May 9, 2026

इटहरी : इटहरीमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको छ । इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन् ।
भारतबाट आएका हात्तीले मानव बस्तीमा पसेपछि आँफूहरू रातभर जाग्राम बसेको स्थानीय रोशन अधिकारीले बताए ।

उनका अनुसार हात्तीको छावासहित दर्जन बढीको संख्यामा आएका हात्तीले लगातार चारदिनदेखि मानव वस्तीमा पस्न थालेपछि स्थानीय भयभीत भएका छन् ।

‘साँझ ७ बजेदेखि नै हात्तीको बथान आउँछ, हामीले रातभर जाग्राम बसेर हात्ती खेदाउन थालेपनि दैनिकी उस्तै छ,’ अधिकारीले भने, ‘बिहान ४ बजेसम्म ठाउँठाउँमा आगो बालेर हो–हल्ला गरेर हात्ती धपाउने प्रयास गरिरहेका छौँ ।’

स्थानीय सरकार मूकदर्शक बन्दा आँफूहरू अन्धकारमा रातभर जाग्राम बस्न बाध्य भएको उनको गुनासो छ ।

‘वडा क्षेत्रभित्रका अधिकांश बत्तीहरू बल्दैनन्, बिजुलीको पोलमा तारमात्रै झुण्डिएका छन्,’ उनले भने, ‘हामीले वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी गराएका छौँ, दैनिक हात्ती मानव वस्तीमा आउँदा समस्या भएको छ ।’

इटहरी क्षेत्रमा अधिकांश ठाउँमा बिजुलीको पोलमा बत्ती नबल्ने हुँदा अन्धकार हुँदै आएको छ । जसकारण रातबिहान हिँडडुल गर्नका लागि पनि समस्या हुने अधिकारी बताउँछन् ।

खासगरी शान्तिनगर सामुदायिक वन क्षेत्रमा पर्ने चारकोसे जंगलबाट हात्तीको बथान आउने उनले बताए । उनका अनुसार यो क्षेत्रमा पर्ने पानीपयादेखि पीपलचौकसम्म २० वटा बत्ती छ । जसमध्ये कुनै बल्दैनन् ।

‘यसअघि हामीले आफ्नै खर्चमा लगाएका थियौँ, वडाका अन्य क्षेत्रमा पनि बत्ती बल्दैन,’ उनले भने, ‘जंगलको क्षेत्रमा त्रास छ, बिहान कलेज, स्कुल जान विद्यार्थीहरूलाई समस्या छ, अहिले जाडोको समय भएकाले हुस्सु पनि लाग्ने हुँदा झनै समस्या हुन्छ ।’

स्थानीय ध्रुव नेपालले रातको १० बजेसम्म एक सय बढी मानिसहरू भेला भएर रुग्ने काम भइरहेको बताए ।

‘रात छिप्पिदैँ गएपछि घरैपिच्छेका युवा जमात निस्केर आगो बाल्दै हात्ती खेदाइरहेका छौँ,’ नेपालले भने, ‘हामीले रातभर रुँगेर अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन, भोलिका दिनमा क्षति हुन नदिनका लागि प्रशासनसँग सहयोग माग गरेका छौँ ।’


उनले हात्ती मानव वस्तीमा पस्न नदिनका लागि प्रशासनसँग माग गरे ।

यता, इटहरी २ का वडाध्यक्ष माधव कोइरालाले हात्तीको वथान दैनिक आएकाले स्थानीयको ज्यान जोखिममा रहेको बताए ।

‘हात्तीले आतंक नै मच्चाइरहेको छ, भगाउने कुरामा वन समितिसँग पनि सहकार्य भइरहेको छ,’ कोइरालाले भने, ‘मेयर साबसँग पनि भेटेर यस विषयमा कुरा गर्ने तयारी भइरहेको छ ।’

स्रोत – टाकुरा न्युज

झापाको बुद्धशान्ति गाउपालिका –४ मा रहेको श्री माध्यमिक विद्यालय बर्नेका विद्यार्थीहरूलाई आज स्विटर बितरण गरिएको छ ।
सेजल एण्ड सिस्टर एलएलसी कम्पनी युएसेको आर्थिक सहयोग तथा बुद्धशान्ति –४  निवासी समाजसेवी सुरेन्द्र शेर्माको समन्वयमा बर्ने मा. बि. मा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई सुइटर बितरण गरिएको हो ।
विपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गर्दै चिसो मौसमको कारण बिरामी हुने, विद्यालय नजाने जस्ता समस्या देखा पर्ने भएको कारण विद्यार्थीहरूलाई स्विटर बितरण गरिएको समाजसेवी शेर्माले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईँले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए ।
विद्यालयमा आयोजित कार्यक्रममा गाउपालिका प्रमुख प्रसाईँले विद्यार्थीहरूलाई न्यानो कपडा स्विटर बितरण गरेका हुन् । कार्यक्रममा  प्रमुख अतिथि प्रसाईँले विद्यालयलाई भोलिका दिनमा हरेक क्षेत्रमा सहयोग गर्ने बताए ।
कार्यक्रमका बिचमा इरी इन्सुरेन्सका सञ्चालक अमेरिका निवासी पूर्ण गौतमले २ जना अशक्त ब्यक्तिलाई उपचारका लागी १२ हजार सहयोग गरेका छन् ।
विद्यार्थीहरूलाई सुइटर बितरण गरेर सहयोग गर्ने सेजल एण्ड सिस्टर एलएलसी कम्पनीलाई विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद उप्रेतीले धन्यवाद दिएका छन् । उनले विद्यार्थीहरूको लागि गरिएको सहयोगले पढाइमा मनोबल बढाउन मद्दत पुग्ने बताए । स्विटर बितरण कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, समाजसेवी, पत्रकार तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


 

झापाको मेचीनगर १२ का युवा समुहको आयोजनामा लागू औषध विरुद्ध साङगीतिक कार्यक्रम सम्पन्न भएको छ संस्थाका अध्यक्ष अनुप दाहाल को अध्यक्षता मेचीनगर नगरपालीकाकाढ मेयर गोपाल बुढाथोकीको प्रमुख आथित्यता मेचीनगर भूमी सुधार प्रमुख अमीत खम्बु ईलाका प्रहरी कार्यलय धुलाबारी प्रमुख अनिल माबो ,smart jim संचालक रबिन मेचे को आथित्यता रहेको कार्यक्रममा समाजसेबीहरु राजेन्द्र सापकोटा ,राम कुमार कार्कीको अाथित्यतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यबाद दिदै प्रमुख अतीथी मेचीनगर नगरपाली मेयर गोपाल बुढाथोकिले शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर मा युवाहरुले एस्तै राम्रा र युवाहरु लक्षित सचेतना मुलक कार्यक्रम राखेकोमा खशि व्यक्त गर्दै नगरपालीकाको सधै साथ र सहयोग रहने पनी उनले बताए ।
कार्यक्रम को संचालन मेचीनगर १२ युवा समुहका सचीब रमिर श्रेष्ठ ले गरेका थीऐ भने विभिन्न ब्यान्ड हरुको प्रस्तुती समेत रहेको थियो ।कार्यक्रममा दार्जीलिङ बाट आउनु भएका motivational speaker प्रिमीयम भुटीया ले आफुपनी पहीला लागू औषध सेवन गर्ने ब्यक्ति भएको र पछी लागू औषध छाडेपछी आफुले नया जीबन पाएको बताउदै चारआली लाई लागू औषध मुक्त बनाउन पनीजोड दिएका छन, ।आशिर्बाद प्रतिष्ठान सुधार केन्द्र का सन्चालक प्रेम साँबा लिम्बू ले पनी मन्तब्यको क्रम मा लागु औषध रोग न भई खराब बानी हो यसलाई सुधार्न आफै बाट सीक्नु पर्छ भन्दै आग्रह समेत गरेका छन ा   

(more…)

बुद्धशान्ति १ स्थित समाजसेवा संस्थामा विगत केही समय अघि देखि सप्ताहिक रुपमा पुराण लाग्दै आएको छ । समाज सेवा संस्था र जेष्ठ नागरिक संगम केन्द्र बुद्धशान्तिको आयोजनामा पुराण लगाइन्दै आएको संस्थाका अध्यक्ष अमर विमलीले जानकारी दिए । शनिबार फुसर्दको समय पनि हुने र स्थानीय जेष्ठ नागरिकहरुले हप्ताको एक दिन धार्मिक कथा प्रवचन तथा पाठ पारायणमा सहभागि हुन पाउन भएकोले पुराणको आयोजना गरिएको बताइएको छ ।
युवा पं. जयरामशास्त्रीले हाल उक्त स्थानमा पुराण वाचन गरिरहेका छन् । विभिन्न दाताहरुको सहयोगमा पुराणमा आउनेहरुलाई प्रसादी वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
आज शनिबार भएको पुराणमा सहभागि भएकाहरुलाई बुद्धशान्तिकै स्थानीय रुक्म खनालको परिवार र नारद चम्लागाईको परिवारले प्रसादको व्यवस्था मिलाइदिएका थिए । त्यस्तै अब आउने शनिबारको पुराणमा द एभरेष्ट सहकारीको तर्फबाट भक्तजनहरुलाई प्रसादको व्यवस्था रहेको बताइएको छ । यदि कुनै संस्था तथा परिवारहरुले भक्तजनहरुलाई प्रसादको व्यवस्था मिलाइदिन इच्छा गरे आफूँहरुलाई ९८४२७५६५७९ नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
.

भीषण आगो लागि हुँदै केहि घर जलेर नष्ट भै सक्याे। सिधुवा बजारमा आगलागी नियन्त्रणका लागी बसन्तपुर र धन्कुटाबाट दमकल गई सकेकाे छ केही मिनेटमा पुग्नेछ । धन्कुटा बाट आर्मी,शसस्त्र प्रहरी बल समेत पुग्न लाग्याे ।केहि घर जलेर नष्ट भै सक्याे तै पनि बाँकी क्षति हुननदिन प्रयत्न सबै क्षेत्र बाट भई रहेकाे छ

ओम शिव बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था संचालक समितिको जेष्ठ सदस्य नेबुका पोख्रेलको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र कटुवालको प्रमुखको आतिथ्यता, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यता, सामाजिक व्यक्ति शेखर भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रममा नयाँ कार्य समिति समेत चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा डम्बर बहादुर गौली (रत्न), उपाध्यक्षमा सुनिता खड्का, सचिवमा चन्द्रबहादुर गौली, कोषाध्यक्षमा कुमार गौली, सदस्यहरुमा खड्गबहादुर गौली, नेबुका पोख्रेल, रुद्र बहादुर मिजार, खगेन्द्र भट्टराई र गीता गौतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै खगेन्द्र गौतमको संयोजकत्वमा सुजन भण्डारी र मनमाया चौहान सदस्य रहने गरी लेखा समिति पनि चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि देवेन्द्र कटुवाल र विशिष्ट अतिथि गोविन्द पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका व्यवस्थापक कुमार गौलीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा असल ऋणीका रुपमा तिलक बहादुर प्रधान, त्यस्तै उत्कृष्ट बचतकर्तामा रुपमा देउमाया लिम्बू, उत्कृष्ट कर्मचारीका रुपमा कमला देवी प्रसाईलाई सम्मान गरिएको थियो ।
बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संचालक समिति सदस्य सुनिता खड्काले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेकी थिइन् भने संस्थाका सचिव चन्द्र गौलीले कार्यक्रमको संचालन गरेका थिए ।

नेपाल विद्यार्थ संघकाे विभिन्न कार्यसमिति विस्तारलाई लिएर विवाद उत्पन्न भएको छ। केन्द्रिय समितिले अधिवेशन नगरी आफू निकटका व्यक्तिलाई चिट्ठी दिएर मनोमानी ढंगले जिल्लाहरूमा सभापति पदको जिम्मेवारी दिए पछि विवाद बढ्न थालेको हो । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति शेर बहादुर देउवाले नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । तदर्थ समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य गरी तीनै तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने गरी समयसीमा तोकिएको थियो । अहिले, तीनै तहको निर्वाचन सम्पन्न भइसकेको र अन्तिम परिणाम पनि आइसकेको छ तर, नेवि संघको अधिवेशन हुने कुनै सम्भावना देखिएको छैन भने केन्द्रिय कार्यसमिति समेत गठन हुन सकेको छैन । तर, मनोमानी रूपमा जिल्ला तहमा चिठ्ठी दिएर जिम्मेवारी दिएकोमा जिल्ला तहबाटै विरोध सुरु भएको छ । इलामबाट विरोध २०७९ मंसिर ६ गते नेवि संघ केन्द्रिय सभापति दुजाङ शेर्पाले टीकाराम पूरी लाई चिठ्ठी दिएर इलाम जिल्ला सभापतिमा नियुक्त गरेका थिए । अधिवेशन नगरी मनोमानी ढंगले चिठ्ठी दिएको विषयमा जिल्लाका अन्य नेवि संघका नेताहरुले विरोध गर्दै आएका थिए । अधिवेशन नगरी आफू निकटका व्यक्तिलाई चिट्ठी दिएको आरोप उनीहरूको थियो । तर, पछिल्लो समय विवाद झनै चर्किदै गएको छ । इलाम क्षेत्र नं २ का कार्यबाहक सभापति अनिल नेपालले चर्को विरोध गर्दै विधि र प्रक्रिया विपरीत हुने कुनैपनी कार्य सुइकार्य नहुने भन्दै तत्काल पत्र फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भने – ” म नेपाल विद्यार्थी संघ इलाम संघिय क्षेत्र न २ का.ब सभापतिको हैसियतले इलाम सभापतिको पत्र फिर्ता गर्न ने.बि.संघ केन्द्रिय कार्यलय लाई जोड्दार माग गर्दछु। साथै, यदि पत्र फिर्ता नहुने हो भने इलाम ने बि संघ समानान्तर तहगत समितिहरु बनाउने कुरा समेत जानकारी गराउन चाहान्छु ।” उनले सभापति शेर्पालाई पार्टीको विधानलाई कुल्चिएर अघि बढेको आरोप लगाउँदै पत्र थमाएर गरिएको नियूक्ति किमार्थ स्वीकार्य बताएका छन्। “जुन विधानले उहाँ सभापति बन्नु भयो आज त्यही विधानलाई कागजको रद्दी जसरी कुल्चेर ३२ बर्ष माथी आफ्ना नजिकका लाई जिल्ला जिल्लामा पत्र थमाएर सभापति घोषणा गर्दै हुनुहुन्छ। यो कुरा किमार्थ स्विकार्य छैन । ” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ गते पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका थिए । कांग्रेसकाे पार्टी विधानको धारा ५ (५) मा ३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने उल्लेख छ ।

महिला सामुदायिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्र बुद्धशान्ति ३ को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु मैनाली उप्रेतीको अध्यक्षता, समाजसेवी तथा चन्दादाता राजेन्द्र घिमिरेको प्रमुख आतिथ्यता, त्यस्तै बुद्धशान्ति गाउँपालिका निवर्तमान अध्यक्ष रमेश कुमार भुजेल, समाजेसवी खगेन्द्र मैनाली, रामजानकी मन्दिर उपाध्यक्ष भगवती न्यौपाने, रेडक्रस सोसाइटी बुधबारेका पूर्व अध्यक्ष हरि प्रसाद पोख्रेल, बुधबारे सानासहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष ध्रुव ओली, बुद्धशान्ति महिला समूहकी अध्यक्ष धनकला अधिकारी, बुद्धशान्ति अस्पतालका अधिकृत धिरेन यादव लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सहसचिव लक्ष्मी श्रेष्ठ प्रसाईले शाब्दिक स्वागत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि घिमिरे त्यस्तै गाउँपालिका निवर्तमान अध्यक्ष भूजेल, महिला समूहकी अध्यक्ष अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाको आ.व. २०७८÷०७९ को आर्थिक प्रतिवेदन संस्थाका सचिव जीतबहादुर श्रेष्ठले प्रस्तुत गरिएका थिए ।
महिला सामुदायिक स्वास्थ्य सेवा तथा अनुसन्धान केन्द्र बुद्धशान्ति ३ को आफ्नै भवनमा भएको कार्यक्रमको संचालन संस्थाकी कोषाध्यक्ष कमला रिजालले गरेकी थिइन् ।

बुद्ध आदर्श माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ६२औँ वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ पौष २४ र २५ गते वार्षिक उत्सव मनाइएको थियो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश भुजेल, गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक हेमेन्द्र खतिवडाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।
अभिभावक तथा स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रममा विद्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले २०७३ साल देखि हाल सम्म गरेको कार्य प्रगति विवरण समेटिएको विद्यालय हिजो र आज नामक जानकारी मुलक पुस्तक पनि विमोचन गरिएको थियो
सामुदायिक विद्यालयहरु मध्ये बुद्धशान्तिमानै नमुना विद्यालयका रुपमा छनौट भई शैक्षिक देखि भौतिक गुणस्तरमा पनि विद्यालयले प्रगति गरेकोमा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष प्रसाईले खुशी व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमल निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै विद्यालयलाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिवारीले धन्यवाद ज्ञापन गरेका छन् ।

  1. कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले देखाएको सामुहिक नृत्यले झन माहोल तताएको थियो ।
    त्यस्तै कार्यक्रममा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।

बुद्ध आदर्श माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ६२औँ वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ पौष २४ र २५ गते वार्षिक उत्सव मनाइएको थियो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश भुजेल, गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक हेमेन्द्र खतिवडाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।
अभिभावक तथा स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रममा विद्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको थियो ।

No description available.
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले २०७३ साल देखि हाल सम्म गरेको कार्य प्रगति विवरण समेटिएको विद्यालय हिजो र आज नामक जानकारी मुलक पुस्तक पनि विमोचन गरिएको थियो
सामुदायिक विद्यालयहरु मध्ये बुद्धशान्तिमानै नमुना विद्यालयका रुपमा छनौट भई शैक्षिक देखि भौतिक गुणस्तरमा पनि विद्यालयले प्रगति गरेकोमा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष प्रसाईले खुशी व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमल निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै विद्यालयलाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिवारीले धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले देखाएको सामुहिक नृत्यले झन माहोल तताएको थियो ।
त्यस्तै कार्यक्रममा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।