रोङ गाउँपालिकामा अाजवाट पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे छ ।
स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ रोङ गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न गरिएकाे हाे।स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार घोषणा गरिएको हो।खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ।
राष्ट्रिय खाेप कार्यक्रम अनुसार बिभिन्न एधार प्रकारका खाेपहरु दिइने गरेकाेमा गाउपालिका भित्र खाेज अभियान अन्तरगत ९ सय साठि घर धुरीमा सभेक्षण गर्दा अाठजना वालवालिकाहरुमा खाेप छुटेकाे पाईएकाे र उनिहरुलाई सबै खाेप मापदण्डअनुसार लगाइए पछि अब खाेप लगाउन काेहि नरहेकाे कारण सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेकाे राेङ स्वास्थ्य शाखा प्रमुख समेत रहेकाे जनस्वास्थ्य अधिकृत युवराज काफ्लेले बताउनु भयो ।
कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि, गाउँपालिकाका उपाध्यक्ष लगाएत अन्य अतिथिहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ-आफ्नो मन्तव्य राखेका कार्क्रममा व्यक्त कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका ३ जना उत्कृष्ट स्वास्थाकर्मी पुरस्कृत तथा राेङमा सेवागरेर बाहिरिएका चार जना स्वास्थ्यकर्मिहरुलाई बिदाई गरिएकाे थियाे ।
उत्कृष्ट स्वास्थ्यकर्मी लाई जनहि रू१००००/- का दरले नगद पुरस्कार सहित प्रमाणपत्र ,दोसल्ला ,खादा लगाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा स्वास्थ शाखा राेङका सुनिता लिम्वु,काेल्बुङ स्वास्थ्य केन्द्रका सबिना अर्याल र रम्भ्याङ अाधारभुत स्वास्थ्य ईकाईका रुपा राई रहनु भएको थियो ।
रोङ गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष मात्रिका बरालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पालिका खोप समन्वय समिति संयोजक एवं गाउँपालिका अध्यक्ष श्री मनिकुमार स्याङ्बो , कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री बिष्णुमाया खवास, गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमरोङ गाउँ कार्यपालिकाका स्वास्थ्य शाखा नर्सिङ्ग कर्मचारी श्री सुनिता लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उहाँले रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो