बुधबारे जेसीजको जेसीज सप्ताह २०२३ अन्तर्गत शुक्रबार बुद्धशान्ति स्तरीय अन्तर मावि (कक्षा ११ र १२) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बुधबारे जेसीजको आयोजनामा कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति -१ को प्राङ्गणमा सम्पन्न कार्यक्रममा बुद्धशान्तिका ६ वटा माविका ११ जना प्रतिस्पर्धी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए।” समाज रुपान्तरणमा युवाको भुमिका ” शीर्षकमा आयोजित प्रतियोगितामा श्री आदर्श मावि बुद्धशान्ति -२ की कक्षा ११ मा अध्ययनरत छात्रा कविता बाँस्कोटा प्रथम भएकी छिन् ।त्यसैगरी श्री शान्ति आदर्श मावि बुद्धशान्ति -६ की कक्षा -११ मा अध्ययनरत छात्रा नमिता रानामगर द्वितीय र कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति –१ का कक्षा-१२ मा अध्ययनरत छात्र सुजन घिमिरेले तृतीय स्थान हासिल गरेका छन् ।त्यस्तै श्री बुद्ध आदर्श मावि मावि बुद्धशान्ति -१ की छात्रा सम्झना कालिकोटेले सान्त्वना पुरस्कार प्राप्त गरिन ।
बुधबारे जेसीजका गोकुल पौडेलको संयोजकत्वमा आयोजित कार्यक्रमको सभापतित्व बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालले गर्नु भएको थियो ।बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा न-१ का वडाअध्यक्ष अनिल वाग्लेको विशिष्ट आतिथ्यता सहित विभिन्न शैक्षिक ,सामाजिक ब्याक्तित्व ,बुधबारे जेसीजका पुर्व अध्यक्षहरु,जेसीज पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दुर्योधन सिंह ( देव) को मुल संयोजनमा संचालन भईरहेको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत यस वक्तृत्वकल प्रतियोगितामा शिक्षा प्रेमी जय प्रसाद भण्डारी र मोटिभेसनल ट्रेनर लोकप्रिय् युवा हरिकृष्ण भण्डारी ले प्रतियोगीताको निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो भने औपचारिक तथा प्रतियोगितात्मक दुवै सत्रको कार्यक्रम बुधबारे जेसीज वर्ष २०२३ का महासचिव कुशल अधिकारीले संचालन गर्नु भएको थियो ।