजेता जागृती क्लबले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो  ।

झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा   विर्तामोड छिमेकी युवा क्लबलाई ५/४ गोल अन्तरले हराउदै जागृति युवा क्लब आयोजक फाईनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज  भएको  खेलमा  जागृति युवा क्लब तर्फबाट स्याम मुर्मुले पहिलो हाफमा १ गोल गरेका थिए भने छिमेकी फुटबल क्लब विर्तामोडको तर्फबाट राजेस दाहाले दोस्रो हाफमा १ गोल फर्काउँदै खेललाई बराबरी बनाएका थिए ।

खेलको निर्धारीत समयमा दुबै टिमको खेलबराबरी भएपछि ट्राईबेकरको आधारमा ५ / ४ गोलको अन्तरले आयोजक टिम फाइनलमा प्रबेस गरेको हो ।

आजको खेलमा आयोजका  टिमका गोल किपर उपेन ल्वागुन म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका थिए ।

मंसिर १० गते वाट सन्चालन भएको प्रतियोगिताको फाईनल मंसिर १७ गते हुने छ भने फाइनलमा आयोजक र वहुवन एफसी बिच हुने बताईएको छ ।

खेलमा  प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन भने  उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिनु भयो ।

झापा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी झापा बुद्धशान्तिका गाउँपालिका वडा नं २ का ५२ वर्षीय यादवराज पौडेललाई पक्राउ गरी कारागार पठाएको छ ।
झापा जिल्ला अदालतबाट २०७९ फागुन ११ गते लागुऔषध मुद्दामा दुई महिना कैद सजाय हुने फैसला भएपछि  यादवराज पौडेल फरार भएका थिए ।

झापा प्रहरीका कार्यवाहक प्रवक्ता ढुण्डीराज गिरीका अनुसार पौडेललाई मंगलबार इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित श्री जागृति युवा क्लब बुद्धशान्ति ५ पानी घट्टाको आयोजनामा दोस्रो शान्तिनगर नकआउट फुटबल प्रतियोगिताको आज भएको खेलमा जागृति युवा क्लब आयोजक र ड्रिमसं  F C इलाम बिच भएको
खेलमा ५-१ गोल अन्तरले  ईलाम लाई हराउदै जागृति युवा  क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

श्री जागृति युवा क्लब  बुद्धशान्ति ५ को आयोजनामा  सन्चालन भएको फुटबल प्रतियोगिताको आज भएको खेलमा जागृति युवा क्लब आयोजक र ड्रिमसं  F C इलाम बिच प्रतिस्पर्धा भएको थियो खेल सूरू भएको ९ मिनेटमा  जागृति युवा क्लब आयोजक का रोमन भुजेलले १ गोल गरेका थिए भने दोस्रो हाफको १५ मिनेट भित्रमै जागृति युवा क्लब आयोजक का रोमन भुजेल र पारस लिम्बुले थप १ /१ गोल गर्दै आफ्नो टिमलाई विजयी गराएका थिए।

एता दोस्रोहाफको अन्तिम २८ अौ मिनेटमा ड्रिमसं  F C इलामका विशाल माझिले १ गोल फर्काउन सफल भएका थिए भने जागृति युवा क्लब आयोजकले ड्रिमसं F C इलाम लाई ५/१ गोलको अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

मंसिर १० गते बाट १७ गते सम्म सन्चालन भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् भने भोलि हुने खेलमा खुदुनाबारी FC   र  बहुवन FC  बिच हुने आर्थिक व्यवस्थापन  समितिका सदस्य प्रध्युन्न भट्टराइले बताउनु भयो ।

मंसिर १७ गते हुने फाइनल प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई उप विजेतालाई  ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने बताइएको छ त्यस्तै  प्रत्येक खेलमा प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, खेलमा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट खेलको उत्तकृष्ठ गोल प्लेयर लाई प्रति गोल २ वटा रेडबुल वितरण गर्दै आएको बताईएको छ भने खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत  गरिनेखेलकुद समितिका सचिब भोजराज खवासले जानकारी दिनु भयो

बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको ८० हजार साथै वडा नं ५ वडा कार्यलय वाट ७० हजार स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको  खेलकेुद समितिका अार्थिक संयोजक दिलिप कुमार सरदारले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार रुपैयाँ खर्चको अनुमान गरिएको सरदार बताउनु हुन्छ । खेललाई थप रोचक बनाउन बिच बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो

श्री जागृति युवा क्लबले आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ  संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई  खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको श्री जागृति युवा क्लबका अध्यक्ष टेक बहादुर गदालले बताउनु भयो ।

गए राति सुनसरीको इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए।

लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको रकेट बम जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब रु ५० लाखभन्दा बढीको क्षति भएको बताइएको छ।

 

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।