February 17, 2026

बुद्धशान्ति । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल,झापा बुद्धशान्ति गाउँसमितिको अध्यक्षमा पूर्ण सुहाङ र सचिवमा गजुहाङ्ग योङहाङ्ग निर्वाचित हुनुभएको छ। आज सम्पन्न दोस्रो ऐतिहासिक बुद्धशान्ति अधिवेशनले उहाँहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा याम योङहाङ र डम्बर पाक्सावा, सहसचिवमा जमुना लिम्बू, कोषाध्यक्षमा ललिता कुरुम्बो सुब्बा चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा भिम बहादुर लिम्बू, चन्द्र तामाङ, देउकुमार नेम्बाङ, अरुण लिम्बू र सुशील लिम्बू चयन भएका छन्।

त्यस्तै, भोलेन्टियर इन्चार्जमा प्रकाश कावेन, सहइन्चार्जमा तेजु तामाङ र प्रवक्तामा सुमन लिम्बू चयन हुनुभएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा न:२ खेलकुद विकास समितिको आयोजना ,नवज्योति युवा क्लबको सह-आयोजना ,बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा आज माघ १० गते बाट बुद्धशान्ति गाउँपालिका तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता प्रारम्भ भएको छ।उद्घाटन खेलमा वडा न:४ ले वडा न:५ लाई ५-० ( पाँच शन्यू )को विशाल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।वडा न:४ का लागि अन्सु लिम्बु ,आदित्य केरुङ,सन्दिप लिम्बू,श्रेयु मगर र विवेक लिम्बु ले १-१ गोल गरे।

वडा न:४ लाई जित दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका वडा न:४ का आयुष राई खेलको म्यान अफ द म्याच घोषित भए।भोलि माघ ११ गते प्रतियोगिताको दोश्रो खेलमा आयोजक वडा न:२ र वडा न:७ का बिच खेल हुने छ।

बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडा को अध्यक्षतामा भएको उद्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ को प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रम मा झापा जिल्ला फुटबल संघका अध्यक्ष भागिरथ आले मामा ,बुद्धशान्तिका विभिन्न वडाध्यक्ष ,जनप्रतिनिधि ,सामाजिक संस्थाका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख लगायत उपस्थिति रहेको थियो।सह-आयोजक नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोखरेल ले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रम को संचालन खेलकुद विकास समितिका गोकुल पौडेलले गरेका थिए ।माघ १० देखि १७ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार ,उपविजेता ले नगद २५ हजार सहित ट्रफी ,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कार समेत रहने छन।खेल बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा संचालन रहने छ।

बिर्तामोड नगरपालिका–५ स्थित गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सव माघ ९ गते मनाइने भएको छ ।

वार्षिकोत्सवको अवसरमा मन्दिर स्थापना तथा निर्माणमा सहयोग पु¥याउने दाताहरूलाई सम्मान गरिनेछ भने विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । वुधवार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बार्षिकोत्सवका समयमा गरिने कार्यक्रमका बारेमा समेत जानकारी गराइएको छ । मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी प्रशान्तले माघ ९ गते हुने कार्यक्रमका विषयमा जानकारी गराउनुभएको छ ।

वार्षिकोत्सवमा ९ गते साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने जनाइएको छ । त्यस्तै मन्दिर निर्माणमा सहयोग पु¥याउने स्थानीय सरकार, प्रदेश सरकार सहित ७५ जना दातालाई सम्मान गरिने मन्दिरका संरक्षक बंसलले जानकारी दिनुभयो ।

पूर्व नेपालमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यस मन्दिरले छोटो समयमै आस्थाको केन्द्रका रूपमा परिचय बनाएको छ । मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको व्यवस्थापन समितिको दाबी छ । अर्जुनधारा जलेश्वर धामपछि पूर्वकै बढी भक्तजन आउने धार्मिक स्थलका रूपमा श्री गायत्री माता मन्दिर परिचित बन्दै गएको छ ।

२०८० साल जेठ १७ गते निर्माण सुरु भई २०८१ साल माघ २१ गते विधिपूर्वक प्राण–प्रतिष्ठा गरी मन्दिर सञ्चालनमा आएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीबाट प्राण–प्रतिष्ठा सम्पन्न गरिएको उक्त कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गरेका थिए भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन गरिएको थियो ।

मन्दिर व्यवस्थापन समितिले धार्मिक आस्था मजबुत बनाउँदै धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य लिएको जनाएको छ । समितिले प्रथम वार्षिकोत्सवमा सम्पूर्ण श्रद्धालु भक्तजन, दाता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेको छ ।

आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ हेरिदिन चलचित्रका कलाकारले आग्रह गरेका छन् ।
चलचित्रका नायक सुशील श्रेष्ठ,नायिका अञ्जनाबराइली लगायतले नेपाली चलचित्र ‘परिवर्तन’ले झापा र सीमानाको कथा बोलेकाले नेपाली चलचित्र ‘परिवर्तन’ हेरिदिन आग्रह गरेका हुन् ।चलचित्र निर्देशक विजय केरुङले नेपाली चलचित्र ‘परिवर्तन’ ले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले  एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो चलचित्र ले दर्शकलाई बाँध्ने विश्वास गरे।

सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा उतारेको उनको भनाई छ।
नेपाली चलचित्र ‘परिवर्तन’ का निर्माता दिपक शिवाकोटीले चलचित्र राम्रो बनेको बताउँदै नेपाल तथा विदेशमा एकैसाथ आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको  जनाए ।एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएकाले यसले दर्शकको मन जित्न सफल हुने उनको भनाई छ। चलचित्रमा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन् भने अभिनेत्री अञ्जना बराईली प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छिन्।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईली का अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ भने झापाली कलाकारहरूको समेत भूमिका रहेको छ।

चलचित्रका झापाली कलाकार याम खरेल र गौतम तिवारीले सम्पूर्ण झापाली महानुभावहरूलाई चलचित्र हेरिदिन आग्रह गरे।
दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्  भने चलचित्रको निर्देशन विजय केरुङले गरेका छन्।

बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको  चलचित्रलाई आरआर फिल्म्सले वितरण गरेको बताइएको  छ।

झापाको बुद्धशान्ती गाउँपालिका–४ बर्नेमा अवस्थित लाफा मगर समाजको आयोजनामा आज माघ १ गते माघे सक्रान्ती तथा मगर समुदायको नयाँ वर्षको अवसर पारेर मगर समुदायको सांस्कृतिक खानपान, भेषभूषासहित शुभकामना तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा समाजसेवामा सक्रिय योगदान पुर्‍याएका ६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा यदुमाया मगर, ज्ञान बहादुर मगर, अगम मगर, बुद्धवीर गुरुङ, मान बहादुर मगर र याम बहादुर राना मगर रहेका छन्।

कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य बुद्धशान्ती मगर संघका अध्यक्ष शिव थापा मगरले गर्नुभएको थियो भने शुभकामना मन्तव्य बुद्धशान्ती मगर संघकै निवर्तमान अध्यक्ष मदन मगरले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लक्षुमन मगरले गर्नुभएको थियो।

कार्यक्रममा मगर समुदायको मौलिक संस्कृति झल्किने विभिन्न परिकारहरू तरुल, चाकु, सेलरोटी लगायतको व्यवस्था गरिएको थियो। साथै तातो आलु, हण्डी फुटाइ, गीत तथा नृत्यजस्ता रमाइला खेल तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।कार्यक्रमले मगर समुदायको सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

इलामको सूर्योदय नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । मन्त्री परिषदको आजको निर्णयले सूर्योदयमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
नापी र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रीपरिषदको निर्णय संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दरबन्दी तेरिजको सूचना समेत प्रकाशन गरेको छ ।मन्त्रालयले मालपोत तर्फ मालपोत अधिकृत सहित ९ जना कर्मचारी दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । यस्तै नापी तर्फ नापी अधिकृत सहित ८ जना कर्मचारीको दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । मन्त्रालयका अनुसार चार्ड कार्यलय स्थापना हुने छ ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नापी र मालपोत कार्यालय स्थापना भएपछि अव सूर्योदय सहितको ठूलो जनसंख्यालाई राहत मिलेको बताउनु भयो ।

तीन बर्ष अघि देखि नगर प्रमुख राई , उप–प्रमुख दुर्गाकुमार बराल सहितले पहल गर्नु भएको थियो । नगर उप–प्रमुख बरालले कार्यालय ब्यवस्थापन सहितको ब्यवस्था भएपछि तत्काल कार्यालय स्थापना हुने जानकारी दिनु भयो ।

मन्त्रालय स्रोतले १५ दिन भित्रमा कार्यालय स्थापना हुने जनाएको छ । मन्त्रालयका अनुसार कार्यक्षेत्र( अन्य पालिका) भने कार्यालयले नै तोक्ने जनाएको छ ।इलाम बजारमा मालपोत र नापी भए पनि धेरै टाढाबाट धाएर जादा स्थानीयले काममा हैरानी ब्यर्होर्नु पर्ने बाध्यता थियो ।

सूर्योदयनगरपालिकाले मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल गरीरहदा इलामकै केहि नेता भने उक्त कार्यालय स्थापना गर्न नदिन पटक पटक मन्त्रालय समेत धाएका थिए ।

झापाको बुद्धशान्तिमा बुधबारे जेसीजको १३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

वर्ष २०२५ का अध्यक्ष जेसी  सुजित बरालले नव–निर्वाचित अध्यक्ष जेसी  कुसल अधिकारिलाई जेसीज चेन लगाएर  पद हस्तान्तरण गर्नु भएको हो । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष कुसल अधिकारिले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गर्नु भयो उहाँले बुधबारे जेसीजलाई माटोले सुहाउने जेसीज बनाउने बताउँदै वर्ष २०२६ को बोर्ड समितिलाई पूर्णता दिँदै विभिन्न पदाधिकारीलाई मनोनयन समेत  गर्नु भएको थियो । बुधबारे जेसीज वर्ष २०२५ का अध्यक्ष  सुजित बरालको (पहिलो सत्र ) साथै जेसि कुसल अधिकारी दोस्रो सत्रको अध्यक्षतमा तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

स्थानीय तेन्जिङ नोर्गे होमस्टेको प्राङ्गणमा  सन्चालन गरिएको कार्यक्रममा ५ सय वढिको उपस्थिति रहेको कार्यक्रममा वर्षभरी जेसीज अभियानमा जोडिने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रममा वर्ष उत्कृट सञ्चारकर्मीमा भावना भट्टराई,  र बर्ष उत्कृष्ट जेसीका रुपमा धन बहादुर लिम्बूलाई सम्मान गरिएको थियो ।

हरेक महिना उत्कृष्ट कार्य गर्ने जेसीहरुलाई समेत जेसीज अफ द मन्थ अवार्डले सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा पदाधिकारी पूर्व अध्यक्ष <नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी विभिन्न शाखाका पदाधिकारी, स्थानीय सम्पुर्ण वडाका जनप्रतिनिधि  संघसंस्थाका प्रतिनिधि, जग्गादाता,जेसीजका सदस्य, सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

जेसी गजेन्द्र योङ्हाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अनिल घिमिरेले जेसीज आस्था पाठ गर्नु भएको थियो भने  कार्यक्रमको सञ्चालन वर्ष २०२५ का महासचिव कष्ण ढकाल र वर्ष २०२६ का महासचिव जेसि विनोद रिजाल साथै निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष  जेसि दुर्योधन सिहँ राजपुतले गर्नु भएको थियो ।

कार्यक्रममा पुर्व अध्यक्ष जेसी प्रकाश भन्डारी बुधबारे जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी अनिस भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वि एण्ड वि क्याट्रिङ एण्ड टेन्ड हाउसका सन्चालक सोमनाथ भट्टराईले सेवा प्रदान  गर्नु भएको थियो ।

बुद्धशान्ति गाउँपालिका–१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यसहित नौ स्थानमा ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको छ।

वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा विहानी सत्रमा कक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने संस्कृतिको विकास गरिनेछ। विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा केन्द्रित रहेर कक्षा सञ्चालन हुने वडाले जनाएको छ।

क्याम्पमा सिकाइमा कमजोर रहेका विद्यार्थीलाई सहभागी गराई उनीहरूको शैक्षिक उपलब्धि सुधार्ने लक्ष्य राखिएको छ।

क्लोज क्याम्प सञ्चालनसँगै योग्यता प्राप्त नौ जना शैक्षिक व्यक्तित्वलाई तीन महिनाका लागि अल्पकालीन रोजगारीसमेत प्रदान गरिएको छ।

यसले सामुदायिक विद्यालयको नतिजा सुधार गर्नुका साथै विद्यार्थीप्रति वडाको अभिभावकत्व झल्काउने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष अनिल वाग्लेका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीमा क्षमता भए पनि उपयुक्त वातावरण र समय व्यवस्थापनको अभावले सिकाइ उपलब्धिमा असर परिरहेको देखिएको छ।

यस समस्याको समाधानका लागि विद्यालयमै थप अध्ययन समय ९न्गष्मभम क्तगमथ० तथा अभिभावक शिक्षा कार्यक्रमजस्ता पहल आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।

वडाले क्लोज क्याम्पलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।

साथै सम्बन्धित विद्यालय र विषयगत शिक्षकहरूलाई कार्यक्रमको दिगो र प्रभावकारी कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न विशेष अनुरोध गरिएको छ।

कार्यक्रममार्फत ‘सबै मिले सम्भव छ, हामी सिकाइ उपलब्धि हासिल गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको वडा अध्यक्ष वाग्लेले बताएका छन् ।

क्लोज क्याम्पका लागि वडाले ३ लाख रूपैयाँ विनियोजन गरेको छ । वडाका नमूना आधारभूत, त्रिभूवन मावि र बुद्ध आदर्श माविलाई १र१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको वाग्लेले वताए । क्लोज क्याम्प वडाको नियमित कार्यक्रम हो ।

झापाको बुद्धशान्ति गाउँपालिकाको आयोजनामा भएको  बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) T-10 छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली एजुकेसन फाउन्डेसनले उचालेको छ ।कर्णाली एजुकेसन फाउन्डेसनले ज्योति अंग्रेजी मावि लाई २५ रनले  पराजित गर्दै लगातार दोश्रो पटक उपाधी हात पारेको हो ।

उपाधी उचाले संगै कर्णाली एजुकेसन फाउन्डेसनले  नगद १५ हजार  ट्रफी,मेडल , प्रमाणपत्र प्राप्त गरेको  छ भने उपविजेता बनेको ज्योति अङ्ग्रेजी माविले  नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी कर्णाली एजुकेसन फाउन्डेसनका साजन गदाइली,भए भने फाइनल खेलको म्यान अफद म्याच बिजेता टिमका साजन गदाइली ,उत्कृष्ट ब्याटर ज्योति अङ्ग्रेजी माविका बिलभ दाहाल उत्कृष्ट बलर कर्णाली एजुकेसन फाउन्डेसनका रिकेश आङ्देम्बे ,उत्कृष्ट विकेट किपर श्री गडिगाउँ माविका अनिश सुनुवार घोषित भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी साजन गदाइलीले रु:१० हजार मुल्यको आकर्षक रेन्जर साइकल प्राप्त गर्न सफल भए।

बुद्धशान्ति ३ स्थित, पेट्रोल पम्प अगाडिको खेल मैदानमा हिजो बाट सन्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक गरि ११ वटा विद्यालयले सहभागी जनाएका थिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षता आयोजित समापन सत्र कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ,सम्पुर्ण वडाका वडाध्यक्ष , विभिन्न विद्यालयका शिक्षक ,सामाजिक संस्थाका प्रमुख ,क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय स्तर बाटै खेलाडी उत्पादन ,प्रोत्साहनको उदेश्य ले गाउँपालिका बाट आयोजित यस प्रतियोगिता बाट नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुगेको देख्न सकिन्छ।

बुद्धशान्ति गाउँपालिका को आयोजनामा मिति २०८२ पौष २२ र २३ गते बुद्धशान्ति -३ स्थित पेट्रोल पम्प पश्चिमको मैदानमा संचालन भईरहेको बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) स्तरीय T-10 छात्र क्रीकेट प्रतियोगिता २०८२ को पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् ।मंगलबार उद्घाटन सत्र संगै दस विद्यालय बिच पाँच खेल सम्पन्न भएको हो। पहिलो खेलमा महानन्द शिक्षा सदन लाई पराजित गर्दै कर्णाली एजुकेसन फाउन्डेसन बिजयी भएको थियो भने दोश्रो खेलमा श्री नवकिरण मावि लाई पराजित गर्दै श्री त्रिभुवन मावि बिजयी भएको छ।

त्यसैगरी तेस्रो खेलमा एम्बिसन एकेडेमी लाई पराजित गर्दै श्री गडिगाउँ मावि बिजेता बनेको थियो ।

दिनको चौथो खेलमा श्री राष्ट्रिय बिजय मावि लाई पराजित गर्दै ज्योति अंग्रेज़ी मावि बिजेता बनेको छ भने पहिलो दिनको अन्तिम तथा पाचौं खेलमा न्यु एभरग्रीन इ.बो.स्कुल लाई पराजित गर्दै श्री बुद्धआदर्श मावि बिजयी बनेको छ।

खेलाडी उत्पादन ,छनौटको उदेश्यले संचालन भएको यस प्रतियोगिताको दोश्रो दिन पौष २३ गते सेमिफाइनल र फाइनल सहित पाँच खेल संचालन हुने छन् ।विद्यालय स्तर बाटै प्रतिस्पर्धा बाट खेलाडी छनौटको उदेश्यले बुद्धशान्ति गाउँपालिका बाट संचालन भएको यस प्रतियोगिताले धेरै खेलाडी लाई अवसर एवम् प्रोत्साहन प्रदान गरेको छ।