गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको बताएकी छन् ।
मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी छन् ।
पूर्वपति विष्णु सापकोटालाई सम्बोधन गर्दै उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।
प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् ।
तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” एलिना सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”
उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन् । तर, त्यसकै अभावमा आफूहरू अलग भएको उनको भनाइ छ ।
.जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होईन, जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ,” एलिना अगाडि लेख्छिन्, “पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु ।”
एलिनाले १८ माघमा जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।
एलिना झापाकी हुन् । उनले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अस्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका छन् ।



विद्यालय ब्यबस्थापन समिती अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी बरिस्ठ सङीतकार तथा गीतकार शिव शंकर थापा रहुनु भएको थियो।



बुद्धशान्ति -३,स्थित माहानन्द शिक्षा सदनको ३३ औं वार्षिक उत्सवको अवसरमा वर्ष २०२५ को लागि निर्वाचित समितिलाई सम्मान गरिएको हो । 

उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् । 
झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले विद्यालयका संस्थापक प्रिन्सिपल स्व.हरिकुमार प्रसाईंको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा बुद्धशान्तिको एरा एभरग्रीन उपाधि जित्न सफल भएको हो ।
विद्यालयले २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न गरेको थियो ।
यसअघि सेमिफाइनलमा बिर्तामोडले गौरादहलाई ४ विकेटले र भद्रपुर नगरपालिकाले मेचीनगरलाई ११६ रनले पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए ।
भोलि हुने प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताउनु भयो ।


आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको विजेता बिर्तामोड र मेचीनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि यात्रा तय गरेका हुन् ।
१८० रनको लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६।३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गरेका थिए । गौरादहका लागि प्रतियोगितामा लगातार २ अर्धशतक र आजको खेलमा शतक प्रहार गरेका सुरज न्यौपानेको योगदान जितमा परिणत हुन सकेन ।
भद्रपुरलाई शानदार जित दिलाउन ४८ रन बनाउनुका साथै ४ विकेट लिएका अंकित सुवेदी प्लेयर अफ द म्याच भए । उनले नगद ३ हजार, मेडल र ट्रफी पाए । प्रतियोगिताको उपाधि खेल माघ १९ गते शनिबार हुनेछ । साथै, बर्खा इन्डो नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गत भोलि शुक्रबार पहिलो खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताउन भयो ।

मेचीनगरले १९.१ ओभरमा सबै विकेट गुमाएर सन्दिप ढुंगानाको ४७ र अमित श्रेष्ठको ५५ रनको योगदानले १६१ रन बनाएको थियो ।
भोलिहुने पहिलो सेमिफाइनलमा बिर्तामोड र गौरादह नगरपालिका भिडने छन् भने दोश्रो खेल भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिका बिच रहने बताईएको छ ।


