
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको अायोजना गरि कक्षा ११ का विद्यार्थिहरूलाई स्वागत साथै कक्षा १२ का विद्यार्थीहरूलाई बिदाई तथा दशै विशेष शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक कक्षा ११का विद्यार्थीलाई स्वागत साथै कक्षा १२ का विद्यार्थिलाई बिदाई गरेको हो
विद्यालयका छात्र नेसनल निरौलाको सभापतित्वमा भएको कार्यक्रममा अौचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले भन्नू ,भयो विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न विधार्थीहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालयले बाल मैत्री शिक्षण सिकाई क्रियाकलाप ,कंप्यूटर तथा प्रविधी मैत्री शिक्षण सिकाई,सेमी ग्रेडिङ प्रणालीमा आधारित शिक्षण, कक्ष (१-३)
विज्ञान प्रविधी मा ल्याब क्लास को व्यवस्थापन
बाल मैत्री पुस्तकालय को व्यवस्था,
दिवा खाजा खाने व्यवस्था कक्षा (१-५),
त्रैमासिक रुपमा अभिभावक हरु संग छलफल र अन्तर्क्रिया
प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप नियमित रूपमा अनुगमन र मूल्याङ्कन, र प्रिस्टपोषण ,बाल मैत्री कक्षा सन्चालन हुँदै अाएको बताउनु भयो ।
त्यस्तै स्वागत तथा विदाई कार्यक्रममा अाफ्ना भनाई राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले भन्नू ,भयो शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउनतर्फ विधालय अग्रसर रहेको बताउदै शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि शिक्षक अभिभावक ,विद्यार्थी पनि उतिनै जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रममा आफ्ना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख कमल निरौलाले नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयलको शिक्षा क्षेत्रमा थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्ने साथै बुद्धशान्ति गाउँपालिकाको शिक्षा साखाको तर्फबाट गर्नु पर्ने साथ सहयोग सधै रहने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख, कमल निरौला,विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, शिशु सुधार अाधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेत्र रिजाल,विद्यालयका अक्षयकोष दाता मदन प्रसाई, अक्षयकोष दाता, मनेस दाहाल,शिक्षक अभिभावक सघका अध्यक्ष राजेन्द्र राई, बुधबारे इलाका प्रहरीकार्यलयका प्रमुख प्रविन भट्टराई , समाज सेवि भगवती न्यौपाने वडा नं १ का वडा सदस्य लक्ष्मी कडेल, विद्यालयका शिक्षक , अभिभावक सम्पुर्ण विद्यार्थी संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
सम्पुर्ण विद्यार्थीहरूलाई शुभकामना दिदै बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष साथै विद्यालयका अक्षयकोष दाता मदन प्रसाँइले भन्नुभयो,विद्यार्थीका अभिभावकहरुले पनि विद्यालयले संचालन गरेका राम्रा गतिविधिलाई सफल बनाउन अभिभावकले पनि रचनात्मक भूमिका खेल्नु पर्ने बताउदै अहिलेका विद्यार्थीहरुको जीवनभरको भाषाको स्रोत नै अहिले पढ्दै गरेको विद्यालय हो, यहि उमेर उनीहरुको जीवनको आधार हो त्यसैले उनीहरुले जिवनभर आवस्यक पर्ने आधारभूत सीपहरु पनि विधालयबाट सिक्न र सिकाउन आवश्यक रहेको बताउनु भयो ।
विद्यालयका शिक्षक लक्ष्मी न्यौपानेले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा गजल कविता निबन्ध नित्य विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक माधब बरालले गर्नु भएको थियो ।