झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको श्री गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई ५५ हजार बराबरको शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरेको हो ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै समाजमा छुट्टै छाप छोड्न थालेको बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि उतिकै रुचि राख्ने भएकाले र अहिले देखिनै यि साना साना नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै आगामि दिनमा पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४ कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय सहयोग पुर्याउनु हुने बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो lविद्यालयका प्रधानाध्यापक डिल्लिराम खतिवडाले सानो संस्था भएपनि विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक साथै खेलकुद सामाग्री दिएर विद्यालयलाई विद्यार्थी भाइ बहिनिहरूलाई पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा सृजनशिल युवा समाजलाई धन्यबाद दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई सृजनसिल युवा समाजका उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य साजन तामाङले गर्नु भएको थियो ,