झापाको बुद्धशान्ति बुधबारे जेसीजको सप्ताह अन्तरगत बुद्धशान्ति गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
जेसीज सप्ताह अन्तर्गत सात दिन सात कार्यक्रम तय गरेको बुधबारे जेसीजले पहिलो दिन बुद्धशान्ति गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका कक्षा ८ का विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएर सप्ताह शुरुवात गरेको थियो । त्यसैगरि सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रका चुनौतीबारे अन्तरकृया कार्यक्रम गरेको छ । अन्तरकृयामा सहभागी विद्यालयलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक रुद्र निरौलाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने स्वागत मन्तव्य जेसी दुर्योधन सिंह देवले राख्नुभएको थियो ।

कार्यक्रममा आफ्नो परिचय गराउदै प्रशिक्षक राष्ट्रिय तालिम निर्देशक सुनिल तिमल्सिना, पुष्प धमला ,प्रवेष दुलालले , प्रशिक्षण गराउदै विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउन कसरी सकिन्छ विद्यालयलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ संस्कार सहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र कसरी बनाउन सकिन्छ भन्ने लगायतका बिसयमा प्रशिक्षण गराउनु भएको थियो ,।

गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा व्यवस्थापन समितिको उपस्थितिमा विद्यालय व्यवस्थापनका चुनौतीबारे अभिमुखिकरण कस्तो रहयो भन्ने बिसयमा बुद्धशान्ति गाँउपालिका वडा नं १ स्थित नमुना विद्यालयको रुपमा विकास गर्न छनौट भएको बुद्धआदर्श मा. वि. व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले अाफ्ना भनाई राख्नु भएको थियो।

संस्थाका महासचिव कुशल अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बिभिन्न विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जेसीजका पूर्वअध्यक्ष, पदाधिकारी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।







संस्थाकी अध्यक्ष यामुना रिजालको सभापतित्व, बुद्धशान्ति गाउँपालिका कृषि शाखा प्रमुख अर्जुन पौडेलको प्रमुख आतिथ्यता, गाउँपालिका कृषि प्राविधिक कृष्ण ढुङ्गेलको विशिष्ट आतिथ्यता, वडा नं १ की महिला सदस्य तथा कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीको विशेष आतिथ्यता, सृजनशील महिला बचत समूहकी अध्यक्ष कमला भट्टराई, पाथीभरा महिला समूह अध्यक्ष गंगा आचार्य, सिरिसे समाजकी प्रतिनिधी दिपा भट्टराई लगायतको आतिथ्यतामा भएको कार्यक्रम संस्थाकी सहसचिव कमला रिजालले संचालन गर्नुभएको थियो ।
कृषिशाखा प्रमुख अर्जुन पौडेल, सृजनशील महिला समूहकी अध्यक्ष कमला भट्टराई र कार्यपालिका सदस्य तुलसा खतिवडा रेग्मीले शुभकामना मन्तव्य राखेको कार्यक्रम भव्यरुमा सम्पन्न भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा विद्यालयको शैक्षिक गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउन समुदायमा आत्मगौरव बढाउँदै फस्टाएको बुद्धअादर्श माद्यमिक विद्यालयलाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ संस्कार सहितको शिक्षा–शिक्षण सिकाइको स्रोतकेन्द्र कसरी बनाउन सकिन्छ ।






कार्यक्रममा संस्थाकी महिला उप समिति संयोजक चन्दा मगरको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ की महिला सदस्य लिला परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा ,न्यू पशुपति सहकारीकी सचिव दुर्गा पोख्रेल ढुङ्गेल,संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठ, संस्थाकी, उपाध्यक्ष मिरा भूर्तेल, साकोसका वर्तमान कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेलको संस्थाका शेयर सदस्य शेयर धनी , संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा गोविन्द पौडेल, मिरा भुर्तेल , दिल कुमार श्रेष्ठले लगायतले शुभकामना मन्तव्य,राख्नु भएको थियो ,। महिला उपसमिति सदस्य विष्णु मैनाली उप्रेतीले स्वागत् मनतव्य, राखेको कार्यक्रममा महिला उपसमिति सदस्य मुना भट्टराईले कार्यक्रमकाे औचित्य प्रकाश पार्नुभएको थियो ।




सामाजिक क्षेत्रमा आफ्नो बेग्लै छाप बनाउँदै आएको बुधबारे जेसीजले विद्यार्थीहरुलाई विज्ञान सम्बन्धि जानकारी दिन भारतको सिलुगुडीमा रहेको साइन्स सिटी विज्ञान सङ्ग्रहालयमा भ्रमण गराएको हो । उक्त सङ्ग्रहालयमा विद्यार्थीहरुले परम्परागत प्रविधिदेखि आधुनिक विज्ञान प्रविधिका मुख्य मुख्य नमूना देख्न पाएका थिए । जसबाट विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिन पाएर खुसी भएका थिए ।
जेसीज सप्ताहको शुभारम्भ बुधबारे जेसीजका अध्यक्ष अर्जुन ढकालको सभापतित्व तथा नेपाल जेसीज बर्ष २०२३ का उपाध्यक्ष सिनेटर अनुप सुनवारको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा पूर्व अध्यक्ष नन्दकुमार याफू राई, मुकेश भट्टराई, महानन्द शिक्षा सदनका प्रिन्सिपल भिम श्रेष्ठ, शिक्षिका सुभद्रा योङ्याङ लगायतले शुभकामना मन्तव्य राख्दै जेसीले समुदायस्तमा यस्ता किसिमका काम गरेकोले खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रम संयोजक अनिल घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जेसीज आस्था पाठ तालिम संयोजक गजुहाङ योङहाङले बाचन गर्नुभएको थियो । कार्यक्रम महासचिव कुशल अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बुधबारे जेसीका उपाध्यक्ष प्रेम गौतम, कोषाध्यक्ष राज पौडेल, सञ्चारकर्मी ज्ञानु भट्टराई, विभिन्न विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।







कार्यक्रममा वीरता लेडी जेसीज, छठ महिला मञ्च लगायत विभिन्न महिला समूहले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोकच बनाइएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीलाई सामुहिक रुपमा दर खुवाइएको थियो ।



