May 10, 2024

Featured

ओम शिव बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था संचालक समितिको जेष्ठ सदस्य नेबुका पोख्रेलको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका सहकारी शाखा प्रमुख देवेन्द्र कटुवालको प्रमुखको आतिथ्यता, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यता, सामाजिक व्यक्ति शेखर भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रममा नयाँ कार्य समिति समेत चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा डम्बर बहादुर गौली (रत्न), उपाध्यक्षमा सुनिता खड्का, सचिवमा चन्द्रबहादुर गौली, कोषाध्यक्षमा कुमार गौली, सदस्यहरुमा खड्गबहादुर गौली, नेबुका पोख्रेल, रुद्र बहादुर मिजार, खगेन्द्र भट्टराई र गीता गौतम सर्वसम्मत चयन भएका छन् । त्यस्तै खगेन्द्र गौतमको संयोजकत्वमा सुजन भण्डारी र मनमाया चौहान सदस्य रहने गरी लेखा समिति पनि चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि देवेन्द्र कटुवाल र विशिष्ट अतिथि गोविन्द पौडेलले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका व्यवस्थापक कुमार गौलीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा असल ऋणीका रुपमा तिलक बहादुर प्रधान, त्यस्तै उत्कृष्ट बचतकर्तामा रुपमा देउमाया लिम्बू, उत्कृष्ट कर्मचारीका रुपमा कमला देवी प्रसाईलाई सम्मान गरिएको थियो ।
बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा संचालक समिति सदस्य सुनिता खड्काले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेकी थिइन् भने संस्थाका सचिव चन्द्र गौलीले कार्यक्रमको संचालन गरेका थिए ।

नेपाल विद्यार्थ संघकाे विभिन्न कार्यसमिति विस्तारलाई लिएर विवाद उत्पन्न भएको छ। केन्द्रिय समितिले अधिवेशन नगरी आफू निकटका व्यक्तिलाई चिट्ठी दिएर मनोमानी ढंगले जिल्लाहरूमा सभापति पदको जिम्मेवारी दिए पछि विवाद बढ्न थालेको हो । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति शेर बहादुर देउवाले नेविसंघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । तदर्थ समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य गरी तीनै तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने गरी समयसीमा तोकिएको थियो । अहिले, तीनै तहको निर्वाचन सम्पन्न भइसकेको र अन्तिम परिणाम पनि आइसकेको छ तर, नेवि संघको अधिवेशन हुने कुनै सम्भावना देखिएको छैन भने केन्द्रिय कार्यसमिति समेत गठन हुन सकेको छैन । तर, मनोमानी रूपमा जिल्ला तहमा चिठ्ठी दिएर जिम्मेवारी दिएकोमा जिल्ला तहबाटै विरोध सुरु भएको छ । इलामबाट विरोध २०७९ मंसिर ६ गते नेवि संघ केन्द्रिय सभापति दुजाङ शेर्पाले टीकाराम पूरी लाई चिठ्ठी दिएर इलाम जिल्ला सभापतिमा नियुक्त गरेका थिए । अधिवेशन नगरी मनोमानी ढंगले चिठ्ठी दिएको विषयमा जिल्लाका अन्य नेवि संघका नेताहरुले विरोध गर्दै आएका थिए । अधिवेशन नगरी आफू निकटका व्यक्तिलाई चिट्ठी दिएको आरोप उनीहरूको थियो । तर, पछिल्लो समय विवाद झनै चर्किदै गएको छ । इलाम क्षेत्र नं २ का कार्यबाहक सभापति अनिल नेपालले चर्को विरोध गर्दै विधि र प्रक्रिया विपरीत हुने कुनैपनी कार्य सुइकार्य नहुने भन्दै तत्काल पत्र फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भने – ” म नेपाल विद्यार्थी संघ इलाम संघिय क्षेत्र न २ का.ब सभापतिको हैसियतले इलाम सभापतिको पत्र फिर्ता गर्न ने.बि.संघ केन्द्रिय कार्यलय लाई जोड्दार माग गर्दछु। साथै, यदि पत्र फिर्ता नहुने हो भने इलाम ने बि संघ समानान्तर तहगत समितिहरु बनाउने कुरा समेत जानकारी गराउन चाहान्छु ।” उनले सभापति शेर्पालाई पार्टीको विधानलाई कुल्चिएर अघि बढेको आरोप लगाउँदै पत्र थमाएर गरिएको नियूक्ति किमार्थ स्वीकार्य बताएका छन्। “जुन विधानले उहाँ सभापति बन्नु भयो आज त्यही विधानलाई कागजको रद्दी जसरी कुल्चेर ३२ बर्ष माथी आफ्ना नजिकका लाई जिल्ला जिल्लामा पत्र थमाएर सभापति घोषणा गर्दै हुनुहुन्छ। यो कुरा किमार्थ स्विकार्य छैन । ” नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ गते पार्टीको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका थिए । कांग्रेसकाे पार्टी विधानको धारा ५ (५) मा ३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेविसंघको सदस्य बन्न नपाउने उल्लेख छ ।

बुद्ध आदर्श माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ६२औँ वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ पौष २४ र २५ गते वार्षिक उत्सव मनाइएको थियो ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश भुजेल, गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, जग्गादाता दिननाथ ढकाल, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला लगायतको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक हेमेन्द्र खतिवडाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।
अभिभावक तथा स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थितीमा भएको कार्यक्रममा विद्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको थियो ।

No description available.
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले २०७३ साल देखि हाल सम्म गरेको कार्य प्रगति विवरण समेटिएको विद्यालय हिजो र आज नामक जानकारी मुलक पुस्तक पनि विमोचन गरिएको थियो
सामुदायिक विद्यालयहरु मध्ये बुद्धशान्तिमानै नमुना विद्यालयका रुपमा छनौट भई शैक्षिक देखि भौतिक गुणस्तरमा पनि विद्यालयले प्रगति गरेकोमा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष प्रसाईले खुशी व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमल निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै विद्यालयलाई यहाँ सम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सम्पूर्णमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिवारीले धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरुले देखाएको सामुहिक नृत्यले झन माहोल तताएको थियो ।
त्यस्तै कार्यक्रममा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि देखाइएको थियो ।

४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

Credit: Online Khabar

३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो ।

अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।

Credit: Online Khabar

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

४ पुस, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

Credit: Online Khabar