बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति–१, झापाले पूर्नमिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विद्यालयले आगामी फागुन ११ र १२ गते आफ्नै विद्यालयको प्राङगढमा विद्यार्थीहरुको पूर्नमिलन कार्यक्रमको आयोजना गर्न लागेको आज पत्रकार सम्मेल मार्फत जनाएको छ ।
उक्त कार्यक्रमका लागि विभिन्न ६ वटा उपसमितिहरु पनि निर्माण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीले बताउनु भयो ।जसमा अतिथि सम्मान उपसमिति, तथ्यांक उपसमिति, मञ्च तथा चिया नस्ता उपसमिति, साहित्य उपसमिति, प्रचारप्रसार उपसमिति र विद्यार्थी परिचालन उपसमिति रहेका छन् ।
उपसमितिले आफ्नो जिम्म्ेवारीमा काम गर्ने अध्यक्ष तिवारीले बताउनु भयो ।
बिसं २०१७ सालदेखि हालसम्मका विद्यालय सञ्चालन समिति, व्यवस्थापन समितिमा रही काम गरेका ७५ बर्ष माथिका महिला अग्रज तथा ८० बर्ष माथिका अग्रजहरुलाई सम्मान समेत गरिने कार्यक्रम संयोजक एवम् पूर्व प्रधानाध्यापक धनबहादुर श्रेष्ठले बताउनु भयो ।
उहाँले विद्यालयको स्थापनाकाल देखि हालसम्म दिवंगत हुनुभएका अग्रजहरुलाई स्मरण गर्दै निजको परिवार सदस्यलाई पनि सम्मान गर्ने बताउनु भयो ।
साथै विद्यालयको स्थापनाकालदेखि हाल सम्मका विद्यालयका साहित्यकारहरुको साहित्य गोष्ठी समेत गरिने साहित्यक उपसमितिका संयोजक टंक काफ्ले बिकल्पले बताउनु भयो । उहाँले दुवै दिन आधा आधा गरी कार्यक्रम गरिने बताउनु भयो ।
कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न र पूर्व विद्यार्थीहरुलाई सकेसम्म सवैलाई समेट्न डिजिटल माध्यमका साथै फोन, म्यासेज, पत्राचार, पत्रकार सम्मेलन, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालबाट तीब्र रुपमा प्रचारप्रसार गरी दुईहजार बढी विद्यालयमा सरोकार राख्ने व्यक्ति तथा विद्याथीहरुको सहभागी गराउने लक्ष्य राखिएको प्रचार प्रसार उपसमितिका संयोजक मनेष दाहालले बताउनु भयो ।
२०१७ सालमा स्थापना भएको यस विद्यालयमा हाल १६०० विद्यार्थी अध्ययन्रत छन् । ११ र १२ तर्फ मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान संकायमा पठनपाठन भईरहेको छ । २०७५ सालमा देशभरीका नमुना विद्यालयको रुपमा समेत छनोट भएको यस विद्यालयले गर्ने पूर्नमिलन कार्यक्रममा करिव ४ लाख खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, पूर्व प्रधानाध्यापक, शिक्षक तथा सारेकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



एचपिभी खोप महिलालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप हो । यो खोप निःशुल्क रूपमा लगाइँदैछ । इलाम जिल्लाका १० वटै स्थानिय तहमा माघ २७ देखि फागुन २ सम्म खोप कार्यक्रम सञ्चालन हुँदैछ ।
बुद्धशान्ति वडा नं ६ वडास्तरीय जनप्रतिनिधी, शिक्षक, स्वयंसेवक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा खोप समन्वय समितिको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
वडा न ६ मा यही माघ २२ गते श्री शान्ति आदर्श मा. बि. गौडा, २३ गते श्री शिद्धेश्वर शिव मन्दिर बाबरीटार र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप कार्यक्रम संचालन हुने भएको छ । 

आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई विशाल १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ ।
ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो। 
नव ज्योति युवा क्लबको आयोजनामा हुँदै आएको प्रतियोगिता यही माघ २१ देखि २८ गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने क्लबका सचिव मुकेश भट्टराईले बताउनु भयो ।



त्यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङमा उत्रेको गौरीगन्ज ४३ रनमा अल आउट हुन पुग्यो । पहिलो संस्करणको उपबिजेता रहेको कचनकवलका बलर सामु निरीह बनेको गौरीगन्जले १०.५ ओभर मात्रै टिक्न सफल भयो ।
त्यसैगरी भोलिदेखि क्वाटर फाईनलका खेल शुरु हुँदै छन् । पहिलो क्वाटर फाईनलमा झापा गाउँपालिका र बिर्तामोड भिडने छन् भने दोश्रो खेल कन्काई र भद्रपुर नगरपालिका बिच रहने सदस्य तथा बुद्धशान्तिका कोच गोकुल पौडेलले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।

बुद्बशान्ति १ स्थित थकालि भान्साको सभाहलमा प्रथम पालिका अधिवेसन सम्पन्न भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) बुद्धशान्ति गाउपालिका कमिटीको प्रथम अधिबेशनले दिलविर थेवेको अध्यक्षतामा ७ सदस्य कमिटी सर्व सहमत निर्वाचित हुनु भएको छ।
दिलविर थेवेको अध्यक्षमा निर्वाचित हुँदै उपाध्यक्षमा गायात्रा घिमीरे,सचिवमा विनीता लिम्बु,सहसचिवमा रोहन धिमाल, साथै सदस्यहरूमा जिवन कला खतिवडा रमा क्षेत्रि ,र कुमारि मुखिया सर्वसहमत 


त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जेसी प्रेम प्रसाद गौतम र जेसी अच्युतराज ढकाल चयन भएका छन् । उपाध्यक्षमा जेसी भेष राज राई, तार्केश्वरनाथ शाह, बिजय धिमाल, विजय राई चयन भएका छन् । उनीहरुलाई पनि पद हस्तान्तरण गराइएको थियो। 


