May 10, 2024

प्रदेश १

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले बुधबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि १५ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा सम्पन्न गरेको छ।

पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, विशेष अतिथिहरूमा वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की, वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ४ का वडा अध्यक्ष सेर बहादुर राय , वडा नं ६ वडा अध्यक्ष शिवराज पौडेल ,बुद्धशान्ति महिला शाखा प्रमुख मिना विष्ठ ,पाथिभरा महिला सामुदायिक सचेतना विकास केन्द्रकी संस्थापक अध्यक्ष यमुना चापाँगाई लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाकी सहसचिव लक्ष्मी श्रेस्ठ प्रसाई ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले बैसाख १२ गते देखि सन्चालन भएको कार्यक्रमा साथ र सहयोग गर्नु हुने बुद्धशान्ति गाउँपालिका लगायत सम्पुर्ण वडाका प्रतिनिधि साथै कार्यक्रमको तालिममा सहभागी हुनुहुने हरूलाइ संस्थाको तर्फबाट धन्यबाद दिदै कार्यक्रमको अौचित्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो । हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो । बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।
यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउदै आगामि दिनहरूमा पनि यी र यस्ता खालका कार्यक्रमहरू आवस्यक रहेको भन्दै स्थानिय सरकार सदैव तयार रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुपर्ने भन्दै उहाँले भन्नुभयो
महिला हिंसा विरुद्धको कार्यक्रम बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै
महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनु भयो ।

उहाँले भन्नू भयो महिलाहरूलाई घरमा कुनै न कुनै रूपमा हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउनु भयो ।

कार्यक्रममा मन्तव्यका क्रममा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, साथै गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो ।

बैसाख १२ गते बाट बुद्धशान्ति गाउँपालिकाका ७ तै वडा हरूमा महिला हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धी १५ दिने तालिमको समापन कार्यक्रममा तालिममा उपस्थित सहभागिहरूलाई आफ्नो मन अनि मस्तिस्क लाई तालिमको संस्कार बाट सजाउँ हर्क साम्पाङको गाउँ धरान बाट दिपेन्द्र निरौला आएको छु कम्तिमा तालि त बजाउँ भन्दै आफ्नो परिचय गराउदै प्रशिक्षण दिनुहुने धरान बाट आउनु भएका दिपेन्द्र निरौला लगायत उपस्थित सम्पुर्ण अतिथिहरूलाई मायाको चिनो वितरण गर्दै तालिममा उपस्थित सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण समेत गरिएको थियो ।

बुद्धशान्ति वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगीता रिजाल थापाले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको बुधबारे जेसीजको सचिवालय भवनको उद्घाटन गरेको छ ।

बुधबार गरिएको उद्घाटन कार्यक्रममा बी एण्ड सी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो।

बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता, पालिका उपाध्यक्ष भवानी खतिवडा, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, जग्गा दाता ज्ञानेन्द्र घिमिरे, निवर्तमान गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेल लगायतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दुर्योधन सिंहले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।

त्यस्तै बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष विनोद रिजालले जेसीज आस्था वाचन गरेको कर्यक्रममा छिमेकी शाखाका अध्यक्षहरु, बुधबारे जेसीजका पूर्व अध्यक्ष लगायत स्थानीयको उल्लेख उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको बाहुलीबाट हेनरीको फोटोमा माला लगाई शिलालेख पढि र रिविन काटी भवनको उद्घाटन गरिएको थियो भने वडा नं १ वडाध्यक्ष अनिल वाग्ले, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी. अनुप सुनुवार, भवन निर्माण संयोजक जेसी. नन्द कुमार याफु र गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाले सुभकामना मन्तव्य राखेको कार्यक्रम बुधबारे जेसीजमा महासचिव कुशल अधिकारीले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रसाईले भने ‘बुधबारे जेसीजले समाज सुधारमा उल्लेखनीय काम गर्दै आएको छ । तत्काल दुव्र्यसन सचेतना सम्बन्धी कार्यक्रमको योजना बनाई पालिका आउँदा गाउँपालिकाले सहयोग गर्छ । उनले हालको कर्यक्रममा आफ्नो तलब भत्ताको खर्चबाट १५,००० नगद र स्वास्थ्य शिविरमा यातायातको सेवा उपलब्ध गराएको उल्लेख गरेका छन् । उनले गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्न सधैँ तत्पर रहेको बताए’।

त्यस्तै कार्यक्रमका अध्यक्ष ढकालले जेसीजको भवनबाट ५ वर्ष सम्म स्वास्थ्य सेवा गर्ने उद्देश्य राखी होक्से क्लिनिक एण्ड डाइगोनिस्ट सेन्टर प्रा. लि. लाई बहालममा दिइएको र भवन निर्माणमा गाउँपालिकाबाट १,००,००० र वडा नं १ बाट ५०,००० सहयोग पाएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रसाईंको स्वास्थ्य परीक्षण गरि स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो । २०० भन्दा बढीले निशुल्क सवास्थ्य शिविरको लाभ लिएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा सुगर परीक्षण, प्रेसर परीक्षण, महिलाको पाठघरको क्यान्सरको परीक्षण, बालरोग विशषज्ञको सेवा, जेनेरल फिजिसियनको सेवा , हात जोर्नी तथा नसा विषेशज्ञको सेवा रहेको थियो ।

ईलामको सूर्योदय नगरपालिका वडा नं ६ स्थित सरस्वती निवास आधारभूत विद्यालयमा वाबु-आमाको स्मृतिमा अक्षयकोष स्थापना भएको छ ।

अक्षयकोष स्थापनार्थ दाताका जेष्ठ सदस्य टीकाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ईलाम जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराईलिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि सुर्योदय नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष शिवकुमार बस्नेत, सरस्वति निवास आधारभुत विध्यालयका विध्यालय व्यवस्थापन समितीका अध्यक्ष जीवनहरी कार्की, विध्यालयका प्रधानाध्यपक पुष्प गजुलेर लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय भक्तिप्रसाद भट्टराईका छोराहरू टीकाराम, ठाकुर, केशब, फणीन्द्र शिवकुमार भट्टराई, छोरीहरू चित्रा, रुक्मा, सीता, इश्वरा, रीता तथा नातीहरू समेतले बाबु -आमाले पुर्याउनु भएको योगदानको स्मरण गर्दै “स्वर्गीय भक्तिप्रसाद -नर्वदादेवी -दुर्गादेवी भट्टराईको स्मृति छात्रवृत्ति अक्षयकोष, २०८०” स्थापना गरिदिनु भएको हो।

२०१४ सालमा स्थापना भएको विद्यालयमा स्थापना कालदेखि लामो समयसम्म व्यवस्थापन समितिमा रहेर भक्तिप्रसाद भट्टराईले काम गर्नुभएको थियो । हाल कक्षा ८ सम्म पूर्णत: अँग्रेजी माध्यममा अध्ययन अध्यापन गर्ने गराउने बिद्यालयमा हरेक वर्ष अध्ययन गर्ने र उत्कृष्ट अंक प्राप्त गर्ने २ जना छात्र र २ जना छात्रालाई छात्रवृत्ति स्वरूप नगद रकमले पुरस्कृत गर्नेगरी ५ लाखको अक्षयकोष स्थापना गरिएको हो।

कार्यक्रममा ५ लाखको चेक विधालय व्यवस्थापन समितिका अध्यक्ष जिवनहरी कार्की तथा विध्यालयका प्रधानाध्यापक पुष्पलाल गजुरेललाई हस्तान्तरण गरिएको थियो ।


कार्यक्रममा आफ्ना भनाईहरू राख्दै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवनहरी कार्किले निःशुल्क शिक्षा, निःशुल्क पाठ्यपुस्तक, निःशुल्क खाजा खर्च लगायत निःशुल्करूपा अन्य धेरै सुविधाहरू सरकारको तर्फबाट उपलब्ध गराइएको भए पनि वर्तमान समयमा गुणस्तरिय शिक्षाको लागि निजी बिद्यालय जाने संस्कारको विकास भइरहेको अवस्थामा सरकारी विध्यालयको शिक्षा तथा संस्कारको विकास गराई सामुदायिक विद्यालयहरू लाई शिक्षामा जोड दिने प्रयास स्वरूप यो सहयोग विध्यालयलाई उपलब्ध
भएको अक्षयकोषको व्याजबाट विध्यार्थीको अध्ययन खर्चमा थप सहयोग पुग्ने विश्वास गरिएको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिशिष्ठ अतिथि सूर्योदय नगरपालिका -६ का वडा अध्यक्ष शिवकुमार बस्नेतले दाता परिवारको विषयमा चर्चा एवं अक्षयकोषको लागि प्राप्त रकमको सही सदुपयोग गर्न सुझाब दिँदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै सुर्योदय नगरपालिकाको विकास विस्तार प्रवर्धन स्थानीय सरकार सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा भुतपूर्व प्रधानाध्यापक एकराज गडर्तौला,ठाकुर भट्टराई ,स्व डम्बर वहादुर स्मृति कोषका संरक्षक तेजबहादुर कार्कि स्व नरमाया स्मृतिकोष संरक्षक कुल बहादुर निरौला, देबि निरौला, दुर्गा निरौला , तेस्तै मातृत्व कोषको प्रतिनिधि विमला गड्तौला साथै विध्यालय दिगोकोष दाता नरमाया मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दाता परिवारका तर्फबाट खेलकुद सामाग्री र नेपाल टेलिकमको सामाजिक उतरदायित्व अन्त्गत एक थान मेबाइल मल्टि चार्जर समेत उपलब्ध गराइएको थियो।

त्यस्तै अर्का व्यवसायी देबेन्द्र आचार्यले विद्यालयको बाल कक्षामा रङ्गरोगन, पेन्टिङ र बालमैत्री व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गर्नु भयो।

सुर्योदय नगरपालिका वडा नं ६ स्थित सरस्वति निवास आधारभुत विध्यालयको प्राङगणमा भएको कार्यक्रमको सन्चालन अक्षयकोष दाता परिवारका तर्फबाट फणीन्द्रराज भट्टराईले गर्नुभएको त्हाँवाट शिक्षक किसोर निरौलाले जानकारि दिनु भयो ।

झापाको बुधबारे बजारको पुलचोक रोड मंगलबार निक्कै चहलपहल भएको देखिन्छ । साना सवारी चलाउँने देखि ठेलामा व्यापार गर्ने हरु भन्दै थिए आज मेलामा बिकास लिम्बू हेर्न जाने हो । पछिल्लो समय ,पहिलो नजरमा तिमी हरायौ , नामक गित बाट चर्चा कमाएका गायक बिकास लिम्बुको प्रस्तुती रहने मेला आयोजक समितिका सहसचिब गजुहाङ योङहाङले जानकारी दिनु भयो ।

प्रथम भोटेटार महोत्सवमा यस अघि पनि उत्तम जंङ लिम्बू र्यापर सशि मण्डल चर्चीत बाल गायीका रूक्सना लिम्बू लगायतको विभिन्न व्याण्डहरूको प्रस्तुति रहेको थियो । बैशाख २० गते देखी जेष्ठ ५ गते सम्म सन्चालन हुने महोत्सवमा आज चर्चित गायक विकास लिम्बू साथै स्थानिय कलाकार हरूको समेत बेजोड प्रस्तुती रहने बताईएको छ ।

नमुना शुक्रबारे कृषि बजार व्यवस्थापन समितिले प्रचारप्रसारका लागी महोत्सव लगाईएको बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बूले बताउनु भयो ।

महोत्सवमा मनोरञ्जनका लागी रोटे पिङ, ड्रागन रेस हाउजि खेल लगायत बच्चाका विभिन्न खेल सामाग्री राखिएको छ । सथै मेलामा विभिन्न अर्गानिक परिकारहरूको स्वाद संगै रमाउन सकिने बताईएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले सोमबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आज बाट सुरू गरेको छ ।

पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेल अतिथिहरूमा बुद्धशान्ति कार्यपालिका सदस्य दिनेश लेप्चा, बुद्धशान्ति गाउँपालिका वडा नं ५ वडा सदस्य नर बहादुर कुमाल, सदस्य विन्दा गदाल, वडा नं ६ का सदस्य रेनुका भट्टराई पाथिभरा महिला सामुदायिक सचेतना विकास केन्द्रकी संस्थापक अध्यक्ष यमुना चापाँगाई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाकी सहसचिव लक्ष्मी श्रेस्ठ प्रसाई ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुपर्ने भन्दै उहाँले भन्नुभयो। महिला हिंसा विरुद्धको कार्यक्रम बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउनु भयो ।

उहाँले भन्नू भयो महिलाहरूलाई घरमा कुनै न कुनै रूपमा हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउनु भयो।


तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेलले पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो । हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो । बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।

कार्यक्रममा बुद्धशान्ति वडा नं ५ /६ का तालिममा उपस्थित सहभागी हरूलाई धरान बाट आउनु भएका दिपेन्द्र निरौलाले आफ्नो मन अनि मस्तिस्क लाई तालिमको संस्कार बाट सजाउँ हर्क साम्पाङको गाउँ धरान बाट दिपेन्द्र निरौला आएको छु कम्तिमा तालि त बजाउँ भन्दै आफ्नो परिचय गराउदै प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमा बोल्दै बुद्धशान्ति कार्यपालिका सदस्य दिनेश लेप्चाले महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो।

बुद्धशान्ति वडा नं ५ स्थित हिमशिखर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी यसोदा नेपालले खदा द्वरा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगीता रिजाल थापाले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा हात्तिको आक्रमणमा परी ज्यान गुमाउने स्थानिय खारखोलाका भिम भट्टराईको
परिवारले जिल्ला वन कार्यलयबाट १२ दिनपछि किरिया खर्च बापत ५० हजार पाएका छन, ।

जिल्ला वन कार्यलयका प्रमुख मेघराज राईले भन्नुभयो । किरिया खर्च बापतको ५० हजार रूपयाँ अहिले हस्तान्तरण गर्यौ , बाकी साढे ९ लाख रूपैयाँ अरू पकृया पुरा भएपछि उपलब्ध गराउनेछौं।

१४ जङ्गली जनावरको आक्रमणमा परी ज्यान गुमाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप १० लाख दिने व्यवस्था छ।

जंगलमा आहारा नपाएपछि हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेको स्थानिय निर्मला भट्टराई बताउनु हुन्छ ।

झापाको मेचीनगर बाट छिरेका हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने स्थानियको भनाई छ ।

जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि बुद्धशान्ति गाउँ पालिकाले पनि अन्य पालिकाले जस्तै दिर्घकालिन योजना ल्याउनु पर्ने स्थानियहरू बताउनु हुन्छ ।

लामो समय देखी जग्गाको कित्ताकाट नखोलिएको भन्दै झापामा एक समूहले दिउँसै टर्च र राँको बालेर सरकारको खोजी गरेका छन्।
बुद्धशान्ति गाउँपालिकाका निवर्तमान अध्यक्ष रमेशकुमार भुजेलको संयोजकत्वमा शुक्रबार सङ्घर्ष समिति गठन गरि आज राँको र टर्च लाइट बालेर प्रदर्शन गरेका छन, ।

सरकारले जग्गाको बेचबिखन र कित्ताकाट नखोल्दा आम मानिसको आर्थिक जीवन तहसनहस भएको भन्दै सोही समूहले शुक्रबार सङ्घर्ष समिति गठन गरेको समितिका संयोजक रमेश कुमार भुजेलले बताउनु भयो।

शुक्रबार व्यवसायीहरूको भेलाले रमेश कुमार भुजेलको संयोजकत्वमा ८ समिति सदस्य चयन गरेको छ।

सहसंयोजक मनोरथ तिवारी, धिरेन्द्र ढकाल, सचिब बिमल पराजुलि ,कोषाध्यक्ष भुमिनाथ सापकोटा ,सदस्यहरूमा मेदनी प्रसाद घिमीरे, लक्ष्मण ढुङ्गाना ,गोबिन्द,पौडेल,रत्न तिवारी, यज्ञ न्यौपाने, पुष्प तिवारी, रहनुभएको छ ।

लामो समय देखी जग्गाको बेचबिखन रोकिँदा धेरै पक्षले दुःख झेल्नु परेकाले सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्नु परेको संयोजक भुजेलले बताउनु भयो।

,संयोजक भुजेल भन्नुहुन्छ , ‘व्यवसाय सुनसान छ बैंकको कर्जा चुक्ता गर्न सक्ने अवस्था छैन ब्याजदर पनि उच्च छ अलिकता जग्गा बेचेर ऋण तिर्न चाहनेलाई संकट भयो, बजारको एउटा प्रक्रिया नै बिग्रेको छ त्यसैले हामीले सङ्घर्ष समिति बनाएरै सरकारको खोजी गरेका हौ’।

अर्का व्यवसायी लक्ष्मण ढुङ्गाना भन्नुहुन्छ जग्गा बेचेर भए पनि उपचार गर्छु, बाँच्छु भन्नेलाई सकस भएको बताउनुहुन्छ

उहाँ भन्नू हुन्छ , ‘सरकारलाई चासो नै छैन, मान्छे बिरामी भयो थोरै जग्गा बेचेर औषधि उपचार गरौँ न त भन्दा बिक्री बन्द छ अब बाच्ने उपाय छ त?’

समितिका सह-संयोजक मनोरथ तिवारीले मुलुकमा सरकार भएको आभास नभएकाले सङ्घर्षका कार्यक्रम गर्न बाध्य भएको उल्लेख
गर्नुभयो
‘मान्छे छ्ट्पटिएको छ राज्यको उपस्थिति नदेखेपछि दिउँसो राँको बालेर सरकारको खोजी गरेका हौँ, सरकार भएको भए जनताका यस्ता समस्यामा टुलुटुलु हेरेर पक्कै बस्ने थिएन।’ उहाले भन्नू भयो।

प्रदर्शन पछिको कोण सभामा बोल्दै सहसंयोजक मनोरथ तिवारीले छेत्र नं २ सांसद तथा सभामुख देवराज घिमिरे, संघिय सांसद विश्व प्रकाश शर्मा , सांसद सरिता प्रसाईलाई ध्यानाकर्षण समेत गराउनु भयो ।

बुद्धशान्ति ३ स्थित बालुवा टारमा भएको ध्यानाकर्षणमा तिन दर्जन बढी जग्गा व्यवसायी र स्थानीयको उपस्थिति रहेकाे थियो।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित भोटेटारमा बुद्ध जयन्ति तथा उभौली पर्वको दिन शुक्रबार नमुना शुक्रबारे साप्ताहिक कृषि हाटबजारको उद्घाटन गरिएको छ ।

नमुना शुक्रबारे कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं , १ का पुर्व कृषि मन्त्रि झलक सिंङ दर्लामीको प्रमुख आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. १का वडाध्यक्ष अनिल वाग्ले बुद्ध आर्दश माध्यमिक बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी, किवी व्यवसायी तथा उत्पादन संघका सिवि कडेरिया , त्रिभुवन माध्यमिक विध्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना बुधबारे जेसिज वर्ष २३ का अध्यक्ष अर्जुन ढकाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा बजार व्यवस्थापन समितिमा उपाध्यक्ष छत्र तिम्सिनाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि झलक सिंङ दर्लामीले लामो समय देखि एउटा इतिहास बोकेको यो बुद्धशान्तिको भोटेटारमा इलाम जिल्लाको रोङ गाउँपालिका र अर्जुन धारा नगर पालिका एउटा सङ्गम स्थलको रूपमा रहेको बाजारमा मैले पठाएको बजेट सहि ठाउमा प्रयोग भएको बताउदै खुसि व्यक्त गर्नु भयो ।

तेस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले

केही वर्ष अघिसम्म सो क्षेत्रमा स्वस्फूर्त रुपमा इलामको रोङ र अर्जुनधारा क्षेत्रका मानिसहरू बजार भर्न आउने गरेको भएपनि ब्यबस्थित बन्न नसक्दा बजार मासिएको साथै
तीन वटा पालिकाको संङगम स्थल भोटेटारमा कृषि हाट बजारको लागि स्थानिय सरकाले समेत पहल गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो अहिले स्थानीयकै सक्रियतामा बजार लाग्ने भएपछि प्रदेश सरकारबाट हामीले केही बजेट निकाशा गराउन समेत सफल भैसकेको उपाध्यक्ष खतिवडाले बताउनु भयो ।

कृषि उपज आफ्नै स्थानीय बजारमा बेच्न पाइने भएपछि कृषक पनि हर्षित भएका छन्
आफ्नै ठाउँमा हाटबजार लाग्न थालेकाले हामीले घरमै उत्पादन गर्ने कुखुरा, अण्डा, बाख्रा, खसि, बोका, सुँगुर र साग सब्जी बेच्न पायौँ भने नुन तेल किन्ने पैसा कमाउन सकिन्छ भन्नुहुन्छ स्थानीय सन्तबहादुर योङ्हाङ ।

बजार व्यवस्थापन समितिले प्रचारप्रसारका लागी बैशाख २० गते बाट मेला लगाएको समितिका सचिव गजुहाङ योहाङ बताउनु हुन्छ।

नमुना शुक्रबारे कृषि बजारको प्राङ्गणमा भएको कार्यक्रमको संचालन बजार व्यवस्थापन समितिका सहसचिव गजुहाङ योङहाङले गर्नुभएको थियो।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले बिहिबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित जेष्ठ नागरिक चौतारीको सभाहलमा आज बाट सुरू गरेको छ ।

पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका पूर्व उपाध्यक्ष मिरा भुर्तेल बुद्धशान्ति गाउँपालिकाकी कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल पोख्रेल तेस्तै कार्यपालिका सदस्य भिम धमला बुद्धशान्ति गाउँपालिका वडा नं ४ वडा सदस्य सन्जिव कुमार थेबे , सदस्य आईत बाहादुर सावाँ, सदस्य शसिकला विक, वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौला, पाथिभरा महिला सामुदायिक सचेतना विकास केन्द्रकी संस्थापक अध्यक्ष यमुना चापाँगाई संस्थाकी सल्लाकार संयोजक अम्बिका कट्टेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाकी सहसचिव लक्ष्मी श्रेस्ठ प्रसाई ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।

महिला हिंसा विरुद्धको कार्यक्रम बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै
महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै

महिलाहरूलाई घरमा कुनै न कुनै रूपमा हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउदै उहाँले भन्नुभयो ।
बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।

प्रमुख अतिथि रायले राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।

बुद्धशान्ति गाउँपालिका पुर्व उपाध्यक्ष मिरा भुर्तेलले शुभकामना मन्तव्य राख्दै पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै ।,यस्ता खालका घटनालाई रोक्न पाथिभरा महिला सामुदायिक नागरीक विकास केन्द्रले बुद्धशान्ति गाउँपालिकाका सबै वडाहरूमा यस्तो जनचेतना मुलक कार्यक्रम ल्याई दिएकोमा संस्थालाई धन्यवाद दिदै बुद्धशान्तिका अरू वडाहरूमा पनि यस्ता खाले कार्यक्रमहरू आवस्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बुद्धशान्ति वडा नं ४/७ का तालिममा उपस्थित सहभागी हरूलाई बिराटनगर बाट आउनु भएका तालिम सहज कर्ता सेवक बजगाँईले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण गराउदै उहाँले भन्नुभयो हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो ।

महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो

बुद्धशान्ति वडा नं ४ स्थित जेष्ठ नागरिक चौतारीको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी साबित्रा श्रेस्ठ र यसोदा नेपालले खदा द्वरा स्वागत गर्नुभएको थियो।

कार्यक्रमको संन्चालन संस्थाकी सचिब संगीता रिजाल थापाले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति–१ स्थित भोटेटारमा साप्ताहिक कृषि हाटबजार लाग्ने भएको छ । यहि बैशाख २० गतेबाट मेलाको आयोजना गरि २२ गते उधौलि उभौलि पर्वको दिन शुक्रवार बाट कृषि हाटबजार लाग्ने भएको हो।

नमूना–शुक्रबारे कृषि बजारका लागि आवश्यक तयारी धमाधम भइरहेको छ । स्थानीयहरुको सकृयतामा आफ्नै क्षेत्रका उत्पादनहरुको प्रबर्धनका लागि कृषि हटिया संचालनको तयारी गरिएको बजार व्यबस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारी दिनुभयो । लिम्बुका अनुसार स्थानीय स्तरमै उत्पादन हुने कृषी र पशुजन्य उत्पादनहरुले उचित बजार नपाएकाले कृषि बजार संचालन गर्न लागिएको उहाले बताउनु भयो ।

केही वर्ष अघिसम्म सो क्षेत्रमा स्वस्फूर्त रुपमा इलामको रोङ र अर्जुनधारा क्षेत्रका मानिसहरू बजार भर्न आउने गरेको भएपनि ब्यबस्थित बन्न नसक्दा बजार मासिएको प्रचारप्रसार समितिका संयोजक चन्द्र कोइराला बताउनु हुन्छ ।

तीन वटा पालिकाको संङगम स्थल भोटेटारमा कृषिहाटबजारको लागि स्थानिय सरकाले समेत पहल गरेको वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो हामीले घोषणापत्रमै शुक्रबारे बजारको व्यबस्थापन गर्ने भनेर उल्लेख गरेका थियौँ अहिले स्थानीयकै सक्रियतामा बजार लाग्ने भएपछि वडाले सबै किसिमको सहयोग गर्छ । प्रदेश सरकारबाट हामीले केही बजेट निकाशा गराउन समेत सफल भैसकेको अध्यक्ष वाग्ले बताउनु हुन्छ ।

कृषि उपज आफ्नै स्थानीय बजारमा बेच्न पाइने भएपछि कृषक पनि हर्षित भएका छन्।
आफ्नै ठाउँमा हाटबजार लाग्ने भएकाले हामीले घरमै उत्पादन गर्ने कुखुरा, अण्डा, बाख्रा, खसि, बोका, सुँगुर र सागसब्जी बेच्न पायौँ भने नुनतेल किन्ने पैसा कमिन्थ्यो कि भन्नुहुन्छ स्थानीय सन्तबहादुर योङ्हाङ । बजार ब्यबस्थापन समितिले यतिबेला धमाधम तयारी गरिरहेको छ । प्रचारप्रसारका लागी यहि बैशाख २० गते बाट मेला लगाउने साथै २२ गते बाट हाटबजार लगाउने तयारी भइरहेको समितिका सचिव अनिल घिमिरे बताउनु हुन्छ ।

उहाँका अनुसार हाट–बजार शुरु गर्नुपूर्व सो स्थानमा मेला लगाउने र बजारको उद्घाटन गर्ने योङहाङ बताउनु हुन्छ । कृषि बजार यहि २०८० बैशाख २२ गते शुक्रबार बाट शुरु हुने भएको छ ।