झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिले सोमबार एक कार्यक्रमको आयोजना गरी लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि ३ दिने तालिम बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित उध्योग बाणिज्य संघको सभाहलमा आज बाट सुरू गरेको छ ।
पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी अध्यक्ष छत्रकुमारी फुयल( गंगा आचार्यको ) अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा कार्यपालिका सदस्य नर्बदा चापागाँई वडा सदस्य दिपक सापकोटा पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्र बुद्धशान्तिकी संस्थापक अध्यक्ष यमुना चापागाँई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा आचार्य अधिकारीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा पाथिभरा महिला सामुदायिक नागरिक विकास केन्द्रकि अध्यक्ष छत्रकुमारी फुयल गंगा आचार्यले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै यस्ता कार्यक्रमहरूले महिलाका बिरूद्व हुने हिंसा रोक्न र अन्त्य गर्न जागरूकता बढाउने महिला हिंसा विरूद्धका आवाजहरूलाई जोड्ने र प्रेरित गर्दै सुचना जानकारी हरू आदान प्रदान गर्न कोसिस गर्ने बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
महिला हिंसा विरुद्धको कार्यक्रमहरु बन्द कोठाभित्र गर्दा प्रभावकारी हुन नसकेको भन्दै प्रमुख अतिथि चेम्जोङले
महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको बताउँदै महिला हिंसाको अन्त्य नहुने बताउनु भयो ।
घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको भन्दै महिला हिंसाको सम्बन्धमा प्रशस्त कानुन भए पनि कानुन कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको बताउदै उहाँले भन्नुभयो ।
बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो ।
अतिथि चेम्जोङले राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको बताउदै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्य पालिका सदस्य नर्बदा चापागाँईले पछिल्लो समय महिला हिंसा बढिरहेको बताउँदै ,यस्ता खालका घटनालाई रोक्न पाथिभरा महिला सामुदायिक नागरीक विकास केन्द्रले जनचेतना मुलक कार्यक्रम आफ्नो वडामा पनि ल्याई दिएकोमा संस्थालाई धन्यवाद दिदै बुद्धशान्तिका अरू वडाहरूमा पनि यस्ता खाले कार्यक्रमहरू आवस्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा उपस्थित भएका ४० जना सहभागी हरूलाई बिराटनगर बाट आउनु भएका तालिम सहज कर्ता सेवक बजगाँईले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण गराउदै उहाँले भन्नुभयो हाम्रो समाजमा अझै पनि महिलालाइ पुरुषभन्दा कमजोर मानि फरक व्यवहार गरिएका थुप्रै घटना हरु भेटिन्छन उहाँले भन्नू भयो ।
महिला भएकै कारणले उनीहरुमाथी फरक व्यवहार बाट उत्पन्न शारीरिक, मानसिक, घरेलु हिंसा,यौन शोषण,चेलीबेटी बेचबिखन र ओसारपसार दाइजो प्रथा,बोक्सी को आरोप मा दिईने यातना, गरिबी,गालीगलौज, बहुविवाह, जबरजस्ती बिवाह आदि बाट पनि महिलाहरू हिंसामा परेको बताउनु भयो।
बुद्धशान्ति उध्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अथिति हरूलाई संस्थाकी उपाध्यक्ष तुलसा पौडेलले खदा द्वरा स्वागत गर्नुभएको थियो।
कार्यक्रमको संन्चालन संस्थाकी सहसचिब लक्ष्मी श्रेस्ठ प्रसाईले गर्नुभएको थियो ।








कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यपालिका सदस्य सन्जु पौडेलले हामीले देखेका छौ आफ्नै घरपरिवार मा आफ्नै बाबुबाट तिरस्कृत भएर पनि चुपचाप बस्न बाध्य छन, कति छोरिहरू आफ्नै आमालाई सुनाउदा आमाले भन्छिन छोरी तिमी हाम्रो घरको ईज्जत हौ यो कुरा बाहिर ल्याउन हुदैन भन्ने कुराले पनि कतिपय घरमा नारी हरू हिंसामा परेको हाम्रै आँखा अगाडि स्पष्ट देखिरहेका उदाहरण रहेको बताउदै बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि पाथिभरा महिला सामुदायिक नागरिक सचेतना विकास केन्द्रले ठूलो भुमिका खेलेको बताउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित भएका ४० जना सहभागी हरूलाई काठमान्डौ बाट आउनु भएकी अधिवक्ता इन्दिरा न्यौपाने साथै झापाको शनिश्चरे बाटआउनु भएकी अधिवक्ता रन्जिता कार्कीले प्रशिक्षण दिनुभएको थियो ।

कागजरहित अवधारणा अनुसार अघि बढेको इटहरीले घर–नक्साको काम विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था मिलाएको हो । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख पौडेलले बताए ।
यो प्रणाली अनुसार घर नक्सा दर्तादेखि सम्पन्नताको प्रमाणपत्र दिनेसम्मका काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उनको दाबी छ ।







सिद्धार्थ बौद्ध गुम्वाका अध्यक्ष चोकबहादुर बलम्पाकी मगरले स्वागत गरेको कार्यक्रमको संचालन नेपाल मगर संघ बुद्धशान्तिका सह–सचिव लक्ष्मण मगरले गरेका थिए ।


त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ध्रुव ओली, माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङ, राम जानकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भगवती शर्मा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य धनकला अधिकारीले गरेकी थिइन् ।









होक्से कृषि सहकारी संस्था, संरक्षित महिला बचत तथा ऋण सहकारि संस्था, बुद्धशान्ति होक्से नेटवर्क प्रा लि , एभरेष्ट साबुन उधोग लगायत का संघ संस्था हरु को आथित्य रहेको कार्यक्रम मा बुधबारे जेसीज का निबर्तमान अध्यक्ष जेसिआई सिनेटर मुकेश भट्टराई मानार्थ सदस्य जेसी दिपेन सिटाैला , पुर्व अध्यक्ष तथा बुद्धशान्ति वार्ड नं १ का वार्ड अध्यक्ष जेसी अनिल वाग्ले, पूर्वाध्यक्ष जेसी नन्द कुमार याफु राई, पूर्व अध्यक्ष जेसी हेमन्त बराल, पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारी, पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल, समाजसेवी पुरन बरालको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक बुधबारे जेसीज का सहकोषाध्यक्ष जेसी अच्युतराज ढकाल ले स्वागत गरेको कार्यक्रम मा सभापति ढकाल ले कार्यक्रम को औचित्य माथि प्रकाश पारेका थिए भने पुर्व अध्यक्ष जेसी अनिल वाग्ले , होक्से कृषि सहकारि संस्था का अध्यक्ष चन्द्रमणी बराल , समाजसेवि तथा तिनतले सामुदायिक बन का उपाध्यक्ष पुरन बराल , बुद्धशान्ति होक्से नेटवर्क का प्रवन्धक भुवन थापा ले शुभकामना मन्तब्य राखेको कार्यक्रम महासचिब जेसी कुशल अधिकारि ले संचालन गरेका थिए।
कार्यक्रममा बुधबारे जेसीज का बोर्ड का पदाधिकारि लगायत सदस्य हरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तब्य राख्ने क्रम मा बुद्धशान्ति होक्से नेटवर्क प्रा लि का प्रवन्धक भुवन थापा ले बुधबारे जेसीज ।सँग सहकार्य गर्दै अगाडि बड्न ईच्छुक रहेको जानकारि गराउँदै जेससीज भवन मा निशुल्क रुपमा नेट जडान गर्दिने प्रतिबद्धता व्यक्त गरेका थिए।


