के तपाईं आफ्नो तस्वीर नौजवान, सुन्दर र आकर्षक देखाउने फेसबुक लिंक गेम magic swap puzzle वा त्यस्तै खालको लिंक द्वारा बनाइएको आफ्नो फोटो हेरेर मख्ख परिरहनु भएको छ ? त्यसोभए तपाईंको फेसबुक डाटा ह्याकरले लगिसक्यो र तपाईंको गोप्य कुराहरू उसले थाह पाइसक्यो ।
किनकि सुन्दर तस्वीर बनाउने लालचमा तपाईं आफैले आफ्नो फेसबुक त्यो लिंकमा कनेक्ट गर्नुभएको हैन ?
तस्वीर राम्रो बनाइदिने कुरा त माछालाई बल्छिमा फसाउन थापेको पासो थियो । तपाईं उसको पासोमा परिसक्नु भयो ।
अब तपाईंको तस्वीर AI प्रविधिको प्रयोग गरेर डार्क साइड वा पोर्न भिडियोमा हाल्दियो भने के गर्नुहुन्छ ?
अझ तपाईंले कतिपय ब्यक्तिगत डाटा राखिएका एप्सहरु पनि फेसबुक आइडी मार्फत नै लग अन गर्ने गर्नुभएको छ ?
त्यसो हो भने त तपाईंको ब्यक्तिगत डाटा पनि उसको हातमा पुगिसक्यो । तपाईं बलीको बोको बनिसक्नु भयो । कुन दिन मार हान्छ ठेगान हुँदैन ।
आज राम्रो थोप्डा भएको तस्वीर बनाउने चक्करमा भोलि ग्वाँ ग्वाँ रुनु पर्ने दिन नआओस् । बुझ्नेलाई श्रीखन्ड ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ ले बुधवारे सेम्पल एजुकेशन एण्ड टेक्नीकल इन्टीच्युट प्रा .ली को सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ ।बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा बुद्धशान्ति गाउँपालिका वडा नं ४ को संयुक्त कार्यक्रम अन्तर्गत महिला समाज कल्याण उपशाखा तथा वडा नं ४ को कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ४ का १०४ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो ।बुधबारे सेम्पल एजुकेशन एण्ड टेक्नीकल इन्टीच्युट सन्चालक मनोज खड्काको अध्यक्षतामाभएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।बुद्धशान्ति १ स्थित बुधबारे बिच चोकमा रहेको सेम्पल एजुकेशनको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे सेम्पन एजुकेशनका सन्चालक उमेस भट्टराई र मनोज खड्काले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायलेआफ्ना भनाई राख्दै पछिल्लो समय अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिका वडा नं ४ ले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिका सग आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि वडाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ४ कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले युवा लक्क्षित कार्यक्रमले यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।सेम्पल एजुकेशनका सन्चालक उमेस भट्टराईले भन्नू भयो दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा जापानिज भाषा, काेरियन भाषा, जर्मन भाषा, अग्रेंजी भाषा, IELTS, PTE तथा कम्प्युटरका सम्पूर्ण कोर्सहरु शान्त वातावरणमा सिमित विद्यार्थीहरु राखी कक्षा सञ्चालन गरिएको र पाठ्यक्रम अनुसार कक्षा ८, ९, १० तथा ११, १२ र ब्याचलर सम्मका ट्युसन साथै परीक्षा तयारी कक्षाहरूका निम्ति दैनिक तथा साप्ताहिक रुपमा परीक्षा गराइ विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा आवश्यक पर्ने तालिमहरु तथा सुझावका कार्यक्रमहरु समेत सञ्चालन गरिने बताउनु भयो ।तालिमको समापन कार्यक्रममा तालिमका सहभागीहरूले समयावधी थप गरेर अझै एड्भान्स तालिम सञ्चालनका लागि माग गरेका छन् ।तीन महिना सम्म सन्चालन भएको तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय उमा देवि भन्डारि र गिता डागीले बताउनु भयो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ४ का वडा सदस्य एैत बाहादुर साँबा स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।बुधबारे सेम्पल एजुकेशनका सन्चालक मनोज खड्काले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन सृजन सिल युवा समाज बुद्धशान्ति का अध्यक्ष निर्मल पराजुलिले गर्नु भएको थियो ।
इलामको लारूम्बा गाउँबाट दमकतिर आउँदै गरेको बोलेरो जिपलाई इलामकै चुलाचुली गाउँपालिका वडा ५ चपेटीभन्दा माथिको रतुवा खोलाले बगाएको छ।
उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए। ६ जनामध्ये ४ जनाको उद्धार भएको छ भने एक जना सात वर्षका बच्चा र उनको आमा बेपत्ता भएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरूङले जानकारी दिए।
घटना केहीबेर अघि भएको हो। गाडीको नम्बर भने खुलिसकेको छैन।
इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले घटना भएको हो भनेर अपुष्ट जानकारी आएको बताए।
‘अपुष्ट जानकारी हामीलाई आएको छ। खबर अनुसार २ जना बेपत्ता भएका छन्। प्रहरीलाई घटनास्थलमा परिचालन गरिएको छ,’ उनले भने।
रतुवा खोलाको बाटो भएर गाडीहरू आवतजावत गर्ने गर्छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
झापाको बुद्धशान्तिमा ३ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउँपालिका वडा नं १,२,३ सम्युक्त किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ३ स्थित किरात राई यायोक्खाको निर्माण हुँदै गरेको संस्थाको प्राङ्गणमा आईतबार भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।किरात राई यायोक्खा सम्युक्त १,२,३, बुद्धशान्तिका अध्यक्ष हरि कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ वडा सदस्य लिला परियार, किरात राई यायोक्खा बुद्धशान्तिका अध्यक्ष राजेन्द्र राई,आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य विभिन्न ठाउँवाट आफ्नो नित्य लिएर आउने प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो l
कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व यसलाई कुल देवाताको रूप मानेर हामिले मनाउदै आएको पर्वले हामिलाई परिवारमा शुख शान्ति हुने अन्न बालि फस्टाउने जन विस्वासले गर्दानै यो पर्व मनाउदै आएको बताउनु भयो ।उहाले ,भन्नू ,भयो भुमिमा सबै भन्दा पाईला टेक्ने किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्र भन्ने गरेको बताउनु भयो ।
कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुद्धशान्ति ४ अर्नुजधारा लगायत विभिन्न ठाउँवाट आएका टोलिले आफ्नो भेषभुसा सहितको जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए ।बुद्धशान्ति सम्युक्त १,२,३ किरात राई यायोक्खा अध्यक्ष हरिकुमार राईले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा वडा नं ३ का अध्यक्ष पर्शुराम चेम्जोङ बुद्बशान्ति वडा नं ४ किरात राई यायोक्खाका अध्यक्ष राजेन्द्र राई आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।त्यस्तै कार्यक्रममा जेष्ठ अामा बुवा बुद्धशान्ति वडा नं ३ का ८४ वर्षिय खम्ब बहादुर राई साथै बुद्धशान्ति ३ कै ८३ वर्षिय फुलमाया राईलाइ फुलमाला दोसल्ला ओढाएर मायाको चियो सहित सम्मान समेत गरिएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का उपाध्यक्ष युवराज राईले स्वागत गर्नुभएको थियो भनेउक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का सचिव पदम राईले गर्नु भएको थियो ,
झापाको बुद्धशान्ति ४ मा नेपाल तरूण दल बुद्धशान्ति गाउँसमितको आयोजना साथै नेपाल रेडक्रस सोसाईटि बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै शनिवार न्यु एभरग्रिन इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।
शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर सम्पन्न भएको थियो l
शनिवार भएको स्वाथ्य शिविरमा बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो ।रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।
स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।
बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो ।
उक्त शिविरमा ३०० भन्दा बढीले मेचि नेत्रालय काकर भिट्टा बाट अाएका डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।
त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए । शिविरमा सेवा लिएका विरामी हरूलाई आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ । यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो बताउनु भयो ।
इलाममा आमा-छोरा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।
इलाम नगरपालिका- २, सुम्बेकमा अन्दाजी ४३ बर्षीय फूलमाया तामाङ र उनका अन्दाजी २० बर्षीय छोरा जीवन तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष गिरिराज रिजालले जानकारी दिए । आमा छोराले आत्महत्या गरेको कारण भने खुलेको छैन । प्रहरी टोली घटनास्थल पुगेर अनसुन्धान गरिरहेको जनाइएको छ
झापाको बुद्धशान्तिमा ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं ४ किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ४ स्थित किरात राई यायोक्खाको प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो ।साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो lकार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले साकेलाको रूपमा मनाउदै आएको बताउनु भयो ।कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए ।त्यस्तै कार्यक्रममा विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ भन्दै आफ्ना भनाई राख्नु भएको थियो ।कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको थियो ।त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा बुद्धशान्तिका ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका ४ कोषाध्यक्ष बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा बुद्धशान्तिका ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।
बुद्धशान्ति गाउँपालिका वडा नं ४ को कार्यलयको आर्थिक सहयोग साथै नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र नेपाल परिवार नियोजन सघं जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा बिहिबार १ दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।बुद्धशान्ति वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा परिवार नियोजन संघको जिल्ला शाखाको प्राविधिक सहयोगमा सेवा प्रदान गरिएको थियो ।शिविरमा परिक्षण गरिएका विरामिहरुमा केहि जटिल समस्या देखिएको हुँदा सुविधा सम्पन्न अस्पताल बाट सेवा लिनकालागि परामर्श समेत दिएको थियोे ।बिहिवार सञ्चालन भएको स्वाथ्य शिविरमा ११० जनाले परामर्श लिनु भएको थियो भने ५३ जना भन्दा माथि महिला आमा दिदी बहिनी हरूले पाठेघरको मुखको क्यान्सर सम्बन्धि सेवा लिनु भएको थियो ।
शिविरमा विरामीहरूलाई आवस्यक अनुसार निशुल्क अौषधि समेत वितरण गरिएको थियो ।
शिविरमा पाठेघर मुखको क्यान्सरको सङ्खास्पद ३ जनामा देखिएको थियो । त्यसै गरी २०% आङ खस्ने समस्या र परिक्षणमा सहभागि मध्ये ५० प्रतिसतमा योन जन्य संक्रमण समस्या भएको पाईएको बताईएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा रेडक्रस सोसाइटि उपशाखा बुधबारेका पुष्पराज भट्टराईको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायको प्रमुख आतिथ्यता साथै अतिथिहरुमा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल आधारभुत स्वास्थ्य केन्द्र बुद्धशान्ति ४ का डाक्टर अर्जुन कुईकेल लगायत सम्पुर्ण स्वाथ्यकर्मी ,वडा नं १ का सम्पुर्ण जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।शिविरमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, नेपाल रेडक्रस सोसाइटि उपशाखा बुधबारेका अध्यक्ष ,पुष्पराज भट्टराई,नेपाल परिवार नियोजन सघं जिल्ला शाखाका कार्यलय प्रमुख कमल सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।विहान १० बजे देखि ४ बजे सम्म सन्चालन भएको शिविमा नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका सचिव जितबहादुर श्रेष्ठले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन संस्थाका कार्यसमिति सदस्य टंक निरौलाले गर्नुभएको थियो ।
झापाको बुद्धशान्तिमा जारि दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाईनल खेलमा रोङ कुटिडाडाँलाई ३/१ गोलको अन्तरले हराउँदै अर्जुनधारा शनिश्चरे फाईनलमा प्रवेस गरेको छ ।आज भएको दोस्रो सेमिफाईनल खेलमा अर्जुन धारा शनिश्चरे जर्सि नम्बर १८ का पेमा तामाङ, म्यान अफदि म्याच घोसीत भएका थिए । प्रतियोगिताको फाईनल खेल १९ गते हुने छ भने अर्जुधारा शनिश्चरे र विर्तामोड विच फाईनल खेल हुने बताईएको छ ।जेष्ठ १२ देखि बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा भैहिरहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो ।झापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार वितरण गर्दै आएको साथै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिएको आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो ।प्रतियोगितामा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, बुधबारे ईलाका प्रहरी चौकीका प्रमुख भानु मगर, तिनतले सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष १ नन्दु कुमार राई, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, समाज कृष्ण खतिवडा स्थानिय समाज सेवि सुजित बराल दिपेन्द्र संगौला लगायत स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो ।१२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्न बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदै विभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको देखिन्छ ।