May 10, 2024

प्रदेश १

ईलामकाे राेङ गाउपालिकामा माछा पालक किसानहरुकाे लागी दुईदिने तालिम शनिबार सम्पन्न भएकाे छ। तालिममा माछा पालनमा किसानले बिभिन्न राेगहरुकाे पहिचान र निदानकाे लागि किसानहरुलाई प्रशिक्षित गराईने उदेश्यले पहिलाे दिन थ्याेरिकल प्रयाेगात्मक रुपमा गरिएकाे हाे।

काेशी प्रदेश सरकार पशुपंक्षि तथा मत्छ्य बिकाश निर्देसनालयकाे साथै राेङ गाउपालिकाकाे सहकार्यमा भएकाे तालिममा राेङ गाउलिकाका पन्ध्र जना माछा पालक किसानहरुकाे सहभागिता रहेकाे थियाे। तालिमलाई मत्छ्य बिकाश निदेसनालय काेशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भाेटिया,नेल्सन पाेखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएकाे थियाे।

तालिममा सहभागि किसानहरुलाई उपचार सामाग्रिहरु चुन,नुन,थर्ममिटर लगायतकाे सामाग्रि समेत बितरण गरिएकाे थियाे।काेशी प्रदेशभरी यस्ता तालिमका कार्यक्रम मागकाे आधारमा पन्ध पालिका हरुमा हुने अधिकृत भाेटियाले बताए ।तालिम अत्यान्तै ज्ञान बर्धक र उपयाेगि रहेकाे राेङ ६ का किसान चन्द्र प्रधानले बताए।

 

सुनसरीको इनरुवामा आज पुर्वराजा ज्ञानेन्द्र शाहकाे नागरिक अभिनन्दन तथा सार्वजनिक मन्तव्य कार्यक्रम सम्पन्न भएको छ।सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए । तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ ।

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए।

सम्बोधनको पूर्णपाठ :

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकाँक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस । धन्यवाद । जय नेपाल ।

झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले पालिका भित्रका ह्वीलचेयर आवश्यकता पर्ने अपाङ्गता भएका १५ जना लाई ह्वीलचेयर वितरण गर्नुभएको छ।

रोटरी इन्टरनेश्नल फाउन्डेसनको समन्वय तथा ‘द काओ झोङ झी फाउन्डेशन ताइपाइ’ को सहयोगमा बुद्धशान्तिमा आएको १४ थान ह्वीलचेयर आज अपांगता भएका व्यक्तिहरुलाई हस्तान्तरण गरिएको हो।

बुद्धशान्तिका विभिन्न क्षेत्रका अपांग भएका व्यत्तिहरुको सहजताका लागि ह्वीलचेयर वितरण गरिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले बताउनभयो उहाँले भन्नुभयो ‘चुनावी प्रचारप्रसारका क्रममा मैले आफ्नो तलब भत्ता जनतामानै खर्च गर्ने भनेको थिएँ। सोही रकमबाट अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरिएको हो ।’निशुल्करुपमा सहयोग आएता पनि कलकत्ताबाट काठमाण्डौँ, दमक हुँदै बुद्धशान्ति सम्म आइपुग्न यस्को ढुवानी वापतको ६३ हजार रुपैँया पालिका अध्यक्ष प्रसाईले आफ्नो व्यक्तिगत तलब भत्ताबाट खर्च गर्नुभएको छ।

आगामी दिनमा अझ केही थान ह्वीलचेयर ल्याउन समन्वय गरिरहेको उहाँले जानकारी दिनु भयो।

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे जेसीजले रक्तदान कार्यक्रमको आयोजना गरी आइतबार १२औँ स्थापना दिवस मनाएको छ ।

बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता त्यस्तै बुधबारे जेसीजका संस्थाापक अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रक्तदान कार्यक्रम संयोजक शितल तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए।

कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोख्रेल, रमेश बराल, प्रकाश भण्डारी, हेमन्त बराल, नन्दकुमार राई, अनिल वाग्ले, मुकेश भट्टराई त्यस्तै मानार्थ सदस्य दिपेन सिटौला लगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष ढकालले सामाजिक उत्तरदायित्व अन्तरगत स्थापन दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोेजन गरिएको जानकारी गराउँदै बुधबारे जेसिज संगै बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनमा आफूँ र आफ्नो टिम लागि परेको बताएका छन् ।

बुध्दशान्ति गाउँपालिका वडा नं १मा रहेको अाफ्नै भवनमा भएको कार्यक्रममा पूर्व अध्यक्ष सेमन्त पोख्रेल, नेपाल रेडक्रस सोसाइटी बुद्धशान्तिका सभापति पुष्पराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन बुधबारे जेसीजका महासचिव कुशल अधिकारीले गरेका थिए ।
रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमबाट २० पिन्ट बढि रगत संकलन भएको छ ।

विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात कार्यालय कोशीका तत्कालीन ११ कर्मचारीमध्ये तीन उपसचिवलाई जनही आठ वर्ष कैद सजाय सुनाइएको छ। एक उपसचिवलाई साढे दुई वर्ष कैद निर्धारण गर्दा दुई लेखा अधिकृतलाई नौ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईले न्यूनतम साढे दुई वर्षदेखि नौ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना असुलको आदेश भएको जानकारी दिनुभयो । विशेषले फागुन ३० गते कसुर ठहर गरेको थियो । दुई फरक–फरक मुद्दामा गरी अदालतले ११ जनालाई दोषी ठहर गरेको थियो ।सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको थियो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।

इजलासले उपसचिव रमेशप्रसाद दाहाललाई आठ वर्ष कैद र तीन करोड दुई लाख १७ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवाना गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद तथा पाँच करोड ८३ लाख ९२ हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । उपसचिव नयराज नेपाललाई आठ वर्ष कैद र छ करोड १७ लाख ६४ रुपियाँ बिगोको आदेश गरेको छ । दुवैसँग बिगोको दोब्बर जरिवाना असुलको आदेश गरेको छ ।


यस्तै लेखा अधिकृत कुमार कटवाललाई छ वर्ष कैद र ५० लाख ८२ हजार ९०६ रुपियाँ बिगो, टीकाराम अधिकारीलाई नौ वर्ष कैदको आदेश गरेको छ । अधिकारीलाई १४ करोड सात लाख ९६ हजार रुपियाँ बिगो असुलीको आदेश गरिएको छ भने बिगोको दोब्बर जरिवाना हुनेछ ।

यसैगरी लेखा अधिकृत सुरेश अधिकारीलाई नौ वर्ष कैद तथा १५ करोड तीन लाख ९९ हजार ९८६ रुपियाँ बिगो, लेखापाल देवराज नेपाललाई आठ वर्ष छ महिना कैद र ११ करोड २२ लाख ६३ हजार रुपियाँ बिगो असुलको आदेश अदालतले गरेको छ । अदालतले लेखापाल रुद्रप्रसाद दाहाललाई आठ वर्ष कैद र पाँच करोड ३२ लाख १० हजार ५०९ रुपियाँ बिगोको आदेश गरेको छ ।

राजस्व हिनामिनाकै अर्को मुद्दामा अदालतले उपसचिव होमनाथ भट्टराईलाई साढे दुई वर्ष कैद र १४ लाख पाँच हजार रुपियाँ बिगो असुलको आदेश गरेको छ । यस्तै उपसचिव विष्णुप्रसाद पौडेललाई आठ वर्ष कैद र दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगोको आदेश अदालतले गरेको छ । लेखा अधिकृत सुरेशप्रसाद अधिकारीलाई आठ वर्ष कैदको आदेश गरिएको छ भने दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र बिगोको दोब्बर जरिवानाको आदेश अदालतले गरेको छ ।

लेखापाल मणिराज दाहाललाई अदालतले आठ वर्ष कैदको आदेश गरेको छ । दाहाललाई दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो र दोब्बर जरिवानासमेत हुनेछ । सहलेखापाल टङ्कबहादुर खड्कालाई आठ वर्ष कैद भएको छ । यस्तै दुई करोड २० लाख ५२ हजार रुपियाँ बिगो तथा दोब्बर जरिवाना हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो मुद्दा २०७४ असार ४ गते दर्ता गरेको थियो । आर्थिक वर्ष २०७१÷७२ देखि २०७३÷७४ सम्मको राजस्व हिनामिना गरेको आरोपमा पहिलो मुद्दा दायर भएको थियो । उक्त मुद्दामा कुल ६१ करोड २१ लाख २८ हजार ५५५ रुपियाँ बिगो कायम गरिएको छ । यस्तै अख्तियारले दोस्रो मुद्दा २०७४ मङ्सिर १२ गते दायर गरेको थियो । दुई आर्थिक वर्षको राजस्व कम दाखिला गरी हिनामिना गरेको आरोप पछिल्लो अभियोगपत्रमा थियो ।

कुल आठ करोड ९६ लाख १७ हजार ६३ रुपियाँ राजस्व हिनामिना भएको अख्तियारको ठहर थियो । दुई मुद्दामा ७० करोडभन्दा बढी राजस्व हिनामिना भएको जिकिर अख्तियारको थियो । यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।

आगालागी पिडित शुक्रराज जबेगुलाई नेपाल तरुण दल बुद्धशान्ति गाउँ समितिले सहयोग गरेको छ ।
नयाँ घर बनाउन सहज होस् भनी हाललाई ३ बन्डल टिन सहयोग गरिएको तरुण दल बुद्धशान्तिका सचिव विनोद रिजालले जानकारी दिएका छन् ।
फागुन २५ गते लिम्बुको घरमा आगलागी भई लत्ता कपडा, खाद्यन्न सहित विभिन्न महत्वपूर्ण सामग्रीहरु नष्ट भएको थियो ।
तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङ, उपसभापति बालकुमार राई, सचिव अर्जन मेन्याङ्बो, विनोद रिजाल सहितको नेतृत्वमा उनलाई टिन सहयोग गरिएको थियो । साथै आफ्नी स्व. श्रीमती टेकमाया लाबुङ्ग लिम्बूको संझनामा बुद्धशान्ति ४ कै स्थानीय बलबहादुर लाबुङ्ग लिम्बुले छोराहरु करण र रबिन लाबुङ्ग लिम्बू सहित उक्त परिवारलाई १० हजार आर्थिक सहयोग गरेका छन् ।

इलामको रोङ गाउपालिकाका प्रधानाध्यापकहरुमा राजिनामाको लहर चलेको छ।

स्थानिय तहको दोश्रो कार्यकालको दश महिना पुग्दा रोङ गाउपालिका भित्र रहेका नौ वटा माध्यामिक बिद्यालयहरु मध्ये ६ बटाको प्रधानाध्यापकहरु परिवर्तन भएका छन। परिवर्तन हुनेहरुमा गाउपालिकाको नमुना बिद्यालय देखी प्रस्ताबित माध्यामिक बिद्यालयहरु समेतका प्रअहरु रहेका छन। यसरी परिवर्तन हुदा केहीमा सामान्य प्रकिया अन्र्तगत भएपनि कतिपयले स्थानिय सरकारको प्रभाव र कार्यशैली लगायतको कारणहरु रहेको वताउने गरेका छन।

रोङ गाउपालिका वडा नं २ मा रहेको दुबै माध्यामिक बिद्यालयमा प्रअहरु परिवर्तन भएका छन। वडाका शान्तिपूर मा बिका प्रअ प्रेमलाल काकीले राजिनामा दिएर महेन्द्र पोखरेल प्रधानाध्याप भएका छन् भने शशि माध्यामिक बिद्यालयका प्रअ ठाकुर भट्टराइको स्थानमा गणेश पौडेल प्रधानाध्याप बनेका छन । यसैगरि वडा नं ३ मा रहेको हान्ति निकेतन नमुना मा बिका प्रधानाध्यापक हेमन्त आचार्यले राजिनामा दिएपछि भूपाल खड्का प्रधानाध्यापक बनेका छन।

गाउपालिकाको वडा नं ५मा रहेको उमा महेश्वर मा बिका प्रधानाध्यापकको स्थानमा दिनेश योल्मु प्रधानाध्यापक बनेका छन् । वठा नं ६को कुवापानी माबिका प्रधानाध्यापक प्रेमराज राइ सेवा निवृत्त भएपछि सन्तोष अधिकारी प्रअ बनेका छन् तर वडा नं ६कै सरस्वती मा बिका प्रअ गोबिन्द पौडेलले दिएको राजिनामा स्वीकृत भएपनि आज सम्म अको प्रधानाध्यापक चयन नहुदा उक्त बिद्यालय प्रधानाध्यापक बिहिन अवस्थामा रहेको छ। पौडेलले दिएको राजिनामा ब्यवस्गापन समितिले स्वीकृत गरेपनि नया प्रधानाध्यापक बन्न बिद्यालयका कुनै शिक्षकहरुले स्वीकार नगरेको कारण शुन्यताको अवस्था आएको हो। ब्यवस्थापन समितिले प्रधानाध्यापक छान्न नसकेपछि गाउपालिकालाइ छान्न अनुरोध गदै ब्यवस्थापन समितिका सबै पदाधिकारी रोङ गाउपालिका पुगेर गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वो उपाध्यक्ष बिष्णुमाया खवास , प्रमुख प्रसासकिय अधिकारी दिपेन्द्र दहाल, शिक्षाशाखा प्रमुख श्रुतीकुमारी तामाङ्ग सग छलफल गरेको थियो। भेलामा राजिनामा दिएका प्रधानाध्याप गोबिन्द पौडेलले रोङ गाउपालिकाको शिक्षा समितिले सामुदायिक बिद्यालयलाइ धरासायी बनाउदै निजी बिद्यालयलाइ प्रोत्सान गर्नुको कारण स्पस्ट पारिदिन र शिक्षामा स्थानिय सरकारले ब्यपारीकरणलाइ बन्द गराइ गरिव र निमुखाको लागि शिक्षामा पहुच बिस्तारको लागि सुझाव दिदै प्रधानाध्यापको परिचय पत्र समेत पालिकालाइ नै बुझाइ दिएको बताए। यता सोहि बिद्यालयका सबै शिक्षक र कर्मचारीहरुले प्रअ पोडेलको हालमा कुनै बिकल्प नरहेको जनाउदै समस्या समाधानको लागि उहालाइनै प्रअ नियुक्तिको लागि प्रमुख प्रशाशकिय अधिकारी र शिक्षा शाखा प्रमुखलाइ ज्ञापन पत्र समेत पेश गरेका छन।

यता रोङ गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले निजी बिद्यालयले सरकारलाइ कर तिर्ने भएकोले बिस्तार गर्दा कुनै फरक नपर्ने बताए । गाउपालिकामा भएको हिजोको भेलावाट कुनै निकाश नआएपछि बिद्यालयलाइ पत्र लेखी नियमानुसार ब्यवस्थापन समितिबाट छनौट गरि पठाउन पत्र लेखेको छ ।

हालसम्म परिवर्तन भएका प्रअहरु मध्ये शान्तिपुर माबि र कुवापानी माबि बाहेकमा राजनैतिक हस्तााक्षेप र गाउपालिकाको असहयोगको कारण रहेको राजिनामा दिएका प्रअहरुको भनाइ रहेको छ । शिक्षा क्षेत्रमा तत्काल नतिजा खोज्ने शिक्षक तथा कर्मचारीहरुलाइ समयमा तलव नदिने तल्लो स्तरका गर्ने अनावश्यक कामहरु लगाउने छनौट परीक्षामा हस्ताक्षेप गर्ने जस्ता जनप्रतिनिधिको कृयाकलापबाट रोङ शिक्षकरुको मनोवल खच्कदै गएको र अन्य प्रधानाध्यापकहरु पनि राजिनामाको मनस्थितिमा रहेको बताएका छन ।

शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठवटै टिमको टुंगो लागेको छ। चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब नेपाल एपीएफसहित आठ टिमको टुंगो लागेको हो ।
विराट गोल्डकपका लागि भारतबाट दुईवटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब विराट गोल्डकप खेल्न आउने छन् ।त्यसैगरी नेपालका तीन विभागीय क्लब नेपाल एपीएफ, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने छ । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले सात लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । त्यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरू रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । सात टिमले सहभागिता जनाउने प्रतियोगितामा सात खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।

बुद्धशान्ति, २९ फाल्गुण । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले आज वडाका किसानहरुका लागि स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराएको छ ।

१ सय ७९ जनालाई विद्युतीय स्प्रे मेसिन, हाते स्प्रे मेसिन तथा एक चक्के ठेला उपलब्ध गराइएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । १०० जनालाई ठेला, ४१ जनालाई विद्युतीय स्प्रे तथा ३८ जनालाई स्प्रे वितरण गरिएको हो ।५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडा सचीव सञ्जय राईले जानकारी दिनुभयो । वडाले ती सामग्री वितरणका लागि केहि महिना अघि सूचना जारी गरेको थियो । सूचनाका आधारमा रकम जम्मा गरेका किसान, कृषि समूहलाई सामग्री वितरण गरिएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका अखिल नेपाल महिला सघं बुद्धशान्ति गाउँ कमिटीले ११३ अौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आज विगत को दिनमा अ ने म सघं मा रहेर योगदान पुर्याउनु हुने सात जनालाई सम्मान गरेको छ।

अ ने म सघं बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमाले केन्द्रीय कमिटि सदस्य मन्जु भण्डारीको प्रमुख आथित्यतामा रहेको थियो। कार्यक्रमा विशेष अथिति नेकपा एमाले प्रदेस कमिटि सदस्य मिरा भुर्तेल तस्तै अथितिहरूमा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालि वडा न ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, नेकपा एमाले प्रदेश कमिटि सदस्य धन कुमार थुलुङ, ज्ञान बहादुर मगर, गुणराज अर्याल, नेकपा एमाले जिल्ला कमिटि सदस्य टीका पाठक, धरनि प्रोख्रेल, मनोरथ तिवारि, नेत्र रिजाल, सम्भु पौडेल, गंगा आचार्य, दिपक गौतम, मुना दहाल लगायतको आतिथ्यतामा भएको कार्यक्रमा अ ने म सघं मा रहेर विगत का दिनहरूमा पुर्याएको योगदानको उच्च मुल्याङकन गर्दै सात जना लाई सम्मान समेत गरिएको थियो।

सम्मानित हुनेहरूमा वडा न १ बाट इन्द्र माया प्रधान तेस्तै २ बाट लिला देबि अधिकारी ३ बाट डमन भट्टराई ४ बाट गोमा देबि अधिकारी ५ बाट डिकुरा पोख्रेल ६ बाट चम्पा खतिवडा ७ बाट विस्णु गड्तौला लाई दोसल्ला साथै सम्मान पत्र समेत दिएर सम्मान गरिएको थियो।कार्यक्रमा बुद्धशान्ति गाउँ कमिटि अध्यक्ष भगवती न्यौपानेले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्नु भएको थियो देव कुमारी शेर्माले उपस्थित सम्पुण लाई साब्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रमा प्रमुख अथिति मन्जु भण्डारी तेस्तै कायर्यक्रमा सम्मानित हुनुहुने चम्पा खतिवडा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमा सातै वडाका महिला दिदी बहिनी हरूको हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको थियो।

हाजिरि जवाफ प्रतियोगितामा बुद्धशान्ति वडा नं १ प्रथम र दोस्रो हुने वडा नं ७ तेस्रो हुने वडा नं ६ रहेको थियो कार्यक्रमा प्रथम हुने बिजेतालाई नगद रू २०००/ दोस्रो हुने बिजेतालाइ १५००/ तस्तै तेस्रो हुने बिजेतालाई नगद रू १००० नगद साथै प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रमलाई थप रोचक बनाउन बिच बिचमा नित्य साथै गजल कबिता समेत प्रस्तुत गरिएको थियो ।उध्योग बाणिज्य सघंको सभाहलमा भएको कार्यक्रमको सन्चालन अनेम सघंकी सचिब दुर्गा पोख्रेल (ढुङ्गेलले) गर्नुभएको थियो। सन १९१० मा अन्तराष्ट्रिय नारी दिवसको प्रस्ताव क्लारा जेटकिनले गरेकी थिइन।

यसको उत्पति श्रमिक आन्दोलनबाट सुरू भएको हो भने १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घन्टा छोटाउन,राम्रो तलव र मताधिकार माग गर्दै सुरू भएको थियो।
त्यसको ठीक एक बर्ष पछि’द सोसलिष्ट पार्टी’ले राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो र यसलाई अन्तराष्ट्रिय बनाउने अभियान कम्युनिष्ट अभियानकर्मी र महिला अधिकार वादी नेता क्लारा जेटकिनले अगाडी सारेकी थियिन।सो विचार १९१० मा कोपनहेगनको कन्फेरेन्स अफ वर्किङ विमिन नामको सम्मेलनमा सुझावको रूपमा पेश गरिएको थियो।त्यो सम्मेलनमा १७ देशको १०० महिलाहरूको सहभागि थियो र उनिहरूले त्यसलाई सर्वसम्मत सहमति जनाई सुरू भएको पाइन्छ।

१९१७ मा रुसी महिलाहरूले ब्रेड एण्ड पीस माग गर्दै ४दिने विरोध प्रदरेशन पछि त्यस बेलाका जार साशकले सत्ता छोडेर त्यस पछिको कामचलाउ सरकारले महिलालाई मताधिकार दिएको थियो र त्यसताका रुसमा प्रचलित क्यालेण्डर जुलियन क्यालेण्डर अनुसार २३ फेब्रुवरीको दिनमा महिला हड्ताल सिरू भएको थियो भने जुन ग्रेगरियन क्यालेण्डर अनुसार ८ मार्च परेको हुनाले त्यस यता नारी दिवस मनाउन थालिएको पाईन्छ।