April 19, 2025

अस्मिता वर्देवा । झापाको बुद्धशान्ति गाउँपालिका- ४ मंगलबारेका एक बालकको घाँटीमा खानेकुरा अड्केर मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो।

घटना झापा प्रहरीले पुष्टि गरेको छ । यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो ।

झापाको बुद्धशान्ति ५ मा  रहेको चुल्ठे शान्तिनगर सामुदायिक बन उपभोक्ता समितीले आज बाट बृहत् बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा  प्रमुख अतिथि वन तथा पर्यापर्यटन राज्य मन्त्री अनिसा झागरले वृक्ष रोपेर कार्यक्रमको उदघाटन गर्नु भएको हो । मन्त्री  झागरले सामुदायिक वनले जङ्गलत जोगायो तर वन्यजन्तु कहाँ पुग्यो यो विषयमा हामिले सोचेका छैनौ जङ्गल भित्रका जिवजन्तु मैन्त्री जङ्गल बनाउन सामुदायीक वनहरूले अब आफ्नो कार्ययोजनामा यी विषयहरूलाई थप्नु पर्ने बताउनु भयो    ।उहाँले भन्नू भयो पुर्वमा आउँदा जहाँ टेके पनि पर्यटक क्षेत्र भएकाले अब यसलाई पर्यटन क्षेत्रलाई दिगो गुरूयोजना बनाउनु पर्ने हो तर  प्रदेश सरकार चलेको ६ वर्ष भैसक्तापनि पर्यटनमा कुनैपनि दिर्घकालिन योजना नभएकाले अब हामीले पर्यटन सगै वृक्षारोपण गरेर जङ्गलका जिवजन्तु मैन्त्री र प्रर्यापर्यटन मैन्त्री बनाउनु पर्नेमा जोड दिनु भयो ।शुक्रबार एक  कार्यक्रमको आयोजना गरि उपभोक्ता समितीले बुद्धशान्ति वडा नं ५ र ६ साथै रोङ गाउपालिका वडा नं ५ को संगम स्थलमा चुल्ठे सामुदायीक वनको खालि जमिनमा वृक्षा रोपण सुरू गरेको हो ।

चुल्ठे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष  प्रदिपदेव खतिवडाको अध्यक्षतामा उत्घाटन गरिएको कार्यक्रममा वन तथा पर्यापर्यटन राज्य मन्त्री अनिसा झागरको प्रमुख अतिथ्यता रहेको थियो ।समितिले मरिच,अम्बा,आँप, बार्हमासे कट्टर ,अमला ,टिक ,मलेसियन साल,बाँस गरि करिब ५००० हजार बिरुवा रोप्ने सुरू गरिएको  संस्थाका सचिव चुडामणि न्यौपानेले बताउनु भयो ।कार्यक्रममा चुल्ठे सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष प्रदिपदेव खतिवडाले काठ मात्रै काटेर बाडेर बनको आम्दानी बडाउन नसकिने बताउदै पर्यटन तथा नगदे बाली लगाएर अन्य आम्दानिको स्रोत संगै बन्यजन्तुको समेत संरक्षणहुने भएका वृक्षा रोपण सुरू गरिएको बताउनु भयो । समितिका उपाध्यक्ष पबित्रा ढकालले स्वागत गर्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका  वडा नं ६ का अध्यक्ष शिवराज पौडेल , वडा नं ५ का वडा अध्यक्ष  डेगेन्र्द कार्की  माओवादी केन्द्र बुद्धशान्ति अध्यक्ष प्रेम नेङ्बाङ, प्रदेश सदस्य बोधराज दाहाल, फ्रेन्डसीप क्लब अध्यक्ष रुद्र निरौला,बुधबारे इलाका प्रहरि चौकीका प्रमुख सुवास सेर्पा  गडिगाँउ विद्यालयका स्काउट दल ,सम्पुर्ण पार्टिका प्रतिनिधि, स्थानिय वासि लगायत ३०० माथी उपभोक्ताको सहभागीता रहेको  कार्यक्रमको संचालन समितिका सचिव चुडामणि न्यौपानेले गर्नु भयो । भोैतिक विकासमा पछाडि परेपनि प्राकृतिक रुपमा साँच्चै रमणीय प्राकृतिक छटाहरूले भरिएको यस  ठाउँलाई  चुल्ठे शान्तिनगर सामुदायिक बनलाई पर्यटन सग जोड्ने सके  बुद्धशान्तिकै राम्रो पर्टक स्थल बन्नेमा दुइमत छैन

बुद्धशान्ति, झापा / शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको गाउँपालिकाको एक मात्र नमुना विद्यालय बुद्धआदर्श माध्यमिक विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ न्एब् प्राप्त गर्न सफल विद्यार्थिहरूलाई हार्दिक बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । बुधबार विद्यालयले शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई अभिभावकहरूको उपस्थितमा बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय शिक्षक अभिभावक संधका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्नका लागि विधार्थीहरुलाई उत्कृष्ठ शिक्षण सिकाइ ,कंप्यूटर तथा प्रविधी मैत्री शिक्षण सिकाई,सेमी ग्रेडिङ प्रणालीमा आधारित शिक्षण, कक्ष (१-३) विज्ञान प्रविधी मा ल्याब क्लास को व्यवस्थापन बाल मैत्री पुस्तकालय को व्यवस्था,दिवा खाजा खाने व्यवस्था कक्षा (१-५),
त्रैमासिक रुपमा अभिभावक हरु संग छलफल र अन्तर्क्रिया
प्रत्येक हप्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालयले गरेको प्रयासको नतिजानै एस इ इ परिक्षा भएको बताउदै पासआउट विद्याथीहरुलई सुभकामना दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र कोईरालाले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई बाट माथि उठ्नु पर्ने बताउनुभएकोछ । बिद्यालयले शैक्षिक उपलब्धि हाँसिल गर्नका लागि शिक्षक अभिभावक ,विद्यार्थी सम्पूर्ण क्षेत्र उतिनै जिम्मेवार हुनुपर्ने सदस्य कोईरालाले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्य विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक दिपक बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक माधब बरालले सन्चालन गर्नु भएको थियो ।बुद्धआदर्श माध्यमीक विद्यालय बुद्धशान्ति गाउँपालिकाको केन्द्रमा रहेको विद्यालय हो ।

गुणस्तरिय शिक्षाका लागि सचेत शिक्षक शिक्षिका वाट अध्यापन गराइने यस बिद्यालयको शैक्षिक विकासका लागि सम्पूर्ण शिक्षक शिक्षिकाहरुको सकारात्मक साथ सहयोगकामा सामान्य विद्यालय बाट नमुना बिद्यालय स्थापनाका लागि प्रधानाध्यापक कृष्णराज भण्डारीको योगदान अतुलनिय रहेको छ ।बुद्धशान्ति गाउँपालिका वडा नं १ की वडा सदस्य लक्ष्मी कंडेल, विद्यालय व्यवस्थापन समितिमा सदस्य गंगा आचार्य विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।जसका कारण विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शिक्षण सिकाई उपलब्धि उत्कृष्ठ रहेको छ ।

झापाको बाह्रदशी– ३ स्थित राधाकृष्ण तथा शिवालय मन्दिरमा दान पेटिका फुटाउँदै गर्दा एक जना युवक पक्राउ परेका छन् ।

आज बिहान १०.३० बजेतिर मन्दिरको दान पेटिका फुटाउँदै गर्दा इलाम सूर्योदय नगरपालिका १० फिक्कल घर भएका अन्दाजी २७–२८ वर्षका प्रज्वल भनिने प्रेम राई पक्राउ परेका हुन् उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

राईको साथबाट दान पेटिकाबाट चोरी गरेको १२८७ रुपैयाँ , एउटा आइफोन , अर्को मोबाइल , साइकल ,औँठी , चन्द्रमालगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले बतााउनु भयो ।

यसअघि पनि मन्दिरमा दान पेटिका चोरी गरेको राईले स्वीकारेका छन् । उनीसँग बरामद सामानहरू पनि उनले चोरी गरेको कुरा बताएको प्रहरी नायव निरीक्षक शर्माले जानकारी दिनु भयो ।

बुद्धशान्ति ४ मा रहेको मुनामदन एकेडेमीले लागुऔषध प्रयोगविरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । बुधबारे जेसीजले आयोजना गरेको अन्तरविद्यालय प्रतियोगितामा मुनामदन एकाडेमिले प्रथम स्थान हासिल गरेको हो । मुनामदन एकाडेमीले ट्रफी, प्रमाणपत्र तथा पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान ज्योति अंग्रेजी बोर्डिङ स्कुल तथा तेस्रो स्थान एराएभरग्रीन बोर्डिङ स्कुलले हासिल गरेका हुन  । ती विद्यालयहरूले पनि ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार पाएका छन् ज्योतिले तीन हजार तथा एराएभरग्रीनले दुई हजार नगद पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेस्ट स्पिचको उपाधि सरस्वती आधारभूत विद्यालयका विद्यार्थी संयोग घिमिरेले पाए बेस्ट एक्टरको उपाधि त्रिभुवन माविकी छात्रा प्रेजिसा अर्यालले पाइन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज  प्रसाईंले लागुऔषध दुर्व्यवसनको अवस्था भयावह रहेको अवस्थामा विद्यार्थीहरूले निर्माण गरेका भिडियोले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना दिने विश्वास व्यक्त गर्नु भयो। प्रतियोगिताको निर्णायकहरूमा बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी, अग्रज पत्रकार उमाकान्त खनाल, शिक्षासेवी गणेश निरौला, प्याब्सनबाट बिष्णु सापकोटा तथा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगाल रहनु भएको थियो । बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतले बताउनु भयो। कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गर्नुभएको थियो भने अध्यक्षता बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतको रहेको थियो। बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रमको संयोजन कृष्ण ढकालले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, सामाजिक कार्यमा क्रियाशील मनेश दाहाल, निर्णायकका तर्फबाट गणेश निरौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले लगायतले क्रमस शुभकामना मन्तव्य राख्नु भएको थियो ।

रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् ।

गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर, अनिस राई , तिलकराज कोइराला, तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ ।

यस्तै, गायन विधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास, एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् ।

नृत्य विधामा निरुता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।

रोङ गट ट्यालेन्ट’ को फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो  ।

फाइनल रोङ-३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उहाले बताउनु भयो  । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उहाँले बताउनु भयो ।

‘यस वर्षको प्रतिस्पर्धामा रोङगाउँपालिकाका विभिन्न प्रतिभावान कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीनवटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,’ -अध्यक्ष स्याङ्बोले भन्नू भयो  ।

आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।

रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताउनु भयो ।

‘सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दछु । साथमा स्थानीय सरकार हुनेछ,’ उहाँले भन्नू भयो ।

मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार उनका छोरा भने गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

झापा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको विशेष सहयोगमा जनचेतना नेपालले झापाको बुद्धशान्तिमा नेपाली चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धी चलचित्र कार्यशाला २०८१ चलचित्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधि राजनीतिज्ञ व्यक्तिहरूको उपस्थितिमा १५० युवाहरूको सहभागितामा सम्पन्न गरेको छ।कार्यक्रम जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको सभापतित्वमा सम्पन्न गरेको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री नेपाली कांग्रेस केन्द्रीय सदस्य माननीय सरिता परसाईको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कोशी प्रदेश माननीय चिन्तन पाठक बुद्ध शान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई विशिष्ट चलचित्र निर्माता  अभिनेता चिरञ्जीवी बस्नेत चलचित्र सङ्घका केन्द्रीय सदस्य मिराज पोखरेल चलचित्र द्वन्द कलाकार संघका कोशी प्रदेश अध्यक्ष विपिन प्रसाई वरिष्ठ चलचित्रकर्मी कुमार सिलवाल चलचित्र निर्माता प्रकाश मेचे जनचेतना नेपालका झापा जिल्ला अध्यक्ष शिवकुमार मैनाली ,दुर्योधन राजपुत ,मनोरथ तिवारी, विष्णु उप्रेती मैनाली ,गोकुल पौडेल, तुलसा खतिवडा लगायत विभिन्न व्यक्तिहरुको उपस्थितिमा रहेको कार्यक्रमको व्यवस्थापन रोहित नेपालले गर्नुभएको थियो ।

निर्माता निर्देशक चिरञ्जीवी बस्नेत चलचित्र संघका केन्द्रीय सदस्य मिराज पोखरेल चलचित्र द्वन्द निर्देशक सङ्घ कोशी प्रदेशका अध्यक्ष विपिन प्रसाईले चलचित्र कार्यशालासम्बन्धी औचित्य प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा जनजनमा चेतना फैलाउने विभिन्न संघसंस्था सामाजिक व्यक्तित्वहरूलाई जनचेतना सम्मान २०८१ बाट सम्मान गरिएको थियो।
सम्मानित व्यक्तिहरूमा मनोज प्रसाई, ज्ञानेन्द्र निरौला, मनिष दाहाल, मदन प्रसाई, रुद्र चापागाईं, बुद्ध शान्ति गाउँपालिका लगायत जनचेतना नेपालका राष्ट्रिय परिवेक्षकहरुलाई कदरपत्रबाट सम्मानित गरिएको थियो।

जनचेतना नेपालले निर्माण गरेको बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र युवा उत्प्रेरणा पनि प्रदर्शन गरिएको थियो कार्यक्रमका प्रमुख अतिथि सरिता प्रसाई, चिन्तन पाठक, मनोज प्रसाई, मनोरथ तिवारी, तुलसा खतिवडा लगायतले संस्थालाई शुभकामना साथै चलचित्रमा पर्यटन तथा युवाहरूको बारेमा धारणा राख्नुभएको थियो भने गजलकार पदम निरौलाले गजल प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन गीता खनाल कोइरालाले गर्नुभएको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य जनचेतना नेपाल झापा जिल्ला अध्यक्ष शिवकुमार मैनालीले गर्नुभएको थियो ।

कार्यक्रममा पर्यवेक्षकहरुको अनुभवको बारेमा निराजन गौतमले आफ्नो धारणा राख्नु भएकाे थियो चलचित्रमा पर्यटन तथा युवाहरूको भूमिका २०८१ मा भाग लिनुहुने १५० युवाहरूलाई प्रमाणपत्र वितरण गरी मौलिक परम्परासहित असार१५काे दहिचिउरा खाने कार्यक्रम गरी कार्यक्रम संस्था का अध्यक्ष कर्यम्रमका सभापति बालकृष्ण निरैलाले सम्पूर्ण उपस्थित हरुलाई धन्यवाद दिदै भव्य र सव्य रुपमा कार्यक्रम  समापन भएको थियो

 

अस्मिता वर्देवा ।  झापाको बुद्धशान्ति –४ मा भईरहेको स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सट्टाभर्ना टोलले उचालेको छ । शनिवार भएको फाइनल खेलमा  किरात युथ क्लब आयोजकलाई  ०/२ गोल अन्तरले हराउँदै सट्टाभर्ना टोलले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै सट्टाभर्नाले नगद १० हजार ,ट्रफी र मेडल पाएको छ  भने उपविजेता किरात युथ क्लबले नगद ६ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच  सट्टाभर्नाका सिगेब लिम्बू भए  । त्यस्तै, उत्कृष्ट गोल किप्पर गुराँस बस्ति टोलका सुमित राउत भए भने उच्च गोलकर्ता सट्टाभर्ना टोलका आयुस राइ भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर  गुराँस बस्तिका सुमित लिम्बु भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय  प्रथम किराँत युथ क्लब  फुटबल प्रतियोगिताका टेक वहादुर लिम्बु लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।खेललाई थप रोचक बनाउन  सट्टाभर्ना महिला टिम र आईतबारे महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा सट्टाभर्ना टोललाई ०/२ गोल अन्तरले  हराउदै आइतबारे महिला टिम विजयी भएको थियो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर कार्यक्रम सम्पन्न भएको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  ।शनिवार भएको फाइनल  झापा जिल्ला फुटबल सघका उपाध्यक्ष  मनेस दहाल ,बुद्धशान्तिका गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, वडा नं ४ वडा सदस्य सन्जित कुमार थेबे, न्युएभर विद्यालयका शिक्षक संजय लिम्बू , समाज सेवी,विजय लिङ्खिम, प्रकाश साम्सोहाङ समाज सेवि पुर्ण सुहाङ विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानियहरूको बाक्लो  उपस्थिति रहेको थियो ।

झापा बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना बरालले  यस पटकको SEE मा 3.91 GPA ल्याएर बुद्धशान्तिकै सबैभन्दा बढि GPA ल्याउने विद्यार्थी हुन,

साथै उनी झापाकै उत्कृष्ट विद्यार्थीको रुपमा चिनिएकी छिन् ।
विद्यार्थी शुभनालाई हार्दिक बधाई तथा आगामी दिनमा शैक्षिक सफलताको शुभकामना ।।