इलामको रोङ गाउँपालिकामा बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ । रोङ ३ को शान्ति निकेतन माध्यमिक बिद्यालयमा भएको प्रदर्शनीमा आधारभूत बिद्यालय तर्फ शकर आधारभूत बिद्यालय रोङ ३ प्रथम, देबीगञ्ज आधारभूत दोश्रो र ज्योति आधारभुत तेश्रो भएका थिए ।
त्यसैगरी माध्यमिक बिद्यालय तर्फ शान्ति निकेतन माबि प्रथम मोतिराम दोश्रो र सरस्वती माबि भालुझोडा तेश्रो भएका थिए । प्रदर्शनीमा ३ वटा आधारभूत बिद्यालय र ९ वटा माध्यमिक बिद्यालयले सहभागीता जनाएका थिए ।
सहभागी बिद्यालयले प्रदर्शनमा राखेको बिज्ञान सामाग्री हेर्दा लाग्दथ्यो अवसर पाए रोङका बिद्यार्थीहरु को प्रतिभा राष्टिय स्तर सम्म पुग्न सक्ने अनुमान गर्न सकिन्थ्यो ।
शान्ति निकेतन माध्यमिक बिद्यालयको सम्योजन तथा रोङ गाउपालिका शिक्षा युवा तथा खेलकुद साखाको आयोजनामा कार्यक्रम भएको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा बिद्यालयका शिक्षक देखि रोङ शिक्षा साखाका कर्मचारी सम्मलाई समेटिएको थियो ।
कार्यक्रमलाई आकर्षक बनाउन गीत नृत्य कबिता तथा गजलले पनि सहयोगी भुमिका निर्वाह गरेको थियो । बिभिन्न बिद्यालयबाट नृत्य तथा गायनकलामा सहभागीता जनाएका थिए ।
कार्यक्रममा रोङ गाउपालिका शिक्षा शाखा प्रमुख श्रुतिकुमारी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासको विषिस्ठ आतित्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका बिभिन्न साखाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
त्यसैगरी शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा रोङगाउँपालिका अध्यक्ष मणिकुमार स्याङबो गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास गाउँपालिका शिक्षा साखा प्रमुख श्रुतिकुमारी तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन शिक्षक मेघराज गड्तौलाले सन्चालन गर्नु भएको थियो ।