झापाको बुद्धशान्तिमा नेपाली काङ्ग्रेसका संस्थापक,प्रथम जननिर्वाचित प्रधानमन्त्री ,नेपाली साहित्यिक क्षेत्रका एक महान ब्याक्तित्व महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमितिको आयोजनामा सम्पन्न बुद्धशान्ति गाउँपालिका अन्तर मावि ( कक्षा ११ र १२) स्तरीय ” वीपी कोइराला र समाजवाद ” शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा आकृति सिटौला प्रथम ,श्री बुद्ध आदर्श माविकी छात्रा सम्झना कालिकोटे द्वितीय स्थान र श्री गडिगाउँ माविका छात्र रुपनारायण कोइराला तृतीय स्थान प्राप गर्न सफल हुनु भएको छ।
नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेविसंघ झापाका सभापति संजय निरौला ,बुद्धशान्ति वडा न:४ का वडाध्यक्ष शेर बहादुर राय ,नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल ,नेविसंघ झापाका सचिव गोकुल पौडेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव द्वय मदन मगर र कृष्ण खतिवडा ,सीतारमेश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,कर्णाली एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक छत्र बहादुर कार्की ,अग्रज शिक्षासेवी केदारप्रसाद कोइराला ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सहसचिव सुजित बराल,नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ बुद्धशान्ति उपसभापति डेविड श्रेष्ठ ,नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँसमिति सदस्य याम प्रसाद लुइँटेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचीव दिपक शेर्मा,सीतारमेश बहुमुखी क्याम्पस नेविसंघ इकाई सभापति सन्तहाङ लिम्बु लगायत उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायकको रुपमा जयप्रसाद भण्डारी ,संजय निरौला र केदारप्रसाद कोइराला रहनु भएको थियो।
नेविसंघ बुद्धशान्ति सभापति तथा कार्यक्रमका सभापति उमेश भट्टराईले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रममा प्रमुख निर्णायक जयप्रसाद भण्डारी ,विशिष्ट अतिथि नेविसंघ झापा सभापति संजय निरौला र प्रमुख अतिथि नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्माले गर्नु भएको थियो।
वक्तृत्वकला प्रतियोगिताका प्रतिस्पर्धी विद्यार्थीलाई आफ्ना विचार राख्न पाँच मिनेटको समय थियो।प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:२५००/- र प्रमाणपत्र ,द्वितीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१५००/- र प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१००० र प्रमाणपत्र को ब्यवस्थापन गरिएको थियो।