![](https://suryodayaonlinenews.com/wp-content/uploads/2023/09/Screenshot_20230930-085059_Facebook.jpg)
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले अब नेपाल बैंक लिमिटेड बाट बिना धितो कर्जा पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेड बुधबारे शाखा र बुद्धआदर्श माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा शुक्रबार सम्झौता भएको हाे । बैंकबाट प्रवाह गरिने अधिकतम रु १५ लाख सम्मकाे सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेड बुधबारे शाखाकाे तर्फवाट शाखा प्रवन्धक भानुभक्त भण्डारी र बुद्धआदर्श माध्यमिक विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।
नेपाल बैंक लिमिटेड बुधबारे शाखाका कर्मचारी र विद्यालयका शिक्षक, कर्मचारीहरुको उपस्थितीमा भएको कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक कृष्ण भण्डारीले बैंकले सहुलियतपुर्ण ढंगले बिना धिताे कर्जा प्रदान गरेकाेमा बैंकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने बैंककाे तर्फबाट शाखा प्रबन्धक भानुभक्त भण्डारीले सेवाग्राही कर्जाकाे विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।