April 19, 2025

झापाको बुद्धशान्ति –४ मा  जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा आइतबारे टोल र KYC आयोजक गुराँस बस्ती टोल विच भएको थियो, सो खेलमा आईतबारे टोललाई ०/१ गोलको अन्तरले हराउदै KYC आयोजक गुराँसबस्ती टोल फाईनलमा प्रवेश गरेको छ ।पहिलो सेमिफाईनल खेलको म्यान अफ दि म्याच  KYC आयोजक गुराँसबस्ती टोलका सुमित लिम्बु भएका थिए ।त्यस्तै आजै भएको दोस्रो सेमिफाईनल  खेलमा मंगलबारे टोल र सट्टाभर्ना टोल  बिच भएको थियो सो खेलमा खेलमा  मंगलबारे टोललाई १ /३ गोलको अन्तरले हराउदै सट्टा भर्ना टोल  फाईनलमा प्रवेश गरेको हो  ।दोस्रो  सेमिफाईनल खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका पारस लिम्बु भएका थिए ।बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने  बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिदै आएको स्थानिय समाज सेवी खेल संयोजक  टेक बहादुर लिम्बुले बताउनु भयो ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।
बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते  सट्टाभर्ना र  KYC आयोजक गुराँस बस्ति फाईनल खेल्ने छन, ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहेको बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको मेचिनगर नगरपालिका वडा नं ९ मा मेचि वन सब डिवीजन कार्यलयका अधिकृत कुल प्रसाद भट्टराईको अध्यक्षतामा साथै मेचिनगर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष कन्चन तामाको प्रमुख आतिथ्यतामा  मेचिनगर साथै बुद्धशान्ति संयुक्त मानव हात्ती द्वन्द न्यूनीकरणका निम्ति हात्ती आतंक बाट बच्न द्रुत  प्रतिकार्य टोली  गठन गरिएको छ ।

संयोजक होम पौडेल , मेचिनगर , बुद्बशान्ति ४ का सुमन खालिङको उपसंयोजकत्वमा ३० समिति गठन गरिएको छ ।

सदस्यहरूमा , डम्बर लावती, किरण मगर, सरन लिम्बू, लगायत ३० समिति चयन गरिएको बुद्धशान्ती ४ उपसंयोजक सुमन खालिङले बताउनु भयो ।

उपस्थित सम्पुर्ण अतिथीहरूलाई थोप्ले विरान सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्नु  बुद्धशान्ति वन महासंघका अध्यक्ष  प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।

कार्यक्रममा मेचिनगर महासंघ अध्यक्ष जानुका ओलि, बुद्बशान्ति महासंघ अध्यक्ष प्रकाश सांसोहाङ,मेचिनगर वडा नं ९ का वडा सदस्य राजन खड्का, नवज्योति सामुदायीक वन उपाध्यक्ष  विनय लावती, बासवारी वनका अध्यक्ष अम्विका प्रसाईं मेचिनगर वन कार्यलय विट १ का अध्यक्ष  अमर फम्बो, विट नं २ का अध्यक्ष विर्ख तामाङ,थोप्ले विरान,वनका अध्यक्ष कृष्ण कोईराला लगायतको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन मेचीसव वन डिभिजन कार्यलयका सदस्य कर्ण विकले गर्नु भएको थियो

झापाको मेचीनगर-३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा आज बिहान हात्ती मृत अवस्थामा भेटिएको छ ।

अन्दाजी ९/१० वर्षको एउटा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान ०७ः३० बजेको समयमा स्थानीयबासीले हात्ती मरेको देखिेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरी टोली घटनास्थल पुगेर सो ठाउँलाई सुरक्षित राखेको र हात्तीको मृत्युबारे थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भद्रपुर र मेची सबडिभिजन कार्यालय धाइजनबाट अनुसन्धान भइरहेको छ ।

वनका फिल्ड अफिसर कर्ण विश्वकर्मासहितको टोलीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

हात्तीको पोस्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको छ ।

झापाको बुद्धशान्ति –४ मा  जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा आइतबारे टोल AYC र अमर बस्ती टोल विच भएको थियो,खेलको निधारित समयमा अमरबस्तिलाई  ०/२ गोलको अन्तरले हराउदै आइतबारे टोल AYC  विजयी भएको छ ।पहिलो खेलको म्यान अफ दि म्याच आइतबारे टोल AYC का मिलन सुब्वा भएका भए  । त्यस्तै आजै भएको दोस्रो खेलमा मंगलबारे टोल र जुनेलिबस्ती टोल  बिच भएको थियो सो खेलमा खेलको निधारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछी  भएपछि ट्राईबेकरको आधारमा ४/५ गोलको अन्तरले हराउदै मंगलबारे टोल विजयी भएको  थियो भने  खेलको म्यान अफ दि म्याच मंगलबारे टोलका जेम्स लिम्बू भएका थिए ।बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने  बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिने स्थानिय समाज सेवी खेल संयोजक  टेक बहादुर लिम्बुले बताउनु भयो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो  ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब  मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति –४ मा  स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा आज बाट सन्चालन भएको  टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा  KYC आयोजक गराँस बस्ति  र  धर्म मार्ग बस्ति टोल विच भएको थियो,खेलको निधारित समयमा दुबै टिमबाट १/१ गोल  भएपछि ट्राईबेकरको आधारमा ३/५ गोलको अन्तरले हराउदै  KYC आयोजक गुराँस बस्ति टोल विजयी भएको छ ।पहिलो खेलको म्यान अफ दि म्याच KYC आयोजक गुराँस बस्तिका टोलका समीर लिम्बु भएका भए  ।
त्यस्तै आजै भएको दोस्रो खेलमा सट्टाभर्ना  टोल र बर्ने टोल बिच भएको थियो सो खेलमा बर्ने टोल लाई १/५ गोलको अन्तरले हराउदै सट्टाभर्ना टोल विजयी भएको हो । दोस्रो खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका आयुस राई भएका थिए ।
बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा आजबाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार  रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन । प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई  पुरस्कृत समेत गरिने स्थानीय आयोजक किराँत युथ क्लबका अध्यक्ष  टेक बहादुर लिम्बुले बताउनु भयो ।

स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको स्थानिय समाज सेवी खेल संयोजक करण थेबेले बताउनु भयो । बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बले बताउनु भयो ।

असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो  । कार्यक्रममा लाई किराँत युथ क्लबका सदस्य पुर्ण सुहाङ समाज सेवि मित्र साँवा लिम्बू, बुद्धशान्ति खेलकुद विकास समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन मेहाङबो लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने  बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब  मिलम सुब्बाले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका स्थित बर्नेमा रहेको मुनामदन एकेडेमीका बिद्यार्थीहरुले चलचित्र ‘गाउँ आएको बाटो’ हेरेका छन् ।

शनिबार बिर्तामोडको क्यू एफ एक्स हलमा सय जना भन्दाबढी बिद्यार्थीहरुले उक्त चलचित्र हेरेका हुन् ।

कक्षा ८, ९ र १० मा अध्यानरत बिद्यार्थीहरुले चलचित्र हेरेको बिद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपल चेतन ढुंगेलले बताउनुभयो ।

समाजको संस्कार र संस्कृतीहरु बुज्न र बिकासले पार्ने गरेको नकरात्मक असरहरुलाई बुझ्न यस्ता चलचित्र बिद्यार्थीहरुले हेर्नु पर्ने उहाँको धारणा थियो ।

उहाँल आगामी १० गते मंगलबार कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई चलचित्र गाउँ आएको बाटो हेर्न ल्याउने बताउनुभयो ।
जेठ २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले सफल्ता पुर्वक तेसा्रे हप्तामा प्रदर्शन भैरहेको छ ।

दया हाङ राई, पशुपती राई, प्रेम सुब्बा लगायत कलाकारहरुले अभिनय गरेको चलचित्रमा बालकलकारको भुमिकामा प्रशन राई लाई देख्न सक्छौ ।

महेश राईको कथा लेखन रहेको यस चलचित्रलाई नबिन सुब्बाले निर्देशन गरेका छन ।

अस्मिता बर्देवा । झापाको बुद्धशान्ति गाउँपालिकाले आर्थिक बर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ।

आइतबार गाउँपालिकाको सभाहलमा आयोजित १४ औं गाउँसभा अन्तर्गत बजेट अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको सभामा उपाध्यक्ष खतिवडाले आगामी आर्थिक बर्षका लागि ६४ करोड ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो। आर्थिक वर्ष २०८१/०८२ मा यस बुद्धशान्ति गाउँपालिकालाई वित्तीय हस्तान्तरण वापत नेपाल सरकारबाट वित्तीय समानिकरण तर्फ प्राप्त हुने जम्मा १३ करोड ९३ लाख, राजस्व वाडफाँड १० करोड ३० लाख. सशर्त अनुदान तर्फ २४ करोड ९६ लाख ५ हजार, समपुरक अनुदान १ करोड र विशेष अनुदान ८५ लाख प्राप्त हुने अनुमान रहेको उपाध्यक्ष खतिवडाले बताउनुभयो।त्यस्तै, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ८८ लाख ६ हजार, राजस्व वाडफाँड ५५ लाख ७६ हजार, सशर्त अनुदान तर्फ प्राप्त हुने १ करोड ५७ लाख ५१ हजार, समपुरक अनुदान १ करोड प्राप्त हुने अनुमान रहेको उहाँले बताउनुभयो ।

आन्तरिक श्रोततर्फ ५ करोड ९ लाख, स्थानीय राजस्व बाँडफाँडतर्फ ३ करोड ९३ लाख ९४ हजार गरी आम्दानी तर्फ कुल रु ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ ।

शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् ।

कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रनानि र बीओपी केचनाबाट सप्रनि समेतको टोली खटिएको जनाइएको छ ।

झापाको बुद्धशान्तिमा श्री नौलो विहानि उद्यमी महिला समुहकोआयोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना मुलक डकुमेन्ट्रि भिडियो प्रदशर्नी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको न्यु एभरग्रिन वोडिङ स्कुलमा लागुऔषध दुर्ब्यसन विरुद्ध जनचेतनामुलक डकुमेन्ट्रि भिडियो सामाग्री प्रोजेक्टरको माध्यम बाट विद्यार्थिहरूलाई देखाईएको थियो ।

लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ  जनचेतना मुलक डकुमेन्ट्री भिडियो सामाग्री प्रदर्शनी गरिएको थियो । कार्यक्रममा  श्री नौलो विहानि उद्यमी महिला समुहकी याम माया नेम्वाङको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रूपमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेर वहादुर रायको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो   ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर वहादुर रायले भन्नू भयो यस्ता खाले जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका अन्य विद्यालयहरूमा पनि गर्न जरूरी रहेको बताउनु भयो उहाँले भन्नुभयो मदिराले धेरैको घरवार बिगारेको छ दिन प्रतिदिन लागु अौषध दुव्यर्सन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएकाले यसलाई जरै बाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवस्यक रहेको बताउदै वडाको  तर्फबाट श्री नौलो विहानि उद्यमी महिला समुह परिवारलाई धन्यबाद समेत दिनुभएको थियो ।

रिकभरी ग्रुप बुद्धशान्ति  ४ सहआयोजकको रूपमा रहेर गरेको कार्यक्रममा सहआयोजकका  सदस्य डम्बर लावतिले  कार्यक्रमको अौतित्यमाथि प्रकाश प्रार्नु भएको  थियो कक्षा ९/१० का १५०  बढि विद्यार्थिहरूलाई  फ्रिडम सुधार केन्द्र मेचिनगर बाट आउनु भएका प्रशिक्षक  संदिप थापाले  प्रशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा  विद्यालयका  प्रिन्सिपल तिलक पाख्रिङ बेद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला वडा सदस्य आइतराज लिम्बू, वडा सदस्य सशिकला विक, आशीर्वाद सुधार केन्द्रका उपाध्यक्ष अम्बर सांवा समाज सेवि सुमन राई ,बालकृष्ण लावती , चुडामणि निरौला , शिक्षक विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक स्थानिय वासि संस्थाका सम्पुर्ण पदाधिकारी लगायतको उपस्थितिमा
विद्यार्थिहरुलाइ लागुऔषध विरुद्धको सचेतनामुलक भिडियो प्रदर्शनी गरिएको कार्यक्रमको संचालन  स्थानिय समाज सेवि प्रकाश साम्सोहाङले  गर्नु भएको थियो ।

आदर्श युवा क्लब बुद्धशान्तिले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नक आउट फुटबल प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ । क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो । 
क्लबले बैशाख १५ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो  प्रतियोगितामा भारतका दुईसहित आठवटा टिमले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैया आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैया खर्च भएको साथै  ५  लाख २१ हजार ९२२ रुपैया बचत भएको खेल आयोजक समितिका संयोजक मनेस दाहालले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैया खर्च हुने अनुमान रहेको भएपनि मैदान व्यवस्थापन तथा आयोजक टिमको व्यवस्थापनमा अपेक्षा भन्दा धेरै खर्च भएको बताउदै संयोजक मनेस दहालले आगामी दिनमा अझ सब्य र भब्य ढंगले अर्को संस्करण आयोजना गर्ने समेत बताउनु भयो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले क्लबका सम्पुर्ण पदाधिकारी सम्पुर्ण दाता महानुभावहरूको साथ सहयोगको कारणले गर्दा  प्रतियोगिता उत्कृष्ट भएको बताउदै बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने साथै क्ल्बले फुटबल तालिम केन्द्र सञ्चालन गरिरहेको जानकारी दिदै भविष्यमा यहाबाट उत्पादन भएका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने बिश्वास व्यक्त गर्नु भयो  ।