बुद्धशान्ति गाउँपालिका जारी झापा जिल्ला पालिकास्तरीय यू-१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकालाई सडनडेथमा पराजित गरेर बुद्धशान्ति उपाधि होडमा उक्लिएको हो ।
अर्जुनधारा खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा बुद्धशान्तिले कमललाई ६-५ गोलअन्तरले पराजित गरेर उपाधि नजिक पुगेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाइब्रेकरमा पनि समान ४-४ गोल भएपछि खेल सडनडेथमा पुगेको हो । बुद्धशान्ति गाउँपालिकाको जितमा फेरि गोलरक्षक रिजन ल्वागुन लक्की भए । उनले कमलका कप्तान निमा तामाङको प्रहार रोकेपछि फाइनल यात्रा पक्का भएको हो ।
कमल गाउँपालिकाका लागि सुहान श्रेष्ठ, कविन भट्टराई, अशोक सम्बाहाम्फे, साहिल लिम्बू र प्रशन विश्वकर्माको प्रहार गोलमा परिणत हुँदा अंगुश श्रेष्ठको प्रहार बाहिरिएको थियो ।
यसैगरी, बुद्धशान्तिका मनिष केदेम, समिर लिम्बू, सन्दिप लिम्बू, आदित्य केरुङ, अंशु लिम्बू र सुरज मावो लिम्बूको प्रहार गोलमा परिणत हुँदा अनिल गिरीको प्रहार बाहिरिएको थियो ।
बुद्धशान्तिका गोलरक्षक रिजन प्लेयर अफ दी म्याच बने । उनले नगद २ हजार ५ सयसहित ट्रफी पाए । यसअघिको क्वाटरफाइनल खेलमा पनि सडनडेथमै ३ प्रहार रोकेर प्लेयर अफ दी म्याच बनेका थिए ।
बुद्धशान्तिकाे जितसँगै फाइनलमा एउटा पालिका र अर्काे नगरपालिका उपाधि भिडन्तमा हुने निश्चित भएकाे छ । बुद्धशान्तिले कम्तिमा नगद ५० हजार र ट्रफी सुरक्षित गर्याे ।
शनिश्चरे फुटबल क्लबको आयोजना तथा अर्जुनधारा नगर खेलकुद विकास समितिको सहआयोजनामा भएको प्रतियोगितामा भोलि (शनिबार) मेचीनगर नगरपालिकाले भद्रपुर नगरपालिकासँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।
प्रतियोगिताको फाइनल खेल माघ १९ गते हुनेछ । ९ वटा पालिकाको टिम सहभागी रहेको प्रतियोगिताको विजेताले नगद १ लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।
सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद ७ हजार पाउँदा विधागत विजेता खेलाडीले जनही ५-५ हजार पाउने प्रतियोगिताका संयोजक टेकराज तिलिङले जानकारी दिए ।


निर्धारित समयमा गोलरहित बराबरी भएपछि ट्राइब्रेकरमा शिवसताक्षी नगरपालिकालाई पराजित गर्दै बुद्धशान्ति सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुद्धशान्तिको सेमिफाइनल खेल माघ १६ गते शुक्रबार हुने आयोजकले जनाएको छ ।
वडा न:१ का लागि धिरज मगर र राहुल लिम्बु र वडा न:६ का लागि सुगन सिन्जाली मगरले १-१ गोल गरेका थिए।वडा न:१ लाई जित दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका वडा न:१ का धिरज मगर खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको पहिलो सेमिफाइनल माघ १४ गते वडा न:१ र ४ तथा दोश्रो सेमिफाइनल माघ १५ गते वडा न:२ र ३ का बिचमा रहने छ।
कार्यक्रममा बुद्धशान्ति वडा न:६ का वडाध्यक्ष शिवराज पौडेल ,बुद्धशान्तिका विभिन्न संघसंस्थाका प्रतिनिधि ,खेलप्रेमी ब्याक्तित्वहरु,जनप्रतिनिधि ,लगायत उपस्थिति रहेको कार्यक्रम को संचालन खेलकुद विकास समितिका गोकुल पौडेलले गरेका थिए ।


कार्यक्रमको सुरुवात क्लबका सचिव विशाल ढुंगेलले स्वागत मन्तव्यसहित गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जीवन गौतमले गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे सुझाव व्यक्त गर्नुभएको थियो। सभाबाट १३ सदस्यीय युवा परिषद् समिति निर्वाचित भएको छ।

उद्घाटन खेलमा वडा न:४ ले वडा न:५ लाई ५-० ( पाँच शन्यू )को विशाल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।वडा न:४ का लागि अन्सु लिम्बु ,आदित्य केरुङ,सन्दिप लिम्बू,श्रेयु मगर र विवेक लिम्बु ले १-१ गोल गरे।
माघ १० देखि १७ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार ,उपविजेता ले नगद २५ हजार सहित ट्रफी ,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कार समेत रहने छन।खेल बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा संचालन रहने छ।



