झापाका १५ जना जेनजी युवालाई सम्मान गरिएको छ । नौ वर्षअघि प्रकाशन आरम्भ गरेको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक विशेष म्यागजिन सार्वजनिक गर्दै आज बिर्तामोडमा जेनजी युवालाई सम्मान गरेको हो ।
काजी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.द्वारा सञ्चालित पत्रिकाले श्रम, सिर्जना र आत्मनिर्भरताको बाटोमा हिँडेका १५ जना जेनजी युवालाई बिशेष सम्मान गरेको हो ।
सामाजिक अभियन्ता तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष साथै नेपालकै नमुना मध्येको एक सहारा नेपाल साकोसको कार्यकारी प्रमुख समेत रहेका महेन्द्रकुमार गिरीको संयोजकत्वमा गठित छनौट समितिले १५४ जना पौरखी युवामध्येबाट १५ जनालाई छनौट गरेको थियो । जेनजी पुस्तालाई केन्द्रमा राखेर यस पटकको म्यागजिन तयार पारिएको हो ।
प्रधान सम्पादक मोहन काजी न्यौपानेले ‘पौरखी जेनजी’ केवल एउटा म्यागजिन मात्र होइन, जेनजी पुस्ताले थालेको श्रम र उद्यमको आन्दोलनको दस्तावेज पनि भएको भन्दै आफ्नै माटोमा पसिना बगाएर समृद्धिको सपना बुनिरहेका ‘गरिखाने हिरो’लाई चिनाउने उद्देश्यले यो अभियान सुरु गरिएको बताए ।
उनले जेनजी पुस्तालाई नकरात्मक दृष्टिले होइन, परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नु आफुहरुको ध्येय रहेको समेत सम्पादक काजीले स्पष्ट पारे ।
त्यस्तै छनौट समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि महेन्द्रकुमार गिरीले पनि सम्मानित युवाहरू केवल व्यक्तिगत सफलताका कथा होइनन्, यी कथा सामाजिक रुपान्तरणका बीउ भएको बताए । उनले जेनजी पुस्ता निराश होइन, नयाँ नेपाल निर्माणको ऊर्जा समेत भएको बताए ।
कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनलाई परम्परागत रोजगारी खोज्ने पुस्ताबाट उद्यम, सिर्जना र प्रविधिमैत्री पुस्तातर्फको संक्रमणको प्रतीकका रूपमा व्याख्या गरे । विदेश जाने होडभन्दा आफ्नै गाउँ, आफ्नै सहरमा अवसर सिर्जना गर्ने सोच नै पौरखी जेनजीको मूल आत्मा भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सम्मानित हुनेमा स्वेता बुढाथोकी, कृपेश कार्की, कृपा चापागाई, डा। चेतनराज कार्की, गायिका रचना रिमाल, सविन बास्कोटा, गायक अशोक दर्जी, कृपा ढकाल, हरिकृष्ण भण्डारी, जयराम दाहाल, अनन्त तामाङ, तनुजा पाण्डे, अंकित सुवेदी तथा राहुल–तेज–उत्सवको समूह रहेका छन् ।
त्यसैगरी, मनिषा राजवंशीलाई प्रमुख अतिथि गिरी, प्रधान सम्पादक काजी, सम्पादक अम्बिका भण्डारी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान गरेका थिए ।
सम्मानितहरूको तर्फबाट स्वेता बुढाथोकी र सेवन कार्कीले बोलेका थिए। नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरी , कार्यकारी सम्पादक दामोदर ढुङ्गेलले लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण महासंघका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।



कार्यक्रमको सुरुवात क्लबका सचिव विशाल ढुंगेलले स्वागत मन्तव्यसहित गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष जीवन गौतमले गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्यदिशाबारे सुझाव व्यक्त गर्नुभएको थियो। सभाबाट १३ सदस्यीय युवा परिषद् समिति निर्वाचित भएको छ।

उद्घाटन खेलमा वडा न:४ ले वडा न:५ लाई ५-० ( पाँच शन्यू )को विशाल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।वडा न:४ का लागि अन्सु लिम्बु ,आदित्य केरुङ,सन्दिप लिम्बू,श्रेयु मगर र विवेक लिम्बु ले १-१ गोल गरे।
माघ १० देखि १७ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार ,उपविजेता ले नगद २५ हजार सहित ट्रफी ,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कार समेत रहने छन।खेल बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा संचालन रहने छ।

चलचित्र निर्देशक विजय केरुङले नेपाली चलचित्र ‘परिवर्तन’ ले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो चलचित्र ले दर्शकलाई बाँध्ने विश्वास गरे।
कार्यक्रममा समाजसेवामा सक्रिय योगदान पुर्याएका ६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा यदुमाया मगर, ज्ञान बहादुर मगर, अगम मगर, बुद्धवीर गुरुङ, मान बहादुर मगर र याम बहादुर राना मगर रहेका छन्।



