October 24, 2025

बिर्तामोड, भदौ १८ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ । आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा संस्थापक सदस्यहरु भवानी क्षेत्री, कोपिला खड्का, इन्दू पूर्वेलीलगायतले संस्था स्थापना गर्दा भोग्नुपरेका दुःख तथा चुनौतीहरु सुनाएका थिए ।
झापाली पत्रकार महिलाहरुको वृत्तिविकास तथा क्षमता अभिबृद्धिका लागि संस्थाले स्थापना गरेको अक्षयकोषको लक्ष्य पूरा गर्न सबै सदस्यहरु एकजुट हुनुपर्ने उनीहरुको धारणा थियो । कोषमा हाल ३५ लाख रुपैयाँ जम्मा रहेको छ भने ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विनिशा शर्माले स्वागत र सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् । कार्यक्रममा संस्थाका संस्थापकहरुको नाम संस्थापक अध्यक्ष दाहालले वाचन गरेर उद्घाटन गरिएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार कार्यालय सहायक प्रमुख अभिनारायण आचार्यलाई संस्थाले औपचारिक कार्यक्रम गरी उहाँलाई विदाई गरेको छ ।

बुद्धशान्ति गाउँपालिका साबिक बुधबारेलाई कार्यक्षेत्र बनाई २०५५ सालमा स्थापना भएको हातेमालो बचत तथा ऋण सहकारी संस्थामा २०५६/१०/१० मा कार्यालय सहायक पदमा नियुक्ति भई अन्य विभिन्न जिम्मेवारी वहन गर्दै व्यवस्थापक र कर्जा व्यवस्था प्रमुख जस्ता जिम्मेवारीपूर्ण पदहरुमा रही आफ्नो कार्यकुशलता प्रस्तुत गर्नुभएका बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्नेका अभिनारायण आचार्यले २३ वर्षको सेवा अवधि पूरा गरी भदौ १५ गते बाट बिदाई लिनुभएको हो ।

शुक्रबार हातेमालो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय औपचारिक कार्यक्रम गरी पुष्पगुच्छा, कदर पत्र सहित खादा ओढाई आचार्यलाई सम्मान साथै उहाँलाई विदाई गरिएको थियो ।


हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिलकुमार श्रेष्ठ,संस्थाकी उपाध्यक्ष मिरा भुर्तेल, निवर्तमान अध्यक्ष तथा संचालक समिति सदस्य गोविन्द प्रसाद पौडेल, पुर्व कर्जा व्यवस्था प्रमुख अभिनारायण अाचार्य, संचालक समिति, लेखा समिति, सल्लाहकार समिति,ब्लक उप-समिति संयोजक संस्थाका सम्पर्ण कर्मचारी संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्मान तथा बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठले विदाई हुनु भएका कार्यलय सहायक अाचार्यले गर्नुभएको लामो २३ वर्षे सेवा अवधिमा संस्थामा गर्नुभएको योगदानको स्मरण गर्दै सबैले अनुशरण गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नू भयो संस्थाका सहायकको रुपमा अाचार्यले आफ्नो सीप, अनुभव र क्षमताको भरपुर प्रयोग गरी सेवा प्रवाह गर्नुभएको भन्दै यहाँको बाँकी जीवनशैली अझ उच्च बनोस् । समाजमा यहाँद्वारा गरिएका कार्यहरु अनुकरणीय बनुन् साथै व्यक्तिगत जीवन सुखद बनोस् भन्दै शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा उपस्थित सम्पर्ण अतिथि संस्थाका सम्पुर्ण कर्मचारीहरुको समुहले पनि पुष्पगुच्छा, कदरपत्र सहित खादा ओढाई घिमिरेको बिदाई सम्मान गर्नुभएको थियो ।
संस्थाकी उपाध्यक्ष मिरा भुर्तेलले उपस्थित सम्पर्ण अतिथिहरूलाई स्वागत गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द पौडेल, सल्लाहकार सदस्य दिपक गौतम, ब्लक उप-समिती संयोजक रवि चापागाँई,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भने, कार्यक्रमको सन्चालन कार्यलय संचालक तथा व्यवस्थापक डिल्लिराम गुरागाँईले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुस्प प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघ लि. का अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बुद्धशान्ति उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाका संचालक समिती उपाध्यक्ष नारायण बरालले स्वागत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालले पेश गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्थाका शाखा प्रमुख देवेन्द्र कटुवाल, अतिथिहरूमा राष्टिय सहकारी बैक लि. मेचिनगर साखा प्रमुख मुना घिमिरे , संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवराज कोईराला, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अाफ्नो वसोबास गरि उत्कृष्ठ ढङ्गले यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थामा उतकृष्ठ बचत कर्ता ,उत्कृष्ठ कर्मचारी,उत्कृष्ठ ऋणि सदस्य, एसईई २०७९ का छात्रवृत्ति, जेस्ठ नागरिक सदस्यहरूलाई मायाको चिनो साथै दोसल्ला ओढाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।

शनिबार बाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख आतिथि झापा जिल्ला सहकारी संघ लि. का अध्यक्ष गणेश ढकालले शुभकामना मन्तव्य राख्दै उँहाले भन्नुभयो संस्थाको अार्थिक प्रतिवेदन अद्यययनको अाधारमा ढुक्कले बचत गर्न सकिने भन्दै उहाँले भन्नू, भयो, बुद्धशान्तिको छेत्रमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको अभिभावकत्व गर्न सक्ने संस्था रहेको बताउनु भयो।

उक्त कार्यक्रममा अाफ्ना भनाई राख्दै विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका सहकारी तथा संघ संस्था शाखा प्रमुख देवेन्द्र कटुवालले भन्नू भयो बुद्धशान्ति सहकारी विभागलाई सुझाब दिने भ्यागुत्ताको गतिमा उफ्रदै शिखर चढेको सहकारी संस्था साथै उच्च शिक्षा हासिल गरेका युवा सन्चालकको नेतृत्व तथा स्मार्ट कर्मचारीले भएको यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थामा ढुक्कले करोबार गर्ने सक्ने संस्था भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो ।

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न सातौं वार्षिक साधारण सभा कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्र अधिकारीले गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्तिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुद्धशान्ति गाउँपालिका वडा नं स्थित आदर्श मा. वि. जयपुरकाे प्रङ्गणमा अन्तर माध्यमिक तह वतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

संस्थाका संयोजक सेमन्त पोख्रेलको सभापतित्व, प्याब्सन बुद्धशान्ति अध्यक्ष गंगा निरौलाको प्रमुख आतिथ्य, आदर्श मा. वि. जयपुरका प्र. अ. करुण कुमार पराजुली, बुद्ध आदर्श मा. वि. व्यवस्थापन समित अध्यक्ष मनोरथ तिवारीको विशिष्ट आतिथ्तय, आदर्श मा. वि. जयपुर निवर्तमान व्यवस्थापन समित अध्यक्ष ध्रुव ओली, समाज सेवि मनेस दहाल ,आदर्श मा. वि. जयपुर पूर्व व्यवस्थापन समित अध्यक्ष काजी श्रेष्ठ लगायतकाे आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

स्थानीय रमेश नेपाल तथा चन्द्र प्रकाश पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सल्लाहकार गोपाल विमलीले स्वागत मन्तव्य, राखेको कार्यक्रममा प्र.अ. करुण कुमार पराजुली, प्रमुख अतिथी गंगा निरौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै संस्थाका कार्यक्रम संयोजक चिन्तामणि गौतमले कार्यक्रमकाे औचित्य प्रकाश पार्नु भएको थियो ।

पछिल्लो समय युवा आवाज बुद्धशान्तिले समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध दिवसको अवसरमा अषाढ ११ गते बुधबारे चोकमा जनचेतना मूलक कार्यक्रम लगायत विभिन्न समाजमा सामाजिक कार्य गर्दै आएको कार्यक्रम संयोजक सेमन्त पोख्रेलले बताउनु भयो ।

शुक्रबार भएको वतृत्वकला प्रतियोगितामा १३ वटा विद्यालयका विद्यार्थिहरू सहभागिता रहेको थियो । प्रतियोगिता तर्फ पहिलो जयपुर अङ्ग्रेजी बोर्डिङ स्कूलकी छात्रा पूजन आचार्य, दोश्रो कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा रोजिशा धिमाल, तेश्रो एरा एभरग्रीन मा. वि. की छात्रा सुबना बराल र कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा निशा फुयेल सान्तवना भएका थिए बिजेतालाई नगद ३०००/२०००/१०००/५००/ साथै प्रमाण पत्र हासिल गरेको संस्थाक सचिब देवेन्द्र भण्डारीले जानकारि दिनु  भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको मुनामदन एकाडेमीले कक्षा ९ र १० का विद्यार्थीहरुलाई इलेक्ट्रिसियन र व्युटिसियन तालिम आईतबार बाट संचालनमा गरेको छ ।
२ महिना संचालन हुने तालिम आइतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।


विद्यालयका संचालक चेतन ढुंगेलको सभापतित्वमा भएको कर्याक्रममा शिक्षासेवी तथा विद्यालयका पूर्व शिक्षक अजय खड्का, विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा ढुंगेल, कोअर्डिनेटर म्याथु बानिँया, प्रशिक्षक प्रेम अधिकारी र सुजता राई लगायतको आतिथ्यतामा रहेको कार्यक्रमको संचालन शिक्षक लक्ष्मण मगरले गर्नुभएको थियो ।


मुनामदन एकाडेमी विद्यालयको प्राङगणमा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई शाब्दिक गर्दै विद्यालयका संचालक चेतन ढुंगेलले पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू विद्यालय छुट्टिको समय साथै अरू समयमा लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले प्राबिधिक शिक्षा पनि आजका नानिहरूलाई आवस्यक रहेको बताउनु भयो

यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । आगामी दिनमा पनि विद्यार्थिहरूलाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै यस्ता व्यवहारिक ज्ञानमा पनि जोड दिनुपर्ने सन्चालक ढुङ्गेलले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको अमर युवा क्लब का खेलाडीहरूलाइ खेलकुद सामाग्री वितरण गरिएको छ।
अमर युवा क्लब बुद्धशान्ति –४ ले क्लबका खेलाडीहरुका लागि ४ थान फुटबल ,१२ पिस कोन ,६ पिस मार्कर ,६ पिस बिप्स हस्तान्तरण गरेको हो ।

पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले क्लब खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण गरिएको अमर युवा क्लबका अध्यक्ष रोषन कटुवालले बताउनु भयो । उहाले भन्नू भयो युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरिएको हो ।

यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । क्लबलाइ राष्ट्रिय स्तरमै चिनाउने र खेल र युवा विकासका लागि आगामी दिनमा पनि खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने तयारी रहेको कटुवालले बताउनु भयो ।

बुद्धशान्ति वडा नं ४ को गणेश मां बिं को खेल मैदानमा सनिबार खेलकुद सामाग्रीहरु वितरण गरिएको छ । वितरण गरिएको खेलकुद सामग्री समाजसेवि रबिन ढुङ्गाना,राजु फागु ,अर्जुन लिम्बु ,कुमार कटुवाल क्लब का समिति पदाधिकारी देबराज भण्डारी, गणेस बहादुर डागिले लगायतले सहयोग गर्नुभएको थियो ।

 

सुनसरीकाे धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन प्रशासनले जानकारी गराएको छ ।

धरानमा सामाजिक सद्भाव भड्किन पुग्ने भन्दै स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका थिए । यसैलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा गरेको हो ।

सुनसरीकाे धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।

साउन २६ गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले धरान उपमहानगरमा डेंगी संक्रमण नियन्त्रणमा नआउञ्जेल जनस्वास्थ्य आपतकालीन अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरेको थियो ।

त्यस्तै, धरानमा धार्मिक सम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भदौ ८ गते राति १२ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुकमला पाण्डेले आदेश जारी गरेकी छन् ।

धरान प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका १ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र, पश्चिम दक्षिण रामधुनी नगर ६ बाट बराहक्षेत्र ३ नडाहा चोकदेखि धरानतर्फ, इटहरी उपमहानर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फ, धरान ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फ र धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको आदेशमा भनिएको छ ।

तोकिएको क्षेत्रमा सामूहिकरुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली/भेला­/प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न/नगराउन प्रशासनले जानकारी गराएको छ ।धरानमा सामाजिक सद्भाव भड्किन पुग्ने भन्दै स्थानीयदेखि केन्द्रसम्मका राजनीतिक दलहरुले चिन्ता व्यक्त गरेका थिए । यसैलाई ध्यानमा राखेर प्रशासनले निषेधाज्ञा गरेको हो ।

बुद्धशान्ति गाउँपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ ।
बुधबार वडा नम्बर १,३,६,र ७ बाट यो रोग विरुद्वकोखोप लगाउन सुरु गरेको हो । ‘लम्कि स्किन’ असार अन्तिम साता देखि बुद्धशान्तिमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख कैलास प्रसाद सिहंले जानकारी दिनु भयो ।

सवै वडाका कृषकहरुको घर घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि बुद्धशान्ति गाउँपालिकाले १२ जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई ५० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिञ्ज,निडिल,प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च गाउँपालिकाले व्यहोर्ने छ ।१० हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले गाउँपालिकाले मात्रै १० लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछि तथा मत्स्य विकाश शाखाले जनाएको छ ।

लम्कि स्किनरोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाअध्यक्ष अनिल वाग्लेले ‘लम्कि स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताउनु भयो । असहज अवस्था आए वडा तथा गाउँपालिकालाई खबर गर्न आग्रह गर्दै उहाँले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । वडाअध्यक्ष वाग्लेले बाँकी वडाहरुमा यी वडाको कार्यक्रम सकिए लगत्तै सुरु हुने बताउनु भयो ।

बुद्धशान्तिमा लम्कि स्किनका कारण १००० हजार भन्दा बढी पशु संक्रमित भएका छन् भने सानो ठूलो गरेको ८०/ वटा पशुहरू मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको पाईएको छ ।

विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

चिकित्सकले दिउँसो ४ः४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।

प्रहरीका अनुसार भानु स्कुलको बस भाडामा लिएर सेन्टमेरिजले विद्यार्थी ल्याउन र पुर्याउन प्रयोग गर्दै आएको थियो । विद्यार्थीलाई पुर्याउने क्रममा दुर्घटना भएकाे थियाे ।