झापाको बुद्धशान्ति गाउँपालिका वाड नं ३ मा रहेको जयगंगा धर्मकाँटा तौल पुल आइतबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।
दुर्घटना न्यूनिकरण महाअभियान अन्तरगत आइतबार तौल पुलको उद्घाटन गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग ट्रक कमिटिको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष मंगलसिंह राईको अध्यक्षतामा भएको थियो। त्यस्तै कार्यक्रमको प्रमुख अतिथिका रुपमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख रुद्र प्रसाद न्यौपाने रहेका थिए ।

संस्थाका केन्द्रीय कमिटिका उपमहासचिव देवी प्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख अनिल माबोहाङ, इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रविन भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका तर्फबाट प्रहरी नायव निरिक्षक जनक तिम्सिना लगायतको आतिथ्यतामा भएको कार्यक्रममा मेची राजमार्ग ट्रक भलाई कोषका अध्यक्ष प्रेम कुमार लिङ्देनले उपस्थित सम्पूर्णलाई स्वादिक स्वागत गर्नुभएको ।

त्यस्तै संस्थाका उपमहासचिव देवी प्रसाद भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै उहाले भन्नू भयो सवारीको तौल र त्यसको क्षमता अनुसार चेक नगरी गाडी लोड गरेर पहाडी छेत्रका सडक हरूमा चलाउने गर्दा बढी दुर्घटना हुने गर्दछ ,। तर कानुनले सवारी चालक नै दोषी देखिने भएकाले कतिपय दुर्घटनाहरूमा सवारी चालकले नै कानुनी कार्बाही भोग्नु परेको उहाँले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख रुद्र प्रसाद न्यौपानेले सरकारले चासोको बिसय लिएर गर्नु पर्ने काम निजि छेत्र बाट भएको मा खुसि व्यक्त गर्दै उहाँले भन्नू भयो पछिल्लो समय सडकको क्षमता कति छ भौगोलिक अवस्थामामा सडक कस्तो छ भन्ने विचार नगरि र तौल पुलमा गाडी चेक नगरि सवारी चलाउदा ठुलठुला दुर्घटना हुने गरेको उहाँले बताउनु भयो ।
आईतबार धर्मकाँटा तौल पुलको प्राङ्गणमा भएको कार्यक्रमको संचालन संस्थाका हस्तराज राईले गरेका थिए ।









































समयको माग र प्रविधिलाई पनि आत्मसात् गरेर अघि बढ्नु पर्नेरहेछ हाम्रा परम्परागत चलनलाई पनि जीवन्त राख्दै आधुनिकता र प्रविधिलाई पनि अगाल्नु पर्ने बुद्धशान्ति वडा नं ६ का स्थानिय दिनेश लेप्चा बताउनु हुन्छ ।
परम्परागत कृषी प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको पुराना किसानको गुनासो छ। ‘केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहार खेतमा हुँदा रोपाइँको चहल पहल रमाइलो हुन्थ्यो अहिले त यस्तो देख्न पनि छाडियो बुद्धशान्ति वडा नं ६ सान्तिनगरका राजन कार्की बताउनु हुन्छ ।
कृषकलाई सहज ढंगले कृषि गर्न,सहज तरिकाले मल खाद्य उपलब्ध हुने व्यवस्था मिलाउन,सिंचाईको उचित व्यवस्थापन गर्न र कृषकलाई कसरी कृषिमा आकर्षित गराउन सकिन्छ भनेर स्थानिय सरकाले पनि चासो देखाउनु पर्ने बेला आएको देखिन्छ ।


