पौष २०, झापा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान प्रान्तीय मञ्च बुद्धशान्ति गाउपालिकाले आज एक छलफल मार्फत माघ १० गते शनिवार अधिवेशन गर्ने निर्णय गरेको गापा अध्यक्ष पुर्ण प्रसाद तबेबुङले जानकारी दिनु भयो । बैठकमा लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव मान बहादुर साँवा, सचिव काजिमान ओख्राबो, सचीवालय सदस्य मान बहादुर माबो , केन्द्रिय सदस्य इन्द्रहाङ योङ्हाङ र झापा जिल्ला उपाध्यक्ष करण योङ्हाङ , उपाध्यक्ष राम योङ्हाङ र जिल्ला कोषाध्यक्ष प्रदिप राई समेतको उपस्थिति रहेको थियो ।
माघ १० गते बुद्धशान्ति ३ स्थित ग्रिन रिसोडको सभाहलमा हुने धिवेशन गर्नको लागि संघीय सचिवालय सदस्य मान बहादुर माबोको संयोजकतामा सदस्यहरु मान बहादुर साँवा, काजिमान ओख्राबो , इन्द्र योङ्हाङ , राम योङ्हाङ, प्रदिप राई र जिल्ला महिला उपाध्यक्ष बबिता कोहिबा सहितको अधिवेशन आयोजक समिति बनेको बुद्धशान्ति गाउँपालिका सचिब नन्दु राईले जानकारी दिनु भएको छ ।
झापा, पाैष १६ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ काे समन्वयमा २ दिवसीय युवा नेतृत्व विकास तालिम (लिडरशिप एकेडमी) बुधबार बुद्धशान्तिमा सम्पन्न भएकाे छ ।सहारा नेपाल केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलकाे सहयाेगमा तालिम संचालन भएकाे हाे ।बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएकाे तालिमकाे सहजिकरण सहजकर्ता विनाेद दाहाल र कुशुम उप्रेतीले गर्नुभएकाे थियाे ।सहारा नेपालका संचालक समिति सदस्य ध्यान बहादुर भारतीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।
उहाँले यो उमेरका युवा भाइ बहिनिहरू लाई सही दिशामा डोर्याउन नसक्दा र साथीभाइको दबाब, अभिभावकसँग संवादको कमी, डिजिटल माध्यममार्फत सहज पहुँच र पढाइ एवं जीवनको बढ्दो मानसिक तनावले विद्यार्थीलाई गलत बाटो रोज्न बाध्य समेत बनाइ रहेको बताउनु भयो ।कार्यक्रममा बुद्धशान्ति १ का वडा अध्यक्ष वाग्लेले कार्यक्रम दिएर वडालाई सहयाेग गर्ने संस्था सहारा नेपाललाई धन्यवाद दिनुभयाे । उहाँले युवा समस्या देखाउने भन्दा पनि समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताउनु भयाे ।उहाँले दिगाे विकास लक्ष्यसँग सम्बन्धित तालिम अहिलेकाे समयमा अति नै आवश्यक भएकाे समेत वताउनु भयाे ।
तालिममा वडा नम्बर १ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, राेङ गाउँपालिका र सुर्योदय नगरपालिकाका १८ देखि ३५ बर्ष उमेर समूहका ४० जनाकाे सहभनगिता रहेकाे थियाे।कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती लगायतकाे आतिथ्यता थियो । तालिम एकदमै फलदायी रहेकाे सहभागीले बताएका छन् ।तालिममा सहभागी हुनु भएका सहभागिहरूलाई कार्यक्रममका सभा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती, सहजकर्ता कुशुम उप्रेती, विनाेद दाहाल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियाे ।
बुद्धशान्ति गाउँपालिका ३ मा कार्यालय रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पुष्पप्रसाद रिजालको अध्यक्षतामा भएको साधारणसभामा ज्येष्ठ शेयर सदस्य यमनाथ बिमलीको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाकै अवसर पारेर नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । नवगठित सञ्चालक समितिको अध्यक्षमा पुनः पुष्पप्रसाद रिजाल चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा योगेन्द्र चिमरिया, सचिवमा भक्तिप्रसाद भट्टराई, कोषाध्यक्ष हेमन्तमणि रेग्मी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा लक्ष्मी ढकाल, सुधीर सत्याल र चेतमणि पोखरेल सर्वसम्म रुपमा चयन भएको निर्वाचन समिति संयोजक रामकुमार तिम्सिनाले बताउनु भयो ।त्यस्तै लेखा समितिको संयोजकमा धर्मेन्द्र भट्टराई चयन हुनु भएको छ भने भने सदस्यहरुमा अर्जुन पोखरेल र पवित्रा पोखरेल चयन भएका निर्वाचन समितिका सदस्य ललित प्रसाद ढुंगेलले बताउनु भयो । आदर्श नमुना सामुदायिक वनको पर्यटकीय क्षेत्रमा भएको साधारणसभामा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।
झापा क्षेत्र नं. २ बाट एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् ।खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि क्षेत्र नं. २ मा निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए । कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की १७१६ सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।
यस्तै, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी १४६८, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई १५०१, अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङ १४०६ र कोशी प्रदेशका सांसद चिन्तन पाठक १४१४ निर्वाचित भएका हुन् ।
महिला तर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाको मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८
र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन् । युवा तर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भए ।
झापाबाट राष्ट्रिय महाधिवेशनमा खुल्ला तर्फबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । दलित प्रतिनिधिबाहेक ३६ जनाका लागि निर्वाचन भएको हो । दलित प्रतिनिधि सर्वसम्मत गरिने जनाइएको छ ।
झापा निर्वाचन क्षेत्र नं. १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई रहेका छन् । महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित भएका छन् भने युवातर्फ दिपक बराल निर्वाचित भए ।
यसैगरी, क्षेत्र नं. ३ बाट दुई महिलासहित छ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ रहेका छन् । महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भए । युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
झापा निर्वाचन क्षेत्र नं. ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन् । निर्वाचित भएकाहरुमा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी सावा र हिमबहादुर कार्की रहेका छन् । महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित भए । युवा तर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यसैगरी झापा क्षेत्र नं. ५ मा खुल्ला तर्फ अम्विका प्रसाद खनाल, शिव दुगेल, होम बहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन् । महिला तर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम, लिला ढुङ्गेल दाहाल निर्वाचित भए । युवा तर्फ युवराज पौडयाल (विवश) निर्वाचित भएका छन् ।
इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन तथा अति विपन्न बालबालिकाको सम्पूर्ण अभिभावकत्व बहन गर्ने निर्णय गर्दै नेपालमै पहिलोपटक स्थानीय तहबाट ऐतिहासिक सामाजिक संरक्षण कार्यक्रम सुरु गरेको छ ।.अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम अन्तर्गत आज आयोजित समारोहमा ४१ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिदिएको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्वोले जानकारी दिनुभयो । पहिलो चरणमा शिक्षा, आवास, खाना, स्वास्थ्य जाँचदेखि पूर्ण स्वास्थ्य बीमा सम्मका सेवा प्रदान गरिएको छ । अध्यक्ष स्याङ्वोका अनुसार यो योजना दुई वर्षअघि सुरु गरिएको ‘एक रुपैयाँ बचत कार्यक्रम’ र पछिल्ला ६ महिनाको तयारीपछि लागू गरिएको हो । पालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएर दीर्घकालीन रूपमा बाल संरक्षण कार्यक्रम अघि बढाएको छ । उपाध्यक्ष विश्णु माया खवासले प्रत्येक विद्यार्थीको नाममा बैंक खाता खोल्दै नियमित बचत थालिने, भविष्यमा करिब पाँच लाख रुपैयाँ बराबरको कोष बालबालिकाकै नाममा रहिने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले अभावले अवसर रोक्न नपरोस् भन्ने उद्देश्यसहित यो कार्यक्रम मानवतापूर्ण सामाजिक कदम भएको बताउनुभयो ।
रोङ गाउँपालिका युवा तथा खेलकुद शाखाको आयोजनामा पालिकाको पाङगण सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी अभिभावक लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख सुत्री तामाङले गर्नु भएको थियो ।
नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर २ बाट युवा कोटाका एकमात्र प्रतिनिधि छनोटका लागि बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेदवारी दिनु भएको छ । एमालेले यसपटक ४० वर्ष मुनिका युवाका लागि छुट्टै कोटा निर्धारण गरेपछि महाधिवेशनमा युवा सहभागिता बढ्ने देखिएको छ। त्यही प्रक्रियाअन्तर्गत वाग्ले युवा प्रतिनिधि बन्न अघि बढनु भएको हो ।
करिब १५ वर्षसम्म पत्रकारिता–क्षेत्रमा सक्रिय रहेर राजनीतिमा प्रवेश गर्नु भएका वाग्ले जुझारु, सक्रिय र विकासमुखी जनप्रतिनिधि रूपमा परिचित हुनुहुन्छ प्रत्येक आर्थिक वर्षमा आफ्नो वडामा धेरै योजना र बजेट ल्याउन सफल हुँदै उहाँले जनप्रतिनिधि रूपमा सकारात्मक चर्चा कमाई रहनु भएको छ ।
उदयमान र तर्कसंगत युवा नेताका रूपमा पहिचान बनाइरहनु भएका वाग्लेलाई संगठनभित्र वैचारिक दृढता र राजनीतिक परिपक्वता हुनुभएको युवा नेताका रूपमा हेरिने गरिएको छ।
झापाको बुद्धशान्तिमा बुधबारे जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘जेसीज सप्ताह’ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउदै आज चौथो दिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यलय बुधबारे साथै ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा बुद्धशान्ति क्षेत्रमा पर्ने मेचि राजमार्गमा अत्याधिक सवारी दुर्घटना साथै ट्राफिक जामभई आवातजावतमा समस्या सिर्जना हुने ठाँउमा जेब्राक्रस निर्माण गरिएको बुधबारे जेसिजका अध्यक्ष सुजित बरालले जानकारि दिनु भयो हो । बुधबारे जेसिजका अध्यक्ष सुजित बरालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जेसि कुसल अधिकारीको संयोजकत्वमा सन्चालन भएको ट्राफिक सचेतनामूलक कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सदस्य विभिन्न सामाजिक व्यक्ति पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रम तथा क्रियाकलापहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।उक्त कार्यक्रममा अहिलेकाे प्रमुख चुनौतीका रूपमा रहेका नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याकाे रोकथाम र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै बुद्धशान्ति गाउँपालिका लाई स्वास्थ्य कार्यालय झापाले प्रशंसा पत्र प्रदान गरेको छ।
नेपाल सरकारकाे प्राथमिकता कार्यक्रमका रूपमा फागुन महिनामा सञ्चालन गरिएको नसर्ने रोगको स्क्रिनिङ, जोखिम पहिचान तथा नियन्त्र अभियानमा बुद्धशान्ति गाउँपालिकाले पहिलो हुँदै सक्रिय भूमिका निर्वाह गरेको भन्दै उक्त उपलब्धिको उच्च कदर गर्दै प्रशंसा गरिएको स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले बताउनु भयो ।त्यसैगरी, पूर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरका सचिव डा. यदुचन्द्र घिमिरे बाट बुद्धशान्ति गाउँपालिकालाई समान पत्र प्रदान गरिएको यादवले बताउनु भयो ।
स्वास्थ्य क्षेत्रमा प्राप्त यस उपलब्धिका लागि गाउँपालिकाले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय झापा, सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी, महिला सामुदायिक स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी, शुभचिन्तक तथा सहयोगी संघ–संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ।उक्त सम्मान पत्र गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन यादवले ग्रहण गर्नु भएको थियो । स्रोत पालिका संदेश
झापाको बुद्धशान्तिमा रहेको भागीरथा न्याैपाने बुद्धशान्ति अस्पतालमा २ वर्ष ७ महिना सेवा गरेका अस्पताल प्रमुख डा. सुमेश चौधरीको आइतबार बिदाई कार्यक्रम सम्पन्न भएको गरिएको छ । “फेरि भेटौला” कार्यक्रमअन्तर्गत उनलाई सम्मानपूर्वक बिदाइ गरिएको हो। बिदाइ कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं , उपाध्यक्ष भवानी खतिवडा, विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि , स्वास्थ्यकर्मी, लगायतले डा. चौधरीले कार्यकालको दौरान बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य सेवाको गुणस्तर सुधारमा पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँप्रति आभार व्यक्त गरे। साथै, उहाँको आगामी जीवनयात्राका लागि सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो । सोही अवसरमा अस्पतालमा सेवामा संलग्न हुनुभएका डा. एरिक बास्कोटा र डा. नितेश कुमार दासलाई स्वागत गरिएको छ।
बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव बलियो भएकाले बदली जारी रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।