April 14, 2025

झापाको बुद्धशान्ति गाउँपालिकामा प्रथम बुद्धशान्ति उपाध्यक्ष तेक्वान्दो प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

जयपुर तेक्वान्दो डोजाङ झापाको आयोजनामा जयपुर तेक्वान्दो डोजाङको हलमा सम्पन्न भएको प्रतियोगितामा झापाका १५ डोजाङ को सहभागिता रहेको थियो।

जयपुर तेक्वान्दो डोजाङका अध्यक्ष चन्द्र प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमूख आतिथ्यता साथै वडा नं २ का वडाअध्यक्ष डिल्ली प्रसाद ओलि समाजसेवि नेत्र गौतम,नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेल चन्द्र सूर्य युवा क्लब अध्यक्ष मेदनी घिमिरे, खेलकुद विकास समिति बुद्धशान्ति का अध्यक्ष भरत खतिवडा, झापा तेक्वान्दो संघ कार्यकारिणी अध्यक्ष बाबुलाल सुब्बा, वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा प्रतियोगिता निर्णायक जितेन मेचे, जिल्ला तेक्वान्दो कार्यकारिणी समिति पूर्व सदस्य दिपेन मेचे तथा पत्रकारको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।


प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नूभयो,आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु समेत आयोजना गरिने जानकारी दिनुभयो। खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन आगामी दिनहरुमा खेलकुदका हरेक क्षेत्रका खेलाडीहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो।

ज्ञानु भट्टराई  ।   झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको दलित विकास समन्वय समिति बुद्धशान्तिको आयोजनामा तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा असार ५ गते देखि ७ दिने उद्घोषण तालिम, ७ दिने पत्रकारिता तालिम, १० दिने चप्पल बनाउने तालिम, २० दिने नौमती बाजा बजाउने तालिम र १ दिने कानुनी सचेतना गोष्ठी तथा सवाल जवाफ कार्यक्रम गर्दै सोमबार समापन गरेको छ ।

राम जानकी मन्दिरको सभाहलमा भएको कार्यक्रममा दलित विकास समन्वय समिति बुद्धशान्ति अध्यक्ष वीरेन्द्र कुमार घतानीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमूख आतिथ्यता गाउँपालिका कार्यपालिका सदस्य भिम धमला,रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले (विकल्प), वडा नं १ वडासदस्य सुमित्रा रसाइली, वडा नं २ वडासदस्य बिमला बि.क.वडा नं ३ वडासदस्य लिला परियार, वडा नं ४ वडासदस्य दुर्गा ढुंगेल वडा नं ६ वडासदस्य प्रमिला परियार , नेकपा एमाले बुद्धशान्ति गाउँसमिति अध्यक्ष नेत्र रिजाल, बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र प्रसाद उप्रेती , दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य प्रेम कुमार ल्वागुन तालिम सहजकर्ता लगायत पत्रकारको आतिथ्यता रहेको थियो।

तालिममा सहभागीहरूलाइ प्रशिक्षक ज्ञानेन्द्र निरौला र नरेश खातीले उद्घोषण तालिम, दिनुभएको थियो त्यस्तै पर्वत पोर्तेलले पत्रकारिता सम्बन्धि तालिम,र कमल मगरातीले चप्पल बनाउने तालिम,सन्चालन गर्नुभएको थियो। कमल ठटाल र लालवीर सिवाले नौमती बाजा बजाउने तालिम गराउनु भएको थियो ।

रामजानकी मन्दिरको सभाहलमा भएको कार्यक्रममा सूर्य बहादुर बि.क.ले सामाजिक समावेशीकरण सम्बन्धी मनु दियालीले महिला र दलित महिला अधिकार सम्बन्धी र नरेश खातीले मानव अधिकार र इन्सेक सम्बन्धी तालिमको सहजिकरण गर्नुभएको थियो ।


समापन कार्यक्रमका शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउनु भयो । प्रमुख अतिथि खतिवडाले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम समेत संचालन गरेको बताउनु भयो, समापनमा प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिकाबाट आार्थिक वर्ष ७९-८० मा दलित समन्वय समितिलाई ८ लाख बजेट विनियोजन भएको थियो ।

उक्त बजेटबाट भर्खरै ५ मूक शिर्षकका तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । सोही बजेटको प्रयोग गरि ढाका बुन्ने सिप भएका एकल तथा विपन्न महिलाकाहरूका लागि ४ थान ढाका बुन्ने मेसिन वितरणको फाराम खुलेको साथै बुद्धशान्ति गाउँपालिका भरिका दलित परिवारको तथ्याङ्क सङ्कलन गरिने समेत समिति अध्यक्ष वीरेन्द्र कुमार घतानीले जानकारी दिएका दिनु भयो ।

बुद्धशान्ति गाउँपालिका वडा १ र ३ नम्बर वडाका निर्माणाधीन सडकको बिहिबार अनुगमन गरिएको छ ।

गाउँपालिका अध्यक्ष मनोज प्रसाईं ,उपाध्यक्ष भवानि खतिवडा ,प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल,योजना साखा प्रमुख मदन कडेल गाउँपालिकाका इन्जिनियर बिक्रम दहाल प्राबिधिक मन्जु धिमाल ,योजना शाखाका कर्मचारी तथा स्थानिय सरोकारवालाको संयुक्त टोलिले स्थलगत रुपमा अनुगमन गर्नुभएको थियो ।

आर्थिक वर्ष ७९-८० मा बुद्धशान्ति गाउँपालिकाको २५ लाखको लगानीमा निर्माण भएको वडा नं १ को पहाडी चोक वाट पश्चिम चिउरा मिल हुदै ईलामेलि चोक जाने १९६ मिटर कालो पत्रे सडक साथै ७९-८० मा गाउँपालिकाकै २५ लाखको लगानिमा निर्माण सम्पन्न भएको बुद्धशान्ति वडा नं ३ स्थित पिपल बोटे २०० मिटर कालो पत्रे सडकको निर्माण कसरी अगाडि बढेको छ, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले लापरबाही गरेको अवस्था छ छैन भनी अनुगमन गरिएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।

सो सडक टिमाई भ्यालि कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । मापदण्ड अनुरुप काम भए नभएको प्राविधिक जाँच गरिएको गाउँपालिकाका इन्जिनियर बिक्रम दाहाल ले बताउनु भयो ।


अनुगमनको लागि गएको टोलिसगँ कुरा गर्दै स्थानिय तेजराज खतिवडाले भन्नुभयो ,सडक निर्माणको क्रममा हामी स्थानिय आफै लागेर बनाएको र गुणस्तर भएको बताउनु भयो , गुणस्तर चेक गर्न कोर कटर मेसिन लगाईएको थियो ।

पहाडिचोक बाट पश्चिम चिउरा मिल चोकका स्थानियले आफै बसेर गरेको काम राम्रो र गुणस्तरिय भएकाले गाउँपालिका अध्यक्ष मनोज प्रसाईले सबैमा आग्रह गर्दैभन्नुभयो,

आफ्नो टोलमा निर्माण भैरहेको सडकको गुणस्तरीय सम्वन्धि खबरदारी गर्ने दायित्व र जिम्मेवारी सम्वन्धित टोल विकास संस्था र स्थानीय जनताहरुले निभाए,गुणस्तरीय सडक बन्नेछ भन्दै उहाले भन्नुभयो , भौतिक संरचनाहरु तपाई हाम्रो हो तपाई हामीले राज्यलाई तिरेको रकम नै बजेटमा रुपान्तरण भएर आएको तेसैले तपाईं हामिले पनि खबरदारी गर्न जरूरि रहेको बताउनु भयो।

केही दिन एता वडा नं १ मा सघन शहरि विभागले बनाएका सडकहरूमा चरम लापरवाही भएको भन्दै स्थानियले गुनासो गरेका थिए बुधबारे बजारको बेलटार चोक बाट उत्तर पुलचोक जाने सडक साथै नमुना भोटेटार सडक खन्डमा सडक गुणस्तरिय नभएकाले भत्किन थालेको भन्दै स्थानियले गुनासो गरेका थिए ।

आर्थिक वर्ष ७८/७९ मै ठेक्का लागेर काम सम्पन्न नगरि बसेको सघन शहरि विकास कार्यलयका प्राबिधिक सगँ बुज्दा पिच गरिएको सडकमा केही समय नभई लगत्तै सवारी साधन चलाउदा पानी पर्दा अथवा ठुला सवारी साधन चलाउदा पनि यस्तो हुन सक्ने भन्दै पन्छिन खोजेका थिए तर केही समय पछि स्थानियको गुनासो र आक्रोसले देखेपछि तेस्तो भएको ठाउँहरूमा हेरेर तत्कालै यसको रिपेरिङ गरिने बताउदै बाटो लागेका थिए ।

ज्ञानु भट्टराई ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्तिले शनिबार एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक आमा बुवा हरूलाई सम्मान गरिएको छ ।

“जेष्ठ नागरिक सँग युवा आवाज” भन्ने नाराका साथ बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा जेष्ठ नागरिक आमा बुवाहरूलाई सम्मान तथा दहि चिउरा र फलफूल खुवाउने कार्यक्रम सम्पन्न गरिएको थियो ।


युवा आवाज बुद्धशान्तिका अध्यक्ष सेमन्त पोखरेलको अध्यक्षता त्यस्तै अथितिहरूमा जेष्ठ नागरिक मञ्च बुद्धशान्तिका अध्यक्ष कृष्ण प्रसाद फुयेल,पुर्व बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष अर्जुन पाण्डे,राधा कृष्ण जेष्ठ नागरिक भेटघाट चौतारिका अध्यक्ष रोइत कुमार भट्टराई,लगायतको आतिथ्यता रहेको थियो ।

शनिबार राधाकृष्ण मन्दिरको साभाहलमा भएको उक्त कार्यक्रममा आफ्ना भनाईहरू राख्दै पुर्व गाउँपालिका उपाध्यक्ष अर्जुन पाण्डेले भन्नुभयो ,असल छोराले आफ्ना बुवा आमालाई सम्मान गर्दै श्रीमती र बुवा आमालाई मैत्रीपुर्ण तरिकाले मिलाएर उज्यालो भबिस्यको बाटोमा किन बढ्न सक्दैनन बुवा आमा तथा सासुससुराको अपमानद्वारा अगाडि बढ्न खोजीएको भविष्य कस्तो कति कष्टकर हुन्छ भन्ने कुरा अहिलेका थुप्रै छोराबुहारीले सोचेको पाइदैन बुवा आमाको आशिर्वाद नै संतानको लागी उर्जाबान हुने गर्दछ भन्दै आफ्ना भनाईहरू राख्नु भएको थियो ।

कार्यक्रमको सामापन गर्दै सभाअध्यक्ष सेमन्त पोखरेले भन्नुभयो जुन घरमा छोरा बुहारी बुद्धिमान र ज्ञानि हुन्छन् त्यस्ता घरहरु सधैं उज्यालो हुने गर्दछ ,बुवा आमाको न्यानो आशिर्बादले नै छोरा बुहारीको सम्मान र आदर पनि हुने गर्दछ यो दुनियाँमा सबै चिज खोजेर प्राप्त गर्न सकिन्छ तर जन्मदिने बुवा आमा कहिँलै प्राप्त गर्न नसकिने बताउनु भयो ।

युवा आवाज बुद्धशान्तिका कोषाध्यक्ष चिन्तामणी गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा युवा आवाजले आगामि दिनमा पनि प्रत्येक शनिबार आफ्ना वडाका सबै जेष्ठ नागरिक भेटघाट चौतारीमा युवा आवाज बुद्धशान्ति कार्यक्रम लिएर जाने संस्थाका सचिव देवेन्द्र भण्डारीले बताउनु भयो ।

समाजमा भएका नकारात्मक पक्षका विरुद्ध आवाज बुलन्द गर्दै जनचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले गैरराजनितिक,गैर नाफा मूलक कार्यक्रम गर्ने संस्थाको रुपमा यो संस्था स्थापना भएको समितिका सदस्य सुनिल भण्डारीले बताउनु भयो ।

हाल संस्थाका अध्यक्षका रुपमा सेमन्तराज पोखरेल, उपाध्यक्षमा रमेश नेपाल, सचिवमा देवेन्द्र भण्डारी, कोषाध्यक्षमा चिन्तामणी गौतम ,राम धिमाल ,कमल भुजेल, अनिल कोईराला ,रहनु भएको छ।

संस्थाका उपाध्यक्ष रमेश नेपालले संचालन गर्नुभएको कार्यक्रममा युवा आवाज बुद्धशान्तिका सचिव देवेन्द्र भण्डारीले अौचित्य माथि प्रकाश पार्नुभएको थियो ।

संस्था स्थापना भए देखिनै जनचेतना मूलक कार्यक्रम गर्दै आएको यस संस्थाले अन्तराष्ट्रिय लागुऔषध तथा अवैध तस्कर विरुद्ध दिवसको अवसरमा अषाढ ११ गते बुधबारे चोकमा जनचेतना मूलक कार्यक्रम समेत सम्पन्न गरेका थिए।

ज्ञानु भट्टराई  ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई शुक्रबार रेनकोट वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो ।

बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले बताउनु भयो । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो।


चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो बर्खायाममा भिज्दै काम गर्नु पर्ने र बिरामी हुने समस्या आइरहने हुन्थ्यो तर अब यो समस्या काम हुन्छ भन्दै रेनकोट वितरण गर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायलाई मजदुरहरुले धन्यबाद दिएका छन् । रेनकोट पाएपछि मजदुरहरू हर्सित भएका छन् ।

केही समय अघि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले सोही स्थानका मजदुरलाई गमबुट बितरण गरिएको बताईएको छ । अबको केही दिनमा वगानका काम गर्ने मजदुरहरूलाई पालिकाको सहकार्यमा स्वाथ्य सिविर सन्चालन गर्ने गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।

ज्ञानु भट्टराई   ।  आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्येश्यले झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्तिनिकेतन अङ्ग्रेजी मा बि ले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ ।


स्कुल जिवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले शुक्रबार २० औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०८० तथा असार १५ अर्थात् दही चिउरा खाने दिन आज मनाउदै रोपाईं लगायतका कार्यक्रम आयोजना गरिएको बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तथा विद्यालयका को अर्डिनेटर दिनेस लेप्चाले जानकारि दिनु भयो ,।

शुक्रबार भएको कार्यक्रममा विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईराला, भाईस प्रीन्सिपल रबिन कोईराला स्थानिय बासि अामा बुवा दाजुभाई दिदिबहिनिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो साथै बिद्यालयका शिक्षकले अध्यनरत विद्यार्थी हरूलाई धान रोपाँइको प्रयोगात्मक समेत गरिएको थियो

अबको शिक्षा व्यावहारिक, सिपमुलक र आय आर्जनमुलक हुनुपर्नेभएकाले किताबी ज्ञानमा मात्र विद्यार्थरुलाई सिमित नराखी ब्यवहारिक शिक्षा आजको प्रमुख आवश्यकता रहेको प्रीन्सिपल उदयचन्द्र कोईरालाले बताउनुभयो।

उक्त कार्यक्रमबाट विद्यार्थिहरुले धान दिवस र रोपाइँको महत्व स्पष्ट बुझेको विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईराले बताउनु भयो। रोपाइँ सकेर विद्यार्थीहरुलाई दहि चिउरा खाजाको रुपमा खुवाईएको विद्यालयका बिज्ञान शिक्षक सुनिल पौडेलले जानकारी दिनुभयो।


वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो। असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ । दहीच्युराको संस्कृति असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा सञ्चालन भएको १० दिने मुढा बनाउने साथै ५ दिने उद्घोषण तथा माईन्युट लेखन तालिम शुक्रबार समापन भएको छ ।

बुद्धशान्ति वडा नम्बर–४ को आर्थिक सहयोग साथै दलित समन्वय उपभोक्ता समितिको आयोजनामा मुढा बनाउने साथै उद्घोषण माईन्युट लेखन तालिमको समापन भएको हो ।


तालिममा वडाभरिका ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए त्यसमा मुढा बनाउने १६ जना र उद्घोषण तथा माईन्युट लेखनमा १५ जनालाई प्रशिक्षक नरेश खाति र शिंह बहादुर विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए ।

समापनका अवसरमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर वहादुर रायले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गर्नुभयो , सीप भए आत्मनिर्भर हुन सकिने उहाको भनाई थियो । हातको सीप सवैभन्दा ठुलो सम्पति हुने भएकाले यो कहिले नाश नहुने हुँदा सीप सिक्न जरूरी रहेको बताउदै स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीको बजारको उचित व्यवस्थापनमा स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस्ता सीपमुलक कार्यक्रममा गाउँपालिका र वडाले समेत बजेट विनियोजन गरेर वडामा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारको अवसर प्रदान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

दलित समन्वय उपभोक्ता समिति बुद्धशान्ति ४ काअध्यक्ष बालकृष्ण गजमेरको सभापतित्वमा भएको समापन कार्यक्रममा दलित समन्वय समतितिका सहसचिब अस्मिता वर्देवाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गरेकी थिईन, कार्यक्रममा सहभागीकातर्फबाट मनोज कुमार विश्वकर्मा कर्ण वहादुर लोहार र एन्जल नेपालिले आफ्नो धराणा राखेका थिए ।


बुद्धशान्ति गाउँपालिका वडा नं ४ को वडा कार्यलयको भवनमा भएको कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिव उमा विश्वकर्माले गरेकी थिईन।

समापन समारोहमा प्रमुख अतिथि र शेर वहादुर राय विशेष अतिथि पुर्व जि• वि• स• शुर्य वहादुर विश्वकर्मा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, सदस्य शशिकला विश्वकर्मा,आईत वहादुर सावा संजिव कुमार थेवे लगायतको उपस्थितिमा तालिममा सहभागिहरूलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।

ज्ञानु भट्टराई  ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा हालै निर्माण सम्पन्न भएको बुधबारे बजारको बेलटार बाट पुलचोक मेचि राजमार्ग निस्कने सडक साथै नमुना भोटेटार हालै निर्माण सम्पन्न भएको सडक गुणस्तरीय नभएको भन्दै स्थानिय उपभोक्ताले गुनासो गरेका छन।

निर्माण सम्पन्न भए लगत्तै सो सडक ठाउँठाउँमा भत्किएको साथै भर्खरै पिच गरेको कालो पत्रे सडकको बिच बाटोमा झार पलाएको भन्दै चौतर्फि जनगुनासो आएपछि बिहिवार जनप्रतिनिधीहरु राजनितिक दलका प्रमुख स्थानिय सरोकारवालाहरू सन्चारकर्मी लगायतको उपस्थितिमा स्थलगत अवलोकन गरिएको थियो ,अवलोकनका क्रममा सघन सहरी विभागले बनाएका सडकहरूमा चरम लापरवाही गरेको पाईएको छ ।


अवलोकनको क्रममा सडकका केही ठाउँमा कमसल सामग्रीका कारण बाटो भत्किएको देखियो । सो ठाउँका स्थानीय पुन्य उप्रेती तुलसा राय गिता उप्रेती बालकृस्ण खतिवडा , लगायतले सडक गुणस्तरीय नभएको बताएका थिए ।‘सडक स्तरीय बनेको छैन– स्थानीय बालकृस्ण खतिवडा भन्छन, ‘कालोपत्रे भएको केही दिनमा नै कालोपत्रे उक्किए छ । त्यस्तै स्थानीय पुन्य उप्रेतिले भने अहिले पनि सडकको अवस्था हर्ने हो भने केही ठाउँको कालोपत्रे हातले सहजै निकाल्न सकिने बताए ,केही स्थानियहरूले टोलीलाई सहजै हातले कालोपत्रे सडक उक्काएर पनि देखाए ।


एक वर्ष ढिलो गरि हालै काम पूरा भएको सो सडक कामनै सम्पन्न नभई सडकको कालोपत्रे उक्किएपछि सडकको गुणस्तरीयता माथि प्रस्न उठेको छ ,स्थानीयले पटकपटक स्तरीय सडक नबनेको बारे धेरै तिर कुरा उठाए पनि कसैले सुनुवाई नगरेको जानकारी दिए । सडकको स्तरीयताको बारे निर्माण कम्पनीलाई जानकारी गराउँदा झापाकै नमुना सडक बन्ने बताउँदै एक वर्ष भित्र विग्रिए बनाइदिने बताउनेे गरेको बताउछन ।


अवलोकनका लागि गएको टोलीले ठाउँठाउँमा सडक अवलोकन गर्दा आफूले प्रयोग गरेको मोटरसाइकल राखेको ठाउँमा मोटरसाइकलको स्टेनले समेत कालोपत्रे गरिएको सडक दबेको थियो । जसले पनि सडकको अवस्था स्तरीय नभएको देखिन्छ ।

 

बिहिबार बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष सहितको टोलीले सो सडकबारे जनगुनासो बढे पछि स्थलगत अवलोकन गरेको हो साथै आर्थिक वर्ष ७९/८० मा बुद्दशान्ति गाउँपालिकाले भुमि हिमालयन जेवि कम्पनिलाई ठेक्का दिएको होक्से चोक पुर्व २०० मिटर साथै जयपुर सडक खण्ड ६३५ मिटर साथै झम्के चोकबाट पश्चिम ५३० मिटर सडकको समेत अवलोकन गरिएको थियो सो सडकमा पनि ठाउँठाउँमा खाल्डा पर्ने पानी जम्ने साथै कम गुणस्तरको भएको स्थानिय बताउछन।


बुद्धशान्ति गाउँपालिकाका अन्य ठाउँमा सडक पनि कमजोर भएको स्थानिय बताउछन,गुणस्तरहीन काम भएको सडक काम सम्पन्न नभई भत्किएको जनप्रतिनिधिहरूले समेत गुनासो गरेका छन,सडक बनाएको केही दिनमै भत्किन थालेको छ ,बुद्धशान्ति गाउँपालिका वडा नं १ वडा अध्यक्ष अनिले वाग्लेले भन्नुभयो ,सडकको ठाउँ ठाउँमा झार उम्रिनु खाल्डा पर्नु राम्रो नपेलिनु लगायतले पनि सडक गुणस्तरिय नभएको बताउनु भयो ।

मापदन्ड अनुसार को काम नभएको ठाउँमा सम्बन्धित निकायलाई अनुगमन गरि तक्कालै कामको सुधार गर्नुपर्ने बताउनु भयो। नागरिकले राखेको गुनासो सहि छ , वडाले राखेको यस बिसयलाई सामान्य नलिन गम्भीर ध्यानाकर्षण गराउदै गुणस्तरहीन काम गर्नेलाई कार्बाही गर्ने बताउनु भयो ।

सडकको गुणस्तरको बारेमा पटक पटक ध्यानाकर्षण गराइए पनि अटेर गरेको स्थानिय सेखर भट्टराइले बताए गाउँपालिकाका प्राबिधिकको बेवास्था अनुगमन अभाव लगायतका कारणले सडक गुणस्तरहीन बनेको रजनि अर्याल बताउछन।

यस बिसयमा बुद्धशान्ति गाउँपालिकाका प्राबिधिक प्रमुख विक्रम दहाल सगँ बुज्दा पिच गरिएको केही समय नभई लगत्तै सवारी साधन चलाउदा पानी पर्दा अथवा ठुला सवारी साधन चलाउदा पनि यस्तो हुन सक्छ तेस्तो भएको भए तेस्ता ठाउँहरूमा हेरेर तत्कालै यसको रिपेरिङ गरिने बताएका छन ।

ज्ञानु भट्टराई  १२ असार , झापा  । पछिल्लो समय निर्वाचन आयोगले निर्वाचन आयोगको नाममा चरम भ्रष्टाचार गरिरहेको भन्दै यस बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिको २०८० /३/९ गते सम्पन्न निर्वाचनमा आर्थिक पक्षको मितव्ययीता प्रति खुसि व्यक्त गर्दै बुद्धशान्ति वडा नं ४ का युवाहरूले निर्वाचन समितिका ५ जनालाई सम्मान गरेका छन।

                    सबक सिकौँ
 आयोगको नाममा भइरहेको भ्रस्टाचार निर्मुल गरौँ

भन्ने उद्येस्यले निर्वाचन समितका
संयोजक :- Laxmi Mabo
सह-संयोजक : Nar Bahadur Thebe सदस्य :- Narendra Mishra
सदस्य :- Prakash Samsohang सदस्य :- मान बहादुर कालिकोटे लगायत ५ जनालाई सम्मान गरिएको थियो ,उनिहरूलाई खदा अविर साथै सम्मान पत्र द्वारा सम्मान गरिएको संयुक्त युवा परिवारका बुद्धशान्ति ४ का संयोजक अरून कुमार थेबेले बताका छन।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ भोगोलिक अवस्था र जनसंख्याको आधारले पनि विभिन्न सङ संस्था मा प्रतिनिधि छान्नलाई चुनाब नै गर्नु पर्ने भएकाले चुनाबको खर्च निकै बढेर गएको अवस्थामा श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिलाई १ हजार १ सय ८ जना मतदाता उपभोक्ता रहेको संस्थाको चुनाव खर्च जम्मा ५० हजारमै निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन समितिका ५ जनालाई सम्मान गरेको संयुक्त युवा परिवार बुद्धशान्ति ४ का सह संयोजक पुर्ण सुहाङले बताएका छन ।

पछिल्लो समय संयुक्त युवा परिवार बुद्धशान्ति ४ सामाजीक कार्यमा निकै अगाडी देखिन्छ।

 के के गरे सामाजिक कार्य  ?

बिगत केही बर्ष देखि वडा नं ४ परिसर भित्रका सार्वजानिक स्थल मठ मन्दिर गुन्बाहरूमा सरसफाई , स्थानिय युवाहरूलाई लागू अौषध दुर्व्यसनि बाट टाढा राख्न जनचेतना मुलक कार्यकमको पहल,

लकडाउनको समयमा बुद्धशान्ति स्काउटले आयोजना गरेको कोरोना पिडितहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यमा उहाँहरु सँगै घर घर गएर वितरण गर्ने कार्यमा सहयोग, ४ नम्बर वडा भरिका अव्यवस्थित बिजुलीका पोलहरुलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराई चाँडो भन्दा चाँडो फेरबदल गराउने कार्यमा सहयोग ।

स्थानीय युवाहरुलाई लागू अौषद दुर्व्यसनबाट टाढा राख्न विभिन्न सामाजिक कार्यहरुमा जोड्ने पहल, २०७९/११/२७ गते ४ नं वडा कार्यलयको सहयोगमा नि:शुल्क आँखा शिविर गुराँस बस्तीमा सञ्चालन गरि १०१३ जनालाई सेवा प्रदान ।

खेलाडिहरूलाई प्रोत्सानहन गर्ने उद्येस्यले वडा नं ४ भित्रका विभिन्न युथ क्लबहरुलाई खेलकुद सामाग्री वितरण,
२०८०/२/२६ गते नं ४ वडा कार्यलयको सहयोगमा श्री नवज्योति सामुदायिक बन परिसर भित्र कुम्बिखाल नवज्योति सिमसार क्षेत्र सरसफाइ तथा रङरोगन गरि आन्तरिक पर्यटकिय स्थलहरुलाई थप आकर्षक बनाउने लगायतको कार्य गर्दै आएको संयुक्त युवा परिवारका संजोजक अरून कुमार थेबेले बताएका छन।

युवा कल्बको भावी योजना के छ  ?

वडा नं ४ का विभिन्न सामाजिक संघ-संस्थाहरुमा भईरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध साङ्केतिक कार्यक्रमहरु गरि सचेत गराउने ,

हरेक टोलका विभिन्न दलमा आवद्ध युवा युवतीहरुलाई एक ढिक्का बनाई सामाजिक गतिविधिहरुमा सरिक बनाउने ,

सकरात्मक सोच भएका र सक्षम युवाहरुलाई नेतृत्व गर्ने गरि अगाडि बढाई थप युवाहरुलाई प्रोत्साहन गर्ने ,

४ नम्बर वडा भित्रका बन्दै गरेका आन्तरिक पर्यटक स्थलहरुलाई व्यवस्थित बनाउन विभिन्न निकायमा पहल गरि प्रवर्द्धन गर्ने,

गरिब दुःखी र असहायहरुका निमित्त अग्रजहरुको सुझाव अनुरुप विभिन्न कार्यक्रम मार्फत सहयोग जुटाउने
कल्बका संयोजक अरून कुमार थेबेले बताएका छन, ।

ज्ञानु भट्टराई      झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री बर्ने स्किम खानेपानि तथा सरसफाई उपभोक्ता समितिको शनिबार भएको निर्वाचनमा अध्यक्ष पदमा फेरि पनि फौदराज शेर्मा विजयी भएका छन् ।

शनिबार बेलुका करिब ८ः३० बजे सम्पन्न मतगणना अनुसार शेर्माले ५३२ मत प्राप्त गरे उनी तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।


शेर्माका प्रतिस्पर्धि मान बहादुर तामाङले २२२ मतमा चित्त बुझाए । भने अमर सावा ले २८ मतमा चित्त बुझाउनु पर्यो । तामाङलाई ३१० मतको फराकिलो मतान्तरले हराउँदै शेर्मा निर्वाचित भएका छन,।अध्यक्ष पदका लागि ३ जनाले उमेरद्वारि दिएका थिए ।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ निवासी ५९ वर्षीय शेर्माले यस अघि दुई कार्यकाल अध्यक्ष भएर काम गरिसकेका छन् । शेर्मा पाचथर माङ्जाबुङ्ग गाउँपालिका वडा नं २ मा जन्म थलो बनाई २०४८ सालमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ सृजना बस्तिमा कर्मथलो बनाई विभिन्न संघ संस्थामा रहेर काम गर्दै आएका थिए ।

शेर्मा २०६९/३/८/ निरबिरोध बर्ने स्किम खानेपानि तथा सरसफाई उपभोक्ता समितिमा अध्यक्ष पदमा निर्वाचित भएका थिए,। बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित अमर बस्ति सृजना बस्ति बाजोखेत जुनेलि बस्ति धर्म मार्ग गुरास बस्ति मेचिनगर ९ मागुरमाडी लगायतका क्षेत्रमा खानेपानीका विषयमा कुनै समस्या देखिँदा त्यसलाई तत्काल हल गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पुर्याउने काममा उनको भूमिका रहँदै आएको थियो ।

शेर्मा अध्यक्ष पदमा ५३२ मतले ले विजयी भएका छन,। भने सचिव पदका प्रदिप राईले ३२४ मतले विजयी भएका छन । सचिव पदका लागि राईका प्रतिस्पर्धी शुक्रराज लिम्बुले २४६ मतमा चित्त बुझाए भने सैलेन्द्र लिम्बले १७३ मतमा चित्त बुझाउनु पर्यो । सचिवको पदमा पनि ३ जनाले उमेद्वारी दिएका थिए ।


सह सचिवमा निर्विरोध करण योङ्हाङ निर्वाचित भएका छन । एता कोषाध्यक्ष पदमा बबिता लिम्बुले ३८८ मत ल्याएर विजयी भएकी हुन भने उनका प्रतिस्पर्धी कमला थाम सुहाङले ३४९ मतमा चित्त बुझाउनु पर्यो ।

त्यस्तै,खुला सदस्यमा निर्विरोध रनकुमारि लिम्बु,निसा लिम्बू ,छबिलाल लिम्बू ,थरेन्द्र पोख्रेल, सुरेन्द्र लिम्बू ,लोकानाथ पौडेल चुनिएका थिए ।


उपाध्यक्ष पदकमा दिलकुमार करण लावुङ्ग ३७० मत ल्याएर विजयी भएका छन, भने उनका प्रतिस्पर्धी पत्रुस राईले ३२८ मतमा चित्त बुझाका छन।

संस्थाका १ हजार १ सय ८ जना मतदाता रहेकोमा ८ सय ७२ मतको गणना गरिएको थयो । २९ मत बदर भएको थियो ।

समितिको कार्यकाल चार बर्से हुने प्रावधान रहेको छ ।