बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको विरोध तथा धर्ना कार्यक्रम बुद्धशान्तिमा रचनात्मक बन्दै गएको छ , ।
स्थानिय तह कर्मचारी संघर्ष समितीले धर्ना सङसगै विभिन्न रचनात्मक कार्यहरू गर्दै अाएको छ बुधबार रक्तदान कार्यक्रम सम्पन्न गर्दै धर्ना बसेको थियो भने, बिहिवार गाउँपालिका साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बिहिवार स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको संयोजकत्वमा बुद्धशान्तिका गाउँपालिकाका सम्पुर्ण कर्मचारी लगायतको उपस्थितिमा बुद्धशान्ती गाउँपालिका परिसर साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई गरिएको हो ।
एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष समिती समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।
सरसफाई कार्यक्रमा कुरा गर्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नू भयो एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गर्न हिजो बुधबार पालिकाको पाङगण मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छौ भने , अाज अान्दोलन लाई थप रचनात्मक बनाउन पनि पालिका साथै भागिरथा अस्पताल वरपर सरसफाई कार्यक्रमा सम्पन्न गरेको संघर्ष समिति संयोजक कट्वाल बताउनु हुन्छ ।
धर्ना कार्यक्रमलाई जारी राख्दै अति अावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने र स्थानीय सेवाका कर्मचारीको वृति र विकास सम्बन्धी न्यायिक व्यवस्था नभएसम्म अान्दोलन जारि राखिने संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।
संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेको बताईएको छ ।
यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो ।