इलामका एक व्यक्तिले आफ्नै १४ वर्षीया नातिनीलाई जवर्जस्ती करणी गरी गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन् ।
६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्ष यता करणी गर्दैआएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ । दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पछिल्लो एक वर्ष यता बालिकालाई पटक–पकट करणी गरेको र गर्भ समेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाह भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश जबेगुले बताउनुभयो । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा पछिल्लो समय भित्री सडकमा खुल्ला रुपमा छाडा छोडिएका कुकुरहरले विद्यालय आसपासका छेत्रमा विभिन्न खाले दुर्घटना बढिरहेको हुनाले साथै व्यक्तिगतरुपमा पालिएका घरपालुवा कुकुर लाई कुकुरधनिहरूले सार्वजनिक स्थल तथा छिमेकीका घरआँगन छेउछाउमा डुलाउने क्रममा फोहोर मैला हुने गरेको र उक्त फोहोर मैलाले छिमेकि हरूलाई समेत असर पुर्याएको भन्दै यसको उचित व्यवस्थापन गर्न गराउन बुद्धशान्ति गाउँपालिकालाई विभिन्न प्रस्तावहरु सहित ध्यानाकर्षण पत्र बुझाएको बुद्धआदर्श मा वि व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले जानकारि दिनु भयो।
पछिल्लो समय बुद्धशान्तिको पुलचोक पहाडी चोक बुद्धआदर्श विद्यालयको हाता वरपर जयपुरचोक वालुवाटार चोक लगायतका स्थानहरूमा रहेका भुसिया कुकुरहरूले अातङ्कनै मच्चाउने गरेका छन,।
केहिदिन यता सडकमा ५ देखि ७ वटा सम्म हुल बाधिएर हिनेका कुकुरहरूले विद्यालय जाने आउने क्रममा विद्यार्थीहरुलाई झम्टने गरेको र भाग्ने क्रममा घाइतेसम्म हुने गरेको बताईएको छ । सडकमा कुद्ने बाइक चालकलाई झम्टने र पछ्याएर खेद्ने गरेको तथा उक्त कारणले दुर्घटना हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारिले बताउनु भयो , उहाँलेभन्नू केही समय अगाडि बुद्धशान्तिकै सडकमा छाडा छोडिएका भुसिया कुकुरकै कारण बुद्धशान्तिकै स्थानियको मोटरसाईकल दुर्घटना साथै कार दर्घटना समेत भएको साथै अाज भोलि त छाडा छोडिएका भुसिया कुकुरले खेतबारिमा चराउन बाधिएका पशु चौपायलाई टोक्ने,र टोकाइका कारणले मर्ने गरेको हुँदा आर्थिक भार समेत ब्यहोर्नु परेको बताउनु भयो ।
आफ्नो घरमा पालेको कुुकुरलाई डुलाउने क्रममा सार्वजनिक स्थल तथा छिमेकीको घरआँगनहरुमा दिसा पिसाब गराएका कारण फोहोर मैला हुने गरेको स्थानिय सारदा दाहाल बताउनु हुन्छ ।
सोमबार गाउँपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा साना साना बच्चा र विद्यालयका विद्यार्थीहरुलाई कुकुर अक्रमणबाट सुरक्षित ढंगले आवत जावत गर्न उचित व्यवस्था गर्नु पर्ने ।
घरपालुवा कुकुरलाई सार्वजनिक स्थल तथा छरछिमेकमा असर पर्ने गरी नघुमाउने र दिसापिसाब नगराउने वातावरण मिलाई नीतिगत ढंगले दीर्घकालीन रुपमा समस्याको समाधान गर्न पहल गर्ने साथै नियमलाई कार्यान्वयन नगर्ने सम्बन्धित कुकुरधनीलाई कार्वाहीका दायरामा ल्याउनु पर्ने लगायतको माग राख्दै सोमबार गाउँपालिकालाई ध्यानाकर्षण
बुझाएको बताईएको छ ।
नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।
बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
बुद्धशान्ति स्थित कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले हिजाे ठक्कर दिँदा घाइते भएकी ८ बर्षीया बालिका समिक्षा बस्नेतकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
उनी स्थानीय ज्याेती अङ्ग्रेजी मावि कि विद्यार्थी थिइन,
बारामा नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ ।
बालबालिका चोरी गरेको आरोपमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक डाँगीले बताए । आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।
उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति भागिरथा अस्पतालमा आज बाट तीन जना MBBS डाक्टर हरूबाट सेवा सुरु भएको छ ।
बुद्धशान्ति भागिरथा अस्पतालमा डा.सुमेश चौधरी डा.सुमन शिवाकोटी को सेवा अस्पताल बाट भैइरहेको अवस्थामा डा.आविस दाहाल को पनि आज बाट सेवा सुरु भएको छ ।
साथै बिरामीहरु लाई सहजताको निम्ति अस्पतालले टोकनको सुविधा पनि सुचारु गरेको छ। अस्पतालमा पालो पर्खनु पर्ने लगायत बिभिन्न कारण केही समय कुरेर बस्दा कुरूवालाइ साथै बिरामि हरूलाई पनि सहजै सँग समय बिताउन सजिलो होस, भनेर LED टेलिभिजन को ब्यवस्था गरिएको साथै थप सेवा वृद्धिका निम्ति कार्यहरु समेत भईरहेको रहेको बुद्धशान्ति गाउँपालिकाका स्वाथ्य साखा प्रमुख धिरेन यादबले जानकारि दिनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.-३ स्थित प्रणामी मन्दीर छेउमा पर्ने जयपुर बुधबारे सडक खण्डमा अहिले बिहान ९:४० बजेको समयमा पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको मे १ क ८६० नं को कर्णाली एजुकेशन फाउण्डेसन को स्कुल बसले ठक्कर दिदा सोही स्थानको शाखा बाटोबाट मुल बाटोमा ज्योती बोर्डिङ स्कुलमा पढने बिद्यार्थी पुर्याउने जाँदै गरेको साईकल चालक बुद्धशान्ती गा.पा.वडा नं १ बस्ने खड्क प्रसाद बस्नेत की श्रीमती बर्ष ३५ की रिता बस्नेत घाईते भएको र साईकलमा सवार छोरी बर्ष ८ की समिक्षा बस्नेत लाई कम्मर मुनी चोट लागि गम्भीर घाईते भएकि छिन साथै छोरा बर्ष ५ को सन्दीप बस्नेतको (बाँया खुट्टामा चोट लागि घाईते भएको र घाइतेहरूलाई उपचारको लागि बिर्तामोड स्थित B&C हस्पिटल लगिएको इलाका प्रहरि कार्यलयका प्रमुख प्रविन भट्टराईले जानकारि दिनु भयो ।
चालक तथा उक्त बस इलाका प्रहरि कार्यलय बुधबारेमा राखिएको बताईएको छ ।
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा घरपालुवा कुकुरलाई सडकमा लगेर दिसापिसाब गराउनेमाथि कारबाही गर्न आवाज उठेको छ ।
२१ औँ नगर कार्यपालिका बैठकमा ‘कुकुरको व्यवस्थापन सम्बन्धी कार्यविधि’माथिको छलफलमा भाग लिँदा वडाध्यक्ष मुकुन्द रिजालले यस्तो कार्यमा कतिपय भीआईपी भनिने मान्छेहरुनै सक्रिय रहेको भन्दै यसबारे महानगरको ध्यान जानुपर्नेमा जोड दिए ।
‘घरमा कुकुर पाल्ने र बाटोमा छाडेर ट्वाइलेटै बाटोमा बनाउन पाइन्छ कि पाइँदैन ?’, उनले भने, ‘धनीमानि ठुलाबडा, अलि ठुला पदमा पुगेका मानिसहरू नै मर्निङवाकमा शेर जत्रा कुकुर लिएर निस्कने र बाटोमा दिसापिसाब गराउने प्रवृत्ति छ। यस्तो कार्यमा संलग्नमाथि महानगरपालिकाले कारबाही गर्नुपर्छ ।’महानगरले टोली परिचालन गरेर जरिवाना गर्न थाले यस्तो कार्य रोकिने उनको भनाइ थियो ।
बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको उक्त बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सगत, वातावरण समिति, विधायन समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल र वित्त समितिका संयोजक ईश्वरमान डंगोलले आफ्ना समितिअन्तर्गतका प्रस्ताव पेस गरेको महानगरपालिकाले जनाएको छ । बैठकमा विविधसहित २१ वटा प्रस्ताव थिए ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्ती निकेतन अङ्ग्रेजी मा.बि ले हरेक हप्ताको शुक्रवार गुड फ्राईडे”को रुपमा विद्यार्थीहरुको सर्वब्यापी बिकासको लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै आईरहेकोमा यस हप्ताको शुक्रवार देखि ब्यवहारिक ज्ञान सिकाउन सुरु गरेको छ।
विद्यालयले मिति भदौ १ गते शुक्रवार बाट कक्षा ८,९,१० का विद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउन थालिएको बुद्धशान्ति गाउँकार्यपालिका सदस्य तथा विद्यालयका कोअर्डिनेटर दिनेश लेप्चाले जानकारी दिनु भयो।
गाउँ घरका ज्येष्ठ नागरिक तथा आमाहरुले मात्र गाँस्न जान्नुहुने भएकाले अहिलेको पिढीले यस्ता ब्यवहारिक ज्ञान नसिके निकट भबिस्यमा यस्ता ज्ञान लोप भएर जाने साथै आफ्ना घरमा गाउँमा हुने शुभ अशुभ सबै कार्यहरूमा समेत दुना टपरी प्रयोगमा आउने भएकाले आफुसँग भएको सीप जतिबेला पनि प्रयोगमा आउने भएकाले पनि अहिले साना साना नानिहरूलाई पनि यस्तो व्यवहारिक ज्ञान सिकाउन सुरू गरिएको विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईरालाले बताउनु भयो ।
यस्तै दुना टपरी हरेक घरको शुभकार्य गर्दा आवश्यकता पर्ने भएकाले र घरवरपर नै सहजै उपलब्ध हुने रुखका पातहरुबाट बनाउन सकिने भएकाले बिनाखर्च आफ्नो सीप प्रयोग गरि यसलाई बनाउन सकिने विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईरालाले बताउनु भयो।
विद्यालयका बिज्ञान बिषयका शिक्षक सुनिल पौडेल साथै अन्य शिक्षकहरु विशाल शिवाकोटी,भेस चाम्लिङ,कृष्ण घिमिरेद्वारा सहजिकरण गरिएको कार्यक्रममा शिक्षकहरु कबिता भण्डारी,रचना ढुंगाना,भिक्टोरी श्रेस्ठ लगायतले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो।
ज्ञानु भट्टराई : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा हुने आम निर्वाचनमा झापामा जनताले रास्वपाका उम्मेद्वारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताउनु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित पुरानो टिमाई शिविर नवनिर्मित सब्जि मण्डीको प्राङगणमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफुहरु जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परिक्षा लिन आग्रह गर्नुभयो ।
“काम गर्न सकेनौँ भने,यो क्षेत्र घण्टी निशेधित बनोस् ।” बर्षौ देखि जितेका नेताले बुद्धशान्तिमा के परिवर्तन गरे? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “तपाईहरुलाई अपेक्षा गरिएको छ । बुद्धशान्ति अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन,कृषि,उद्योग,शिक्षा,सडक हरेक क्षेत्रको विकास हुन सकको छैन ।”
कांग्रेस,एमाले र माओवादीहरुले गर्न सक्नेजति गरिसकेको लामिछानेको दाबी छ । “उनिहरुको क्षमता यति नै हो केही गर्न सक्दैनन् ।” उहाँले भन्नुभयो, “यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन कान्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ । र, देशमा औँलाले गन्न सकिने बाहेक नेता जेलको छिँडीमा सडिनेछन् ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुद्धशान्तिमा आई यहाँकाे सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्तिले शुक्रबार आयाेजना गरेकाे भेटघाट कार्यक्रममा बाेल्दै उहाँले भन्नू भयो बुद्धशान्तिमा हसने हात्ती आतंक सुकुम्बासीका समस्या साथै बुद्धशान्तिको विकाश बिस्तार र प्रबर्धन राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिक्तामा राखेर काम गर्ने बताउनु भयो ।
शुक्रबार भएको भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाई, काेशी प्रदेश इन्चार्ज ओम भण्डारीले सम्बाेध गरेका थिए भने पार्टीका क्षेत्रीय सदस्य कमल श्रेष्ठले स्थानीय विषय समेटिएको प्रतिवेदन वाचन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्ति वडा नं ४ का अध्यक्ष रोसन कटुवालले जानकारि दिनु भयो
रास्वपाको उदयबाट आत्तिएकाहरुले आफुहरुको आलोचना,टिकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ । जति नै गाली गरेपनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागी आम निर्वाचन पर्खन उहाँले चेतावनी दिनुभयो ।
“हामीलाई शिद्धान्त विहिन पार्टी भन्दै खेदो खन्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो शिद्धान्त छ । यो कुन शिद्धान्त हो? हामीलाई थाहा छैन । वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने,उपचारमा लैजाने हाम्रो काम हो । यो कुन शिद्धान्त? कुन वाद? कुन नीति हो? हामिलाई थाहा छैन ।” यी शिद्धान्त मन परेमा रास्वपासंग सम्झौता गर्न रविको आग्रह छ ।
चड्कारो आवाजमा चोटिलो भाषण गर्न खप्पिस लामिछानेले छोटो मन्तब्यमा अगामी निर्वाचनका लागी मिठो शैलीमा भोट माग्नु भयो । “आज भोलि नै चुनाव आउँदैन । तर , हेर्दा हेर्दै चुनाव आउँछ । त्यो बेला यहाँका पुराना नेता हो न हो हुनेगरी भोट माग्न आउनेछन् ।” उहाँले भन्नुभयो, “तपाईहरु विकसित देशका जनताले जस्तै शान्त विद्रोह गरेर रास्वपाको चुनाव चिन्हमा भोट हाल्नुहोला ।”