May 10, 2024

Uncategorized

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा अाज २ जना हाउस फुल विजेता हुनु भएको छ। विजेता हुनेमा बुद्धशान्ति १ का गजुहाङ योङहाङ र बुद्धशान्ति ३ का शङ्खर श्रेष्ठ रहेनु भएको छ विजेताले १ तोला सुन जित्नु भएको हो ।

आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलमा दशैँको घटस्थापना देखि तिहारको साथै छठ पर्व पछिको दिनसम्म खेलाइन्छ । हरेक साँझ बिङ्गो खेल्न बुद्धशान्तिका मात्रै नभई जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साँझमा बुधबारे बजारको रौनकले बुधबारे बजार धपक्कै बल्ने गरेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनु भयो ।

बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै बुद्धशान्तिमा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । बुद्धशान्तिको बालुवाटारमा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने स्थानिय हरू बताउनु हुन्छ ।

विगत केही वर्ष देखि यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको यो खेल यस वर्षपनि संचालनमा रहेको क्लबका सचिव दुर्योधन देवले बताउनु भय।

बिङ्गोबाट यस अघि संकलित रकमबाट बुद्धशान्तिमा विभिन्न खेलकुद हरूको अायोजना समेत गरिएको बताईएको छ । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि बुद्धशान्तिमा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेल बताउनु हुन्छ ।

बुद्धशान्तिको बालुवाटारमा बिङ्गो खेल्नकै लागि भनेर निकै टाढा-टाढाबाट गाढि चढेर समेत आउँने गरेका छन् । दिनभरी पेसा व्यवसायमा ब्यस्त रहने हुन या अध्ययनको लागि बहिरिएका हरूको लागि बिङ्गो पुर्नमिलनको मौका हुने गरेको क्लबका उपाध्यक्ष दिपक सुब्बा थेबे बताउनु भयो

घाँस काटिरहेको बेला बारीको रुखमा रहेको अरिङ्गालले चिल्दा इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको हो । मृत्यु हुनेमा माङ्गसेबुङ्ग-३  का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दशैमा ससुराली भेटघाट गर्न आएका उनी अरिङ्गाल झार्ने क्रममा टोकाईबाट घाइते भएका थिए ।   अरिङ्गालले चिलेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिङ्गाल आएर चिलेको हो ।

उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल ल्याइएकोमा मङ्गलवार राती एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको बुधबारे बजारको जयपुर चोक साथै वालुवा टार आसपासमा शनिबार विहानै वाट निक्कै चहल पहल भएको देखिन्छ । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज मेलामा The Elements Band को बेजोड प्रस्तुती रहने जानू पर्छ है भन्दै थिए ।

आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा संचालन भइरहेको बुद्धशान्ति सास्कुतिक तथा सांङगितिक महोत्सवमा यस अघि पनि एलिना चौहान, कमल खत्री, मेचु धिमालको बेजोड प्रस्तुति साथैढ विभिन्न व्याण्डहरूको प्रस्तुति रहेको थियो । भने महोत्सवमा आज The Elements Band को बेजोड प्रस्तुती रहने बताईएको छ ।

कार्तिक २ गते वाट सन्चालन भएको मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा केन्द्रले बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावाले बताउनु भयो ।

बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चारकर्मि सुरक्षाकर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।

महोत्सवमा मनोरञ्जनका लागी रोटे पिङ, ड्रागन रेस लगायत बच्चाका विभिन्न खेल सामाग्री राखिएको छ । सथै मेलामा विभिन्न अर्गानिक परिकारहरूको स्वाद संगै रमाउन सकिने बताईएको छ ।

 

झापाको बुद्धशान्तिमा सुपारी कृषकहरुले पत्रकार सम्मेलन गर्दै सरकारले विदेशी सुपारी आयातलाई प्राथमिकता दिएकाले स्वदेशी सुपारीले उचित भाउ नपाएको भन्दै सुपारी कृषकहरुले गुनासो पोखेका छन् ।

उद्योग बाणिज्य संघको सभाहलमा पत्रकारहरू सँग कुरा गर्दै कृषकहरूले गुनासो गर्नुभएको थियो ,। झापा, इलाम, मोरङ र सुनसारी जिल्लाका सुपारी कृषकहरुको भेलाबाट गठीत नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गिता प्रसाद अधिकारीले भन्नुभयो, कृषकले उत्पादन गरको काँचो सुपारी सोझै तेस्रो मुलुक निर्यात गर्न पाउनुपर्ने पहल सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँ आक्रोस पोख्दै भन्नू हुन्नुहुन्छ , दुईचारजना बिचौलियाका कारण सरकार निर्यात गर्न तर्फ भन्दा आयात गर्न लागि परको बताउनु भयो ।

नेपालमा सुपारी खेती व्यापक रुपमा बिस्तार भएकाले नेपालमा चाहिने भन्दा बढी भएता पनि बिचौलियाका कारण निर्यातमा समस्या रहेको किसानहरु बताउँदै आएका छन् ।

कृषकले उत्पादन गरको सुपारी सहज तरिकाले कृषक आँफैले निर्यात गर्न पाउनुपर्ने, सुपारीलाई कृषि उपजमा सुचिकृत गरिनुपर्ने माग राख्दै आएका सुपारी कृषकहरुले कृषि बिकास मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापक छलफल गर्दै आफ्ना मागहरु राख्दै ज्ञापन पत्र समेत बुझाइएको संयोजक गिता प्रसाद अधिकारीले बताउनु भयो ।

उनले यस ज्ञापनपत्रको मागलाई सरकारले सुनवाई नगरे देशैभरका दश लाख बढी सुपारी कृषकलाई आन्दोलनमा उतार्ने समेत बताए । उनले यस बिषयमा सम्वेदनशील रहन समेत सरकारलाई समेत आग्रह गरेका छन् ।

३० बर्षदखि सुपारी व्यवसाय गर्दै आएका अर्जनधाराका सुपारी व्यवसायी सुरेन्द्र शाहका अनुसार सुपारी कृषकका लागि खोलिएका संस्था वास्तविक किसान नभएको समेत बताएका छन् । कमिसन र बिचौलयिाको काम गर्न मात्र संस्था दर्ता गरेर खोलिएको भन्दै आक्रोस पोख्नु भएको थियो । उहाँले भन्नुभयो नेपालको राम्रो लोकल सुपारी भारत जान्छ र भारतको बिग्रेको सुपारी नेपाल आयात भईरहँदा पनि सरकारले वास्ता नगरको बताए । यता सुपारी कृषक नारायण न्यौपानेले पनि कृषकले बिचौलियका कारण सोझै बिक्री गर्न नपाउँदा कम मुल्यमा बिक्री गर्नु परेको बताउनु भयो ।

स्वदेशी सुपारीले नधान्ने भएमा मात्रै आयात गर्ने नीति सरकारले बनाउनु पर्छ भन्ने किसान तथा व्यापारीको भनाई छ आयातको नाममा कमिसनरुपी कमाउ धन्दाले सुपारी उत्पादन गरेर जीवनयापन प्रयास गर्ने मिहिनेतको कदर नभएको किसानको गुनासो छ ।

नेपालमा झापा, मोरङ, सुनसरी, र इलाममा बढी सुपारी उत्पादन हुने गर्छ । यी जिल्लाहरु नेपाललाई सुपारी कारोबारमा आत्मनिर्भर बनाउने क्षमता राख्छन् । खेती गर्ने जमिन छ, सीप छ, तालिम पनि छ ,तर बेचेर आय आर्जन गर्ने उचित बजार तथा मूल्य नै छैन ।

सुपारी उत्पादक किसान विभिन्न राष्ट्रिय तथा अन्तर्राष्टिय तालिम लिएर गतिलो अनुभव सम्हालेका अनि मिहिनेती पनि छन् । तर सरकारले कृषककै लागि भनेर ठोस नीति नबनाउँदा कृषक समस्यामा पदै आएका छन् ।

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर झापा आउँदै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् ।

आज दिउँसो १:४० बजे बाग्मती प्रदेश ०१-००४ क २०७६ नम्बरको हायस गाडी मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अधेरीमा दुर्घटना भएको हो ।

बाँया साइडको पछाडिको टायर खुस्केर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छघाइतेमध्ये चालक र एक यात्रुको अवस्था गम्भिर भएकाले विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिन्दन चौधरीले जानकारी दिए ।

घाइतेहरूको उद्दार गरेर उपचारको लागि विभिन्न अस्पताल लगिएको छ भने माइक्रोबस दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ घाइतेको विवर चालक जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका- ५ बस्ने बर्ष २३ को सागर ठाकुरीको टाउकोमा चोट, जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि १४:३० बजे बिराटनगर न्युरो रेफर ।
ईलाम सुर्यदय नगरपालिका- ९ बस्ने बर्ष ४० की रेणुका गौतामको नाकमा चोट,अवस्था सामान्य ।
रेणुकाको निजको छोरा बर्ष १५ को अनुपम आचार्य हात, अनुहारमा चोट अवस्था सामान्य ।
झापा शिवसतासि नगरपालिका- १ बस्ने बर्ष ३० को निर्देश भट्टराईको दाहिने हात, अनुहारमा चोट अवस्था बोल्न सक्ने ।
निर्देशको बहिनी बर्ष १४ की निकिता भट्टराईको हात खुट्टामा सामान्य चोट ।
सुनसरी बराह्रक्षेत्र नगरपालिका- ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्रीको दाहिने हात, छातीमा चोट अवस्था बोल्न सक्ने ।
झापा मेची नगरपालिका- १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्कीको दाहिने खुट्टामा चोट अवस्था बोल्न सक्ने ।
भारतीको छोरा बर्ष १२ को संयम कार्कीको अनुहार, दाहिने हात खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
मोरङ पथरी नगरपालिका बस्ने बर्ष १४ को निरज निरौलाको दाहिने खुट्टामा चोट ,अवस्था बोल्न सक्ने ।
ललितपुर गोदावारी नगरपालिका-११ बस्ने बर्ष ४७ को बिजय तामाङको दुबै हात, दाहिने खुट्टामा चोटअवस्था बोल्न सक्ने ।
पाँचथर फिदिम नगरपालिका-६ बस्ने बर्ष ७२ को बलबिर बि.क.को खुट्टा,अनुहारमा चोट, अवस्था गम्भिर विराटनगर रेफर ।
धनकुटा नगरपालिका- ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठको बाया खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
कन्चपुर भिमदत्त नगरपालिका- १०बस्ने बर्ष ३४ को मुकेश चनको बाया हात, खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।
झापा धुलाबारी बस्ने अन्दाजी बर्ष २७ की अन्जु पोख्रेलको बायाँ हात, खुट्टामा चोट,अवस्था बोल्न नसक्ने ।
धनकुटा सागुरीगढी गाउँपालिका-६ बस्ने बर्ष १८ को रोशन राईको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
धरान उ.प.नगरपालिका- १७ बस्ने बर्ष ३० को बिनोद राईको अनुहारमा चोट,अबस्था सामान्य ।
कंकाई नगरपालिका- ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठको दुबै खुट्टामा चोट,अवस्था बोल्न सक्ने ।
भक्तपुर सुर्यविनायक नगरपालिका बस्ने देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल खुट्टा र निधारमा सामान्य चोट ।

झापाको बुद्धशान्ति गाउँपालिकास्थित बुधबारेमा ‘प्रथम बुद्धशान्ति अध्यक्ष कप वडास्तरिय टी-१० क्रिकेट प्रतियोगिता-२०८०’ को उद्घाटन भएको छ

आइतबार क्लबका अध्यक्ष मातृका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धाशान्ति गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मनोज प्रसाई र कार्यक्रमका बिशिस्ट अतिथि भवानी प्रसाद खतिवडाले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

आदर्श युवा क्लव बुद्धशान्तिले आयोजना गरेको कार्यक्रमलाई प्रायोजन बद्धशान्ति गाउँपालिकाले गरेको छ । पछिल्लो समय क्रिकेट खेलमा मानिसहरुको लगाव असाध्यै धेरै भएकाले रुचि र माग अनुसारको खेलको आयोजना गरिएको आयोजक समितिका कोषाध्यक्ष गोकुल पौडेलले बताउनुभयो ।

बुद्धशान्तिका सबै वडाका खेलाडीहरुले क्रिकेटको अभ्यास गरिरहे पनि प्रतियोगितामा सहभागी हुने अवसर नपाएको गुनासो बढ्न थालेपछि गाउँपालिकाका सातवटै वडाका खेलाडीलाई प्रतिस्पर्धा गराएर त्यस मध्येका उत्कृष्ट खेलाडीहरुको पहिचान गरि बुद्धशान्तिमा बलियो क्रिकेट टीम निर्माण गर्ने उद्येश्यले बुधबारेमा ‘प्रथम बुद्धशान्ति अध्यक्ष कप वडास्तरिय टी-१० क्रिकेट प्रतियोगिताको अायोजना गरिएको आयोजक समितिका सचिव दुर्योधन देव सिंहले बताउनुभयो ।


आदर्श युवा क्लबले यसअघि फुट्बल खेलको मात्र आयोजना गर्यो भनेर जनगुनासो बढ्न थालेको र क्रिकेटको माग बढ्दो अवस्थामा रहेपछि क्रिकेट खेलको आयोजना गरिएको आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले बताउनुभयो । भविष्यमा अन्य कार्यक्रमलाई जस्तै क्रिकेटलाई पनि प्राथमिकताका साथ आयोजना गरिने समेत उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

आइतबारबाट सुरु भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको विषिष्ठ अातिथ्यता रहेको कार्यक्रममा वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय ५ नं वडा का वडा अध्यक्ष डेगेन्द्र कार्की , बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख प्रविन भट्टराई टिमाई वेश क्याम प्रमुख राम लिम्बू, बर्खा प्रतिस्ठान अध्यक्ष मदन प्रसाई समाज सेवि मनेस दाहाल लगायतको अातिथ्यतामा भएको प्रतियोगिता फाइनल असोज ३० गते मंगलबार समापन हुने आयोजकले जनाएको छ

प्रतियोगिताको विजेताले २५ हजार नगद पुरस्कार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन, भने द्वितीयले १५ हजार नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलमा मेन अफ द म्याच, घोषित हुनेछ भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने छ भने र म्यान अफ द म्याच भएका खेलाडीलाई बर्खा प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।

जसले नगद १ हजार १ सय सहित ट्रफि प्रप्त गर्नेछ भने ह्याट्रिक सीक्स र ह्याट्रिक विकेट पनि प्रत्येक खेलमा घोषित हुनेछन् उनिहरुले नगद सात सय रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताको फाइनल खेलमा मेन अफ द सिरिज घोषणा गरिनेछ जसले नगद ५ हजार एक सय सहित ट्रफि प्राप्त गर्नेछ । उक्त प्रतियोगिताको संयोजक आदर्श युवा क्लबका उपाध्यक्ष दिपक सुब्बाले गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुसहित बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमीहरुको बाक्लो उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा सम्पुर्ण अतिथि हरूलाई क्लबका निबर्तमान अध्यक्ष मनेष दाहालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन आदर्श युवा क्लबका सचिव दुर्योधन देव सिंहले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा आइतबारे युथ क्लबको आयोजनामा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा अाईतबारे युथ क्लब AYC गाडा गल्ली इनोभेटिभ बिच भएको खेलमा आइतबारे युथ क्लबलाइ १/३ गोल अन्तरले हराउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको छ ।

खेल सुरू भएको १० औं मिनेटमा गाडा गल्ली इनोभेटिभका टिम क्याप्टन नितेस राईले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १६ मिनेटमा अाईतबारे युथ क्लब आयोजकका सोनुहाङ लिम्बुले पनि १ गोल गर्दै दुबै टिमको खेल बराबरी बनाएका थिए भने फेरि पनि खेलको ३१ अौं मिनेटमा गाडा गल्लीका इनोभेटिभका सेवात मगरले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा खेलको २२ अौं मिनेटमा गाडा गल्लीका छिरिङ तमाङले थप १ गोल गर्दै आइतबारे युथ क्लब आयोजकलाई १/३ गोल अन्तरले हार चखाउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

त्यस्तै मैला तर्फ भएको फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच भएको थियो जस्मा सृजनसिल युवा समाजलाई ०–१ गोल अन्तरले हराउदै भोटेटार FC विजयी भएको थियो ।

असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका थिए ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि भएका थिए, प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो भने  दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रमाण प्रत्रले सम्मान गरिएको थियो ।

त्यस्तै आज भएको महिला तर्फको फाइनल खेलमा पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रमाण पत्रले सम्मान गरिएको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारि दिनु भयो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अाइतबारे युथ क्लब आयोजका विशेष गुरूङ भएका थिए भने उच्च गोलकर्ता गाडा गल्लीका रिकि श्रेष्ठ भएका थिए ।

आज भएको फाईनल खेलमा गाडा गल्लीका सेवन मगर ,म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका मगरलाई  समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुको तर्फबाट पुरस्कृत गरिएको थियो ।

शनिबार भएको फाइनल खेलमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नू, भयो हाम्रो स्वाथ्यको लागि पनि खेलकुद अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा  बेस्त बनाई उनिहरुलाई कुलतमा फस्नबाट जोगाउन खेलकुदले ठूलो मदत, पुग्ने भएकाले यस्ता खेलहरूले अहिलेका युवाहरूलाइ स्वाथ्य क्षेत्रमा पनि निकै प्रभावकारी भुमिका खेल्ने बताउदै गाउँपालिकाको तर्फ बाट खेलकुदको क्षेत्रमा पालिकाको तर्फबाट सहयोग गर्ने साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

प्रतियोगितामा अतिथिहरूलाई स्वागत गर्न सेकमुरीफुङ याक्थुङ साप्तिम सयङ समेतको नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा ब्यस्थ बनाउने र उनिहरुकाे खेलकुदमा बेस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको क्लबका मिलन सुब्बा बताउनु हुन्छ

शनिबार सम्पन्न फाइनल खेलमा संस्थाका खेल संयोजक सुर्यमान सुब्बाको सभापतित्वमा भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता त्यस्तै अतिथिहरूमा वडा नं ४ का वडा सदस्य आइत राज साँवा टिमाई वेस क्यामका प्रमुख,राम लिम्बू, आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो समाज सेवि नवराज लिम्बू फोदराज शेर्मा, लक्ष्मि मावो, राजेन्द्र राई लगायतको उपस्थिति भएको कार्यक्रमको सन्चालन इन्द्र भण्डारीले गर्नुभएको थियो ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।

 

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । घटनाको थप विवरण आएको छैन ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयमा आज एक कार्यक्रमको अायोजना गरि हाम्री अामा राम्री अामा ,हाम्रा नानिबाबु राम्रा नानिबाबु बनाउनमा भुमिका विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बुद्धशान्ति ३ स्थित श्री शिशु सुधार आधारभुत विद्यालयमा भएको कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद रिजालको अध्यक्षता बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता बुद्धशान्ति गाउँपालिकाका शिक्षा साखा प्रमुख कमल निरौलाको बिषिष्ठ अातिथ्यता रहेको थियो ,।

श्री अादर्श माद्यमिक विद्यालयका शिक्षक हरिभक्त दाहालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सहजिकरण गर्नुभएको थियो २०० भन्दा माथि अभिभावक अामाहरूको उपस्थितमा कार्यक्रमको सहजिकरण गर्दै शिक्षक हरिभक्त दाहाले भन्नू भयो शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रमको शहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानि प्रसाद खतिवडाले भन्नू,भयो हाम्री अामा राम्री अामा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

बुद्धशान्ति ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयको सभाहलमा भएको कार्यक्रममा विद्यालय अक्षयकोष दाता साथै शिक्षक अभिभावक सघंकी अध्यक्ष सुशिला तिवारि वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाइ ,विद्यालयका सम्पुर्ण शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिति भएको कार्यक्रमको संचालन श्री शिशु सुधार अाधारभुत विद्यालयका प्रधानाध्यापक पदम कुमार थापाले गर्नुभएको थियो l

 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको सेमिफाईनल खेलमा बुधबारे युनाईटेड FC र आईतबारे युथ क्लब आयोजक बिच भएको खेलमा बुधबारे युनाईटेड FC लाई २/४ गोलको अन्तरले हराउँदै अाईतबारे युथ क्लब आयोजक फाईनलमा प्रवेस गरेको छ ।

खेल सुरू भएको १० औं मिनेटमा बुधबारे युनाईटेड FC का पारस लिम्बुले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १५ अौं मिनेटमा आईतबारेयुथ क्लब आयोजका सागर रसाईलिले पनि १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए।

दोस्रो हाफमा खेलको १८ अौं मिनेटमा आईतबारे युथ क्लबका निमा तामाङले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने निर्धारित समयको अन्तिममा निमा तामाङले फेरि पनि १ गोल गर्दै अाफ्नो टिममा ४ गोल बनाउन सफल भए भने बुधबारे युनाईटेडका पारस लिम्बुले पनि थप १ गोल गर्दै जम्मा २ गोलमा चित्त बुझाउनु पर्यो । खेलको निर्धारित समयमा बुधबारे युनाईटेड २/ अाईतबारे युथ क्लब ४ गोल अन्तरले हराउदै अाइतबारे लफाईनलमा पुगेको हो ।


त्यस्तै महिला तर्फको हुने भनिएको खेलमा छिमेकि युवा क्लब बिर्तामोडको टिम उपस्थिति नभएपछि खेलको नियम अनुसार अोकेबर गर्दै फाईनलमा पुगेको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारी दिनु भयो ।

प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रदान गरिने छ भने महिलको तर्फबाट पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रदान गरिने बताईएको छ ।


असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका छन् ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि रहेका छन २७ गते हुने फाईनल खेलमा अाईतबारे युथ क्लब आयोजक र गाडा गल्ली इनोभेटिभ बिच हुनेछ भने महिलाहरूको तर्फबाट हुने फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच हुने बताईएको छ ।


आज भएको सेमिफाईनल खेलमा आइतबारे युथ क्लबका अर्जुनधारा फुटबल क्लबका निमा तामाङ म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गर्दै अाएको र म्यान अफ द म्याच भएका खेलाडीलाई समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुलेको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।


अाज भएको सेमिफाईनल खेलमा खेलकुद आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दहाल,लगायतको उपस्थिति रहेको थियो