March 2, 2026

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेट्रान्स, सुरूङ्गा बिच भएको खेलमा ०/१ गोल अन्तरले हराउदै काकरभिट्टा भेट्रान्स फाइनलमा प्रवेश गरेको छ ।

खेल सुरू भएको २२ औं मिनेटमा काकरभिट्टा का रमेश गुरूङले पहिलो गोल गरेका थिए भने कनकाई भेट्रान्सले भने पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेन ।


दोस्रो हाफमा खेलको निर्धारीत समयमा पनि कनकाइ भेट्रान्स सुरूङ्गाले कुनै पनि गोल गर्न नसकेपछि ०/१ गोलको अन्तरले हार चखाउदै काकरभिट्टा भेट्रान्स फाइनलमा पुगेको हो ।


असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका थिए भने प्रतियोगिताको फाइनल असोज २० गते शनिबार हुने युवा आवाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।


प्रतियोगिताको फाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब र आयोजक भेन्ट्रास क्लब जयपुर बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।


आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा हुने फाइनल खेलको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।


आज भएको सेमिफाइनल खेलमा काकरभिट्टा भेट्रान्स क्लब का रमेस गुरूङ म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका गुरूङलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले पुरस्कार वितरण गर्नु भएको थियो ।

युवा आवाज बुद्धशान्तिले अायोजना गरेको प्रथम भेट्रान्स नकअाउट कपको प्रत्येक खेलमा म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानका तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा जारी युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा पाराबारी भेट्रान्स क्लब शिवसताक्षी लाई १ का विरुद्ध ५ गोल अन्तरले हराउदै जयपुर भेट्रान्स क्लब फाइनलमा प्रवेस गरेको छ ।

खेलको सुरू भएको ११ औं मिनेटमा पाराबारीले पहिलो गोल गरेको थियो भने आयोजकको तर्फबाट पहिलो हाफको समय अगाडी कुनै पनि गोल गर्न सकेको थिएन भने दोस्रो हाफ सुरु भएको १५ अौ मिनेटमा अायोजकको तर्फबाट मित्र बस्नेतले आफ्नो टिममा पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा थप ४ गोल गर्दै पाराबारी भेट्रान्स शिवसाक्षी लाई १/५ गोलको अन्तरले हार चखाउदै जयपुर भेट्रान्स आयोजक फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेले बताउनु भयो ।

असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् ,भने भोलि हुने सेमिफाईनल खेलमा काँकरभिट्टा भेट्रान्स क्लब र कनकाई भेन्ट्रास सुरूङ्गा बिच खेलहुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

 

आज भएको खेलमा आयोजक भेट्रान्सका मित्र बस्नेत म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ । म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।

                          संस्थाको परिचय

खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा भेट्रान्स कप फुटबलको आयोजना गरिएको बताउदै युवा अावाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोख्रेलले भन्नू भयो आउदा दिनहरूमा पनि अझ ब्यवस्थित ढंगबाट खेल खेलाउदै जाने साथै यस खेलबाट बचेको रकम बाट विभिन्न समाजिक कार्यहरूमा लगाउने बताउनु भयो ।

समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भएको युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।
यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै प्रहरी सगँको सहकार्यमा टार्फिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम वृद्धबुवा अामाहरूलाई सम्मान विभिन्न ठाउँहरूमा गएर अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

हाल संस्थाका अध्यक्षमा सेमन्त पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम ,राम धिमाल ,कमल भुजेल, अनिल कोईराला,रहनु भएको संस्थाका उपाध्यक्ष रमेस नेपालले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित नमुना विद्यालयको रूपमा छनौट भएको बुद्धअादर्श माध्यमिक बिद्यालयमा बर्खा स्मृति प्रतिष्ठान र समुदायिक प्रहरी सेवा केन्द्र बुधबारेले बुधबार एक कार्यक्रमको आयोजना गरी लागु औषध, दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइको अध्यक्षता त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।

नमुना विद्यालयको रूपमा छनौट भएको बुद्धआदर्श माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ९ र १० का करिब २०० विद्यार्थीहरुलाई सहभागी गराई विद्यालयको आफ्नै सभाहलमा बुधबारे इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रविन भट्टराईले लागु औषध नियन्त्रण सम्बन्धि प्रशिक्षण गराउनु भएको थियो ।


प्रशिक्षणका क्रममा उहाँले भन्नू भयो । अहिले समाजमा लागू अौषध दुर्व्यसन तथा मदिराले गर्दा ।लागु औषध सेवनबाट हुने असर र बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई प्रष्ट पार्नुभएको थियो ।


त्यस्तै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी, बुधबारे ईलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई, बुद्धअादर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले,आशिर्बाद प्रतिष्ठानका प्रतिनिधि डि. बि. तामाङ शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले दुर्व्यसन बाट युवा युवतिले बाच्न जरूरी छ । दुर्व्यसन एक प्रकारको रोग भएकाले यसको रोकथाम गर्नु पर्छ । साथै यस्ता खाले जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका सम्पुर्ण विद्यालय हरूमा पनि कार्यक्रम सन्चालन गर्न जरूरी रहेको बताउनु भयो उहाँले भन्नुभयो मदिराले धेरैको घरवार बिगारेको छ । यो पनि समाजमा रोगको रूपमा स्थापित भएको बताउनु भयो ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले भन्नूभयो,दिन प्रतिदिन लागु अौषध दुव्यर्सन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएकाले यसलाई जरै बाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवस्यक रहेको बताउदै विद्यालयको तर्फबाट बर्खा स्मृति प्रतिष्ठान परिवारलाई धन्यबाद समेत दिनुभएको थियो ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजना र समुदायिक प्रहरी सेवा केन्द्रको शहकार्यमा भएको कार्यक्रमको सन्चालन बर्खा स्मृति प्रतिष्ठानका सचिब मदन मगरले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा युवा आवाज बुद्धशान्तिको आयोजनामा भएको जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान्स क्लब लाई ५ का विरुद्ध ६ गोल अन्तरले हराउदै काँकरभिट्टा भेट्रान्स सेमिफाइनलमा प्रवेस गरेको छ ।


खेलको १६ औं मिनेटमा दमक लखनपुर भेट्रान्सका तर्फबाट सुवास अाङथापुले पहिलो गोल गरेका थिए भने दोस्रो हाफ सुरु भएको १८ अौ मिनेटमा काँकरभिट्टाका गोकुल रिजालले पनि पहिलो गोल गरेका थिए । भने खेलको निर्धारित समयमा १/१ गोलले बराबरी भएपछि ट्राईबेकरको अाधारमा दमक लखनपुर भेट्रान्सलाई ५/६ गोलको अन्तरले हार चखाउदै काँकरभिट्टा सेमिफाइनलमा प्रवेस गरेको हो ।

 

प्रतियोगिताको फाइनल खेल असोज २० गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ५० हजार ट्रफि मेडल त्यस्तै दोस्रो हुनेलाई नगद रू ३० हजार ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल बताउनु भयो छ ।

 

असोज १३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने सेमिफाईनल खेलमा जयपुर भेट्रान्स अायोजक र पाराबारी भेन्ट्रास शिवसताक्षी बिच हुने जयपुर भेट्रान्स  नकआउट कप फुटबल प्रतियोगिता युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

 

आज भएको खेलमा काँकरभिट्टाका गोकुल रिजाल म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिएको छ भने म्यान अफ द म्याच भएका खेलाडीलाई बुद्धशान्ति स्थित बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।


जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि नेपाल बैंक बुधबारे शाखा प्रमुख भानुभक्त भण्डारी,अतिथिहरूमा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, वडा सदस्य अमिर श्रेस्ठ, लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार भएको क्षेत्र “क” सम्मेलनमा जेसीजका चार क्षेत्र अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दै बुधबारे जेसीजले जेसीज अवार्ड प्राप्त गरेको छ।

हालै बुधबारे जेसीज बर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम (भाद्र २२ देखि ३० गते सम्म) अन्तर्गत भएका ७ वटा कार्यक्रम मध्ये अन्तराष्ट्रिय क्षेत्र समेटी बुद्धशान्तिभरिका आधारभुत तहका कक्षा-८ मा अध्ययनरत विद्यार्थीहरुलाई भारतको सिलिगुडीमा अवस्थित साइन्स सीटीको अध्ययन अवलोकन भ्रमण गराएको थियो ।


बुधबारे जेसीजले भारतीय भुमिमा नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम सन्चालन गरेको थियो । जेसीज सप्ताह कार्यक्रम मुल संयोजन बुधबारे जेसीजका स्वास्थ्य संयोजक जेसी दुर्योधन(देव) सिंहको रहेको थियो भने सो कार्यक्रमको संयोजन बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरेले गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकालले जानकारी दिनुभयो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र” क ” का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कार्की को प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रको उत्कृष्ट कार्यक्रम अवार्ड प्राप्त गरेकोमा बुधबारे जेसीजले गरेको राम्रो कामको मूल्याकंन भएको बताउदै अध्यक्ष ढकालले नेपाल जेसीज परिवारलाई धन्यवाद समेत दिनुभएको थियो ।

 

उनले यो सम्मानले थप उर्जाका साथ जेसीज अभियानमा लाग्ने प्रेरणा मिलेको भनी खुसी व्यक्त गर्नुभएको थियो ।
क्षेत्र क सम्मेलनमा बुधबारे जेसीजको तर्फबाट अध्यक्ष लगायत निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई , पुर्व अध्यक्ष जेसी नन्दकुमार याफु राई , कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरे , उपाध्यक्ष जेसी प्रेम गौतम ,कोषाध्यक्ष जेसी राज पौडेल , स्वास्थ्य संयोजक जेसी दुर्योधन सिंह (देव )तथा महासचिब जेसी कुशल अधिकारि लगायतको उपस्थिति रहेको महसचिब जेसी कुशल अधिकारिले बताउनु भयो ।

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगितामा आज भएको तेस्रो दिनको खेलमा विर्तामोड भेट्रान्स लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै पाराबारी भेट्रान्स शिवसताक्षी विजयी भएको छ ।

 

१३ गते शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा दमक लखनपुर भेट्रान्स क्लब र काकरभिट्टा भेन्ट्रास बिच खेल हुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको जानकारी दिनुभयो ।


जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले,अतिथिहरूमा बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, वडा सदस्य अमिर श्रेस्ठ, ,बर्खा स्मृति प्रतिष्ठानका तोया प्रसाईं बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी,,लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल बताउनु भयो छ ।


आज भएको खेलमा पाराबारी भेट्रान्स शिवसताक्षीका खेलाडी जर्सि नम्बर १५ का मोहन तामाङ म्यान अफ द म्याच घोषित भएका थिए ।


त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।

तुलसीपुर : पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

झापा । नागरिक समाजका अभियन्ता, समाजसेवी दुर्गा प्रसाईँले दलका नेता भ्रष्ट भएकाले आज देशको  यो अवस्था भएको बताएका छन ।


युवा नागरिक समाज झापाको प्रथम वार्षिकोत्सव तथा साधारणसभा लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा प्रसाईले नेपाली जनताले भ्रष्ट नेताहरूलाई दिएको भोटकै कारण यस्तो हुन पुगेको दावी गरेका हुन  । अब नेपाली जनताले विचार र सोचलाई परिवर्तन गर्नु पर्ने भन्ने आसयमा नेपाली समाज देखेपछि घिन लागेर आउने भन्ने अभिव्यक्ति दिएका हुन । उनले आफ्नो अभियानमा साथ दिन देशलाई सही बाटोमा डोर्याउन आफूले मात्र सक्ने दावी गरेका छन् । प्रसाईँले सम्बोधनको क्रममा राष्ट्रिय राजनीति र वर्तमान विषयहरूमा तिखो प्रतिक्रिया व्यक्त गरेका छन् ।


तपाईँहरू देखे पछि घिन लागेर आउछ, यहाँ मान्छेले मान्छेलाई चिनेनन्, देश टाट पल्टियो देश बचाउने मान्छे भनेको ढाका टोपी खोलेर भन्छु  म दुर्गा प्रसाईँ हो ।’  उनले ऋण तिर्न नसकेर अभियान चलाएको भन्ने विषय  सन्दर्भमा भने ‘ म सँग ५ देखि ७ हजार करोड सम्पत्ति होला, मलाई सम्पत्तिको आवश्यकता छैन, छोरा छोरी डाक्टर छन्, नाति पढाउने आफ्नै स्कुल छ मलाई किन पैसा चाईयो, मेरो काठमाडौंको १०० रोपनी जग्गा बेचे भने ५ सय करोड ऋण तत्कालै तिर्न सक्छु ।’


विगतका दिनमा नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको एकदमै निकटतम व्यक्ति रहेको बताउने प्रसाईँले आज भने केपी ओलीको नियत र कार्यशैली  ठिक नलागेको आरोप लगाएका छन् । प्रसाईँले आक्रोश पोख्दै आफ्नो सम्बोधनलाई निरन्तरता दिदै भने ‘ओली, प्रचण्ड र शेरबहादुर देशको सबैभन्दा भ्रष्टाचारी हुन, यिनीहरूको कसैको सुनको, कसैको चाँदीको, कसैको किट र माटोको भाँडा छ पाक्ने भनेको भष्ट्राचार नै हो । ओलीले दलाललाई खुशी बनाउन दमकमा भ्युटावर बनाउन राज्यको पैसा लगानी गरे ।’

समाजलाई भ्रष्टाचार मुक्त र सुसाशन युक्त बनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा स्थापन भएको यूवा नागरिक समाजको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । आज (आइतबार)  विर्तामोड –२ स्थित जय ड्रिमल्याण्ड पार्कमा सभा सम्पन्न भएको हो ।समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सत्रमा नागरिक अभियानका अगुवा दुर्गा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
यूवाहरुको चाहना, सुशासनयुक्त नगरको परिकल्पना भन्ने नारा अघि सारेर विभिन्न सचेतनामूलक तथा खबरदारी अभियानमा सक्रिय रहँदै आएको संस्थाको पहिलो साधारणसभा उपस्थितको संख्या उल्लेखनीय रहेको थियो ।

समाजले स्थापनाको पहिलो वर्ष बिर्तामोड नगरपालिकाले स्थानीय सरकारको चरम दुरुपयोग गर्दै कुनै अमुख प्राइभेट कम्पनीमा जनताको करमार्फत उठेको पैसा लगानी गर्ने निर्णय विरुद्ध खरो खबरदारी, मेची प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणमा भएको कमजोरी विरुद्ध सशक्त खबरदारी, बिर्तामोड नगरपालिकामा नातावाद र कृपावाद आधारमा नगर प्रहरीहरूले गरेको आर्थिक चलखेल विरुद्ध लिखित उजुरीको आधारमा छानविन गर्दा प्रहरीले गलत देखिए पछि दोषी उपर कारवाही  स्वरुप निलम्बन गराउन बाध्य पारिएको, बिर्तामोड नगर अस्पतालमा देखिएको लापरबाहीको पटक पटक खबरदारी गरेको, बताए ।

भद्रपुर नगर समितिको आयोजनामा हप्ताको शनिबारलाई श्रमबार घोषणा गरेर सचेतना कार्यक्रमहरू गर्दै आएको, हलुवागढ सामुदायिक वन समितिमा देखिएको चरम लापरबाही र भ्रष्ट्राचारको भण्डाफोर गरेर करोडौं मूल्यको सखुवा काठहरू सडिएर जाने अवस्थाबाट जोगाएका लगायत १० वटा जनदवाव तथा खबरदारी कार्यक्रम गरिएको अध्यक्ष केशव भण्डारीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा विशेष अतिथि डा। लक्ष्मी मैनाली, जयनारायण ढुङ्गाना, सुजु बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।कविता ओलीले स्वागत गरेकी थिइन भने रिना ओडारीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा भद्रपुर भेट्रान्स र कनकाई भेट्रान्स सुरूङ्गा बिच प्रतिस्पर्धा भएको थियो । जस्मा भद्रपुर भेट्रान्स लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै कनकाई भेट्रान्स सुरूङ्गा विजयी भएको थियो ।

शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा विर्तामोड भेट्रान्स क्लब र पाराबारी भेट्रान्स क्लब शिवसताक्षी बिच खेल हुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको जानकारी दिनुभयो ।

जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष डिल्ली अोलि, अतिथिहरूमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल,बर्खा स्मृति प्रतिष्ठानका सदस्य दिपेन्द्र संग्रौला,नवज्योति युवा क्लबका पुर्व अध्यक्ष नवीन पोख्रेल, समाज सेवि कमल श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलिले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष शेमन्त पोख्रेलले गर्नु भएको थियो ।


प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल जानकारी बताउनु भयो छ ।

आज भएको खेलमा कनकाई भेट्रान्स सुरूङ्गाका खेलाडी पालुङ फिप्गेन म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।

 

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगिताआज बाट सुरु भएको छ । आज भएको खेलमा आयोजक र पाथिभरा भेट्रान्स क्लब रोङ बिच प्रतिस्पर्धा भएको थियो । जस्मा आयोजकले १ का विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।

आज देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको सभापतित्व, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यता, बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले, ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, ६ का वडाध्यक्ष शिवराज पौडेल, बुद्धशान्ति २ का वडासदस्य विक्रम बोहोरा, अमिर श्रेष्ठ, सन्जु पौडेल, विमला विक, बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, साना सहरी खानेपानीका अध्यक्ष ध्रुव ओली,।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुली, बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी, जयपुर तेक्वान्दो डोजाङका संचालक अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी चन्द्र गौतम, आदर्श युवा क्लब बुद्धशान्तिका अध्यक्ष मात्रिका श्रेष्ठ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष वाग्ले र चेम्जोङले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रमेश नेपालले गरेका थिए ।

आज देखि सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने खेल भने भद्रपुर भेट्रान्स क्लब र कनकाई भेट्रान्स क्लब सुरुङ्गा बिच हुने बताइएको छ ।


प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको छ ।

बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ । आज भएको खेलमा आयोजक तर्फबाट गोल रक्षक रुपक गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।