
बुद्धशान्ति गाउँपालिका वडा नं ४ को कार्यलयको आर्थिक सहयोग साथै नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र नेपाल परिवार नियोजन सघं जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा बिहिबार १ दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
बुद्धशान्ति वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा परिवार नियोजन संघको जिल्ला शाखाको प्राविधिक सहयोगमा सेवा प्रदान गरिएको थियो ।
शिविरमा परिक्षण गरिएका विरामिहरुमा केहि जटिल समस्या देखिएको हुँदा सुविधा सम्पन्न अस्पताल बाट सेवा लिनकालागि परामर्श समेत दिएको थियोे ।
बिहिवार सञ्चालन भएको स्वाथ्य शिविरमा ११० जनाले परामर्श लिनु भएको थियो भने ५३ जना भन्दा माथि महिला आमा दिदी बहिनी हरूले पाठेघरको मुखको क्यान्सर सम्बन्धि सेवा लिनु भएको थियो ।
शिविरमा विरामीहरूलाई आवस्यक अनुसार निशुल्क अौषधि समेत वितरण गरिएको थियो ।
शिविरमा पाठेघर मुखको क्यान्सरको सङ्खास्पद ३ जनामा देखिएको थियो । त्यसै गरी २०% आङ खस्ने समस्या र परिक्षणमा सहभागि मध्ये ५० प्रतिसतमा योन जन्य संक्रमण समस्या भएको पाईएको बताईएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा रेडक्रस सोसाइटि उपशाखा बुधबारेका पुष्पराज भट्टराईको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायको प्रमुख आतिथ्यता साथै अतिथिहरुमा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल आधारभुत स्वास्थ्य केन्द्र बुद्धशान्ति ४ का डाक्टर अर्जुन कुईकेल लगायत सम्पुर्ण स्वाथ्यकर्मी ,वडा नं १ का सम्पुर्ण जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
शिविरमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, नेपाल रेडक्रस सोसाइटि उपशाखा बुधबारेका अध्यक्ष ,पुष्पराज भट्टराई,नेपाल परिवार नियोजन सघं जिल्ला शाखाका कार्यलय प्रमुख कमल सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
विहान १० बजे देखि ४ बजे सम्म सन्चालन भएको शिविमा नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका सचिव जितबहादुर श्रेष्ठले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन संस्थाका कार्यसमिति सदस्य टंक निरौलाले गर्नुभएको थियो ।