झापाको बुद्धशान्ति गाउँपालिकामा वडा नं २ मा प्याब्सन बुद्धशान्तिको आयोजनामा लागु पदार्थ दुव्यर्सन र साइबर क्राइम विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बुद्धशान्ति प्याब्सनमा आबद्ध माध्यमिक तह पठनपाठन हुने विद्यालय र स्थानीय आदर्श माध्यमिक विद्यालय जयपुरका करिब ४०० विद्यार्थीहरुलाई सहभागी गराई बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरको सामुदायिक भवनको सभाहलमा गरिएको कार्यक्रममा लोकप्रिय खनाल र दिपेन्द्र पौडेलले प्रशिक्षक रहनुभएको प्याब्सन बुद्धशान्तिका सदस्य दिपेन सिटौलाले जानकारी दिनुभयो ।
प्याब्सन बुद्धशान्तिको अध्यक्ष गंगा निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पालिका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्की, स्थानीय जनप्रतिनिधी, विभिन्न संस्थाका पदाधिकारी, विद्यालयका संचालक, संचारकर्मी लगायतको
आतिथ्यतामा भएको कार्यक्रमको संचालन प्याब्सन झापा जिल्ला सदस्य चेतन ढुंगेल र बुद्धशान्ति सचिव चेतन सुवेदीले गर्नुभएको थियो ।
कार्यक्रमबाट आफूँहरुले साइबर क्राइमको विरुद्ध धेरै कुरा सिकेको एरा एभरग्रीन अंग्रेजी माध्यमिक विद्यालयका एक छात्रले जानकारी दिएका छन् । त्यस्तै प्याब्सनले बुधबार ३ ठाउँमा प्रि पाइमरी लेबलका शिक्षक/शिक्षिकाहरुलाई तालिमको समेत आयोजना गरेको बताइएको छ ।
इलामको सूर्योदय नगरपालिका वडा नं. १० ले सीप बिकास रोजगारीमुलक बेमौसमी ३ दिने तरकारी खेति सम्बन्धि तालिम सम्पन्न गरेको छ । याङ टोल र आदर्श टोलका १५ जनाको समूह बनाई कुषि सेवा शाखा फिक्कलका प्राबिधिक अस्मिता गदाल साथै जोशिले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिममा कृषि फार्ममा प्रयोगात्मक तालिम सन्चालन गर्नुभएको थियो तालिमको समापन गर्दै याङ टोल र आदर्श टोलका महिलाहरूको समुहलाई १५ वटा प्लाष्टिक टनेल समेत वितरण गरिएको थियो
सूर्योदय नगरपालिका वडा नं. १० को आर्थिक बर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला सिप विकास तथा रोजगारी मुलक कार्यक्रम अन्तर्गत महिलालाई टनेल बितरण गरीएको हो ।
वडाले महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिई तालिमलाई उपलब्धी मूलक बनाउनका साथै बेमौसमी तरकारी खेती प्रति प्रोत्साहन गर्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
यश अघिपनि वडाले आफ्ना वडाका किषान हरूलाई विभिन्न कृषि सामाग्री वितरण गरेको अध्यक्ष बताउनु हुन्छ सुर्योदय नगरपालिका कृषिमा सम्भावना बोकेको नगरपालिका भएकाले कषिलाई व्यावसाहिक र आधुनिकिकरण गर्न नगरपालिका लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो सरकारी लिएर काम नगर्ने तथा अनुदानलाई दुरूपयोग गरेको पाईएमा कारबाही पनि गरिने बताउदै सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानि बढाई आत्मनिर्भर बन्न कुषकलाई आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रमबाट लाभाम्वित समूहले नमुना योग्य काम गरि अन्य समुहलाई पनि बेमौसमी तरकारी खेती प्रति आकर्षित गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको वडाध्यक्ष लामाले जानकारी दिनु भयो ।
सूर्योदयको नगरपालिकाको विकास विस्तार र प्रबर्धन आाफुलागि परेको बताउदै अध्यक्ष भन्नुहुन्छ , कृषकहरूलाई परम्परागत खेति प्रणालिको विकल्पमा यान्त्रिकरण र आधुनिकिकरण गर्न अग्रसर बनाउने उद्धेश्यले नगरपालिकाले प्लाटिक टनेल वडाध्यक्ष सहितका जनप्रतिनिधिले बितरण गरेको बताउनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको ठुटेवर संरक्षण तथा विकास समितिले ऐतिहासिक ठुटेवर मेला २०८० का लागि अन्तरक्रिया तथा सुझाव सङकलन कार्यक्रम सम्पन्न गरेको छ ।
ठुटेवर संरक्षण समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाको सभापतित्व साथै वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ६ का सम्पुर्ण जनप्रतिनिधि विभिन्न सङसंस्थाका प्रतिनिधि स्थानिय बासी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि रहेको बताउनु भयो ।
परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।
ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको थियो ।
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको स्थानीय सी एम ढुङ्गेलले बताउँनु भयो ।
ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।
कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि कार्तिके पुणिमाको अवसरमा पारेर लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।
करिब ५।६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि.स. २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । यो पटक पनि त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीका स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
इलामको इलाम नगरपालिका वडा नं १० गोदका ३५ बर्षका तिलक बहादुर राईको बिजुलि मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
सूर्योदय नगरपालिका ११ किराँत टोलमा विद्युत तार मर्मत गर्ने क्रममा करेन्ट लागेर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर सन्तोस राईले जानकारी दिनुभयो ।
झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको उद्यमी महिला कृषक समूह बुद्धशान्ति २ जयपुरको आयोजनामा महिला हरूलाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्धेश्यले महिला स्वरोजगार अन्तरगत ५ दिने पोते उन्ने तालिम बिहिबार बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित श्री दुर्गा पान्चायन भजन किर्तन तथा सत्संग सेवा समितिको सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा उद्यमी महिला कृषक समुहकी अध्यक्ष बिमला नेपालको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष पर्शुराम चेम्जोङको, वाड नं २ वडा अध्यक्ष डिल्लि अोलि, आातिथ्यता साथै नेपाली कांग्रेस गाउँ सभापति चक्र श्रेर्मा, खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धुर्व कुमार अोलि, दुर्गा पन्चायन भजन किर्तन सत्संग सेवा समितिका अध्यक्ष जीवन कुमार पोख्रेल, विरता लेडि जेसिज का उपाध्यक्ष मिनु अोलि, बुद्धशान्ति महिला मन्चकी अध्यक्ष विष्णु मैनालि उप्रेती, सामाज सेबी मनेस दहाल, बुद्धशान्ति गाउँपालिकामा कार्यरत पुर्व स्वाथ्य कर्मि साथै समाज सेवी मुना भट्टराई, तालिममा सहभागि हरूलाई प्रशिक्षण गराउनुहुने रिता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
उद्यमी महिला कृषक समुहकी सहसचिब दुर्गा सुवेदीले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा ५ दिनको तालिममा सहभागिको तर्फबाट आफ्ना भनाई राख्दै समुहकी सदस्य दुर्गा सिवाकोटीले तालिममा सिकेका सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले महिला हरूको जिवनस्तर सुधारका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन पालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले यो तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउनु भयो । अतिथि प्रसाईले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले तालिमले महिलाहरूको आर्थिक गतिबिधि सँगै रोजगारमुलक व्यवसाय सन्चालन गर्ने महिलाको हक अधिकार प्राप्तिका लागि आवाज उठाउने हिंसा न्युनिकरणका लागि सहयोग पुग्ने बताउनु भयो ।
महिलाहरूको जीवन स्तर सुधारको लागि जेष्ठ २१ गते बाट सुरू गरिएको तालिममा उपस्थित सहभागी हरूलाई प्रशिक्षक रिता सापकोटाले सहजिकरण गर्नु भएको थियो ।
समापन कार्यक्रममा समाज सेवी मनेस दहाल बुद्धशान्ति महिला मन्चकी विष्नु मैलालि , नेपाली कांग्रेस गाउँ सभापति चक्र श्रेर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विहिबार तालिम समापन कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि हरूलाइ तालिममा सहभागि हरूले बनाएका पोते माला अौठि मायाको चिनोको रूपमा वितरण गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ को श्री दुर्गा पाञ्चायन भजन किर्तन तथा सत्संग सेवा समितिको सभाहलमा भएको समापन कार्यक्रमको सन्चालन समुहकी सदस्य पुष्पा गौतमले गर्नुभएको थियो समापन कार्यक्रममा तालिममा सहभागि ४० जनालाई प्रमाण पत्र समेत वितरण गरिएको तालिममा उपस्थित सहभागी हरूलाई सहजिकरण गराउनुहुने प्रशिक्षक रिता सापकोटाले बताउनु भयो ।
इलामको रोङ गाउँपालिका वडा नं ३ स्थित पाथिभरा संरक्षण संस्थाले संचालन गरिरहेको सानो पाथिभरा मन्दिरको सम्पूर्ण काम कर्तव्य र अधिकार रोङ गाउँपालिकाको मातहतमा सन्चालन गर्ने भनी २०७९ फागुन १ गते बाट निणय भई सन्चालन भएपनि पाथिभरा संरक्षण संस्था सँग रहेको नगद जिन्सी तथा भौतिक संरचना बुझाउन बाँकि रहेको थियो ।
जिल्ला प्रशासन कार्यलय इलाम, जिल्ला प्रहरी कार्यालय ईलाम, सर्वदलिय प्रतिनिधि रोङ गाउँपालिकाको जनप्रतिनिधि पाथिभरा संरक्षण संस्थाको प्रतिनिधि समेतको रोहोभरमा मुचुल्ला गरि उक्त सामाग्री गाउँपालिकाले जिम्मा लिने निर्णय भएपनि बुधबार पाथिभरा संरक्षण संस्थाका अध्यक्षले उक्त सामाग्री बुझाउन असहमति जनाएकाले जिल्ला प्रशासन कार्यलय ईलाम मार्फत सम्पुर्ण कागजात झिकाई अनुसन्धानको प्रक्रिया अघि बढाउन
पालिकाले निणय गरेको रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले बताउनु भयो।
रोङ गाउँपालिकाले यस क्षेत्रको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिने भएपछि पाथिभरा संरक्षण संस्थाले पनि २०७९ साल चैत्र १४ गते एक पत्र नै पठाएर संस्थाको नगद तथा जिन्सी सामान बुझिलिन गाउँपालिकालाई अनुरोध गरेको थियो ।
जेष्ठ १७ गते बुधबार पाथिभरा संरक्षण संस्था र सर्वदलिय सहितको बैठकमा पाथिभरा संरक्षण संस्थाका सचिब साथै सदस्य उपस्थित पाटिका प्रतिनिधि लगायतले उक्त सामाग्रि बुजाउने सहमत भएपनि पाथिभरा संस्थाका अध्यक्षले उक्त सामग्री बुझाउन असहमती जनाएका थिए ।
एता गाउँपालिकाले भने अाफ्नो निर्णय निकाल्दै जिल्ला प्रशासन कार्यालय इलाम मार्फत सम्पूर्ण कागजपत्र झिकाई अनुसन्धानको पक्रिया अघि बढाउन पालिकाले निर्णय गरेको बताएका छन।
रोङ गाउँपालिका अध्यक्ष सुवास तामाङले पाथिभरा संरक्षण संस्थाले देखाएको हिसाब चित्तबुझ्दो नभएपछि जिल्ला प्रशासन मार्फत सम्पूर्ण कागजपत्र झिकाउन पत्र पठाइएको बताउनु भयो।
रसिद डबल हुनु, एउटै आर्थिक बर्षमा एउटै नम्बरको दुई रसिदहरु हुनु, रसिदमा बिचको नम्बर हराउनु, रसिदमा जतासुकै टिपेक्स प्रयोग गर्नु बढि केरमेट हुनु आदिले पनि संस्थाले गरेको काम शंकास्पद रहेको बताउनु भयो ।
यता संरक्षण समितिका अध्यक्ष दौलत कुमार राईले भने यस संस्थाका सम्पूर्ण सदस्यहरु संगबसेर छलफल पश्चात मात्र हिसाब किताब बुझाउने निर्णय भएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय इलामका पदाधिकारीहरु संग सल्लाह गरेर यो निर्णय भएको जानकारी गराउँदै यही जेठ ३२ गते हुने साधारण सभाको निर्णय पश्चात मात्र जिन्सि तथा नगदी सामान पालिकालाई हस्तान्तरण गर्ने बताए ।
झापाको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले झापाली समाज यु एस ए, झापा विकास मञ्च काठमाडौं र जिल्ला सहकारी संघ लि. झापाको सहकार्यमा सिमान्तकृत / गरिब तथा जेहेन्दार ३ जना विद्यार्थीहरुको लागि पहिलो किस्ता स्वरुप जनही रु ११००० को छात्रवृत्ति प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजाल र सम्बन्धित अभिभावकहरुको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको थियो । संस्थाले छात्रवृत्ति योजनामा समावेश हुन २०८० जेष्ठ १० गते सार्वजनिक सूचना जारी गरिएको थियो । रितपूर्वक आएका निवेदन मध्ये सम्पूर्ण कागजात र योग्यता पुगेका ३ जना विद्यार्थीहरुलाई छात्रवृत्ति २०८० का लागि सिफारिस गरेको हो ।
जसमध्ये श्री बुद्धआदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति १, बुधबारेमा कक्षा ३ मा अध्ययनरत लक्ष्मी कट्टेल, श्री शान्ति आदर्श माध्यमिक विद्यालय, बुद्धशान्ति ६, शान्तिनगर कक्षा ५ मा अध्ययनरत सोनु साउदेन र श्री शिशु सुधार आधारभूत विद्यालय, बुद्धशान्ति ३, बुधबारे कक्षा ४ मा अध्ययनरत अभिशेक रसाइलीले छात्रवृत्ति पाएका हुन् । छनोैट विद्यार्थीहरुले दोस्रो किस्ता वापत यसै शैक्षिक सत्रमा रु १०,००० पुनः पाउन बताइएको छ ।
झापाली समाज यु एस ए, झापा विकास मन्च काठमाडौँ, झापा जिल्ला सहकारी संघ लिमिटेड र सम्बन्धित सहकारी संस्थाको संयुक्त आयोजनामा २०८० छात्रवृत्ति वितरण कार्यक्रममा संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता, बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यतामा पहिलो किस्ता वितरण कार्यक्रम मिति २०८० जेष्ठ १५ गते सोमबार बिर्तामोडको आर्दश व्याङ्क्वेटमा सम्पन्न गरिएको थियो ।
झापाको बुधबारे जेसीज बुद्धशान्ति गाउँपालिका तथा समावेसि अपाङ्गता समिति झापाको आयोजना त्यस्तै पंचकर्म तथा न्युरो थेरापी सेन्टर बिर्तामोडको प्राबिधिक सहयोगमा थेरापी सहितको १ दिने निसुल्क स्वाथ्य शिबिर शनिबार सम्पन्न गरेको छ ।
शनिबार गरिएको स्वाथ्य शिबिरमा कार्यक्रममा बुधबारे जेसीज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको बिशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति भागिरथा अस्पतालका प्रशासन प्रमुख समाज सेवि अपाङ्गता समिति झापाका उपाध्यक्ष सुशील धिमाल , बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ, बर्खा स्मृति प्रतिष्ठान संस्थापक मदन प्रसाईं, बुधबारे जेसिजका निवर्तमान अध्यक्ष सिनेटर मुकेस भट्टराई ,मानार्थ सदस्य दिपेन सिटौला, पुर्व अध्यक्ष हेमन्त बराल पुर्व अध्यक्ष अनिल वाग्ले पुर्व अध्यक्ष नन्दुकुमार याफु राई तथा बोडका सम्पुर्ण पदाधिकारि को उपस्थिति रहेको थियो।
पछिल्लो समय बुधबारे जेसीज सामाजीक कार्यमा निकै अगाडि देखिन्छ बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै पालिका सगँको सहकार्यमा आँखा सम्बन्धि रोगको उपचार साथै शिविर महिलाहरूको पाठेघरमा समस्या भएका हरूलाई उपचार साथै स्वाथ्य जाँच प्रहरी सगँको सहकार्यमा टार्फिक नियम सम्बन्धि जनचेतना कार्यक्रम कोभिटको समयमा बुध्दशान्ति गाउँपालिकाका विभिन्न वडामा गरि १५० घर परिवारलाई राहत वितरण जेष्ठ नागरिक हरूलाई सम्मान जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको बुधबारे जेसिजका निवर्तमान अध्यक्ष मुकेस भट्टराले बताउनु भयो ।
शिविरमा १५० भन्दा बढि बिरामीले सेवा लिएका थिए कार्यक्रम संयोजक बुधबारे जेसिजका कानुनि सल्लाहकार जेसि सुजित बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा आस्था बाचन जेसी गोकुल पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन महासचिब जेसि कुसल अधिकारिले गर्नु भएको थियो।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिर को शभाहलमा झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ ।
बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडयालको अध्यक्षता, सर्जक साहित्यकार कोमल गीता लगायतका रचनाकार भाषासेवी कमल पोखरेलको प्रमुख आतिथ्यता कन्चनजङ्गा एफ एमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीको विशिष्ट आतिथ्यता साथै अतिथिहरूमा टीका घिमिरे ,डिल्लि सुवेदी मोक्ष खतिवडा , राम घिमिरे ,सुभद्रा भट्टराई ,लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिहरूको बाहुलीबाट पुष्पगुच्छा सहितको दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो कार्यक्रममा स-साना नानिहरूले उपस्थित सहभागी अतिथिहरूलाई नृत्य प्रस्तुत गर्दै स्वागत गरेका थिए ।
शनिबार रामजानकी मन्दिरको सभाहलमा भएको भएको कार्यक्रममा प्रमुख अतिथि कमल पोख्रेलले सर्जकका तर्फबाट आभार व्यक्त गर्दै शुभकामना मन्तव्य राख्दै सम्पूण आयोजक परिवारलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष जय भण्डारीले कार्यक्रमको सन्चालन गर्नु भएको थियो कार्यक्रममा वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल, समालोचक विष्णुकुमार भट्टराई, प्राज्ञ शुभद्रा भट्टराई लगायत एक दर्जन साहित्यकारले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
पछिल्लो समय छन्द लेखन हराउँदै गएको परिवेशमा लोकार्पण गरिएको भावविम्ब कृतिमा कवि खतिवडाका ७१ वटा छन्दोबद्ध कविता समावेश गरिएको छ । शान्तिनगरस्थित शान्ति आदर्श माविमा शिक्षण पेसामा आबद्ध रहनु भएकी छन्द कवि खतिवडाले गत वर्ष मेरो स्वर्ग कविता सङ्ग्रह प्रकाशित गर्नुभएको थियो ।
सो अवसरमा वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलले नेपाली साहित्यको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्य जटिल बनिरहेको अवस्थामा छन्द लेखनको अभियानलाई प्राथमिकता दिने काम प्रशंसनीय भएको बताउनु भयो ।
शनिबार भएको कार्यक्रममा स्रटा परिवारका सरिता खतिवडा , बन्दना खतिवडा डिल्लि सुवेदी लगायतले सम्पुर्णअतिथि हरूलाई खदा लगाई स्वागत गर्नु भएको थियो। प्राज्ञ शुभद्रा भट्टराइले छन्दको प्रयोग गरेर आफ्नो साहित्यिक भाव पस्किने काम चानचुने अभ्यासबाट सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । साहित्यकार जीवनाथ सुबेदीले कृतिको समीक्षा गदै नेपाली छन्दोबद्ध साहित्यको क्षेत्रमा भावविम्ब कृतिको प्रकाशनले सबै साहित्य अनुरागीका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारीले नेपाली साहित्य सिर्जनाको क्षेत्रमा छन्द लेखन अभियानले प्राथमिकता पाउनु आम साहित्यिक जगतका लागि गौरवको विषय बनेको चर्चा गर्नुभयो । कृतिका प्रकाशक कृष्णप्रसाद खतिवडाले छन्दोबद्ध कविताको परम्परा घटिरहेको परिप्रेक्ष्यमा कृति प्रकाशन गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो ।
सो अवसरमा छन्द कवि मोक्ष खतिवडाले आफ्नो लेखनलाइ निरन्तरता दिने क्रममा जीवनका विविध भोगाइका साथै सामाजिक राजनीति, आर्थिक, कुसंस्कार, धर्म–संस्कृति लगायत मनमा उठ्ने गरेका भावलाई सङ्ग्रहमा समेट्ने प्रयास गरेको बताउनु भयो ।
कार्यक्रममा प्रकासक जिवनाथ सुबेदिले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो इलामकी साहित्यकार टिका घिमिरे, साहित्यकार जय भण्डारी लगायतले आआफ्ना धारणा राख्नु भएको थियो ।