बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष T-20 क्रीकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । पहिलो खेलमा गौरिगन्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिका लाई ६१ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको गौरिगन्जले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १५५ रन बनाएको थियो।१५६ रनको लक्ष्य पछ्याएको हल्दिबारी १८ ओभरमा ९४ रन बनाउदै अलआउट हुन पुग्यो।गौरिगन्जका लागि ५ विकेट लिएका छबिलाल खड्का म्यान अफ दि म्याच घोषित भए।उनलाई समाज सेवि खगेन्द्र मैनालि र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो ।त्यसैगरी दोश्रो खेलमा बुद्धशान्ति गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका ६० रनले बिजयी भएको छ।पहिले ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै २१५ रन बनाएको थियो।२१६ रनको विशाल लक्ष्य पछ्याएको बुद्धशान्ति गाउँपालिका ८ विकेट गुमाउँदै १५५ रन मात्रै बनाउन सफल भयो।
मेचिनगरका निम्ति ३० बलमा ७८ रन बनाएका विराट डागी म्यान अफ दि म्याच घोषित भएका थिए।उनलाई आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गर्नु भएको थियो बुद्धशान्तिका लागि भने बलिङमा पर्शुराम पौडेलले ३ विकेट लिदा ब्याटिङमा आदिहाङ फागोले ४४ रन बनाएका थियो।भोलि हुने पहिलो खेल झापा गाउँपालिका विरुद्ध गौरादह नगरपालिका र दोश्रो खेल भने शिवसताक्षि नगरपालिका विरुद्ध कमल गाउँपालिका बिच रहने बताईएको छ ।झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद उप्रेती विभिन्न संघ संस्थाका प्रतिनिघी सुरक्षाकर्मि विभिन्न पाटिका प्रतिनिधी सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन संस्थाका सचिव मदन मगरले गर्नु भएको थियो।