झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको लाली गुराँस आमा समुहले १ दिने महिला शसक्तिकरण उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
लालीगुराँस आमा समुह बुद्धशान्तिकी अध्यक्ष देव कुमारी शेर्माको अध्यक्षतामा भएको कार्यक्रमा बुद्धशान्ति गाउँपालिकाकि पुर्व उपाध्यक्ष मिरा भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमा विशेष अतिथि बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा पोख्रल ढुङ्गेल । अतिथिहरूमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ जेष्ठ नागरीक कि उपाध्यक्ष राधिका अधिकारी साथै प्रगति सिल आमा समूह तेस्तै बुढा सुब्बा आमा समूह मनोकामना आमा समूह शुभ प्रभात आमा समूह खानि गौडा आमा समूहहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मिरा भुर्तेलले आजको समाजमा महिला र पुरुष रथका दुई पांग्रा भनिएता पनि महिलालाई पुरुषको सहयोगी का रूपमा हेरिएको कारणले नै क्षमता भएका महिलापनि परिवार वा समाजको निर्णायक भुमिकामा पुग्न नसकेका हुन्। अबको महिला समाज आफ्नो क्षमता र दक्षता लाई उपयोग गर्न अग्रसर हुने र उनिहरुका उन्नति र प्रगतिमा घर परिवारीको साथ र सहयोग दिनु पर्दछ तब मात्र महिला सक्षम हुन्छन् भन्ने कुरामा जोड दिनुभयो ।
लालि गुराँस आमा समुह बुद्धशान्ति ४ ले आयोजना गरेको कार्यक्रमा विभिन्न समुहका गरि ६० जना को सहभागिता रहेको कार्यक्रमा समुहकि सकृय सदस्य ज्ञानु थापाले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।
बुद्धशान्ति गाउँपालिका वडा नं ४ लालि गुराँस आमा समुहकि अध्यक्ष देव कुमारि सेर्माले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै आजको समाजमा महिलाहरू सक्षम भए मात्र परिवार समाज र राष्ट्र सक्षम बन्छ ।यसरी समाज र परिवार सक्षम बन्न महिला र पुरुष दुवैको महत्वपुर्ण भुमिका हुन्छ भन्दै कार्यक्रको अौचित्य माथि प्रकाश पार्नु भयो ।
बुद्धशान्ति वडा नं ४ स्थित जेस्ठ नागरिकको सभाहलमा भएको कार्यक्रमको सन्चालन समुहकी सचिब गिता ढुङ्गानाले गर्नुभएको थियो ।



काेशी प्रदेश सरकार पशुपंक्षि तथा मत्छ्य बिकाश निर्देसनालयकाे साथै राेङ गाउपालिकाकाे सहकार्यमा भएकाे तालिममा राेङ गाउलिकाका पन्ध्र जना माछा पालक किसानहरुकाे सहभागिता रहेकाे थियाे। तालिमलाई मत्छ्य बिकाश निदेसनालय काेशी प्रदेशका मत्छ्य अधिकृत लाक्पा भाेटिया,नेल्सन पाेखरेल प्राबिधिक साहयक जानुका देबि सुनुवारले सहजिकरण गर्नु भएकाे थियाे।


त्यस्तै संस्थाको समग्र पक्षको जानकारी गराउँदै चारआली शाखा अनुगमन अधिकृत गोमा बस्नेतले बचत र ऋणका साथ साथै सामाजिक कार्यमा संस्था अग्रसर रहेको जानकारी दिइन् ।
सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए । तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ ।












सङ्कलित राजस्व रकम पूरा बैङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले चार उपसचिव, दुई अधिकृत र पाँच सहायकस्तरका कर्मचारीलाई दोषी ठहर गरेको थियो । अदालतले अभियोगपत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले बुधबार सजाय निर्धारण गरेको हो ।






