इटहरीमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री जनता मा. वि. इटहरी र इटहरी जेसीज को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम आज इटहरी ९ स्थित श्री जनता मा. वि. को प्राङ्गणमा सम्पन्न भएको छ ।
आज सम्पन्न सो कार्यक्रममा ८५ पिन्ट रगत संकलन भएको इटहरी जेसिजका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।उक्त कार्यक्रममा सह-आयोजकका रूपमा श्री जनता माध्यमिक बिद्यालय पूर्व विधार्थी समाज, नेपाल रेडक्रस सोसाइटी इटहरी उप-शाखा,रोटरी क्लब अफ इटहरी युगल तथा अन्य संघ संस्था, युवा क्लबहरुको सहयोग समेत रहेकोे जनकारी रक्तदान कार्यक्रमका संयोजक होमराज थपलियाले दिनु भएको छ ।
रगत अभाबको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष, ईटहरी जेसीजका अध्यक्ष, नेपाल जेसीजका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका व्यत्तित्व, विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीयहरुको संलङ्गता रहेको जानकरीे विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाबाट प्राप्त भएको छ ।रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गरेको थियो ।
प्रदेश १
झापाको बुद्धशान्ति २ स्थित आदर्श माध्यमिक विद्यालयको ६३ अौं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी प्रसाद सुवेदीको अध्यक्षतामा भएको वार्षिकउत्सव कार्यक्रमको प्रमुख अतिथिका रुपमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईकाे आतिथ्यता रहेको थियो ।
त्यस्तै विद्यालयका जग्गादाता, स्थानीय समाजसेवी, शिक्षासेवी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयका पूर्व प्रधानाध्यापक तथा वर्तमान शिक्षक नरेन्द्र प्रसाद भट्टराईले शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रममा तारादेवी भण्डारीको संयोजनमा विद्यार्थीहरुले गीता वाचन पनि गरेका थिए। उपस्थित सम्पूर्णलाई स्वागत गर्न कक्षा ६ र ७ का विद्यार्थीहरुले प्रस्तुत गरेको स्वागत नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
विद्यालयको ६३ अाैं वार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुलीले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विभिन्न अक्षयकोषदाताहरुलाई सम्मान पनि गरिएको थियो सम्मानित हुनेहरुमा अक्षयकोषदाता शशिधर भण्डारी, तारानाथ/ चन्द्रकला विमली त्यस्तै विष्णुमाया भट्टराई रहेका छन् भने विद्यालयको कोठा निमार्ता यशोदा ओलीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सवकै अवसरमा देवीप्रसाद फूलमाया अक्षयकोषद्वारा ठाकुर नारायण श्रेष्ठ र तारादेवी सापकोटालाई सम्मान गरिएको थियो भने कर्णबहादुर लक्ष्मी थकुँ अक्षयकोषद्वारा विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुली समेत सम्मानित भएका थिए ।
कार्यक्रममा सांस्कृतिक विभाग प्रमुख तुलसी ओलीको संयोजकत्वमा साकेला, थारु, मगर, लिम्बू नाच र गायन प्रस्तुतीले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
कार्यक्रममा बोल्दै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बुद्धशान्ति गाउँपालिकाले शिक्षामा पालिकाबाट गर्नुपर्ने कुनैपनि सहयोगमा आफु लाग्ने बताएका छन।
विभिन्न लोक संस्कृति झल्काउने प्रस्तुतीहरु समेत देखाइएको कार्यक्रमको संचालन शिक्षक सिपि पौडेलले गरेका थिए ।
इटहरीमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न हुने भएको छ। श्री जनता मा. वि. इटहरी र इटहरी जेसीज को संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम यहि मिति २०७९ फाल्गुन १२ गते शुक्रबार का दिन बिहान ८ बजे देखि इटहरी ९ स्थित श्री जनता मा. वि. को प्राङ्गणमा सम्पन्न हुने भएकाे छ।
उक्त कार्यक्रममा सह-आयोजकका रूपमा श्री जनता माध्यमिक बिद्यालय पुर्व विधार्थी समाज, नेपाल रेडक्रस सोसाइटी इटहरी उप-शाखा,राेटरी क्लब अफ इटहरी युगल तथा अन्य संघ संस्था, युवा क्लबहरुको सहयोग समेत रहने जनकारी श्री जनता मा वि इटहरीका प्राधानाध्यापक पशुपति सिग्देलले दिनु भएको छ।
पुर्वमा रगतको आभब महसुस हुन थलेपछि अधिकतम रगत संकलन गर्ने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लगिएको हो। रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गर्ने भएकाे छ।
त्यस्तै बृहत रक्तदान सङ्गै श्री जनता मा वि ले सोही दिन अन्य कार्यक्रम- प्रथम जनता ओलम्पिक्स २०७९ को समापन , नवनिर्मित भवनको उद्घाटन तथा बिध्यालयलाई उत्कृष्ट योगदान गरेका ब्याक्तित्वहरुलाई सम्मान समरोह समेत राहेकाे विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाबाट जानकरी पाइएको छ।
उक्त दिनकाे कार्यक्रम नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नगरिक मन्त्री माननीय भगवती चौधरी ज्यूको प्रमुख आतिथ्यतामा रहने जनकारी बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशिनाथ दंगालले गराउनु भएकाे छ। उहाँका अनुसार समाज प्रति बिध्यर्थीहरुलाई कसरी उत्तरदायी बनाउने भन्ने उदेश्य सहित सो कार्यक्रम आयोजना गरिन लगेको बताउनु भएको छ।
झापाको बुद्धधशान्ति गाउँपालिका वडा न: १ मा रहेको बुद्धआदर्श माध्यमिक विद्यालय बुधबारेमा अभिभावक भेला सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको कार्यकाल सकिएकोले समिति विगठन तथा पुर्नगठन सम्बन्धि छलफलका लागि अभिभावक भेला गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश कुमार भुजेल, शिक्षा युवा तथा खेलकुद शाखा बुद्धशान्तिका प्रमुख कमल निरौला, बुद्धशान्ति गाउँपालिका १ का वडाध्यक्ष अनिल वाग्ले, बुद्धशान्ति ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, शिक्षक अभिभावक संघका अध्यक्ष हेमप्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समिति सदस्य चन्द्र प्रसाद अधिकारी, कल्पना प्रसाई, वडा नं. १ का वडासदस्य लक्ष्मी कडेँल, विद्यालयका सल्लाहकार संयोजक केदार प्रसाद कोइराला, भगवती न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिका अध्यक्ष धरणी पोख्रेल, श्री त्रिभुवन माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना पवन, खगेन्द्र आचार्य, नेत्र रिजाल, विरेन्द्र कुमार घतानी, समाज सेबि चन्द्र कोइराला मनेस दहाल लगायतको आतिथ्यतामा भएको कार्यक्रममा केही समय अघि विद्यालयले अन्य विभिन्न विद्यालयमा गई गरेको भ्रमण प्रतिवेदन राजु पौडेलले गरेका थिए ।
त्यस्तै यात्रा संस्करण प्रस्तुत स्मरण लेखन प्रतिनिधी दुर्गामणी मिश्रले गरेका थिए ।
त्यस्तै कार्यक्रममा स्वर्गिय बुवाआमा विस्नु भक्त आचार्य साथै देबिमाया आचार्य को स्मृतिमा छोरा बुहारी श्रवणमणी आचार्य र बुहारि गंगा आचार्य साथै तीन छोरा बुहारि ४ छोरी ज्वाईले रु ५ लाखको अक्षयकोषको पनि घोषणा गरेका थिए ।
कार्यक्रममा युवा समाजसेवी मदन प्रसाईले कक्षा ११/१२ मा विज्ञान अध्ययनरत् विद्यार्थीहरुलाई विद्यालय शुल्कवापत बर्खा स्मृति प्रतिष्ठानबाट रु ६० हजार बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले शाब्दिक स्वागत गरेका थिए भने अनिल वाग्ले, खड्ग तिम्सिना, नेत्र रिजाल, लक्ष्मण आचार्य र रमेश कुमार भुजेलले कार्यक्रममा शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक माधव प्रसाद बरालले गरेका थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ मा रहेको कर्णाली एजुकेशन फाउन्डेसनले रजत महोत्सव सम्पन्न गरेको छ ।
विद्यालय स्थापना भएको २५ औं वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा उपसभामुख इन्दिरा मगर, पूर्व प्राचार्य गङगाराम गड्तौला तथा विव्यस पूर्व अध्यक्ष ध्रुव कोइरालालगायतलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, संचालक, समाजसेवी, शिक्षासेवी, अभिभावकको बाक्लो उपस्थिति थियो । कार्यक्रममा शिक्षक शरद भट्टराई र कर्मचारी हेमबहादुर मगरलाई सम्मान गरिएको थियो ।
२५ वर्ष पार गरेको पावन अवसरमा विद्यालयले रजत महोत्सव स्मारक निर्माण गरेको छ । प्रमुख अतिथि सिटौलाले स्मारकको लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले विद्यालयमा पठनपाठनका अतिरिक्त सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए । नेपाली संस्कृतिको संरक्षण गर्ने र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको उनको विचार थियो ।
कार्यक्रममा आफ्नो विचार राख्दै उप सभामुख मगरले आफूले संसारका विभिन्न देशमा बालबालिकाको सङगत गरेको स्मरण गर्दै नानीहरूलाई सिर्जनशील काम गर्न सझाव दिएकी थिइन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, सम्मानित व्यक्तित्व ध्रुव कोइराला लगायतले मन्तव्य राखेका थिए । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य तथा गायन गरी झन्डै तिस वटा प्रस्तुति दिएका थिए भने शिक्षक, शिक्षिका तथा कर्मचारीको पनि प्रस्तुति रहेको थियो ।
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी उम्मेदवार रञ्जु सिग्देल (चौलागाई) ले ८४७ मत प्राप्त गरिन् भने गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् । यस्तै मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे । अध्यक्षमा कूल २,७९० मत खसेको थियो।
होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्षसमेत रहेका पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानकालागि काम गर्ने बताए ।
निर्वाचनमा वाणिज्यतर्फ ९ जनामध्ये पराजुली प्यानलबाट ५ र सिग्देल प्यानलबाट ४ जना उम्मेदवारले जित हात पारेका छन् । यस्तै उद्योगको ४ जनामध्ये पराजुली प्यानलबाट एक जनाले जित हात पार्दा सिग्देल समुहका तीन जना निर्वाचित भएका छन् । महिला प्यानलतर्फ भने दुवै जना पराजुली प्यानलका छन् ।
विराटनगर, २८ माघ । विराटनगरमा शनिबार राति सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । केहीबेर अघि भारतीय लरीले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
भारतीय NL02G ८९५२ नम्बरको लरीले किचेर आइसिपिमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका करिब ४० देखि ४५ वर्षिय राज गिरीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । थप विवरण आउन बाँकि ।
ईलामको रोङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सम्पन्न भएकाे छ। गत माघ २६ र २७ गते भएका प्रतियोगितामा शान्ति निकेतन मावि प्रथम भएको छ।
राेङ गाउपालिका भित्रकाे १२ देखी १८ बर्ष उमेर समुहकाे ९ वटा माध्यामिक बिद्यालयकाे सहभागिता रहेकाे उक्त प्रतियाेगितामा आयाेजना स्टल समेत रहेकाे शान्ति निकेतन माविले १६ स्वर्ण २ रजत र २ काँश्य सहित २० पदक जितेर प्रथम भएकाे थियाे शान्तिपुर माविले ५ स्वर्ण ६ रजत र ६ काँश्य सहित १७ पदक जितेर दाेश्राे बन्दा, माेतिराम माविले ४ स्वर्ण र २ काँश्य सहित कुल ६ पदकसहित तेस्रो स्थान हासिल गरेकाे हाे।
बहुबन माविले २ स्वर्ण र ६ काश्यसहित चौथाे स्थान प्राप्त गर्दा शशी माविले १ स्वर्ण १० रजत सहित १५ पदक, सरस्वती माविले राेङ ६ ले१ स्वर्ण ४ रजत सहित ७ पदक, उमा महेश्वर माविले १ स्वर्णसहित ५ पदक र कुवापानी माविले ४ रजत सहित ५ पदक प्राप्त गरेको थियाे।प्रतियाेगितामा उत्कृष्ट हुने खेलाडिहरुले पदक र प्रमाण पत्र पाएका थिए । उक्त प्रतियाेगितामा प्रथम हुने खेलाडिहरु आगामी जिल्ला स्तरिय प्रतियाेगिताकाे लागि छनाैट भएका छन् ।
झापा हल्दिवारी १ स्थित गोल्धाप बजारमा पौष १६ गते शनिबार एक कार्यक्रमको आयोजना गरी अंग्रेजी नयाँ वर्षलाई स्वागत तथा तमु ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रमको सम्पन्न गरिएको छ ।
तमु इकाई समिति हल्दिबारीका अध्यक्ष गोपाल धन गुरुङको सभापतित्व, त्यस्तै झापा क्षेत्र नं. ३ का सांसद् राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यता, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिंङ्देनको विशिष्टि आतिथ्यता, हल्दिबारी वडा नं. १ का वडाध्यष भक्त बहादुर गुरुङ लगायतको आतिथ्यतामा भएको कार्यक्रमा तरेली साँस्कृतिक परिवार पोखराको बेजोड प्रस्तुति साथै अन्य स्थानीय कलाकार र द भोइस अफ नेपालका प्रिशव गुरुङ का साथमा चर्चित गायक नन्दु गुरुङ समेत बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रमलाई थप रोचक बनाउन गुरूङ समुदायमा प्रचलित परम्परगत तथा सांस्कृतिक भेषभुषामा सजिएर विभिन्न परिकारको समेत प्रदर्शन गरिएको थियो ।
संस्थाका जिल्ला उपाध्यक्ष उदय गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि लिङ्देनले संस्थाको उन्नयन र प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका इकाई सचिव राम गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।
अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।
विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।
यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।
Credit: Online Khabar