May 11, 2026
निराजन निरौला । झापाको बिर्तामोडमा ‘सिर्जनशील गजल महफिल – २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सिर्जनशील समाजिक युवा समूह नेपालले आयोजना गरेको महफिलमा पाँच जना गजलकारहरुको प्रस्तुति रहेको थियो । जसमा धनकुटाका गजलकार याक्थुङ्बा कान्छा, पाँचथरका मृदुल आङ्बो, पाँचथरकै पवन अधिकारी, त्यस्तै झापाकी सुनिता तामाङ र इलामकी अञ्जीला थामी अर्पणाले पाँच-पाँच वटा गजलहरु वाचन गर्नुभएको थियो ।
दुई शृङ्खलामा बिभाजित महफिलको पहिलो शृङ्खलामा प्रत्येक गजलकारले दुई-दुई वटा गजलहरु वाचन गर्नुभएको थियो भने दोश्रो शृङ्खलामा तीन-तीन वटा गजलहरु वाचन गर्नुभएको थियो । मिलन, बिछोड, खुसी, रोदन, देशभक्ति लगायतमा आधारित गजलले दर्शकहरुको मनमात्र तानीरहेको थिएन एकसाथ दर्शकहरुको ‘वा…..वा…., Once More’ का आवाजहरु पनि आइरहेका थिए । निरन्तर करिब तीन घण्टा चलेको महफिलको पत्तै नपाइ समय वितेको दर्शकहरुको प्रतिकृया थियो ।
सिर्जनशील गजल महफिलमा आउँदा साच्चै नै महफिलको जस्तो अनुभूति भएको कार्यक्रमका प्रमुख अतिथि विवश बलिभद्रले बताउनुभयो । “महफिलको आफ्नै नियम र दायराहरु हुन्छन्” उहाँले भन्नुभयो “जुन आयोजकले गरेको व्यवस्थानमा कुनै खोट छैन ।” महफिललाई सफल बनाउन गजलकारहरुको ठुलो भूमिका रहेको उहाँको प्रतिकृया थियो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि सुन्दर कुरुपले गजल आफैँमा समाज बोल्न सक्ने विधा भएको बताउनुभयो ।
सुदूरपूर्वमा पातल्ली रहेको गजलबिशेष कार्यक्रमलाई यो महफिलले पुनर्जागरण गरेको उहाँको प्रतिकृया थियो । त्यस्तै बिशिष्ट अतिथि खगेन्द्रा खुसीले गजलमा यदाकदा बिबादका कुराहरु आइरहे पनि अहिलेका पुस्ताले गजल बिधालाई धेरै मन पराएको बताउनु भयो । यि र यस्ता कार्यक्रमले विधालाई पुस्तान्तरणमा ठुलो भुमिका खेल्दै निखारीन सहयोग पुर्याउने उहाँले बताउनुभयो । त्यसैगरी धेरै अवार्ड र सम्मानबाट सम्मानित भइसक्नुभएकि गजलकार तथा कवि कविता राईले गजलले आफुलाई उच्च र लोभलाग्दो रुपमा स्थापना गरेकोमा हर्ष व्यक्त गर्नुभयो । तर गजललाई अहिले पनि राष्ट्रिय मान्यता नदिएको प्रति दु:ख व्यक्त गर्दै यस्ता कार्यक्रमले गजल विधालाई राष्ट्रिय मान्यता दिन सरकारलाई चुनौति दिने उहाँको भनाइ थियो ।
भौतिक उपस्थितिमा बैठक बसेर कार्यक्रम गर्ने परिपाटी रहिआएको र त्यहि अभ्यासहरु भइरहेको अवस्थामा यस संस्थाले एउटा फरक र नयाँ अभ्यास गरेको स्वागत मन्तव्यका क्रममा सिर्जनशील सामाजिक युवा समूह नेपालका उपाध्यक्ष निराजन निरौलाले बताउनु भयो । कार्यक्रम गर्न तन, मन र वचनले दृढताका साथ लागेमा सफल भइने रहेछ भन्ने संदेश प्रवाह गर्ने उद्येश्य लिएको उहाँको भनाइ थियो ।
कार्यक्रमको मुख्य आकर्षण तथा गजकारहरु र बिशिष्ट अतिथिहरुलाई प्रमुख अतिथिको हातबाट मायाको चिनो बितरण भएको थियो । प्रमुख अतिथिलाई संस्थाकि बरिष्ठ उपाध्यक्ष समिक्षा छिलिङ, उपाध्यक्ष निराजन निरौला लगायत संस्थाका पदाधिकारीहरुले मायाको चिनो वितरण गर्नुभएको थियो 
कार्यक्रमको समापन गर्दै संस्थाकि बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमकि अध्यक्ष समिक्षा छिलिङ राईले कार्यक्रम गर्न धेरै कठिन र चुनौतिपूर्ण भएपनि सबैको साथ, सहयोग, हौसला र उत्प्रेरणाले सहज महशुस भएको बताउनुभयो । जुनसुकै परिस्थितिमा भएर पनि संस्थाको निम्तोलाई स्विकार गरेर आउनु भएका सबै अतिथिहरुलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । बिर्तामोडको साइ पार्टी प्यालेसमा सम्पन्न कार्यक्रमको संचालन संस्थाकी सचिव जीना अधिकारीले गर्नुभएको थियो । अभागी थेगुवा, केशव आचार्य, भगवती ढुङ्गेल, बिराट किराँती, दिलिप घिमिरे लगायत थुप्रै अग्रज स्रष्टाहरुको उपस्थिति रहेको कार्यक्रमलाई सफल बनाउन संस्थाका सल्लाहकार भिम बिरही राईको ठुलो भुमिका रहेको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा आइतबारे युथ क्लबको आयोजनामा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको फाइनल खेलमा अाईतबारे युथ क्लब AYC गाडा गल्ली इनोभेटिभ बिच भएको खेलमा आइतबारे युथ क्लबलाइ १/३ गोल अन्तरले हराउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको छ ।

खेल सुरू भएको १० औं मिनेटमा गाडा गल्ली इनोभेटिभका टिम क्याप्टन नितेस राईले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १६ मिनेटमा अाईतबारे युथ क्लब आयोजकका सोनुहाङ लिम्बुले पनि १ गोल गर्दै दुबै टिमको खेल बराबरी बनाएका थिए भने फेरि पनि खेलको ३१ अौं मिनेटमा गाडा गल्लीका इनोभेटिभका सेवात मगरले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा खेलको २२ अौं मिनेटमा गाडा गल्लीका छिरिङ तमाङले थप १ गोल गर्दै आइतबारे युथ क्लब आयोजकलाई १/३ गोल अन्तरले हार चखाउदै गाडा गल्ली इनोभेटिभ स्वर्गीय मन कुमार इधिङ्गो स्मृति च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

त्यस्तै मैला तर्फ भएको फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच भएको थियो जस्मा सृजनसिल युवा समाजलाई ०–१ गोल अन्तरले हराउदै भोटेटार FC विजयी भएको थियो ।

असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका थिए ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि भएका थिए, प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो भने  दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रमाण प्रत्रले सम्मान गरिएको थियो ।

त्यस्तै आज भएको महिला तर्फको फाइनल खेलमा पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रमाण पत्रले सम्मान गरिएको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारि दिनु भयो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर अाइतबारे युथ क्लब आयोजका विशेष गुरूङ भएका थिए भने उच्च गोलकर्ता गाडा गल्लीका रिकि श्रेष्ठ भएका थिए ।

आज भएको फाईनल खेलमा गाडा गल्लीका सेवन मगर ,म्यान अफ द म्याच घोषित भएका थिए भने म्यान अफ द म्यान घोषित भएका मगरलाई  समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुको तर्फबाट पुरस्कृत गरिएको थियो ।

शनिबार भएको फाइनल खेलमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नू, भयो हाम्रो स्वाथ्यको लागि पनि खेलकुद अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा  बेस्त बनाई उनिहरुलाई कुलतमा फस्नबाट जोगाउन खेलकुदले ठूलो मदत, पुग्ने भएकाले यस्ता खेलहरूले अहिलेका युवाहरूलाइ स्वाथ्य क्षेत्रमा पनि निकै प्रभावकारी भुमिका खेल्ने बताउदै गाउँपालिकाको तर्फ बाट खेलकुदको क्षेत्रमा पालिकाको तर्फबाट सहयोग गर्ने साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

प्रतियोगितामा अतिथिहरूलाई स्वागत गर्न सेकमुरीफुङ याक्थुङ साप्तिम सयङ समेतको नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा ब्यस्थ बनाउने र उनिहरुकाे खेलकुदमा बेस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको क्लबका मिलन सुब्बा बताउनु हुन्छ

शनिबार सम्पन्न फाइनल खेलमा संस्थाका खेल संयोजक सुर्यमान सुब्बाको सभापतित्वमा भएको प्रतियोगितामा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता त्यस्तै अतिथिहरूमा वडा नं ४ का वडा सदस्य आइत राज साँवा टिमाई वेस क्यामका प्रमुख,राम लिम्बू, आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो समाज सेवि नवराज लिम्बू फोदराज शेर्मा, लक्ष्मि मावो, राजेन्द्र राई लगायतको उपस्थिति भएको कार्यक्रमको सन्चालन इन्द्र भण्डारीले गर्नुभएको थियो ।

११ दिनदेखि सम्पर्कविहीन मजदुरी गर्न भारत सिक्किम गएका इलामका ५ जना परिवारको सम्पर्कमा आएका छन् । इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, नरमाया बस्नेत, नरमायाका श्रीमान् २८ वर्षका कुमार बस्नेत र छोरी ९ वर्षीय खुसी बस्नेत सम्पर्कमा आएका छन् । यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की ‘सानु’ पनि बेपत्ता थिए ।

उनीहरू सबै सम्पर्कमा आएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले जानकारी दिए । उनीहरू इलामस्थित घर आज आइपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन् ।
उनीहरू सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माण कार्यमा ज्याला मजदुरीका लागि गएका थिए । गत असोज १७ गते टिस्टा नदीमा आएको बाढी पछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
नदीमा आएको बाढीले बगाएको लेदोका कारण त्यस स्थानमा पुग्न नसकिएको र टेलिफोन, विद्युत् सेवा पनि अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसक्दा उनीहरूको बाढीमा बेपत्ता भएको अनुमान गरिएको थियो ।


बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको त्यहाँका संचारमाध्यामहरूले जनाएका छन् ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।

 

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । घटनाको थप विवरण आएको छैन ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित पेट्रोलपम अगाडीको खेल मैदानमा प्रथम वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित आदर्श युवा क्लब बुधबारेको आयोजनामा विजया दशमि तथा शुभ दिपावलि साथै छट पर्वको अवसरमा यहि असोज २८ गते आइतबार देखि ३० गते मंगलबार सम्म प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आदर्श युवा क्लबको आफ्नै भवनमा शुक्रवार पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो ।आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठका अनुसार दशैँको अवसरमा यही असोज २८ देखि ३० गते सम्म बुद्धशान्ति ३ स्थित पेट्रोलपम अगाडिको खेल मैदानमा प्रतियोगिता संचालन हुने भएको हो प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहने प्रतियोगिता आयोजना समितिका कोषाध्यक्ष गोकुल पौडेलले बताउनु भयो

प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन,भने उपविजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।

स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि विविध कार्यक्रम सन्चालन गर्ने क्लबको उद्येश्य रहेको बताउदै असोज २८ गते देखि ३० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ लाख ५० हजार खर्च अनुमान गरिएको क्लबका सचिब दुर्योधन देवले बताउनु भयो ।

खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै आवस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा उत्तिकै चासो दिएर खेलाउने आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्त बनाउन र उनिहरुकाे बिकासमा टेवा पुर्याइ कुलतमा फस्नबाट जाेगाउन विभिन्न खेलको आयाेजना गरिरहेको क्लबका उपाध्यक्ष दिपक सुब्बाले बताउनु भयो ।

पहिलो पटक आयोजना गर्न लागिएको प्रथम वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताका लागि गाउँपालिकाले रू ७५ हजार अार्थिक सहयोग गर्ने भएको छ भने स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताईएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयमा आज एक कार्यक्रमको अायोजना गरि हाम्री अामा राम्री अामा ,हाम्रा नानिबाबु राम्रा नानिबाबु बनाउनमा भुमिका विषयक एक दिवसीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बुद्धशान्ति ३ स्थित श्री शिशु सुधार आधारभुत विद्यालयमा भएको कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद रिजालको अध्यक्षता बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाको प्रमुख अातिथ्यता बुद्धशान्ति गाउँपालिकाका शिक्षा साखा प्रमुख कमल निरौलाको बिषिष्ठ अातिथ्यता रहेको थियो ,।

श्री अादर्श माद्यमिक विद्यालयका शिक्षक हरिभक्त दाहालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सहजिकरण गर्नुभएको थियो २०० भन्दा माथि अभिभावक अामाहरूको उपस्थितमा कार्यक्रमको सहजिकरण गर्दै शिक्षक हरिभक्त दाहाले भन्नू भयो शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रमको शहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानि प्रसाद खतिवडाले भन्नू,भयो हाम्री अामा राम्री अामा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।

बुद्धशान्ति ३ स्थित शिशु सुधार अाधारभुत विद्यालयको सभाहलमा भएको कार्यक्रममा विद्यालय अक्षयकोष दाता साथै शिक्षक अभिभावक सघंकी अध्यक्ष सुशिला तिवारि वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाइ ,विद्यालयका सम्पुर्ण शिक्षक अभिभावक विद्यार्थी लगायतको उपस्थिति भएको कार्यक्रमको संचालन श्री शिशु सुधार अाधारभुत विद्यालयका प्रधानाध्यापक पदम कुमार थापाले गर्नुभएको थियो l

 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानको खेल मैदानमा जारी स्वर्गीय मन कुमार इधिङ्गो स्मृति कप खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको सेमिफाईनल खेलमा बुधबारे युनाईटेड FC र आईतबारे युथ क्लब आयोजक बिच भएको खेलमा बुधबारे युनाईटेड FC लाई २/४ गोलको अन्तरले हराउँदै अाईतबारे युथ क्लब आयोजक फाईनलमा प्रवेस गरेको छ ।

खेल सुरू भएको १० औं मिनेटमा बुधबारे युनाईटेड FC का पारस लिम्बुले पहिलो गोल गरेका थिए भने खेल सुरू भएको १५ अौं मिनेटमा आईतबारेयुथ क्लब आयोजका सागर रसाईलिले पनि १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए।

दोस्रो हाफमा खेलको १८ अौं मिनेटमा आईतबारे युथ क्लबका निमा तामाङले थप १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने निर्धारित समयको अन्तिममा निमा तामाङले फेरि पनि १ गोल गर्दै अाफ्नो टिममा ४ गोल बनाउन सफल भए भने बुधबारे युनाईटेडका पारस लिम्बुले पनि थप १ गोल गर्दै जम्मा २ गोलमा चित्त बुझाउनु पर्यो । खेलको निर्धारित समयमा बुधबारे युनाईटेड २/ अाईतबारे युथ क्लब ४ गोल अन्तरले हराउदै अाइतबारे लफाईनलमा पुगेको हो ।


त्यस्तै महिला तर्फको हुने भनिएको खेलमा छिमेकि युवा क्लब बिर्तामोडको टिम उपस्थिति नभएपछि खेलको नियम अनुसार अोकेबर गर्दै फाईनलमा पुगेको आइतबारे युथ क्लबका अध्यक्ष मिलन सुब्बाले जानकारी दिनु भयो ।

प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुने छ भने प्रतियोगिताको पहिलो विजेतालाई नगद रू ३० हजार ट्रफि मेडल प्रदान गरिने छ भने दोस्रो हुनेलाई नगद रू २० हजार ट्रफि मेडल प्रदान गरिने छ भने महिलको तर्फबाट पहिलो विजेतालाई ६०००/ साथै दोस्रो विजेतालाई ४०००/ ट्रफि मेडल प्रदान गरिने बताईएको छ ।


असोज २० गते शनिबार बाट सुरु भएको खेलमा पुरूष तर्फ ८ वटा टिम सहभागि रहेका छन् ,त्यस्तै महिला तर्फ ४ वटा टिम सहभागि रहेका छन २७ गते हुने फाईनल खेलमा अाईतबारे युथ क्लब आयोजक र गाडा गल्ली इनोभेटिभ बिच हुनेछ भने महिलाहरूको तर्फबाट हुने फाइनल खेलमा सृजनसिल युवा समाज र भोटेटार FC बिच हुने बताईएको छ ।


आज भएको सेमिफाईनल खेलमा आइतबारे युथ क्लबका अर्जुनधारा फुटबल क्लबका निमा तामाङ म्यान अफ द म्याच घोषित भएका थिए भने प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गर्दै अाएको र म्यान अफ द म्याच भएका खेलाडीलाई समाज सेवि तथा संस्थाका सदस्य नवराज लिम्बुलेको तर्फबाट पुरस्कृत गर्दै अाएको बताइएको छ ।


अाज भएको सेमिफाईनल खेलमा खेलकुद आइतबारे युवा क्लबका सल्लाहकार सदस्य हरि पुरी, समाज सेवि डिल्ली मावो, संस्थाका सचिब सनुहाङ माबो लिम्बू समाज सेवि नन्दकुमार इधिङ्गो झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेस दहाल,लगायतको उपस्थिति रहेको थियो

बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको विरोध तथा धर्ना कार्यक्रम बुद्धशान्तिमा रचनात्मक बन्दै गएको छ , ।
स्थानिय तह कर्मचारी संघर्ष समितीले धर्ना सङसगै विभिन्न रचनात्मक कार्यहरू गर्दै अाएको छ बुधबार रक्तदान कार्यक्रम सम्पन्न गर्दै धर्ना बसेको थियो भने, बिहिवार गाउँपालिका साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको संयोजकत्वमा बुद्धशान्तिका गाउँपालिकाका सम्पुर्ण कर्मचारी लगायतको उपस्थितिमा बुद्धशान्ती गाउँपालिका परिसर साथै भागिरथा बुद्धशान्ति अस्पताल वरपर सरसफाई गरिएको हो ।

एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष समिती समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

सरसफाई कार्यक्रमा कुरा गर्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नू भयो एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गर्न हिजो बुधबार पालिकाको पाङगण मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छौ भने , अाज अान्दोलन लाई थप रचनात्मक बनाउन पनि पालिका साथै भागिरथा अस्पताल वरपर सरसफाई कार्यक्रमा सम्पन्न गरेको संघर्ष समिति संयोजक कट्वाल बताउनु हुन्छ ।


धर्ना कार्यक्रमलाई जारी राख्दै अति अावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने र स्थानीय सेवाका कर्मचारीको वृति र विकास सम्बन्धी न्यायिक व्यवस्था नभएसम्म अान्दोलन जारि राखिने संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेको बताईएको छ ।


यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो ।

इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डरा हुने भएको छ ।दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १७ औ पटकको भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष आगामी कातिक ४ गते शनिबार फूलपातीको दिन मन्दिर परिसरमा आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनुभयो । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ८ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताउनुभयो । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनुभएको छ । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।
कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा समितिका सचिब एगा अर्यालले बताउनुभयो ।

मन्दिरको थप जिर्णेदार गर्नुपर्ने आवस्कयता रहेकाले सबै सग राय सुझाब सल्लाह र सहयोग माग गर्ने की भन्ने बिषयमा पाथीभरा समितिको बैठकमा छलफल हुदै गरेको पनि सचिब अर्यालले बताउनुभएको छ । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराउनुभयो ।

बुद्धशान्ति : स्थानिय तह कर्मचारी संघर्ष समिती बुद्धशान्तिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नेपाल रेड्क्रस सोसाइटी उपशाखा बुद्धशान्ती को संयोजन तथा नेपाल रेड्क्रस सोसाइटी झापा जिल्ला शाखा को प्राबिधिक सहयोगमा बुद्धशान्ती गाउपालिका परिसरमा
एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

स्थानिय तह कर्मचारी संघर्ष समितीका संयोजक देवेन्द्र कट्वालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष श्री मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो यस्तै कार्यक्रममा बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेल,
नेपाल रेडक्रस बुद्धशान्तिका सभापती पुष्प भट्टराई ,सदस्य टंक निरौला, रेडक्रस कर्मचारी सुसिला रिसाल, वडा नं ३ का वडा सदस्य दिपक सापकोटा, लगायतको अातिथ्यता रहेको थियो ।


स्थानिय नागरिक  गाउँपालिका,सम्पुर्ण कर्मचारी,भागिरथा बुद्धशान्ति अस्पताल, शान्तिनगर स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले समन्वयकारी भुमिका निर्वाह गरेको संघर्ष समितीका सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले बताउनु भयो ।

एकीकृत निजामती सेवा ऐन जारी तथा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको सेवा सुरक्षाको विषयको माग सहित गरिएको विरोध तथा धर्ना कार्यक्रमलाई रचनात्मक तवरले सन्चालन गरि विरोधका कार्यक्रम अघि सारिएको ब्यहोरा स्थानीय तह कर्मचारी संघर्ष  समितीका सचिव शिव श्रेष्ठले बताउनु भयो । संघीय सरकार सङ तिनै तहका (संघीय, प्रदेश र स्थानीय ) कर्मचारीहरुलाई सह-अस्तित्व रहने गरि समान दृस्ठिकोणबाट हेरिनु पर्ने र संघीय निजामती सेवा विधेयक २०८० लाई परिमार्जन गरि एकीकृत निजामती सेवा ऐन/विधेयक जारी गरि सम्पुर्ण संघीय, प्रदेश स्थानीय सेवाका कर्मचारीहरुलाई अपनत्व महसुस हुने किसिमको विधेक तयार गर्नुपर्ने तथा करार अस्थायी, र ज्यालादारी कर्मचारीहरुको उचित ब्यवस्थापन गरिनु पर्ने भनी केन्द्रीय संघर्ष समितीले अघि सारेको २० बुदे माग सम्बोधनका लागि विरोध तथा संघर्ष कार्यक्रम अघि सार्नु परेकोले जनतालाई समस्या भएको बताईएको छ ।


यो हाम्रो रहर नभइ बाध्यता रहेको र सरकारले यथा शिघ्र वार्ता र छलफलबाट निस्कर्ष निकाले हामी चाडो भन्दा चाडो जनताको सेवामा समर्पित रहि काममा फर्कन चाहना रहेको संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले बताउनु भयो । उक्त रक्तदान कार्यक्रममा १९ पिन्ट ब्लड सन्कलन भएको संघर्ष समितीका धिरेन्द्र यादवले जानकारी दिनु भयो ।

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य साथै कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै संघर्ष समिती संयोजक देवेन्द्र कट्वालले भन्नुभयो ,नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिएकाले पनि जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिने रहेछ भनेर कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।


विहिबार भागिरथा बुद्धशान्ति अस्पताल परिसर साथै गाउँपालिका सरसफाइको कार्यक्रम समेत तय गरिएको संघर्ष समिती का सह- सचिव तथा प्रवक्ता दुर्योधन (देव) सिंहले जानकारि दिनुभयो ।