
झापाको बुद्धशान्ति गाँउपालिकामा पनि परम्परागत रुपमा खेतबारी जोत्न प्रयोग हुँदै आएको हल गोरु र राँगा भने प्रविधिको विकास सँगै बिस्तारै हराउँदै जान थालेको छ ।
४२ वर्ष पैला देखि नै बुवाले गोरू पालेर सबै आफ्नो खेत जोत्ने,जमिन सम्याउने,गर्नुहुन्थ्यो । आज भोलित धान रोप्ने आली लगाउने,बीउ राख्ने,छर्ने,दाँइ हाल्ने काम गर्ने मान्छे पाईदैन त्यसैले पनि कृषि मजदुरको अभाव हुँदै जाँदा यान्त्रिकरणमा किसानको आकर्षण बढिरहेको स्थानिय कृषक युवा व्यवसायी तथा बुधबारे जेसिजको पुर्ब अध्यक्ष बुद्धशान्ति १ देउरालीका प्रकास भण्डारी बताउनु हुन्छ ।
यसले परम्परागत कृषि प्रणाली अंगाल्ने कार्य पनि कम हुँदै गएको छ। यसरी मज्जाले गोरु र राँगा जोत्न बल भएको मान्छे हुनुपर्छ। अहिलेका युवाले यो काम गर्न सक्दैनन बुद्धशान्ति वडा नं ६ स्थानीय कृषक राजन कार्की बताउनु हुन्छ ।
बुद्धशान्ति १ होक्सेका ७० बर्षका हर्क मगर अहिले उहाँको अनुभव बताउनु हुन्छ । गोरुलाई मेलोमा लगाउन त खासै समस्या पर्दैन तर दाउनलाई हम्मेहम्मे पर्छ उहाँको गोरु नार्दाका अनुभव उहाँलाई राम्रोसँग थाहा भएकाले अहिले पनि खेतमा पसेर पटा लगाउने गरेको उहाँ बताउनु हुन्छ ।
स्थानिय नागरिकको मुख्य पेशा कृषि भए पनि त्यसमा लाग्ने आधारभूत कच्चा पदार्थ मल, बीउ, समयमा स्थानिय सरकारले उपलब्ध गराईदिने होभने थोरै भएपनि कृषकहरूलाई राहत हुने बुद्धशान्ति वडा नं ६ कि बिष्णु भट्टराई बताउनु हुन्छ ।
एकहप्ता सम्म लगाएर छरछिमेकी हरूसँग अर्मपर्म गरेर असारे गितको भाकामा छुपुछुपु धान रोपेको अहिले जस्तो लाक्छ आज भोलि त ट्याक्टर लगाएर जोत्छन,एकै दिनमा सकिन्छ नरमाईलो लाक्छ भन्दै गुनासो गर्नुहुन्छ बुद्धशान्ति १ कि मिरा भण्डारी ।
समयको माग र प्रविधिलाई पनि आत्मसात् गरेर अघि बढ्नु पर्नेरहेछ हाम्रा परम्परागत चलनलाई पनि जीवन्त राख्दै आधुनिकता र प्रविधिलाई पनि अगाल्नु पर्ने बुद्धशान्ति वडा नं ६ का स्थानिय दिनेश लेप्चा बताउनु हुन्छ ।
पैला जस्तो सस्तो छैन अहिले गोरु र राँगा किनी नसक्नु महँगो भएको छ ।‘एक हल गोरू किन्नुपर्यो भने त ६५,००० हजार भन्दा बढी चाहिन्छ‘ अझ राँगा किन्नु पर्यो भनेत त्यो भन्दा पनि महँगो पर्छ त्यसैले पनि आजभोली ‘गाउँमा ट्याक्टर बोलाएर एकैछिनमा खेतमा बाली लगाउने अवस्था बनाइ दिन्छ बुद्धशान्ती १ का स्थानिय कृषक नेत्र अधिकारीले बताउनु भयो ।
परम्परागत कृषी प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको पुराना किसानको गुनासो छ। ‘केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहार खेतमा हुँदा रोपाइँको चहल पहल रमाइलो हुन्थ्यो अहिले त यस्तो देख्न पनि छाडियो बुद्धशान्ति वडा नं ६ सान्तिनगरका राजन कार्की बताउनु हुन्छ ।
एक दिन जोतेको एक हल गोरु को १,००० देखि १५,०० लिन्छन,एक जना धान रोप्ने रोपारको हाजिरा ५००/ देखि ६०० सम्म लाग्छ, त्यसैले पनि मेसिनको प्रयोग तथा आधुनिकीकरण र काम गर्ने उमेर समूहका अधिकांश युवा पुस्ता विदेश जान थालेपछि पनि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल गोरु र बाउसेको अभाव देखिँदै गएको र परम्परागत रुपमा खेती गर्दा लागत मूल्य धेरै नै हुने भएकाले पनि यो हराउँदै गएको बुद्धशान्ति वडा नं १ देउरालीका युवा प्रकास भण्डारी बताउनु हुन्छ ।
कृषकलाई सहज ढंगले कृषि गर्न,सहज तरिकाले मल खाद्य उपलब्ध हुने व्यवस्था मिलाउन,सिंचाईको उचित व्यवस्थापन गर्न र कृषकलाई कसरी कृषिमा आकर्षित गराउन सकिन्छ भनेर स्थानिय सरकाले पनि चासो देखाउनु पर्ने बेला आएको देखिन्छ ।