
बुद्धशान्ति गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको आयोजनामा आज पाठेघरको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी. खोप सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौला, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादव, समाजसेवी मातृका श्रेष्ठ लगायत विभिन्न स्वास्थ्य कर्मी, पालिकाका कर्मचारीहरुको उपस्थितीमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्वाथ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादवले महिलामा हुने पाठेघरको मुखको क्यान्सरको लक्षण र उपचार सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए । त्यस्तै यस खोप १० वर्ष देखि १४ वर्ष सम्मका बालिकाहरुलाई मात्र भएको जानकारी गराउँदै खोप लगाउनबाट कोही बन्चित नहुन पनि उहाँले सबैमा अनुरोध समेत गर्नु भएको थियो ।
यता पालिका अध्यक्ष मनोज प्रसाईले पनि खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सहजिकरणको भूमिका निर्वाह गरिदिनुहुन सम्पूर्ण बुद्धशान्तिबासीमा अनुरोध गर्नु भएको थियो ।
गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको सन्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र बुद्धशान्ति १ प्रमुख तथा जनस्वास्थ्य निरिक्षक अनुराधा गौतमले गर्नु भएको थियो ।