April 13, 2025

ज्ञानु भट्टराई    ।    झापाको बुद्धशान्ति गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशन शुक्रबारबाट सुरू भएको छ बुध्दशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा बसेको गाउँसभाले आ.व.८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । वार्षिक नीति तथा कार्यक्रम शंसाेधन सहित सर्वसहमतिले पारित पनि भएकाे छ ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । नेपालको संविधान स्थानीय सरकार संञ्चालन ऐन २०७४, बजेटका सिद्धान्त र उदेश्य दिगो विकासका लक्ष्य तथा रणनीति लगायतको विषयहरुको सैद्धान्तिक र व्यवहारिक पक्षहरुलाई आत्मसाथ गर्दै बुद्धशान्ति गाउँपालिका आम नागरिकको आवश्यता र मागलाई ध्यानमा राखि गाउँपालिका अध्यक्ष प्रसाईले १७ पृष्ठ लामो नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

गाउँपालिकाले निकै लामो समय सम्म बजेटको तयारी र छलफल गरी ल्याएको नीति तथा कार्यक्रममा लोकतन्त्र प्रति पूर्ण प्रतिबद्ध ,सुशासन, गाउँबासीहरु प्रतिको उत्तरदायी प्रशासनिक कार्य, भ्रष्टाचारमुक्त सभ्य र सुसंस्कृत समाज निर्माणका लागि कर्तब्यनिष्ट भई सुदृढ ढंगले लाग्ने कुरा उल्लेख गरिएकाे छ ।

पालिकाले समानता र न्यायको पक्षपोषण गर्दै सबै प्रकारका भेदभाव र अन्यायहरुको अन्त्य, सामाजिक न्यायको प्राप्ति र सबैका लागि समृद्धि आफ्नो मूल नीति लिएको छ ।

नागरिकहरूको नजिकमा रहेर नागरिकलाई पुर्याउनु पर्ने शिक्षा, स्वाथ्य, कृषि,खानेपानि तथा सरसफाई, पूर्वाधार निर्माण लगायतका सार्वजानिक सेवा सुविधाको प्रभावकारी ढङ्गबाट प्रवाह गर्ने श्रम संस्कृतिको उजागर गर्दै स्थानीय विकास निर्माणमा जनताको अधिकतम श्रम सहभागिता मार्फत कम नगद लागतमा श्रममुलक योजनाहरु संञ्चालन गरिने बताइएकाे छ।

खोला नदि उकासमा रहेका तथा अन्य सार्वजनिक जग्गाहरुको पहिचान गरी सम्भाव्यताको आधारमा वृक्षारोपण तथा सामुहिक खेती गरी गाउँपालिकाको आन्तरिक श्रोतलाई मजबुत गर्दै लैजाने उल्लेख छ ।

संचालन हुने योजनालाई पारदर्शी र जनमुखि बनाउन हाल देखिएका समस्याहरुलाई सम्बोधन गर्न स्थानीय दररेट ढुवानी , भूमिहिन दलित सुकुम्बासी अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडी बढाइने बताईएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित चखेवा होटलमा बुधबारे जेसिजको आयाेजनामा We Lead तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बुधबारे जेसिज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडा प्रमुख आतिथ्यता ,साथै महिला च्याम्वर बुद्धशान्तिकी अध्यक्ष देव कुमारी श्रेर्मा बुधबारे जेसिजका निवर्तमान अध्यक्ष सिनेटर मुकेस भट्टराई ,मानर्थ सदस्य दिपेन सिटौला,पुर्वअध्यक्ष जेसि नन्दकुमार याफ्फु राई, पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल , तथा बोडका सम्पुर्ण पदाधिकारि हरूको उपस्थिति रहेको थियो ।


वर्ष २०२३ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि विनोद रिजालको संयोजकमा भएको कार्यक्रममा नेपाल जेसिजकी कार्यकारिणी उपाध्यक्ष रजनी थापाले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ,तालिममा करिब १ दर्जनबढि संघसंस्थाका प्रतिनिधि साथ १०० जना महिलाहरूकाे सहभागी रहेकाे थियाे ।

बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको चखेवा होटको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडा, महिला च्याम्वर बुद्धशान्तिकी अध्यक्ष देव कुमारी श्रेर्मा तालिममा सहभागिको तर्फ बाट कार्यपालिका सदस्य बुध्दशान्ति गाउँपालिका वडा नं ४ कि वडा सदस्य दुर्गा ढुङ्गेल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


यसअघिपनि बुधबारे जेसीजले बुद्धशान्तिका विभिन्न ठाउँमा गएर सामाजीक कार्य गरेको बताउदै महिलाहरूलाइ पनि नेतृत्वमा अघि बढाउनुपर्छ भन्ने उद्देश्यले तालिम संचालन गरिएकाे बुधबारे जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि अर्जुन ढकालले बताउनु भयो ।

बुधबारे जेसिजले बुद्धशान्ति गाउँपालिकाको सहकार्यमा प्रहरी सगँको सहकार्यमा ट्रार्फिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बिभिन्न रोगको स्वाथ्य शिविर साथै जेष्ठ नागरिक हरूलाई सम्मान साथै न्यानो कपडा वितरण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको बुधबारे जेसिजका वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।


त्यस्तै बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष विनोद रिजालले कार्यक्रममा उपस्थित अतिथिहरूलाई साब्दिक स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बुधबारे जेसिजका स्वाथ्य संम्योजक जेसिज दुर्योधन देव सिङले जेसीज आस्था बाचन गर्नुभएको थियो ,भने कार्यक्रमको सन्चालन बुधबारे जेसिजका महासचिब जेसि कुसल अधिकारिले गर्नु भएको थियो कार्यक्रममा उपस्थित सम्पर्ण अथिति हरूलाई समापन सगै मायाको चिनो समेत वितरण गरिएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नं २ मा प्याब्सन बुद्धशान्तिको आयोजनामा लागु पदार्थ दुव्यर्सन र साइबर क्राइम विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ।


बुद्धशान्ति प्याब्सनमा आबद्ध माध्यमिक तह पठनपाठन हुने विद्यालय र स्थानीय आदर्श माध्यमिक विद्यालय जयपुरका करिब ४०० विद्यार्थीहरुलाई सहभागी गराई बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरको सामुदायिक भवनको सभाहलमा गरिएको कार्यक्रममा लोकप्रिय खनाल र दिपेन्द्र पौडेलले प्रशिक्षक रहनुभएको प्याब्सन बुद्धशान्तिका सदस्य दिपेन सिटौलाले जानकारी दिनुभयो ।


प्याब्सन बुद्धशान्तिको अध्यक्ष गंगा निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पालिका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्की, स्थानीय जनप्रतिनिधी, विभिन्न संस्थाका पदाधिकारी, विद्यालयका संचालक, संचारकर्मी लगायतको
आतिथ्यतामा भएको कार्यक्रमको संचालन प्याब्सन झापा जिल्ला सदस्य चेतन ढुंगेल र बुद्धशान्ति सचिव चेतन सुवेदीले गर्नुभएको थियो ।

कार्यक्रमबाट आफूँहरुले साइबर क्राइमको विरुद्ध धेरै कुरा सिकेको एरा एभरग्रीन अंग्रेजी माध्यमिक विद्यालयका एक छात्रले जानकारी दिएका छन् । त्यस्तै प्याब्सनले बुधबार ३ ठाउँमा प्रि पाइमरी लेबलका शिक्षक/शिक्षिकाहरुलाई तालिमको समेत आयोजना गरेको बताइएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नं. १० ले सीप बिकास रोजगारीमुलक बेमौसमी ३ दिने तरकारी खेति सम्बन्धि तालिम सम्पन्न गरेको छ । याङ टोल र आदर्श टोलका १५ जनाको समूह बनाई कुषि सेवा शाखा फिक्कलका प्राबिधिक अस्मिता गदाल साथै जोशिले तालिमको सहजिकरण गर्नुभएको थियो ।

तालिममा कृषि फार्ममा प्रयोगात्मक तालिम सन्चालन गर्नुभएको थियो तालिमको समापन गर्दै याङ टोल र आदर्श टोलका महिलाहरूको समुहलाई १५ वटा प्लाष्टिक टनेल समेत वितरण गरिएको थियो

सूर्योदय नगरपालिका वडा नं. १० को आर्थिक बर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला सिप विकास तथा रोजगारी मुलक कार्यक्रम अन्तर्गत महिलालाई टनेल बितरण गरीएको हो ।


वडाले महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिई तालिमलाई उपलब्धी मूलक बनाउनका साथै बेमौसमी तरकारी खेती प्रति प्रोत्साहन गर्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।

यश अघिपनि वडाले आफ्ना वडाका किषान हरूलाई विभिन्न कृषि सामाग्री वितरण गरेको अध्यक्ष बताउनु हुन्छ सुर्योदय नगरपालिका कृषिमा सम्भावना बोकेको नगरपालिका भएकाले कषिलाई व्यावसाहिक र आधुनिकिकरण गर्न नगरपालिका लागेको बताउनु भयो ।


उहाँले भन्नुभयो सरकारी लिएर काम नगर्ने तथा अनुदानलाई दुरूपयोग गरेको पाईएमा कारबाही पनि गरिने बताउदै सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानि बढाई आत्मनिर्भर बन्न कुषकलाई आग्रह समेत गर्नु भयो ।

 

उक्त कार्यक्रमबाट लाभाम्वित समूहले नमुना योग्य काम गरि अन्य समुहलाई पनि बेमौसमी तरकारी खेती प्रति आकर्षित गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको वडाध्यक्ष लामाले जानकारी दिनु भयो ।


सूर्योदयको नगरपालिकाको विकास विस्तार र प्रबर्धन आाफुलागि परेको बताउदै अध्यक्ष भन्नुहुन्छ , कृषकहरूलाई परम्परागत खेति प्रणालिको विकल्पमा यान्त्रिकरण र आधुनिकिकरण गर्न अग्रसर बनाउने उद्धेश्यले नगरपालिकाले प्लाटिक टनेल वडाध्यक्ष सहितका जनप्रतिनिधिले बितरण गरेको बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको ठुटेवर संरक्षण तथा विकास समितिले ऐतिहासिक ठुटेवर मेला २०८० का लागि अन्तरक्रिया तथा सुझाव सङकलन कार्यक्रम सम्पन्न गरेको छ ।

ठुटेवर संरक्षण समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाको सभापतित्व साथै वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ६ का सम्पुर्ण जनप्रतिनिधि विभिन्न सङसंस्थाका प्रतिनिधि स्थानिय बासी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि रहेको बताउनु भयो ।

परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।

ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको थियो ।
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको स्थानीय सी एम ढुङ्गेलले बताउँनु भयो ।

 

ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि कार्तिके पुणिमाको अवसरमा पारेर लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।

करिब ५।६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि.स. २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । यो पटक पनि त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीका स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

इलामको इलाम नगरपालिका वडा नं १० गोदका ३५ बर्षका तिलक बहादुर राईको बिजुलि मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

सूर्योदय नगरपालिका ११ किराँत टोलमा विद्युत तार मर्मत गर्ने क्रममा करेन्ट लागेर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोस राईले जानकारी दिनुभयो ।

झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको उद्यमी महिला कृषक समूह बुद्धशान्ति २ जयपुरको आयोजनामा महिला हरूलाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्धेश्यले महिला स्वरोजगार अन्तरगत ५ दिने पोते उन्ने तालिम बिहिबार बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित श्री दुर्गा पान्चायन भजन किर्तन तथा सत्संग सेवा समितिको सभाहलमा सम्पन्न भएको छ ।


कार्यक्रममा उद्यमी महिला कृषक समुहकी अध्यक्ष बिमला नेपालको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पर्शुराम चेम्जोङको, वाड नं २ वडा अध्यक्ष डिल्लि अोलि, आातिथ्यता साथै नेपाली कांग्रेस गाउँ सभापति चक्र श्रेर्मा, खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धुर्व कुमार अोलि, दुर्गा पन्चायन भजन किर्तन सत्संग सेवा समितिका अध्यक्ष जीवन कुमार पोख्रेल, विरता लेडि जेसिज का उपाध्यक्ष मिनु अोलि, बुद्धशान्ति महिला मन्चकी अध्यक्ष विष्णु मैनालि उप्रेती, सामाज सेबी मनेस दहाल, बुद्धशान्ति गाउँपालिकामा कार्यरत पुर्व स्वाथ्य कर्मि साथै समाज सेवी मुना भट्टराई, तालिममा सहभागि हरूलाई प्रशिक्षण गराउनुहुने रिता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

उद्यमी महिला कृषक समुहकी सहसचिब दुर्गा सुवेदीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा ५ दिनको तालिममा सहभागिको तर्फबाट आफ्ना भनाई राख्दै समुहकी सदस्य दुर्गा सिवाकोटीले तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले महिला हरूको जिवनस्तर सुधारका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन पालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले यो तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउनु भयो । अतिथि प्रसाईले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।


त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले तालिमले महिलाहरूको आर्थिक गतिबिधि सँगै रोजगारमुलक व्यवसाय सन्चालन गर्ने महिलाको हक अधिकार प्राप्तिका लागि आवाज उठाउने हिंसा न्युनिकरणका लागि सहयोग पुग्ने बताउनु भयो ।

महिलाहरूको जीवन स्तर सुधारको लागि जेष्ठ २१ गते बाट सुरू गरिएको तालिममा उपस्थित सहभागी हरूलाई प्रशिक्षक रिता सापकोटाले सहजिकरण गर्नु भएको थियो ।


समापन कार्यक्रममा समाज सेवी मनेस दहाल बुद्धशान्ति महिला मन्चकी विष्नु मैलालि , नेपाली कांग्रेस गाउँ सभापति चक्र श्रेर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विहिबार तालिम समापन कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि हरूलाइ तालिममा सहभागि हरूले बनाएका पोते माला अौठि मायाको चिनोको रूपमा वितरण गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिका वडा नं २ को श्री दुर्गा पाञ्चायन भजन किर्तन तथा सत्संग सेवा समितिको सभाहलमा भएको समापन कार्यक्रमको सन्चालन समुहकी सदस्य पुष्पा गौतमले गर्नुभएको थियो समापन कार्यक्रममा तालिममा सहभागि ४० जनालाई प्रमाण पत्र समेत वितरण गरिएको तालिममा उपस्थित सहभागी हरूलाई सहजिकरण गराउनुहुने प्रशिक्षक रिता सापकोटाले बताउनु भयो ।

इलामको रोङ गाउँपालिका वडा नं ३ स्थित पाथिभरा संरक्षण संस्थाले संचालन गरिरहेको सानो पाथिभरा मन्दिरको सम्पूर्ण काम कर्तव्य र अधिकार रोङ गाउँपालिकाको मातहतमा सन्चालन गर्ने भनी २०७९ फागुन १ गते बाट निणय भई सन्चालन भएपनि पाथिभरा संरक्षण संस्था सँग रहेको नगद जिन्सी तथा भौतिक संरचना बुझाउन बाँकि रहेको थियो ।

जिल्ला प्रशासन कार्यलय इलाम, जिल्ला प्रहरी कार्यालय ईलाम, सर्वदलिय प्रतिनिधि रोङ गाउँपालिकाको जनप्रतिनिधि पाथिभरा संरक्षण संस्थाको प्रतिनिधि समेतको रोहोभरमा मुचुल्ला गरि उक्त सामाग्री गाउँपालिकाले जिम्मा लिने निर्णय भएपनि बुधबार पाथिभरा संरक्षण संस्थाका अध्यक्षले उक्त सामाग्री बुझाउन असहमति जनाएकाले जिल्ला प्रशासन कार्यलय ईलाम मार्फत सम्पुर्ण कागजात झिकाई अनुसन्धानको प्रक्रिया अघि बढाउन
पालिकाले निणय गरेको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले बताउनु भयो।

रोङ गाउँपालिकाले यस क्षेत्रको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने भएपछि पाथिभरा संरक्षण संस्थाले पनि २०७९ साल चैत्र १४ गते एक पत्र नै पठाएर संस्थाको नगद तथा जिन्सी सामान बुझिलिन गाउँपालिकालाई अनुरोध गरेको थियो ।

जेष्ठ १७ गते बुधबार पाथिभरा संरक्षण संस्था र सर्वदलिय सहितको बैठकमा पाथिभरा संरक्षण संस्थाका सचिब साथै सदस्य उपस्थित पाटिका प्रतिनिधि लगायतले उक्त सामाग्रि बुजाउने सहमत भएपनि पाथिभरा संस्थाका अध्यक्षले उक्त सामग्री बुझाउन असहमती जनाएका थिए ।

एता गाउँपालिकाले भने अाफ्नो निर्णय निकाल्दै जिल्ला प्रशासन कार्यालय इलाम मार्फत सम्पूर्ण कागजपत्र झिकाई अनुसन्धानको पक्रिया अघि बढाउन पालिकाले निर्णय गरेको बताएका छन।

रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पाथिभरा संरक्षण संस्थाले देखाएको हिसाब चित्तबुझ्दो नभएपछि जिल्ला प्रशासन मार्फत सम्पूर्ण कागजपत्र झिकाउन पत्र पठाइएको बताउनु भयो।

रसिद डबल हुनु, एउटै आर्थिक बर्षमा एउटै नम्बरको दुई रसिदहरु हुनु, रसिदमा बिचको नम्बर हराउनु, रसिदमा जतासुकै टिपेक्स प्रयोग गर्नु बढि केरमेट हुनु आदिले पनि संस्थाले गरेको काम शंकास्पद रहेको बताउनु भयो ।

यता संरक्षण समितिका अध्यक्ष दौलत कुमार राईले भने यस संस्थाका सम्पूर्ण सदस्यहरु संगबसेर छलफल पश्चात मात्र हिसाब किताब बुझाउने निर्णय भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका पदाधिकारीहरु संग सल्लाह गरेर यो निर्णय भएको जानकारी गराउँदै यही जेठ ३२ गते हुने साधारण सभाको निर्णय पश्चात मात्र जिन्सि तथा नगदी सामान पालिकालाई हस्तान्तरण गर्ने बताए ।

झापाको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज यु एस ए, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत / गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुको लागि पहिलो किस्ता स्वरुप जनही रु ११००० को छात्रवृत्ति प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजाल र सम्बन्धित अभिभावकहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको थियो । संस्थाले छात्रवृत्ति योजनामा समावेश हुन २०८० जेष्ठ १० गते सार्वजनिक सूचना जारी गरिएको थियो । रितपूर्वक आएका निवेदन मध्ये सम्पूर्ण कागजात र योग्यता पुगेका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति २०८० का लागि सिफारिस गरेको हो ।


जसमध्ये श्री बुद्धआदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति १, बुधबारेमा कक्षा ३ मा अध्ययनरत लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति ६, शान्तिनगर कक्षा ५ मा अध्ययनरत सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्ति ३, बुधबारे कक्षा ४ मा अध्ययनरत अभिशेक रसाइलीले छात्रवृत्ति पाएका हुन् । छनोैट विद्यार्थीहरुले दोस्रो किस्ता वापत यसै शैक्षिक सत्रमा रु १०,००० पुनः पाउन बताइएको छ ।

झापाली समाज यु एस ए, झापा विकास मन्च काठमाडौँ, झापा जिल्ला सहकारी संघ लिमिटेड र सम्बन्धित सहकारी संस्थाको संयुक्त आयोजनामा २०८० छात्रवृत्ति वितरण कार्यक्रममा संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यतामा पहिलो किस्ता वितरण कार्यक्रम मिति २०८० जेष्ठ १५ गते सोमबार बिर्तामोडको आर्दश व्याङ्क्वेटमा सम्पन्न गरिएको थियो ।