झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको अमर युवा क्लब बुद्धशान्ति -४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लि. बुद्धशान्ति -३ को सह-आयोजनामा बुद्धशान्ति ४ सट्टाभर्नामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिहिवार सट्टाभर्ना स्थित गणेश माद्यमिक विद्यालयको सभाहलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १७९ जनाले आँखाको जाँच गराएका थिए भने १०२ जनाले दाँत सम्बन्धि चेक गराएको थिए ।
प्रतिमा जमुना मेडिकल हल मेची न.पा.-१०, रजक आइ केयर अप्टिकल मेची न.पा.-१० र पाथिभरा एपोलो डेन्टल क्लिनिक मेची न.पा.-१० प्राबिधिक सहयोगमा जाँच गराईएको थियो । विहान १० बजे बाट सन्चालन भएको स्वास्थ्य शिविरमा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायले शिविरमा आँखा जाँच गराएर उत्घाटन गर्नु भएको थियो ,।
शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।
शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क वितरण गरिएको थियो । शिविरमा विहानै बाट आखा दाँत र फिजिसियन सम्बन्धी सेवा लिन स्थानिय हरूको बाक्लो उपस्थिति रहेको आयोजक अमर युवा कल्बका अध्यक्ष रोषन कटुवालले जानकारी दिनु भयो ।