

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा लेखा शाखा प्रमुख तुलसीराम रेग्मीले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०७९/०८०को आम्दानी खर्च को विवरण प्रस्तुत गर्दै उहाँले गतबर्ष को आम्दानी तर्फ ७ करोड ९ लाख २ हजार ५ सय ९५ रुपैया र त्यति नै बराबर को खर्च विवरण प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०८०/०८१ को अनुमानित आय ७ करोड ३१ लाख २ हजार १ सय ४३ रुपैयाँ आम्दानी र सोही बमोजिमको रकम खर्च हुने विवरण सार्वजनिक गर्नुभएको थियो ।
शुक्रवार विद्यालयको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक माधव बराल ले गर्नुभएको थियो । भने माध्यमिक तह इन्चार्ज हेमेन्द्र खतिवडाले स्वागत मन्तव्य दिनुभएको थियो। बुद्धआदर्श माद्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा अभिभावक, शिक्षक विद्यार्थी ,कर्मचारी र सरोकार वालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Related Stories
९ फाल्गुन २०८१, शुक्रबार ०८:३७